Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी वेबसाइटमा ‘क्याप्टेन मार्भल’ र ‘गल्ली ब्वाई’ : लापरवाहीको हद

Posted on September 4, 2019September 4, 2019 by mysansar

-महेश दाहाल, तुसार खतिवडा-

कानुनले नेपाली तथा विदेशी फिल्म तथा सफ्टवेयरको पाइरेसी, चोरी तथा गैरकानुनी बिक्री वितरणमा रोक लगाएको छ। कानुन पालना गराउने काम सरकारको हो। तर नेपाल सरकारकै आधिकारिक वेबसाइटबाटै गैरकानुनी सफ्टवेयर र टोरेन्टमार्फत् चोरिएका फिल्म वितरण भयो भने नि?

सुन्दा अचम्म र असम्भव लाग्न सक्छ। तर हामीले यस्तै भेट्टायौँ। हलिउड फिल्म क्याप्टेन मार्भल, हाउ टु ट्रेन योर ड्रयागन र गल्ली ब्वाईको ब्लु रे कपी मज्जाले स्ट्रिमिङ हुने गरी हेर्न सक्नुहुन्छ फ्रीमा। न डाउनलोड गर्नुपर्ने, न अरु वेबसाइटमा जस्तो विज्ञापन नै हेर्नुपर्ने। हामीले भेट्टाएको वेबसाइट नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको हो। https://www.hib.gov.np/ मा गएर यो साइट हेर्न सकिन्छ।

वेबसाइटमा उल्लेखित विवरण अनुसार हेर्दा, यो वेबसाइट Dry Ice नामको नेपाली कम्पनीले बनाएर NITC (National Information Technology Center) मा होस्ट गरेको देखिन्छ।

यहाँसम्म सबै ठीक देखिन्छ।

तर जब तपाईँ वेबसाइटमा भएको ‘सुविधा थैली’ लेखिएको मेनु छान्नुहुन्छ, त्यसबेला नयाँ पेज खुल्छ। यतिबेलासम्म पनि खासै केही बेठीक भएको छैन। तर जब तपाईले “Payment_Mechanism_and_Rates” छान्नुहुन्छ, तब वेबसाइटले बाहिरको URL मा पठाउँछ।

http://110.44.116.124:1521/health-insurance/public/uploads/shares/pages/anusuchi_9_(payment_mechanism_and_rates)upload.pdf

सामान्यतया हेर्दा सानो कमजोरी मात्र हो। तर IP मा ध्यान दिनुभयो भने, यो भाएनेटको IP हो। यहाँ सरकारी नियमको उल्लङ्घन भइसक्यो। सरकारी वेबसाइट तथा डाटाबेस नेपाल सरकारकै NITC मा राख्नु पर्ने नियम छ। सबै सरकारी संघसस्थाले त्यसरी नै राखेका पनि छन्।

ल भैगो, यसलाई पनि सामान्य त्रुटि नै मानौँ।

अब माथिको URL http://110.44.116.124:1521/health-insurance/public/uploads/shares/pages/anusuchi_9_(payment_mechanism_and_rates)upload.pdf
बाट अरु डिलिट गरेर http://110.44.116.124:1521 मात्र राख्नुस्। तलको पेज खुल्छ।

यो पनि सामान्य नै हो। यही URL मा http://110.44.116.124:1521/health-insurance गर्नु भयो भने, फेरि HIB कै वेबसाइट खुल्छ। सरकारी नियम मिचेर वेबसाइट भाएनेटमै होस्ट गरिएको रहेछ भन्ने स्पष्ट भयो।

तर माथिकै URL मा http://110.44.116.124:1521/test/ गर्नुभयो भने, तलको पेज खुल्छ।

यस लिंकबाट टोरेन्टमार्फत् डाउनलोड गरिएको क्याप्टेन मार्भल, हाउ टु ट्रेन योर ड्र्यागन नामको हलिउड फिल्मको टोरेन्टबाट तानिएका ब्लुरे कपी, अफिस २०१३ र हिन्दी फिल्म गल्ली बोए हेर्न र डाउनलोड गर्न सकिन्छ। यसरी चोरिएको सफ्टवेयर र फिल्म सरकारी वेबसाइटबाटै वितरण गर्नु लापरवाहीको हद हो। ध्यान जाला त सम्बन्धित निकायको?

हामी त यस्तै हो नि ब्रो भन्दै बस्दै गर्लान् र उता माइक्रोसफ्ट कम्पनी वा हलिउड वा बलिउड फिल्मका प्रोड्युसरले कपिराइटको मुद्दा ठोक्देला र करोडौँ जरिवाना तिर्नुपर्ला फेरि सरकारले। अर्काको कपिराइट भएको सामाग्री सरकारी वेबसाइटले बाँड्दै बसे पछि त लाग्छ नि अन्तर्राष्ट्रिय मुद्दा। अनि सरकारले तिर्ने जरिवाना भनेको राज्यकोषबाटै हो। राज्यकोष भनेको हाम्रै कर तिरेको रकमबाट जम्मा भएको पैसा हो। हामीलाई चासो त लागिहाल्छ नि।

अपडेट (दिउँसो २:२०) : यो ब्लग प्रकाशित भएको एक घण्टा नबित्दै यी लिङ्कहरु हटाइएका छन्। तर हामीले यसको भिडियो बनाएका छौँ

1 thought on “सरकारी वेबसाइटमा ‘क्याप्टेन मार्भल’ र ‘गल्ली ब्वाई’ : लापरवाहीको हद”

  1. chitra says:
    September 5, 2019 at 10:22 am

    यसलाई चै के भन्ने
    https://www.facebook.com/drivinglicensesunsari/videos/407412703233524/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme