Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एटिएम नचलेर हैरान : भारतमा उपचार गर्न भिसा कार्ड बोकेर गएका नेपालीको बिचल्ली

Posted on September 3, 2019September 3, 2019 by संकल्प पोख्रेल

दाइ, एटिएम कार्डबाट पैसा कहिले झिक्न पाइन्छ? एकचोटी सोधिदिनु न।

एउटा भाइले फेसबुक मेसन्जरबाट सोध्दासम्म म गम्भीर भएको थिइनँ। तर जब उसले आफू भारतमा उपचार गराउन आएको र अहिले एटिएम कार्डबाट पैसा झिक्न नपाएर बेखर्ची भएको दुखेसो सुनायो, मलाई पनि तनाव भयो। नेपालको बैँकको एटिएम कार्डले भारतमा काम गरिहाल्छ भनेर आइसी धेरै नसाटिकन भिसा कार्ड बोकेर गएको रहेछ भाइ।

सबै कुरा ठीक थियो। तर शनिबार एटिएम ह्याक कान्ड मच्चियो। चिनियाँहरुले करोडौँ रकम एटिएमको सुरक्षा प्रणालीलाई उल्लु बनाएर उडाए।

एटिएम ह्याक भयो, तर जनताको पैसा गएन भनेर राष्ट्र बैँकले नै घोषणा गर्‍यो। जनता ढुक्कै। पुलिस पनि मख्खै। ह्याकर जो समाएको छ। खासमा ह्याकर त के हुनु, भरिया समाएको हो।

कुनै बैँक भने हाम्रो बै‌कबाट झिक्या मात्रै हुन्, हामी त सुरक्षामै तगडा छौँ भनेर विज्ञप्ति निकाल्दै बस्या छन्। कुनै बैंक चाहिँ हाम्रो हातको कुरो हो र अब नेप्सले जहिले गर्छ, तहिले खुल्छ भन्दै बस्या छन्। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले के गर्दैछ त जिज्ञासा हुनु स्वभाविकै हो। आखिर उसैको एउटा स्विच ह्याक भएर यत्रो करोडौँ निकालेका हुन्।

अब अहिले बिजोग छ। PoS मेसिनहरुले रकम लिइरहेका छैनन्। अर्को बैँकको एटिएम बुथबाट रकम निकाल्न सकिएको छैन। भारतमा भएको भाइले रकम निकाल्न पाएको छैन। उपायहरु लगाउने कोशिस गरियो, भारत पैसा पठाउने। सकिएन। राष्ट्रबैंकले ठूलै चाबी लगाएको छ पैसो बाहिर पठाउन। अब उपाय के त?

केही छैन।

ऊ एक जना त प्रतिनिधि पात्र मात्रै होला। अन्य कति होलान भिसा कार्ड बोकेर भारत जाने! सोचौँ त। भयावह स्थिति पो भयो त। मेरो एउटा नेप्समै आवद्ध बैँकको साथी छ आइटीमा, उसलाई फोन घुमाएँ। उसले भन्यो, ‘अब नेप्सले जहिले खोल्छ, उहिले हो। हामी सँग त के छ र!’

नेप्स १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो। यसले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ।

अर्को पनि साथी छ। उसलाई सोधेँ। भन्छ, ‘चलिराछ।’ उसको भनाइ हो नेपालमा उसैकोमा मात्र चलिराछ। यसरी चलेर त भएन नि।

फेरि मैले नेप्समै फोन लगाएँ Toll Free: 16600116016 फ्रीमा फोन गर्न पाइने रहेछ। सोधौँ न के भन्छन् भनेर।

जवाफ आयो- ‘भन्नै सकिन्न।’

भिसाले के भन्छ, SCT ले के भन्छ पो भन्छ। उल्टो कुन बै‌कको हो म त्यो बै‌कको नम्बर दिन्छु रे। अरे मैले सोधिसकेँ उता, किन सोध्नु। उनीहरू हुन् र ह्याकमा परेका! अचम्म। अब भन्नुस कति दिन लाग्छ?

जवाफ आयो, ‘भोलिसम्म खुले, खुल्यो। नत्र भन्न सकिन्न।’

गभर्नर चिरन्जीवी नेपालले एक पटक भनेका थिए- नेपालको बैँकिङ भगवान भरोसे चलिराछ। त्यस्तै जवाफ पो आयो त।

यस्तो गाह्रो पर्‍या छ हजुर भारत गएका नेपालीलाई भनेको त हामीलाई पनि त त्यस्तै गाह्रो पर्‍या छ नि रे। लौ भो त अब!

यो समस्या तुरून्त समाधान गर्ने जिम्मा कसको हो? भारतमा रहेका नेपालीलाई परेको साह्रो गाह्रो फुकाउने जिम्मा कसको हो?

1 thought on “एटिएम नचलेर हैरान : भारतमा उपचार गर्न भिसा कार्ड बोकेर गएका नेपालीको बिचल्ली”

  1. विनय says:
    September 3, 2019 at 6:43 pm

    साँचै भन्नपर्दा बैंकहरु पनि श्याम परदेशीको अर्का मोहडा हुन| यो देशको स्थिति दिनहु गिरदो छ|औद्योगिकरण, निर्यात र रोजगारी सिर्जना सिपालु कथाकारको
    बिषय भएको छ| जब देशको अर्थ व्यवस्थामा कुनै प्रगति भएको छैन, तब पनि बैंकहरुले कमाउन सम्म नाफा कमाएका छन्| राष्ट्र बैंक त यस्तो संस्था हो
    जसले आफन्त, नातागोता चिनेकालाई कर्मचारी बनाउछ, र निजी बैंकहरुलाई थर्काएर आफ्नो व्यक्तिगत स्वार्थ र व्यक्तिगत इज्जत बढाउछ| यो देशमा सेवाग्राही र अर्थव्यवस्थाको कसलाई वास्ता? राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयकर्ता हरुलाई लाइसेन्स दिंदा र त्यसपछि कुशलता पुर्बक अनुगमन गरेको भए ह्याकिंग गर्नेहरुले सहजै विदेशी मुद्रा लिन सक्ने थिएनन| हामी कंहा निजी बैंकहरुको तुलनामा नेपाल बैंक को सेवा हेर्नुस त? खालि कर्मचारीलाई जागिर खुवाई राख्न मात्र बैंक चलेको जस्तो छ| हिज त्यस्तै थियो र आज पनि त्यस्तै छ| वडाको अफिस जस्तो छ कालिमाटीको शाखा| चिनेजानेको छैन भने अझ उल्टो कर्मचारीको खपकी खान्पर्छ|
    जे होस्, नेपाली बैंकहरुले हामी जस्ता सामान्य सेवाग्राहीहरुलाई वास्ता गर्दैनन्|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme