Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेलको आशा गर्ने नेपालीलाई चीनले दियो पाँच हजार पाल उपहार

Posted on September 10, 2019 by Salokya


चीनसँग धेरै नेपालीको आशा छ- केरुङ-काठमाडौँ रेल बनाइदियोस्। सरकारले पनि त्यस्तै आशा गरेको छ। रेल खोजिरहेका नेपालीको आशामा मेल नखाने उपहार अहिले काठमाडौँमा उच्चस्तरीय भ्रमण गरिरहेका चिनियाँ विदेशमन्त्रीले दिए भनेर अहिले सोसल मिडियामा खुब चर्चा चलेको छ। हिजो याक एण्ड यति होटलमा चीन र नेपालका दुई विदेशमन्त्री वाङ यी र प्रदीप ज्ञवालीलाई साक्षी राखेर तीन वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए। त्यसमध्ये एउटामा चीनले नेपाललाई पाँच हजार थान पाल (इमर्जेन्सी सेल्टर टेन्ट) उपलब्ध गराउने उल्लेख रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

पाल पो दिने नेपाललाई चीनले ?

अचम्म !

यो उपहार हो कि व्यङ्ग्य हो? भूकम्प गएको चार वर्ष भइसक्यो। अझै पनि पुननिर्माण सकाएका छैनौ, सहयोग गरेको रकम पनि खर्च गर्न सकेका छैनौ। लौ पाल उपहार लिऊ भनेर व्यङ्ग्य गरेको त हैन हामीलाई?

फेरि हाम्रो सरकारले पनि सुरुक्क लाएर चीनले दिन्छु भन्ने बित्तिकै हस् हजुर भनेर स्वीकारेछ उपहार।

अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शंकरदास वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी, चीनका तर्फबाट विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोगका उपाध्यक्ष, विदेशमन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारीहरु अनि नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि यस्तो सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

बाँकी दुई सम्झौता पत्रमा चाहिँ एउटामा मनाङमा अस्पताल बनाउने र अर्कोमा चिनियाँ भाषा सिकाउन स्वयंसेवक शिक्षकहरु नेपाल पठाउने उल्लेख रहेछ।

खासमा चीनले हाम्रो हैसियत देखाइदिएको हो कि जस्तो लाग्छ। भूकम्प गएको यत्रो वर्षसम्म पनि अरुतिरको कुरा नगरौँ, टेकु गयो भने देखिन्छ बिजोग- काठमाडौँ प्रहरी त अझै पालमुनि नै छ।

चीनले दिएको पालमुनि बसेर राजधानीको प्रहरीले हाम्रो सुरक्षा गरिरहेको छ।

अनि पाल नदिएर के गरुन् त छिमेकी मित्रराष्ट्रले?

चीनले सहयोग स्वरुप पठाएको सामानको हालत के हुन्छ, भूकम्पको बेला पठाएको इन्डक्सन चुल्होको उदाहरण छँदैछ।

भूकम्प पछि भारतले नाकाबन्दी गर्‍यो। इन्धन अभावमा हामीले कम्ता दुःख पाएका थिएनौँ। भारतसित कम्ता रिस उठेको थिएन हाम्लाई। त्यतिबेला चीन सरकारले झन्डै आठ करोड मूल्य बराबरको ११ हजार तीन सय थान इन्डक्सन चुल्हो नेपाललाई उपलब्ध गराएको थियो। २०१५ को डिसेम्बरमा त्यो चुल्हो नेपाल भित्रियो।

तर त्यो चुल्हो बिक्दै बिकेन। ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकिएको थियो, किन्ने कसले? चर्को मूल्यका कारण एउटा मात्रै बिकेछ। बाँकी ११ हजार दुई सय ९९ थान चुल्हो विमानस्थलको पारवहन तथा गोदाम कम्पनीको लिमिटेडमा थन्केर बसेको थियो। गोदाममा यत्तिकै राख्न त पाइएन। शुल्क परिहाल्छ। विलम्ब शुल्क (डेमरेज) नै डेढ करोड पुग्यो। २८ वटा त चोरी नै भयो।

त्यतिबेलाको व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयलाई तत्कालै आवश्यक गाँठो फुकाएर सस्तो मूल्यमा बिक्री गर्न निर्देशन दियो। त्यसपछि बल्ल अर्थ मन्त्रालयले त्यो विलम्ब शुल्क मिनाहा गर्‍यो र मूल्य घटाउन सहमति दियो। त्यसपछि आपूर्ति मन्त्रालयले उपभोक्ता बिक्री मूल्य चार हजार रुपैयाँ निर्धारण गर्‍यो। अनि बल्ल बिक्री हुन थाल्यो।

7 thoughts on “रेलको आशा गर्ने नेपालीलाई चीनले दियो पाँच हजार पाल उपहार”

  1. ratna thapa says:
    September 12, 2019 at 3:40 am

    माग्नेका सन्तानहरुले चलाएको देश येस्ताई हो

    Reply
  2. madan bajracharya says:
    September 11, 2019 at 11:34 pm

    विजयज्यु,
    ठिकै भन्नु भयो तर अलि होईन धेरैनै “पुगेन”/ नेपाल जतिको सानो भूगोल भयको मुलुक सिट मात्रै होईन नेपाल भन्दा २२ गुणा ठुलो भूगोल भयको भारत सितै समेत तुलना गर्ने हो भने नेपाल सानो तर बिस्व्मै धनि हुन् सक्ने श्रोत भयको देस हो/ तर हामि आफ्नै मुर्खताको कारण चेपुवामा पर्यो दच्छिनको त्यो छिमेकीको हत्यायरे “धोति नफुस्केको छिमेकी र त्यो छिमेकीकै दलाली गर्नेहरु बात; तेसैले जे छ त्यो लुटाह छिमेकीको र त्यो छिमेकीको दलाली गर्नेको कब्जामा परेर हामि मगन्ते मुलुक जस्तै बन्यो/

    तर हामि अझै कोहि हौँ; हाम्रो देसमा तिनीहरुले लुट्न मिच्न कब्जाउन बात बाकि बचेको पनि यति छ कि तेतिले पनि हामि बिस्वकै सम्प्पन मुलुक अझै बन्न सक्छौं/ त्यो छिमेकीलाई धकेलेर समुन्द्र मा …पुर्याउन त् सकिंदैन तर त्यो छिमेकीलाई रास्ट्रको सर्वस्व सुम्पने हाम्रै भित्रको ..हरुलाई घोक्रेथ्यांक लगाउन त् सकिन्छ/ यति गर्नको निमित हामीले ” तिनीहरु र तिनीहरुको ….होईनौ हाम्रो नेपाल भन्ने नेपालि हौँ भन्ने बन्न सक्नु पर्यो/

    मित्रहरु; दुवई सिंगापुर हंगकंग पनि आद्योकिकरण भयको मुलुक होईन; नेपाल जस्तै/ उद्योगीकरण गर्न गाह्रो भय व्यापारीकरण त् गर्न सक्छौं हामीले पनि उनीहरुले जस्तै नेपाललाई पनि :ड्युटी फ्री मुलुक बनायर/.बनायर बेचेर कमाउन नसके बनायको बेचेर नाफा कमाउन त् सक्छौं उनीहरुले जस्तै/ उनीहरुको मुलुक भन्दा पर्यटकीय हिसावले नेपाल बढी राम्रो छ त् नेपालको सौन्दर्य हेर्दै हंगकंग सिंगापुर दुवईमा किन्ने सामान नेपालमै किनेर नेपाली डलर युरोको फाइदा दियर जान्छन/

    आफ्नो देखाउन पनि नाक लुकाउन शासकहरु हिमाल बुद्ध र नेपाली कलाको मुकुण्डो लगायर बिदेशमा धाक धक्कु लगाउञ्छन/ त् अव त्यो धाक हामि देखाउ; हिमाललाई बिस्वकै “स्नो स्पोर्ट्स सेन्टर” र लुम्बिनीलाई बिस्वको अरवौं बुद्धिस्तको तिर्थस्थल बनाउ; मुस्लिमले मक्क मदिनालाई बने जस्तै/

    ब्निस्वमा अरवौं बुद्धिस्ट बा बुद्धिस्ट धर्म बिचारमा आस्था राख्ने र आज भन्दा करिव ३००० हजार साल पहिला आज पनि तेतिकै ब्यबहारिक हुने मानव शास्त्रको त्यो विद्वान गौतम जन्मेको नेपालमा यक चोटी त् आउँछ नै/ सोच्नुस नेपालले कति डलर युरो कमाउन सक्छ/

    नेपाल अरनिको मात्रै होईन ब्रिटिशले बनायको भन्दा उत्कृस्ट मेसिन गण रेल जिप आदि बनाउने गेहेन्द्र शमशेर को पनि देस हो/ याहा अझै लाखौं अरनिको र गेहेन्द्र शमशेर बन्न सक्ने नेपालीहरु छन् तर तिनीहरुलाई माथि आउने दिंदैन ई नेपालीलाई ठेन्गा देखाई मलेसिया अरव धपाउने बिहारीलाई नागरिकताको माला लगायर नेपालीको सिप पेसा अवसर तक्राउन्दै “आईय पधारिय” भन्नेहरुले/

    हेर्नुस गो गतिला छन्; कोहि छैनन्; गतिला बन्न सक्नेलाई बस्न बाच्ने दिंदैन याहा; उदाहरण गन्ने सकिंदैन/ के कर्तुर्ट गरेका छैनन इनिहरुले तेस्को रिकर्ड राख्ने हो भने नेपाललाई तानाशाहको देस भने पनि प्रसंसा गरेको जस्तै हुन्छ/ सितैमा नवाव बनेर सितामोले रोगको उपचार पनि नेपालीले प्राण रगत सुकायर कमायको डलर खर्चिने इनिहरु बात आस गर्नु बेकार छ/

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    September 11, 2019 at 5:02 pm

    अब चाईनिज पालबाट फुत्त बाहिर निस्केर भारतीय रेलबाट आएका सामानहरु लोड अनलोड गर्न नेपालीहरु सक्षम हुने भए । आफ्नो तर्फबाट रेलमा सामान लोड गर्ने त उही हो बरु मानव तस्करहरुले के के लोड गर्लान ।

    Reply
  4. श्रीकृष्ण अधिकारी says:
    September 11, 2019 at 4:59 pm

    सुनको कचौरा लिएर दोबाटोमा माग्न बस्ने बानी कहिले हट्ने होला ।

    Reply
  5. madan bajracharya says:
    September 11, 2019 at 1:43 pm

    चीन र भारत नेपालको तुलना गर्ने नसकिने छिमेकीहरु हुन्/ तर फरक बुझ्ने नेता कोहि भय पो/ संयुक्त रास्ट्र संघ को सदस्य बन्न खोज्दा भारत बिरोध गर्ने चीन साथ् दिने/ नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोजेकोमा बिरोध गरेको; प्रवाशी प्रसादहरुलाई सिंहदरवार घुसायर सन् १९५०को सधि लाद्न्न लगायको; नेपालमा ब्यबस्था परिबर्तनको लगतै प्रवाशी प्रसादहरु बात रास्ट्रको ठुला ठुला जलश्रोत कब्जायको तेतिले पनि नपुगेर समस्त सप्त कोशी नदीको पानि कब्जाउन नेपालकै भूमिमा बिस्वकै अग्लो बाँध बनाउनैको निमित “ग्रायण्ड डिजाईन गरेर …गरेको र तराईलाई “हमारा तो रोटि बेटी रगतके नाता सिर्फ भारत् से हि है भन्ने मधेसी नामधारी बिहारीको स्वायत प्रदेश बनाउन उपयुक्त हुने संबिधान बनाउन नाकाबन्दी दियर समेत दवाव दिय बात भारत नेपालको मित्र नभयको मात्रै स्पस्ट गर्दैन भारतलाई ठुल्दाई ज्वाईं ससुरो संन्धि शताव्दियौं देखिको घनिष्ट मित्र भन्नेहरु समेत नेपाल र नेपालीको निमित “को हो ? भन्ने कुरा स्पस्ट हुन्छ/ तर के गर्ने तेस्तैलाई सिंहदरवार पस्ने साँचो बुझाउने हामि पटमुर्खहरुलाई चीनले अब केहि गर्नु बा दिनु बेकार ठाने होला/

    Reply
  6. bijay says:
    September 11, 2019 at 7:26 am

    सबै चिज मागेरै खाने बानि लगेपछि छिमेकीले हेप्नु स्वाभाविक हो/
    अब buddha was born in nepal भन्दै बस्ने

    Reply
  7. विवेक says:
    September 11, 2019 at 6:43 am

    प्रा.डा. सुरेन्द्र केसीका अनुसार त्यस्तो हुन गएको सत्तावाल पदवालहरुमा विद्यमान “मगन्ते” प्रबित्तिका कारणले हो| मागेर खाने बानी परेकाले जे देखे पनि हात पसारीहाल्छन ‘रे| यथार्थमा त्यस्तै हावी भएको देखियो| माधव नेपालले प्रधान मन्त्रि भएका बेला दक्षिणका विदेश मन्त्रि आउदा छोरीका लागि डाक्टरी पढन सीट मागे भन्ने पनि सुनियो| महादेवले तथास्तु पनि भनेकै देखियो| अरुले महादेव र राजदुतावासहरु संग के के वर मागे, के फायदा लिएर, ती सब एकदिन खुलासा हुने नै छ|
    अब कुरो आयो प्रा.डा. सुरेन्द्र केसी सरको| उँहा स्पष्ट बोल्नुहुन्छ र सिंगो प्रतिपक्षकै भूमिका निभाएको हो कि भन्ने लाग्छ जब सदनमा प्रतिपक्ष पुर्ण रुपेण नीरिह छ| डा’र साब पारदर्शितामा पनि निकै भाषण छाटनुहुञ्छ| आफ्नै हार्वार्ड विश्वविद्यालयमा अध्ययनको खर्च कसले र कति व्यहोरेको हो? कति महिनाको कोर्स हो? आफै मात्र ज्ञानी गुणी हुनभन्दा आजका पुस्तालाई अवसर दिए उचित हुने थिएन र?
    जे होस् नेपालीले चाइनिज पालमा बस्न पाउने भए| भुकम्प पीडितका लागि भनेर आएका सामान जथाभावी राखियो, बाढिए| अबको एक बर्षमा ५ हजार पालको हिसाब किताब हेर्नु हो भने गैर जिम्मेवारी पुर्ण वितरण देखिनेछ| अहिले चेतना भया|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme