Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् ६३६ फोटोबाट छानिएका साक्षरतासम्बन्धी सर्वोत्कृष्ट पाँच फोटो

Posted on September 3, 2019September 3, 2019 by Salokya

देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटोमध्येबाट साक्षरतासम्बन्धी पाँच सर्वोत्कृष्ट फोटोको घोषणा भएको छ। युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको नेपाल Literacy and Multilingualism (वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि) फोटो प्रतियोगितामा सर्वोत्कृष्ट पाँच फोटोहरु हेरौँ।


काठमाडौँको अटिजम एजुकेसनमा पढाउँदै गरेकी शिक्षिकाको यो फोटो पंकज श्रेष्ठले खिचेका हुन्। यो फोटो प्रथम भएको छ।


पाटनकी जीवित देवी कुमारी निहिरा बज्राचार्यलाई घरैमा पढाइरहेकी शिक्षिकाको यो फोटो सुनीता डंगोलले खिचेकी हुन्। यसले दोस्रो पुरस्कार पाएको छ।


गैरीधाराको स्कूलमा सांकेतिक भाषा प्रयोग गर्दै कुराकानी गरिरहेका विद्यार्थीहरुको यो फोटो अनिश रेग्मीले खिचेका हुन्। फोटो तेस्रो भयो।


मुस्लिम समुदायकी छात्राको प्रतीक गुरुङको यो फोटोले अनरेबल मेन्सन पाएको छ।


बर्दियाकी एक छात्राले शिशाकलम बोक्दै गरेको सुजन श्रेष्ठले खिचेको यो फोटोले पनि अनरेबल मेन्सन पाएको छ।

फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वकोे पत्रकार उज्ज्वल आचार्य र संचारिका समूहकी अध्यक्ष नितु पण्डित सदस्य रहेको निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटोहरु छानेको हो। विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन्। यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विजेताहरुलाई यही २०७६ भदौ २२ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कार प्रदान गरिने छ। विजेतासहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद) बबरमहलमा गरिने छ।

1 thought on “यी हुन् ६३६ फोटोबाट छानिएका साक्षरतासम्बन्धी सर्वोत्कृष्ट पाँच फोटो”

  1. Dilu Rai says:
    September 3, 2019 at 10:22 pm

    It is amazing one! Each photo reminds us to look everywhere and every corner of our society!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme