Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नेपालको आधिकारिक फेसबुक पेज पाकिस्तानीहरुको कब्जामा

Posted on September 11, 2019September 11, 2019 by Salokya

मिस नेपाल सौन्दर्य प्रतियोगिताका आधिकारिक फोटो, भिडियो,  प्रतियोगिता लाइभ गर्ने र सूचनाहरु सार्वजनिक गरिरहने मिस नेपालको फेसबुक पेज लाइक गर्नुभएको छ भने केही हप्तादेखि यसले सेयर गरिरहेका कन्टेन्ट देखेर अनौठो लागेको होला।

फ्याटफ्याट जे देख्यो त्यही पेजहरु लाइक गर्नुहुन्छ भने त्यति नोटिस नहोला। तर थोरै छानिएका पेजहरु लाइक गरेको भए थाहा भइहाल्नुपर्ने हो। मिस नेपालको पेजमा ३० जुन, २०१९ सम्म मिस नेपाल ट्यालेन्ट सोको भिडियो अपलोड गरिएको छ। १७ अगस्तदेखि एक्कासी यसको नियन्त्रण गुमेको देखिन्छ।


१७ अगस्तमा यो पेजबाट हेलो मात्र लेखेर पोस्ट भएको छ।

२३ अगस्तदेखि यो पेजबाट उट्पट्याङ्गे भिडियोहरु पोस्ट हुन थाल्छ।

त्यसपछि २५ अगस्तमा यो पेजको @ ठेगाना मात्र हैन, प्रोफाइल पिक्चर र कभर फोटो पनि परिवर्तन गरेर ‘अमेजिङ भिडियोज’ राखिन्छ।


मिस नेपाल पेजको प्रोफाइल पिक्चर परिवर्तन।

फेक पेजहरुले दुःख दिन थालेपछि आजभोलि फेसबुकले पारदर्शी बनाउन पेज ट्रान्सपरेसी शीर्षकमा केही जानकारी दिने गर्छ। यो के भएको रहेछ भनेर हेर्दा मिस नेपालको पेज अचेल पाकिस्तान प्राइमरी लोकेसन भएका ६ जनाको नियन्त्रणमा रहेको देखियो।

मिस नेपालको पेज कसरी पाकिस्तानीहरुको नियन्त्रणमा पुग्यो त?

सबभन्दा सजिलो जवाफ ह्याक भएर भन्ने हो। तर पेज ह्याक हुन त्यति सजिलो छैन। पेजको एडमिनलाई मात्र नयाँ म्यानेज गर्ने व्यक्ति थप्ने, हटाउने अधिकार हुन्छ। दुई जना एडमिन भए कसैलाई थपिएको, उसले अरुलाई हटाएको जस्ता जानकारी इमेलबाट समेत तुरुन्त जान्छ। त्यसलाई उल्ट्याउन पनि एडमिनले समय मै जानकारी पाएको भए सक्छ। एडमिन अकाउन्ट भएको फेसबुक प्रोफाइल नै ह्याक भएको भए त्यसलाई फिर्ता ल्याउने उपाय पनि नभएको हैन। 

शायद् मिस नेपालको पेजको एडमिनलाई प्राविधिक जानकारी नभएर यस्तो भएको हुनसक्छ। पेजको एडमिनले फेसबुकसित सम्पर्क गरेर गुमेको नियन्त्रण फिर्ता लिन पनि सम्भव हुनसक्थ्यो।

तर मिस नेपालले भने यो झण्झट गर्नुको साटो अर्कै सजिलो उपाय अपनाएको देखिन्छ।

सन् २०१० मा बनेको त्यो पेजको नियन्त्रण गुमेपछि अहिले मिस नेपालले २०१७ मा निकिता चाण्डक मिस नेपाल भएपछि बनाएको पेजलाई आफ्नो पेज बनाएको देखिन्छ। शृङ्खला खतिवडा मिस नेपाल भएपछि त्यो पेज उनको नाममा पनि राखिएको थियो। सन् २०१८ को डिसेम्बर २६ देखि यो पेज मिस नेपालको नाममा राखेको देखिन्छ। यो पेजलाई पाकिस्तानीहरुको नियन्त्रणमा भएको पेज भन्दा बढी १ लाख १७ हजारभन्दा बढीले फलो गर्छन्।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme