नबोले नि माया लाग्ने रैछ सान्नानी, चाइना कम्पनी.. भनेर सरुभक्तले गीत लेखेको जुग भइसक्यो। चिनियाँहरुलाई हामी नेपालीहरु ‘माया लाग्ने’रुपमै लिइरहेका थियौँ। तर तिनै चाइनिजहरुले अस्ति भर्खर हाइटेक उपद्रो हानेर एटिएमबाट तीन करोड झिके। नेपाल राष्ट्र बैँकले हैन के भा यो, कसरी जोगाउने भनेर एउटा छानबिन टोली बनाएको थियो। त्यो टोलीले दिएको प्रतिवेदन तोरीलाउरे नै रहेछ भन्ने हामीलाई लाग्यो। १ लाखसम्म एटिएमबाट झिक्न पाइनेमा ४० हजार घटाएर ६० हजारको सीमा लगाइदिने निर्णय पो भएछ त्यसको प्रतिवेदनपछि। एटिएमको सीमा नै तोडेर भएभरका सबै रकम रित्याएको भनेर थाहा नभएर हो कि। अझ Winpot भन्ने मालवेयर राख्यो भने त त्यस्ता सीमा बीमाको के वास्ता, एटिएम स्लट मेसिन बन्छ र भटाभट पैसा झार्न थाल्छ भनेर अस्ति फेब्रुअरीमा मात्रै समाचार आएको हो। तर हैन बैँक बचाउनु पर्छ भनेर बैँक सुरक्षा समूह नामको अनलाइन ग्रुप खडा गरी राष्ट्र बैँकलाई नमागिएको सुझाव दिने निर्णय गरेका छौँ। हाम्रो सोझो हैन बाङ्गो सुझाव यस्तो छ-
सुझाव नम्बर १ : एटिएममा पैसा झिक्न जानेलाई केवाईसी फर्म भराउँ
एटिएमबाट पैसा झिक्न जानेको तीन पुस्ते विवरण थाहा पाइराख्न केवाईसी फर्म भर्न लगाउँ। अनि कसैले केही गरी अनधिकृत रुपमा केही गरेको थाहा पाए तीन पुस्ते जानकारी प्रहरीलाई बुझाउन सजिलो हुन्छ। अझ केवाईसी फर्म भर्नु पर्ने झण्झटले पैसा झिक्न पनि एटिएममा नआउन सक्छन्। त्यसो हुँदा एटिएम बिगारेर पैसा झिक्ने सम्भावना कम हुन्छ।
सुझाव नम्बर २ : एटिएममा एक रुपैयाँको नोट राखौँ
एटिएममा एक रुपैयाँको नोट राख्नुपर्छ। त्यसरी राखियो भने अहिले जस्तो करोडौँ झिक्न सम्भव नै हुँदैन। धेरै रकम बोकेर लान गाह्रो पनि हुन्छ। यसबाट एटिएममा आई पैसा निकाल्ने काम निरुत्साहित हुन्छ। रोग लागेपछि उपचार गराउनु भन्दा रोगै लाग्न नदिनु वेश भन्ने त उखानै छ। एटिएममा आउनै झण्झट मानेपछि त एटिएमबाट हुने लुटबाट पनि जोगिन सकिने भयो।
सुझाव नम्बर ३ : पैसा झिक्नुअघि सिसिक्यामेरा अगाडि उभिएर राष्ट्रगान सुन्न लगाम्
सप्पै एटिएम बुथमा सिसिक्यामेरा हुनुपर्छ भन्ने नियम छ। तर यो त सब भन्ने कुरा न हो भन्ने पनि भयो होला। नत्र त अहिलेसम्म भागेका भनिएका चिनियाँको सिसिक्यामेराको फुटेजबाट निकालिएको फोटो सार्वजनिक हुनुपर्ने हो। अब यसरी भएन हेर्नुस्। हाम्रो नेपालमा आर्यघाटमा त राष्ट्रगान बजाइन्छ भने एटिएममा किन नमिल्ने? एटिएम बुथमा पनि पैसा झिक्न अघि राष्ट्रगान बजाउने र पैसा झिक्न आउनेले सिसिक्यामेरा अगाडि उभिएर राष्ट्रगान सुन्नु पर्ने नियम बनाउँ। यसले दुई वटा फाइदा हुन्छ- एक त राष्ट्रिय भावनाले नागरिकको ओतप्रोत हुन्छ। राष्ट्रियता बलियो हुन्छ। अर्को चाहिँ त्यसरी उभिउन्जेल पैसा निकाल्नेको अनुहार सिसिक्यामेरामा मज्जैले रेकर्ड भइसकेको हुन्छ। अनि केही फट्याइँ गर्यो भने पनि समात्न सजिलो हुन्छ।
सुझाव नम्बर ४ : एक बुथमा १० गार्ड खटाउँ
तपाईँहरुलाई कतिको याद छ- आजभन्दा १२ वर्षअघि राजधानीको कमलादीस्थित बैँक अफ काठमाडौँमा १२-१४ जनाको समूहले बैँक लुटेका थिए। उनीहरुले लुटेको रकम भने जम्मा दुई करोड चानचुन थियो। हेर्नुस् त्यतिबेलाको ब्लग। अब बैँक लुट्न गाह्रो भइसक्यो। बैँक लुटेको समाचार नआएको पनि कति धेरै भइसक्यो। अचेल यति सजिलै त्यतिबेलाको भन्दा बढी अर्थात् तीन करोड लुटियो। अनि किन त्यसरी पूरै बैँकलाई तर्साएर लुट्नु पर्यो, सुटुक्क लुटे भयो। त्यसैले अब एटिएमबाट लुट हुन सक्ने डर धेरै भएकोले एक बुथमा १० जना हतियारधारी गार्ड खटाउँ। यसो गरेमा मानसिक रुपमा पनि लुटेरा आतंकित भई लुट्ने आँट गर्न सक्दैन। सही मान्छेलाई त केको डर हुन्छ र!
कि कसो ? तपाईँसित पनि यस्तो व्यङ्गयात्मक बाङ्गो सुझाव छ भने तल कमेन्टमा लेखिहाल्नुस् है।
अपडेट : पुष्पेन्द्र खड्काका थप तीन सुझाव
सुझाव नम्बर ५ : एटिएम मेसिन प्रहरी चौकीको आसपास मात्र राखौ
एटिएम मेसिन प्रहरी चौकीको छेउमा भए पछि त लुटेराहरुले आँट नगर्लान्।
सुझाव नम्बर ६: एटिएम प्रहरी गठन गरौँ
जसरी दंगा नियन्त्रणको निम्ति दंगा प्रहरी छ, त्यस्तै एटिएम प्रहरी गठन गरौँ, जसको काम देशभरि भएको एटिएमको सिसी क्यामेरा हेर्ने होस्। अनि त्यहाँ एउटा स्पिकर पनि राखियोस्, ताकी एटिएम प्रहरीलाई शंका लागे कन्ट्रोल रुमबाटै माइकमा भन्न सकोस्, ‘तेरीमा फटाहा, बाहिर निस्की ! नत्र समात्छु।’
सुझाव नम्बर ७: एटिएम मेसिनमा फिंगर प्रिन्ट
एटिएम मेसिनमा फिंगर प्रिन्ट राखौँ ताकी आफ्नो औला राखेर भेरीफाई भएपछी मात्र एटिएमभित्र छिर्ने ढोका खुलोस्। यो फिंगर प्रिन्ट भेरीफाई एटिएम प्रहरीले गरोस्।
सुझाव नम्बर ८ : 3 way authentication राखौँ (सोनम डी. शेर्पाको सुझाव)
एटिएमबाट खुरुक्क नोट निकाल्न दिएको कारण यो सब समस्या भएको हो। त्यसैले एटिएमबाट क्यु स्लिप निकालेर सम्बन्धित बैँकको कोठा नम्बर ४ मा भेरिफाइ गराएर कोठा नम्बर १ को हाकिमबाट रुजु गराएर भोलि ४ बजेपछिको एप्वाइन्टमेन्ट लिएर रकम निकाल्न दिने। यसो गर्दा सही मान्छेले नै रकम निकाल्न लागेको हो भनेर भेरिफाइ गर्न प्रशस्त समय हुन्छ।
Nagarikta ko photocopy bank laai ajhai pugeko chhaina so every atm machine aagadi euta counter rakhne ani atm card ko photocopy and nagarikta ko photocopy lyayera form bharaune ani counter na basne le namaste garera paisa dine.
Neesoj ji ma ni UK mai chu, khoi mero ta max £300 pound niskincha!
Na hasaunu na.
यतिखेर फेरी एकपटक राजनितिक बिश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.का सिद्धान्तहरु मध्य एउटा सिद्धान्त सम्झिनै पर्नै बाध्यता । Right Man in Right Place भन्ने कुराको अभाव देखियो ।
हामीले बुझ्न नसकेको कुरो यो लुट सिस्टमलाई ह्याक गरेर लुटिएको हो जसमा एक हजार होस् या एक लाख तेस्ले कुनै अर्थ राख्दैन ह्याकर ले सिस्टम बिगारेर जे पनि गर्न सकिन्छ बिशेस गरि नेपाल जस्तो घोकन्ते ग्यान भएका एक्स्पर्ट/ बिग्य हरु बाट चलिएको अर्थतन्त्र जहाँ अहिले सम्म कति पैसा लुटियो भन्ने कुराको लेख जोखा राख्ने कुनै प्रणाली छैन
नेपाल का बैंक ले धेरै जसो ATM मा दिन मै सटार लागे का हुन्छन सो सबै ATM बन्द गरि नेपाल सबै ब्यापारी लाई क्रेडिट काड बाट भुक्तानी गर्न मुफ्त मा सेवा प्रद्दन गरे राम्रो
सुझाव नम्बर 9 :अनुहार हेरेरै नियत पत्तो लगाउन सक्ने भारतीय ज्योतिष हरुलाई ए टी एम मेसिन मा नियुक्त गर्न लगाउने.
सबै भन्दा राम्रो सल्लाह त नेपालको सूचना मन्त्रि संग लिन सकिन्छ| मन्त्रि परिषद्को अनलाइन बैठक अति सुरक्ष्यित तरिकाबाट गराउने बिज्ञ
नेपालमा ATM बाट किन दैनिक १ लाख सम्म निकाल्न दिने रहेछ बुझ्न सकिएन/
UK मा प्रति दिन जम्मा £250 मात्र झिक्न पाईन्छ/
ATM बाट धेरै पैसा निकाल्न दिनु भनेको सबै तिर debit card हैन cash नै खर्च गर भनेको जस्तो लाग्यो /
ATM बाट २०-२५,००० मात्रै निकाल्न दिने र अलि बढि पैसा चाहिए भने बैंकको काउन्टरमा गइ निकाल्न मिल्ने भए फेरी येस्तै किसिमको hack गर्न दुरुत्साहन हुन सक्छ/
UK मा कुनै account, mis-use भाको संका लागेमा तुरुन्तै account block हुने र automated call बाट transaction verify गरे पछि मात्रै account unblock हुन्छ, येस्तै system पक्कै पनि नेपालमा पनि लागु गर्न सकिन्छ
ए भाइ यूके अमेरिकातिर जहाँसुकै सानो सानो पसलमा पनि कार्ड चल्छ र क्यासको आवश्यकता हुन्न। यो नेपाल हो अवस्था फरक छ यार।
एक एटीएम एक प्रदेश सभाका प्रतिनिधी राख्नु पर्ला त्यसैपनी केहि भूमिका पाइनौ भन्दैछन
सार्है राम्रो लेख, मन पर्यो
ATM बुथ प्रवेश गर्नु अघि फिङ्गर अनिबार्य चै गज्जब लाग्यो ।
सुझाव नम्बर ५ : एटिएम मेसिन प्रहरी चौकीको आसपास मात्र राखौ
एटिएम मेसिन प्रहरी चौकीको छेउमा भए पछी त, लुटेराहरुले आट नगर्लान
सुझाव नम्बर ६: एटिएम प्रहरी निर्माण गरौ
जस्तै पहिला दंगा नियन्त्रण को निम्ति दंगा प्रहरी थियो, अहिले (ससस्त्र प्रहरी)
त्यस्तै एटिएम प्रहरी जसको काम देस भरि भएको एटिएम को सी सी क्यामेरा हेर्ने, त्यहा माइक पनि राखियोस् ताकी प्रहरीलाइ संखा लागे तेरीमा फटाह बाहिर निस्की नत्र समात्छु भन्न सकोस
सुझाव नम्बर ७: एटिएम मेसिनमा फिंगर प्रिन्ट
एटिएम मेसिनमा फिंगर प्रिन्ट राखौ ताकी आफ्नो औला राखेर भेरीफाई भएपछी मात्र एटिएम भित्र छिर्ने ढोका खुलोस , यो फिंगर प्रिन्ट भेरीफाई एटिएम प्रहरीले गरोस