Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शालिकराम प्रकरण : साउन २० गते होटल कङ्गारुको रुम नम्बर २०२ मा भएको के थियो?

Posted on August 28, 2019August 31, 2019 by Salokya
  • चितवनबाट फर्केपछि उमेश श्रेष्ठ

होटल कङ्गारु। रुम नम्बर २०२।

साउन २० गते यही ठाउँमा भएको एउटा घटनाले पूरै देश तरङ्गित छ।

नारायणगढ-मुग्लिङ राजमार्गबाट नारायणगढ बजार हुँदै पूर्व पश्चिम राजमार्ग जोडिनुअघि एउटा बसपार्क छ। पोखरा बसपार्कले चिनिने त्यो बसपार्कबाट पोखरा, लमजुङ, गोरखा आदि ठाउँमा जाने बसहरु पाइन्छ। काठमाडौँ जाने माइक्रोबस पनि त्यहीँबाट लाग्छ।

बसपार्क भएकोले चहलपहल भइरहने ठाउँ हो त्यो।

मलाई लागेको थियो होटल बसपार्कभन्दा अलि पर नै थियो होला। तर कङ्गारु होटल खोज्दै गर्दा पो थाहा भयो- बसपार्कै अगाडि रहेछ। बसपार्कलाई टार्गेट गरी अरु पनि होटलहरु त्यहाँ रहेछन्।

भदौ ६ गते शुक्रबारका दिन त्यहाँ पुग्दा लागेको थियो- प्रहरीले होटल ‘सिल’ गरेको होला। अथवा होटल साहु त्यहाँ बस्न नसक्ने भएर सटर तानेर अन्यत्रै बसिरहेका होलान्। किनभने त्यो कोठामा मृत भेटिएका शालिकराम पुडासैनीका आफन्तले हत्या भएको दावी गर्दै सबैभन्दा पहिला जाहेरी होटल साहु यज्ञबहादुर कार्कीविरुद्ध नै दिएका थिए। त्यसपछि प्रहरीले उनैलाई नियन्त्रणमा लिएको थियो।

‍शून्य थियो होटल। कोही गेस्ट थिएनन्। सुरुमा त उनले बोल्न मन पनि गरेनन्। बिस्तारै उनी खुल्दै गए। त्यो दिनको घटनाबारे बताए।

उनी लगायत अन्यसँगको कुराकानी, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुसँगको कुराकानी, हाम्रो एफबिआई अर्थात् फेसबुक ब्युरो अफ इन्भेस्टिगेसनको अनुसन्धान, प्रहरीको अनुसन्धान प्रक्रिया र प्रमाणहरु समावेश मिसिल आदि विभिन्न स्रोतहरुको अध्ययन र एक्सपर्टहरुसितको सल्लाहबाट मैले २०७६ साउन २० गते भएको के थियो होला, त्यसको विश्लेषण गर्ने प्रयास गरेको छु।

सम्भावना नम्बर १

शालिकराम पुडासैनी एक चर्चित तथा होनहार पत्रकार थिए। सीधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछानेसँग काम गर्दा उनी जोखिम मोलेर काम गर्थे। त्यसैले शत्रु कमाएका थिए। यही कारण उनलाई मारेर रवि दाइहरुलाई फँसाउने षड्यन्त्र अपराधीहरुले रचे।

त्यसका लागि उनीहरुले शालिकरामलाई मार्नै भनी चितवन ल्याए। होटल कंगारुमा बोलाए। हत्यारा ग्याङले बन्दूक देखाएर तर्साएर बाध्य पारी यो-यो भन भनेर कागजमा लेखेको कुरा पढ्न लगाएर भिडियो खिचे। आत्महत्या गरेको जस्तो देखाउन डोरी किन्न पठाए। रडले हिर्काए, करेन्ट लगाए, यातना दिएर मारे। त्यसपछि त्यही कोठाको सिलिङ फ्यानमा झुण्ड्याए। अनि भित्रबाट कोठा लक गरेर झ्यालबाट भागे। यो आत्महत्या हैन, हत्या हो।

यो सम्भावनाका लागि हाम्रो एफबिआईका प्रमाण

• भिडियो अर्कैले खिचेको हो। सेल्फी भिडियोमा नमस्ते कसरी गर्न सकिन्छ?

• भिडियोमा कहिले सिरानी देखिँदैन कहिले सिरानी देखिन्छ

• भिडियोको बीचमा ‘किन’ भनेको आवाज सुनिन्छ

• लाशमा निलडाम र करेन्ट लगाएको जस्तो देखिने घाउचोट छ

• फोटोमा शालिकरामको शरीरले एउटा खुट्टा खाटमा छोएको देखिन्छ। त्यसरी पनि आत्महत्या हुन्छ?

• मुचुल्का उठाउँदा प्रहरीले नै रडले हानेको भनेको छ

• शालिकरामको आँखाको नानीमा मान्छेहरु देखिएका छन्

• शालिकरामलाई मारेर भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिरिए। झ्यालबाट सहजै बाहिर अर्को कोठामा जान सकिन्छ।

सम्भावना नम्बर २

शालिकरामलाई मार्ने उद्देश्यले नै हत्यारा ग्याङले चितवन ल्याएका थिए। त्यसअघि नै उनीहरुले आफ्नै उपस्थितिमा भिडियो खिच्न लगाए। अनि कुनै अज्ञात ठाउँमा उनीहरुले शालिकरामलाई बेस्कन यातना दिए। रडले हाने, करेन्ट लगाए। मारे। अनि थाहा पाउँछन् भनेर लाशलाई त्यो होटलको कोठामा ल्याएर झुण्ड्याइदिए। अनि भित्रबाट कोठा लक गरेर झ्यालबाट भागे।

यो सम्भावनाका लागि हाम्रो एफबिआईका प्रमाणलाई माथि सम्भावना नम्बर १ कै लागू हुने भए पनि एउटा थप गर्न सकिन्छ-

• होटलको सिसिटिभी क्यामेराको फुटेज खै ? किन बिग्रयो?

प्रहरीको नालायकी

आत्महत्याका धेरै केसमा ‘हत्या’ हो भनेर पब्लिक प्रेसर हुने नौलो कुरा हैन। कहिलेकाहीँ प्रधानमन्त्री तहसम्मबाट यस्तो प्रेसर आउँछ भन्ने कुरा सार्वजनिक भइसकेको छ। एउटा उदाहरण यता छ।

बजारमा कस्तो-कस्तोसम्म हल्ला चलिरहँदा प्रहरी भने बेखबर झैँ रह्यो। सिआइबीको अनुसन्धान जेसुकै होस्, सर्वसाधारणको मनमस्तिष्कमा हाम्रो ‘एफबिआई’का अप्रमाणित हल्ला बसिसकेका थिए, जसलाई चिरेर वास्तविक कुरा यो हो है भनेर आधिकारिक रुपमा भन्न प्रहरी चुक्यो।

सिआइबीको नेतृत्व गरिसकेका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्- ‘मिडिया म्यानेजमेन्टमा प्रहरी नेतृत्व चुकेको छ। यति धेरै प्रश्न र देशभरबाट चासो उठिसकेपछि प्रहरीले केन्द्रीय तहबाटै यथार्थ कुराहरु प्रष्ट पारिदिनु पर्थ्यो।’

हुन पनि मूलधारका मिडियाले यस्ता हल्लाहरु बारे केही नलेख्दा समेत सामाजिक सञ्जालमा चलेको हल्लाकै भरमा मान्छेले आफ्नो विचार बनाइसकेका थिए। निर्मला प्रकरणमा पनि यस्तै हल्लाका कारण परिस्थिति बिग्रिएको थियो। मिडियाले बरु केही पाठ सिके त्यसबाट, प्रहरी भने नालायकै रहेको देखियो।

निर्मला प्रकरणमा बम दिदीबहिनीको चरित्रबारे नानाभाँती गाली गरेर सामाजिक सञ्जाल भरिएका थिए। उनीहरुको घरमा एसपी विष्टको छोरा र मेयरको भतिजा आउनेसम्मका हल्लालाई अनलाइनखबरले आधिकारिकता दिएर समाचारै बनाएको थियो। हुँदै नभएको भैँसी ब्याएको थियो। अम्बाको रुखमा झुण्ड्याइएको, अम्बाको रुख काटेको, कपि नभिजेको जस्ता हल्ला फैलिएको थियो।

यस पटक पनि त्यस्तै भयो।

‘कम्तिमा हत्या कि आत्महत्या के हो? पोस्टमार्टम रिपोर्टमा के आएको छ? शरीरमा निलडाम कस्तो अवस्थामा देखिन्छ? भिडियोको वास्तविकता के हो आदिबारे विज्ञलाई राखेर तथ्य प्रष्ट्याउन जरुरी थियो’, मल्ल भन्छन्।

तर चितवन प्रहरी दानबहादुर मल्लले दोस्रो पटक ५ दिन म्याद थप गरिसकेपछिको पत्रकार सम्मेलनमा पोस्टमार्टम रिपोर्ट के आयो भनेर सोधिएको प्रश्नको समेत जवाफ दिन चाहेनन्। यसले हल्लालाई अझ फैलाउने काम मात्र गर्‍यो। (भिडियो लिङ्क)

आधिकारिक रुपमा प्रहरीबाट केही पनि नआउने, मिडियामा पनि यसबारे केही नआउने। तर चासो धेरै। अनि मान्छेले केमा विश्वास गर्ने भए त? त्यही हाम्रो ‘एफबिआई’लाई।

अनुसन्धान प्रक्रियाबारे सामान्य जानकारीसमेत नभएका सर्वसाधारणले अनुसन्धान गर्न थाले भने त्यसले कस्तो गम्भीर परिणाम ल्याउँछ र निर्दोषलाई कति पीडित पार्छ भन्ने एउटा राम्रो प्रमाण बोस्टनमा भएको बम विस्फोट काण्डमा रेड्डिट प्रयोगकर्ताहरुले आआफै अनुसन्धान गरी सुनील त्रिपाठी नामका एक निर्दोषलाई आरोप लगाएको घटनाले देखाउँछ। पछि उनी मृत भेटिएका थिए। उनको परिवारलाई अज्ञात व्यक्तिहरुले धम्की दिन थालेका थिए। यो बारेमा बीबीसीले इन्टरनेटका जासुसहरु कसरी गलत भए भनेर एउटा लामो रिपोर्ट बनाएको छ। पढ्न यहाँ क्लिक गर्नुस्। पछि रेड्डिटले सार्वजनिक रुपमा माफी माग्यो। यो घटनाबारे थप जानकारी यसमा पनि छ।

‘प्रहरीको चेन अफ कमान्ड पनि देखिएन’, पूर्व डिआइजी मल्ल भन्छन्, ‘प्रहरीप्रति यति धेरै नकारात्मक स्थिति निम्तिरहँदा कम्तिमा प्रदेश नम्बर ३ का डिआइजी गएर प्रेस कन्फ्रेन्स गरी मिडिया म्यानेजमेन्ट गर्नुपर्थ्यो। हल्ला चिर्ने काम गर्नुपर्थ्यो।’

भएको के थियो?

खासमा भएको के थियो भन्ने प्रश्नमा जानुअघि सम्भावनाहरुमा पनि प्रतिप्रश्न गरौँ न। किनकि अक्सर धेरैले मानेर दिमागमा स्थापित भइसकेको तथ्य भएपछि सामान्य लजिक पनि नलागेको हुनसक्छ।

मैले आफन्त, साथीभाइ, चितवन जाँदा बाटोमा भेटिएका धेरै मान्छेसँग कुरा गरेँ। धेरैले यसलाई हत्या नै हो भनेर ठोकुवै गरे। प्रहरीले भने हत्या हैन आत्महत्यातर्फ केन्द्रित भई अनुसन्धान गरेको थियो। किन हत्या हैन भन्नेबारे प्रष्ट पार्नुपर्ने जिम्मेवारी त प्रहरीको थियो। तर खै त उसले प्रष्ट पार्न सकेको? अनुसन्धानमा अनुभव र दक्षता दुवै भएको प्रहरीले प्रष्ट पार्न नसक्दा हावी हुने त त्यही हाम्रा ‘एफबिआई’ हुन् जसको काम अनुमान गर्ने हो। तर त्यसमा पनि केही लजिक त हुन्छ। त्यसैले त यो धेरै फैलिन्छ।

अब आउँ हामी विश्लेषण गरौँ सम्भावना १ र २ तर्फ। दुवैको निश्कर्ष अरुले नै मारेको भन्ने हो। एउटामा त्यहीँ मारेको, अर्कोमा बाहिर मारेर ल्याई त्यहाँ फ्याँकेको भन्ने हो।

मार्नुपर्ने कारण (मोटिभ) के ?

पत्रकार शालिकराम पुडासैनीलाई मार्नुपर्ने कारण के हो त? उनलाई धेरैले चिनेका पनि थिएनन्। उनले चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा काम त गरेका थिए, तर उनको अनुहार एक पटक पनि टेलिभिजनमा नदेखाइएको कार्यक्रमका प्रोड्युयसर दीपक बोहरा बताउँछन्। उनी पत्रकारिताको सैद्धान्तिक ज्ञान भएका (पत्रकारिता अध्ययन गरेका) व्यक्ति पनि हैनन्। माउन्टेन टेलिभिजनमा उनले चलाउने मिसन न्युज कार्यक्रम धेरैले हेरेका पनि छैनन्। रवि लामिछानेसँग काम गरिसकेको भएर उनका केही कुरा शत्रुहरुलाई थाहा भएको र रविलाई फँसाउन भिडियो बनाउन लगाएर मारेको भन्ने अनुमान गर्न सकिन्छ।

हाम्रो एफबिआईको अर्को तर्क पनि छ- शालिकरामलाई मार्ने र रविलाई फँसाउने उद्देश्यले नै हत्यारा ग्याङले चितवन ल्याएका थिए। उनीहरुले यसका लागि चितवन नै किन रोजे भने यहाँ प्रचण्डकी छोरी भरतपुरमा मेयर छिन्। अनि त्यहाँको प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि प्रचण्डका पहिलेका बडीगार्ड हुन्। प्रचण्ड र रविको भयङ्कर दुश्मनी छ। प्रचण्डकी छोरी रेणुले भरतपुरमा चुनाव जिते स्टुडियोमै रविले झुण्डिएर मर्छु भनेर भनेका थिए रे। मदन भण्डारीलाई पनि चितवन मै मारेका हुन्।

अरुले मारेको भए ढोका भित्रबाट ‘लक’ कसरी भयो?

त्यसो भए हामी अरुले मारेको भन्ने अनुमानित निश्कर्षमा पुग्यौँ। त्यही कोठामा मारेको रे ल। त्यसो भए प्रश्न आउँछ- ढोका भित्रबाट ‘लक’ कसरी भयो?

‘सादा खाना बनाइदिनू’ भनेर गएको तर खान तल नझरेको, ढकढक गर्दा पनि नखोलेको भएर होटल साहुले प्रहरीलाई खबर गरे। प्रहरीले अन्दाजी राति पौने १० बजे ढोका फुटाएर हेर्दा सिलिङ फ्यानमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा देखिएको थियो।

ढोका लक, झ्याल बन्द।

के झ्यालबाट भाग्न सक्ने अवस्था थियो? हामीले त्यो कोठाको झ्यालमा गएर हेर्‍यौँ। सेतो रङको ग्रिल नराखिएको स्लाइड गर्न मिल्ने खालको झ्याल थियो। आल्मुनियमको झ्याल बाहिरबाट स्लाइड गरेर पनि बन्द गर्न मिल्ने खालकै छ। तर झ्यालबाट निस्केर भाग्ने ठाउँ छ त?

होटलको छेउमै एउटा फराकिलो गल्ली छ र पारीपट्टी अर्को घर छ। झ्यालबाट पारीपट्टीको अर्को घरमा उफ्रेर जान सम्भव छैन।

झ्यालमुनि भिरालो (स्लोप) भएको करिब आधा फिटको टप छ जहाँ सहजै उभिन समेत सकिन्न। डोरीको सहायतामा ट्याक्टिकल ट्रेनिङको स्किल भएका व्यक्तिले बाहेक सामान्य अवस्थामा निस्कने अवस्था देखिन्न। त्यस्तो डोरी झ्यालमा भेटिएको पनि छैन। डोरी बाँधेको कुनै संकेत पनि देखिएको छैन। न त तीन तल्लामाथिबाट हाम्फाल्न नै सकिन्छ। फेरि बसपार्क नजिकको खुला ठाउँको घर भएकोले बाहिरबाट देख्ने सम्भावना पनि उत्तिकै हुन्छ।

रुम नम्बर २०२ खासमा ८ बाई १२ को सानो कोठा हो। मूलढोका बाहेक बाहिर निस्कने ठाउँ त्यही एउटा झ्यालमात्रै हो। अर्को कुनै झ्याल प्यासेजतिर छैन।

त्यो भएको झ्यालबाट निस्केर डोरी बिना अर्को कोठामा जान सम्भव छैन। अर्को कोठा भन्नाले नजिकैका कोठा रुम नम्बर २०१ र २०३ हुन्। ती कोठामा त्यो दिन बसेकाहरुसित प्रहरीले अनुसन्धान गरेर कुनै लिङ्क नदेखेको पुष्टि भइसकेको छ।

रुम नम्बर २०१ र घटना भएको रुम नम्बर २०२ नजिकै छन्। दुई कोठाको चौकटको दूरी निकै कम छ। अर्थात् ठूलो स्वरले बोल्यो, चिच्यायो भने सुन्न सकिने अवस्था छ। धेरै मान्छे आउजाउ गरेको भए अर्को कोठामा बसेकाले थाहा पाउने अवस्था छ।

नाइलनको डोरी किन किन्न गए?

शालिकरामले होटलबाट करिब १५० मिटर टाढा रहेको पसलबाट नाइलनको डोरी किनेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ। पसलमा सिसिटिभी रहेछ। सो सिसिटिभीको फुटेजमा शालिकरामले डोरी किन्दै गरेको देखिएको छ। त्यसलाई प्रहरीले विशेषज्ञबाट पुष्टिसमेत गराइसकेको छ।

पसलका साहुले पनि प्रहरीमा बयान गरिदिएका छन्। डोरी बेच्ने पसलका कामदारको पनि कागज भएको छ। डोरी बेच्ने योगेन्द्रको भनाई अनुसार शालिकरामले सुरुमा चार मिटर डोरी माग्दा पसलेले ‘हामी खुद्रा बेच्दैनौँ’ भनेका थिए।

पछि केका लागि भनेर सोध्दा शालिकरामले ‘लुगा सुकाउन’ भनेछन्।

त्यसो भए चार मिटरले पुग्दैन होला पाँच मिटर लैजानुस् भनी नापेर डोरी दिएको बताएका छन् डोरी बेच्नेले।

यदि अरु कसैले मारेर झुण्डयाएका भए आफै डोरी किन्न किन जान्थे? कसैले कोठामा धम्क्याएका भए पनि बाटोमा डोरी किन्न पठाउँदा भाग्न वा हारगुहार माग्न सम्भव थियो।

शरीरमा निलडाम, चोटपटक कसरी?

शालिकरामको शरीरमा कुटेको डाम र चोटपटक कसरी देखियो भनेर सामाजिक सञ्जालमा भ्रमपूर्ण फोटोहरु पनि पोस्ट भए। एउटा फोटोको फ्याक्ट चेक गर्ने क्रममा त्यो कास्मिरको फोटो रहेको पनि खुल्यो।

शरीरमा निल डाम देखिएका हुन् तर हल्ला फैलिएपछि त्यो प्राविधिक विषयलाई प्रहरीले विज्ञलाई भन्न लगाएर चिर्ने काम गर्नुपर्थ्यो। झुण्डिएर मरेको केही समयपछि रक्त सञ्चार रोकिन्छ र गुरुत्वाकर्षणका कारण रगत जमेर शरीरमा त्यस्तो नीलो देखिने गर्छ। यत्रो चासोको विषयमा प्रहरीले प्रेस कन्फ्रेन्स गरी पोस्टमार्टम गर्ने डाक्टरलाई राखेर भन्न लगाएको भए भइहाल्थ्यो।

खुट्टामा देखिएको चोटपटकको कुरा गर्दा भोलिपल्ट परिवारका सदस्यहरु चितवनमा आएको दिन हत्या भन्ने कुरामा बवाल हुँदा त्यही होटलमै शालिकरामकी श्रीमतीले ‘यो केटीको लफडाले भएको कुरा हो, पाप नबोलौँ, त्यो खुट्टाको डाम अगाडि नै मोटरसाइकल एक्सिडेन्टमा पर्दा साइलेन्सरले लागेर भएको हो’ भनेर बोलेको सुन्नेहरु नै रहेछन्।

शालिकरामको मोबाइलको डिजिटल फरेन्सिक ल्याब (DFL) मा अनुसन्धान हुँदा फेब्रुअरी १९, २०१९ मा खिचेको खुट्टामा घाउचोट लागेको र ब्यान्डेज गरेका चार वटा फोटोहरु पनि ‘रिकभर’ भएको छ। डिजिटल फरेन्सिक ल्याबबाट डिलिट भएका फोटो र भिडियोहरु पनि निकाल्न सकिन्छ। ती फोटोहरुले चोट पुरानै हो भन्ने पुष्टि गरेको छ।


DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो।


DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो। यी सब प्रमाण अदालतमा प्रस्तुत गरिएका छन्।

खुट्टा बेडमा छुने गरी कसरी झुण्डिए?

शालिक झुन्डिएको अवस्थामा फेला पर्दा देखाइएको दृश्यमा एउटा खुट्टा बेडमा छोइरहेको अवस्थामा देखिएको छ। तर होटल साहुका अनुसार शुरुमा लाश देखिएको अवस्थामा त्यो खुट्टाले बेड छोएको थिएन। पछि लाश धेरै समय झुन्डिदा झोलिंदै गएर बेडमा छोएको रहेछ। क्राइम सिन देखेका प्रहरीहरु यस्तो सम्भव भएको बताउँछन्। अझ अलि लामो समय भयो भने त शरीरका अङ्ग अङ्ग समेत झर्न थाल्छन्।

झुण्डिएको अवस्थामा साउन २० गते राति पौने १० बजे भेटिएपछि पुलिसले त्यो कोठा सिल गरेको थियो। नुवाकोटबाट परिवार र आफन्तजनहरु नआएसम्म कोठालाई सिल गरिएको थियो। भोलिपल्ट बल्ल मुचुल्का गरिएको थियो।

करेन्ट लगाइएको थियो?

फेसबुक र युट्युबका भिडियोहरुमा करेन्ट लगाएको ठोकुवा नै गरिएको थियो। तर करेन्ट लगाएर मारेको भए केही न केही संकेत त हुन्थ्यो नि। ती चोटपटकहरु पुरानो रहेको शालिकरामकै मोबाइलमा भेटिएका पुराना फोटोहरुले पुष्टि भइसकेको छ। करेन्ट लगाएका कारण मृत्यु भएको पनि देखिएको छैन। मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा स्पष्ट रुपमा HANGING अर्थात् झुण्डिएको भन्ने छ। झुण्डिएको अवस्थामा हुने लिगायचर मार्क पनि छ। त्यसैले करेन्ट लगाइएको भन्ने कुरा हचुवा हल्लामात्रै भएको पुष्टि भइसकेको छ।

मुचुल्का उठाउँदाको भिडियोमा प्रहरीले नै रडले हानेको भनेको छ त!

मुचुल्का उठाउने क्रममा नुवाकोटबाट ३० जना जति आफन्त साथीभाइ आएका थिए। उनीहरुले मृत्यु शंकास्पद रहेको भन्दै हत्याको शंका गरे। होटल साहुलाई दोष दिए। त्यही बेला खिचिएको भिडियोमा एउटा रातो सर्ट लगाएका व्यक्तिले रडले हानेको बोलेका छन्। सर्वसाधारणलाई लाग्यो, त्यो मान्छे पुलिस नै हो।

यो भिडियो हेर्नुस् यसमा रातो लुगा लगाउनेले भनेका छन्- माथि त केही देखिएन, तल चैँ देखियो। तल चाहिँ चार पाँच ठाउँमा रडले हानेको, एउटा गोडामा चार ठाउँमा हानेको र एउटा गोडामा एक ठाउँमा हानेको देखियो।

यत्तिकैमा भिडियोमा अनुहार नदेखिएका अर्कोले भन्छन्- हानेर मार्न नसकेसि चैँ झुण्ड्याएर मारेको झैँ लाग्यो।

‘बाहिरबाट मारेर ल्याएको हुनुपर्छ,’ अर्कोले थप्छ।

फेरि त्यही रातो लुगा लगाउने बोल्छन्- मारेर ल्याए हैन। उ (हाउभाउ गरेर) गर्‍यो अनि के प्रमाण हुन्छ भनेर झुण्ड्याइदियो।

हुँदाहुँदा सामाजिक सञ्जालमा त्यो बोल्ने र रवि लामिछाने र युवराज कँडेललाई पक्रन जाने प्रहरी एउटै हो भनेर समेत अनुमानकारिता गर्न भ्याए।

वास्तवमा त्यो रातो सर्ट लगाएर रडले हानेको छ भनेर बोल्ने नुवाकोटबाटै आएका पुडासैनी पक्षका व्यक्ति थिए। स्वभाविक रुपमा उनीहरुले त्यतिबेला आशंकाको बोली बोले। त्यसैलाई प्रमाण मान्नुअघि चाहिँ अलिकति लजिक पनि लगाउनु पर्ने हामीले। रडले हानेको भए त्यस्तो ५/६ वटा घाउ हुन्छ र भन्या, हड्डी नै भाँच्चिन्छ नि।

अनि रवि र युवराजलाई न्युज २४ को कार्यालयमा गएर पक्रन गएको बेलाको फोटोमा देखिएका चाहिँ महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटी हुन्।

‘मुचुल्का उठाइरहेको बेलाको त्यो भिडियोले प्रहरीको लापरवाही चाहिँ देखिन्छ। प्रहरीले क्राइम सिन प्रोटेक्सनका लागि केही गरेको देखिएको छैन। पब्लिक प्रवेश गरेका छन्, भिडियो खिचेका छन्। बेडमा जुत्ता नै लगाएर चढेको देखिन्छ’, पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘यसले निर्मला काण्डबाट प्रहरीले पाठ नसिकेको स्पष्ट हुन्छ।’ यो भिडियोमा हेर्न सकिन्छ ती दृश्य।

रडले हानेको भए घाउमा रगत बग्नु पर्ने कि नपर्ने? अनि खै त घटनास्थलमा रगत एक थोपा पनि भेटिएको छैन त। त्यसैले यी सब हचुवा कुरा हुन्। पोष्टमार्टमबाट समेत यस्ता कुरा छर्लङ भइसकेको छ।

होटल साहुले षड्यन्त्र गरेको ?

बाहिर मारेर ल्याएर त्यो होटलमा झुण्ड्याउन लगाएको भन्ने पनि एकथरि हाम्रा एफबिआईको निश्कर्ष छ। बाहिरबाट लाश त्यसरी ल्याएर रुममा लगेर झुण्ड्याउन सोचे जस्तो सजिलो छैन।

होटल साहुसँग शालिकको न त पहिले चिनजान छ न त कुनै दुष्मनी? पहिलो पटक रहेछ शालिक त्यस होटलमा बसेको। त्यसैले शालिकलाई होटलवालाले मार्नु वा मराउनु पर्ने कुनै कारण नै छैन। अब सामान्य लजिक पनि लगाएर सोच्नुस् न, कोही त्यति मूर्ख पनि किन होला र जसले आफ्नै होटलमा ल्याई कसैको हत्या गरोस् वा गराओस्। आफ्नै होटलको बेडमा ल्याएर कसैलाई मार्दा आफैमाथि जोखिम धेरै हुने कुरा उनलाई थाहा नहोला र?

होटल साहुले सिसिटिभी क्यामेरा चैँ चलेको अवस्थामा राख्नुपर्ने थियो। बिग्रिएको थाहा भएर पनि तत्काल बनाउनु पर्नेमा नबनाएको उनी स्वीकार्छन्। सिसिक्यामेरा भएकै भए पनि कोठाभित्र त राख्न मिल्दैन थियो। को-को कति बजे आए, गए भन्ने चाहिँ देखिन्थ्यो, जसले अनुसन्धानलाई सहज बनाउँथ्यो।

त्यसैगरी शालिकराम बसेको कोठा वरपर जग्गा दलालहरु बसेको र उनीहरुले षड्यन्त्र गरेर मारेको हुनसक्ने पनि कन्स्पिरेसी थ्यौरी सुनिएका छन्। प्रहरीले कोठा नम्बर २०२ वरपर को को बसेका थिए, उनीहरु सबसित सम्पर्क गरी सोधपूछ गरी यो घटनामा कुनै लिङ्क नभएको अनुसन्धानबाट पुष्टि गरिसकेको छ।

भिडियो कसले खिचेको ?

फेसबुके ब्युरो अफ इन्भेस्टिगेसनले तमाम शंकाका थ्यौरी लगाए पनि उनीहरु कोही पनि विज्ञ हैनन्। र विज्ञसहितको डिजिटल फरेन्सिक ल्याबले पुष्टि गरिसकेको छ- भिडियो शालिकरामकै सामसुङ ग्यालेक्सी J6 (Samsung SM-J600G) मोडलको मोबाइलको फ्रन्ट फेस क्यामेराबाट खिचिएको हो। त्यो भिडियोमा कतै कुनै छेडखानी गरिएको छैन। उनको मोबाइलमा दुई वटा भिडियो फाइल थिए – जसलाई एउटै बनाएर सम्पादनसमेत गरी ‘नेपालआज’ को युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो। एउटा भिडियो ४ मिनेट ५८ सेकेन्डको छ भने दोस्रो भिडियो ८ मिनेट २७ सेकेन्डको छ। पहिलो भिडियो साउन २० गते दिउँसो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्न सुरु भएको हो भने दोस्रो भिडियो अपराह्न ४ बजेर १ मिनेट १७ सेकेन्डमा।

भिडियोमा सिरानी सुरुमा नदेखिएको पछि देखिएको आदि कुरा पनि भिडियो दुई पटक खिचेको कारण पोजिसन चेन्ज भएकोले हो। ‘किन’ भन्ने आवाज उनकै हो, भक्कानिएका कारण आवाज अलि फरक सुनिएको हो र लिप्सिङ हेरे प्रष्टै हुन्छ। आँखाको नानीमा मान्छे देखिएको कुरा अफवाह हुन्।

सामान्य लजिक लगाउन सकिन्छ, यदि कसैले उक्त भिडियो जबर्जस्ति सो कोठामा बनाउन लगाएको मान्ने हो भने पनि किन शालिकले आफैले डोरी किनेर ल्याउँथे त ? कसैले डोरी किनेर ल्या जा भनेर पठाएको भए त्यतैबाट टाप ठोकिहाल्थे नि।

आफैले खिचेको सेल्फी भिडियोमा नमस्ते गर्न कसरी सम्भव हुन्छ पनि भनिएको छ। तर यो सामान्य कुरा हो उत्तानो परेर सुतेको ब्यक्तिले दुबै खुट्टा खुम्चाएर मोबाइल च्यापेर सजिलै यो सम्भव छ। हेर्नुस् परीक्षण

शालिकरामको सार्वजनिक भएको भिडियो ध्यान दिएर हेर्ने हो भने सुरुमा शालिकले आफ्नो हातले समातेर भिडियो खिचेको र पछि नमस्ते गर्ने बेला मुनि मोबाइल राखेको देखिन्छ। भिडियोको दृश्य त्यतिबेला हल्लिएको (प्राविधिक भाषामा जर्क भएको) बाट पुष्टि हुन्छ। भिडियोबारे ज्ञान भएको भिडियो एडिटरलाई सोध्दा यो बारे प्रष्ट हुन सकिन्छ।

यदि कसैले जबर्जस्ति बोल्न लगाएको भए त्यो कोठाको नजिकको दुबै कोठाको मान्छेले सुन्ने सम्भावना हुन्छ र शालिकले समेत मर्ता क्या न कर्ता भनेर कराउने चिच्याउने गर्न सक्थे। त्यसैले त्यसरी कसैले जबर्जस्ति गर्न सकिन्न।

यदि कसैले शालिकलाई त्यो कोठामा योजनावद्ध ढंगले पुर्‍यायो कि भन्ने शंका गर्ने हो भने पनि शालिकलाई मोबाइलमा कसैले कुरा गरेको हुनु पर्‍यो जुन कुरा मोबाइलको प्राविधिक अनुसन्धानबाट समेत सजिलै पुष्टि हुन्छ। त्यस्तो कुनै सम्पर्क भएको देखिँदैन। प्राविधिक अनुसन्धानका क्रममा मोबाइलमा बिहान पूजा नाम गरेकी केटीसँग भएको देखिन्छ १६ मिनेट ३० सेकेन्ड।

प्रहरीले उनीसित पनि भदौ १ गते नै सोधपूछ गरिसकेको छ। उनले त्यतिबेला शालिकरामले आफूलाई प्रेमिकाले रेप केसमा फँसाउन लागेको हो कि भनेर आत्तिएको र उनले नआत्तिनु मेडिकल लगायतका कुराहरु पनि आउँछन् नि भनेर सम्झाएको बताएकी छिन्। त्यो कुराकानीको अडियोसमेत रिकभर भएको हुँदा के कसो कुराकानी भएको स्पष्टै हुन्छ। त्यो कुराकानीबाट पनि शालिकराम आत्महत्या गर्ने स्थितिसम्म पुग्ने गरेर आत्तिएको प्रष्ट हुन्छ। यो आत्महत्या गरेको भन्ने तथ्यको corroborating evidence हो।

सबभन्दा महत्वपूर्ण कुरा भनेको पोष्टमार्टम रिपोर्ट हो जसबाट अन्य कुनै तरिकाले पहिला मारेर झुन्डाएको वा झुन्डिएर मरेको भन्ने प्रष्ट हुन्छ । यसमा मृत्युको कारण झुण्डिनु उल्लेख छ।

यदि कसैले मार्ने धम्की दिएर आफै झुन्डिन बाध्य पारेको पनि त हुन सक्छ नि भन्ने पनि आवाज नसुनिएको होइन। त्यस्तो हो भने गोली हाने पनि मर्ने, झुन्डिए पनि मर्ने भन्ने अवस्थामा जो कोहीले पनि आफ्नो बचाउ गर्न खोज्छ र त्यस्तो अवस्थामा शालिकले चिच्याउने कराउने गर्न सक्थ्यो। यो होटल एकान्त ठाँउमा नभई बसपार्क जस्तो भिडभाड हुने ठाउँमा अवस्थित छ । त्यसैले यो कुरा सम्भव छैन ।

त्यो दिन भएको के थियो त?

शालिकरामको मोबाइलको प्राविधिक विश्लेषण र अन्य प्रमाणहरुबाट त्यो दिन के भएको थियो भन्ने प्राविधिक रुपमा पनि पुष्टि भइसकेको छ।

साउन २० गतेका दिन बिहान ६ बजेर ३५ मिनेटमा शालिकरामले अस्मिताकी एक साथीलाई फोन गर्छन्। बिहान ६ बजेर ४० मिनेटमा अस्मितालाई फोन गर्छन्। त्यतिबेला उनको लोकेसन गोंगबुको वसन्तनगर देखाउँछ।

तर बिहान ९ बजेर ४४ मिनेटमा उनको मोबाइलको लोकेसन कलंकी देखिन्छ। त्यतिबेला उनले श्रीमती सम्झनालाई फोन गरेका हुन्छन्।

त्यसैगरी दिउँसो १ बजे ३ मिनेटमा मलेखु पुगेको देखिएको छ। त्यतिबेला पनि उनले श्रीमतीलाई नै फोन गरेका हुन्छन्। यसले उनी त्यो दिन काठमाडौँ बाहिर जाने भन्दै बिहानै घरबाट निस्केको देखिन्छ। दिउँसो ३ बजे आसपास उनी चितवन पुग्छन्।

सबैभन्दा पहिला लमजुङ होटलमा कोठा खोज्न पुग्छन्। त्यो होटलका साहुले प्रहरीलाई बताए अनुसार शालिकराम अन्दाजी ३ बजेर १० मिनेटमा कोठा खोज्न त्यहाँ पुगेका थिए। प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘होटलको काउन्टरमा कोठा खोज्दै एक्लै आएका थिए। मैले १०८ नम्बरको कोठा देखाएँ।’

‘कोठा देखाएपछि होटलको कोठामा सिलिङ फ्यान रहेनछ, गर्मी हुन्छ होला। कोठा गनाएको पनि छ, वालपङ्खाले त्यति राम्रो हावा दिँदैन होला भनी निस्की हिँडे।’

सिलिङ फ्यानै भएको कोठा रोज्नुको कारण के हुनसक्ला? के उनी झुण्डिने योजनै बनाएर काठमाडौँबाट हिँडेका थिए?

त्यहाँबाट निस्केपछि उनको रोजाइमा पर्छ होटल कंगारु। कंगारुका साहुका अनुसार उनी त्यस्तै ३ बजेर १५ मिनेटमा त्यहाँ आएका थिए। होटल साहु कार्कीका अनुसार एक्लै आएका शालिकले सोधेका थिए- ‘कोठा छ?’

कोठा देखाइदेऊ त ! उनले होटलका कर्मचारीलाई अह्राए।

तेस्रो तल्लामा रहेको रुम नम्बर २०२ देखाएपछि उनले कोठा मन पराउँछन्। कोठामा सिलिङ फ्यान पनि हुन्छ।

रिसेप्सनमा आएर उनले गेस्ट रजिस्टर कार्ड भर्छन्।

८ सय रुपैयाँ पर्ने रुम बुक गरेर उनले एडभान्स वापत् ५ सय रुपैयाँ दिन्छन्। त्यसपछि उनी फेरि माथि कोठामा नै जान्छन्।

त्यसपछि होटलबाट कहिले शालिकराम बाहिरिए, होटल साहुलाई याद छैन। ‘मैले याद गरिनँ कतिबेला बाहिरिए, यसरी पत्रिका पढेर बसिरहँदा याद हुन्न नि’, रिसेप्सन छेउको सोफामा बसेर उनले मलाई भने।

सिसिटिभी फुटेज अनुसार उनले डोरी किनेको पसलमा दिउँसो ३ बजेर ३२ मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म देखिन्छन्।

त्यसपछि उनी फेरि होटल कंगारु फर्कन्छन्। फर्केको भने होटल साहु कार्कीलाई याद छ। किनभने शालिकरामले एक बोतल पानी लगेका थिए र साथमा भनेका थिए, ‘मलाई सादा खाना बनाइदिनु होला। माथि ल्याउनु पर्दैन, म तल नै आउनेछु।’

रुम नम्बर २०२ मा बसेर उनले ४ मिनेट ५८ सेकेन्डको पहिलो भिडियो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्छन्।

लगत्तै सोही कोठामा बसेर ८ मिनेट २७ सेकेन्ड लामो दोस्रो भिडियो दिउँसो ४ बजेर १ मिनेट १७ सेकेन्डदेखि खिच्न थाल्छन्।

भिडियो रेकर्ड गरे लगत्तै उनी झुण्डिएका भने हैनन्। भिडियोमा गन्जी लगाएको छ, तर झुण्डिएको अवस्थामा शर्ट प्यान्ट लगाएको छ भनेर पनि प्रश्न उठेका थिए।

भिडियो रेकर्ड गरिसकेपछि पनि ४ बजेर २२ मिनेटमा श्रीमती सम्झना घिमिरे पुडासैनीले कल गरेको देखिएको छ।

त्यसैगरी ४ बजेर २४ मिनेटमा शालिकरामको एनसेल नम्बरमा पनि श्रीमतीले फोन गरेको देखिन्छ।

४ बजेर ३६ मिनेटमा उनको मोबाइलको जिपिआरएस एक्टिभ भएको देखिएको छ। त्यसैगरी ४ बजेर ३६ मिनेटमा पूजालाई ४/५ पटक फोन गरेको देखिन्छ तर रिसिभ भएको देखिन्न। ४ बजेर ३८ मिनेटपछि उनको मोबाइल इनएक्टिभ देखिन्छ।

राति साढे ८ बजेसम्म पनि खाना खान नआएपछि होटल साहु कार्कीले कर्मचारीलाई २०२ को गेस्टलाई खाना खान बोलाउन अह्राउँछन्।

‘ढोका खोलेन’ भनेर कर्मचारी फर्कन्छन्।

उनले फेरि अर्को कर्मचारीलाई पठाउँछन्। ऊ पनि ढोकै खोलेन भन्दै फर्कन्छ। त्यसपछि होटल साहु आफै जान्छन् र कोठा ढकढक गर्छन्, खोल्दैनन्।

त्यसपछि होटल साहुको मनमा चीसो पस्छ। ‘तर त्यस्तो होला भन्ने थिएन,’ होटल साहु कार्कीले गएको शुक्रबार हामीलाई भने, ‘कोही कोही गेस्ट त मस्तसँग केही चाल नपाई सुतिदिने पनि हुन्छन्।’

तर त्यत्रो बोलाउँदा पनि नखोलेपछि अर्का होटल व्यवसायी राजन श्रेष्ठलाई फोन गर्छन्, ‘हेर्नु न एक जना गेस्ट खाना खान बोलाउँदा न बोल्छ न ढोका खोल्छ।’

‘उनकै सल्लाहले यहाँ बसपार्कमा नै ड्युटीमा रहने प्रहरी खोज्न गयौँ। अर्को पनि एरिया होला उनको, यहीमात्र त हैन। शायद् अर्को ठाउँमा गएको थियो कि, नभेटेपटि मैले वडा प्रहरी कार्यालय नारायणगढमा खबर गरेको हुँ।’

उनका अनुसार त्यसरी खबर गरेपछि दुई जना प्रहरी मोटरसाइकलमा आउँछन्। उनले सब कुरा बताउँछन्।

‘पुडासैनी सर,’ प्रहरीले बोलाउँछ। कसैले बोल्दैन। त्यसपछि प्रहरीले ढोका खोलौँ भनी फुटाई हेर्दा सिलिङ फ्यानमा झुण्डिएको देखिन्छ।

‘प्रहरीले त्यसपछि हामी कसैलाई प्रवेश गर्न नदिई घटनास्थल सुरक्षित गरी राखी भोलिपल्ट साउन २१ गते मृतकका आफन्तहरु आइसकेपछि बल्ल लाश जाँच मुचुल्का गरी लाश पोस्टमार्टमका लागि अस्पताल लगेका हुन्।’

होटल कंगारु कोठा नम्बर २०२ को रेखाचित्र र त्यहाँ देखिएको वस्तु। नम्बरमा माउस लग्नुस्, विवरण देखिन्छ। तल रेखाचित्र नखुले यहाँ क्लिक गर्नुस्।

होटल साहुको पीडा

धन्न तपाईँ त यहाँ होटल खोलेर बसिरहनु भएको रहेछ भनेर भन्दा हामीसँग कुरा गर्दै गर्दा चश्मा खोलेका कार्कीको आँखाभरी आँसु थियो।

‘मैले केही गल्ती गरेको भए पो !’

तर युट्युबर र भिडले उनलाई अपराधी सरह व्यवहार गरेका थिए। क्यामेरा तेर्स्याएर प्रहरीको भन्दा बढी आक्रामक शैलीको केरकार होटलमा गर्नेहरु युट्युबर थिए।

हुँदाहुँदा भिडले होटल साहुको दोष भन्दै उनलाई थुन्नुपर्ने माग गर्‍यो। एक रात त उनी हिरासतमा समेत बसे। उनकी श्रीमती हामीले जति पीडा त कसले भोग्यौँ होला र भनेर साध्य छैन भन्दै थिइन्।

ऋण लिएर भाडामा होटल चलाइरहेका उनले महिनामा एक लाख ४० हजार भाडा तिर्नुपर्छ। तर होटल सुनसान छ। एक जना पनि पाहुना छैनन्।

उनी एउटा कुरामा भने अझै झसङ्ग हुन्छन्। ‘धन्न कोठामा भित्रबाट चुकुल लगाएर आत्महत्या गरे। नलगाई पनि त गर्न सक्थ्यो नि। चुकुल लगाउँदा त नानाथरी आरोप खेप्नु पर्‍यो, नलगाई गरेको भए झन् के के पो हुने थियो होला !’

शुद्धि र स्वस्तिशान्तिका लागि उनले रुम नम्बर २०२ मा भर्खरै एउटा पूजा लगाएका छन्। तर थाहा छैन, कहिले उनको होटलमा शान्ति फर्कने हो।

जसरी निर्मला प्रकरणमा घरबाट आएर गएको कारणले मात्र बम दिदीबहिनीहरु प्रताडित भइन्, अनेक हल्ला मच्चियो। त्यसैगरी होटल कंगारुका साहु पनि त्यही होटलमा आएर शालिकराम झुण्डिनु मात्रैको कारणले शंकाको घेरामा आए। अनेक हल्ला मच्चियो।

त्यसो भए आत्महत्या गर्नुपर्ने के कारण छ त ?

• शालिकले सम्झनासँग बिहे गरे तर अस्मितासँग आफू अविवाहित भनी मायाजालमा पारे। पछि अस्मिताले शालिकको विवाह भइसकेको र श्रीमती छ भन्ने थाहा पाएपछि हो कि हैन भनेर पुष्टि गर्ने प्रयास गरिन्। कुरा पनि भयो सम्झनासित अस्मिताको। हो भन्ने थाहा भइसकेपछि उसलाई छोड्ने कोशिस गरिन तर शालिकले छोड्न मानेन।

• शालिकले अस्मितालाई कोर्ट म्यारिज गर्ने प्रस्ताव गरे र गत फागुनदेखि टोखामा छुट्टै कोठा समेत लिइराखेको समेत पुष्टि भएको छ जसबाट शालिकको अस्मितासँगको सम्बन्ध पुष्टि गर्छ ।

• शालिकले अस्मितालाई लेखेको म्यासेज र अस्मिताले समेत शालिकले उनलाई मानसिक याताना दिएको कुरा आफ्नो साथीहरुलाई भनेकोबाट समेत दुई जनाको सम्बन्ध बिग्रिएको पुष्टि हुन्छ।

• अस्मितालाई शालिकले धम्की दिने र जसरी पनि बिहे गर्न दबाब दिएको र अस्मिताले शालिकसँग छुटकारा पाउन सीधा कुरामा काम गर्ने क्यामराम्यान अनिल ढुङ्गेलमार्फत् आफ्नो कुरा सीधा कुरा मार्फत् प्रसारण गरिदिन आग्रह गरेको र अस्मिताले शालिकलाई आफूले सबै कुरा सिधा कुरा जनतासँगको कार्यक्रममार्फत् भण्डाफोर गरिदिने चेतावनी दिएपछि शालिक आफ्नो काला कर्तुतको पर्दाफास हुने डर र त्रासले आत्महत्या गर्ने निर्णयमा पुगेको देखिन्छ।

• शालिक चितवन पुग्छन् र होटलमा कोठा खोज्न थाल्छन्। होटल कंगारुमा पुग्नु अगावै एउटा अर्कै होटलमा पुग्छन र कोठा हेर्छन् त्यहाँ सिलिङ फ्यान नभएको कारण सो कोठा रिजेक्ट गरी कंगारुमा पुग्छन्, त्यहाँ सिलिङ फ्यान भेटेपछि त्यही कोठामा बस्ने निधो गर्छन्। यसले चितवन आउँदा नै उनले झुण्डिने मनसाय बनाएर आएको देखिन्छ। सिलिङ फ्यान नभएकोले कोठा रिजेक्ट गरेको होटल साहुसित पनि प्रहरीले सोधपूछ गरिसकेको छ।

• शालिकले मर्नुअघि पूजासँग गरेको कुराकानीमा पनि न्युज २४ टिभीमा रेप गरेको कार्यक्रम बजाएर फँसाउन लागेको थाहा पाएर तनावमा परेको सुनिन्छ। यो कुराकानी त मोबाइलमा रेकर्ड भएको हुनाले अडियो सुन्न समेत सकिन्छ। शालिकले किन यस्तो कार्यक्रम बजाउन लागेको हो भनेर रवि लामिछानेलाई सोधेनन् त?

गएको शुक्रबार चितवन प्रहरीको नियन्त्रण कक्षमा उनलाई भेट्न जाँदा दुई तहको बारको पछाडि रहेको कक्षमा उनी अन्य थुनुवासँगै थिए। एकछिन पछि कालो चश्मा लगाएका रवि त्यहाँबाट भिजिटर भेट्ने बार भएको ठाउँमा आए। एकछिन के कुरा गर्दै थिएँ, रविको हात समातेर एक युवती रोइन्। रुँदै ती युवतीले आफ्नो आफन्तलाई फँसाइदिएको र अहिलेसम्म नछोडेको बताइन्। रविले नरुनुस् ठीक हुन्छ, म आफै त यस्तो छु भनेर भने।

शालिकले आफू मार्केटिङ म्यानेजरको रुपमा १ लाख रुपैयाँ तलबमा जान लागेको भनेर गएको तर त्यही रात फेसबुक लाइभमा आफूले अर्को कार्यक्रम चलाउन लागेको भनेको, झुट बोलेर गएको हुनाले मलाई फोन गरेर कार्यक्रम बजाउन लागेको हो कि हैन भनेर भेरिफाइ गर्ने आँट नगरेको हुनसक्ने रविले बताएका थिए। दीपक दाइ (प्रोड्युसर) को यसमा कुनै दोष छैन भनेर चाहिँ किन भने होलान्? जबकि भिडियोको सुरुमा शालिकले दीपकले पनि दुर्व्यवहार गर्ने गरेको बताएका छन्।

दीपक भन्छन्, ‘मैले नै उसलाई सीधा कुरा टिममा राखेको थिएँ। छाडेर जाँदा पनि मैले उसलाई केही भनिनँ। माउन्टेन टिभी जाँदा पनि कार्यक्रम कस्तो छ भनेर सोध्थे, मैले यस्तो यस्तो गर भनेर सुझाव दिन्थेँ। त्यही भएर हो कि।’

फ्यानहरुले बुझ्नुपर्ने कुरा- हत्या हो भने मात्र रवि दाइ बच्ने हैनन्, आत्महत्या दुरुत्साहन पनि पुष्टि हुन गाह्रो छ

रवि लामिछानेका फ्यानहरुलाई लाग्ने गर्छ- शालिकरामको हत्या भएको हो भने मात्र रवि दाइ निर्दोष हुनेछन् र उनलाई फँसाउन लागेको पुष्टि हुन्छ। तर हैन, यो आत्महत्या नै हो भने पनि दुरुत्साहन पुष्टि गर्न गाह्रो हुने कुरा त चितवन जिल्ला अदालतले दिएको सुरुवाती आदेशबाट प्रष्ट हुन्छ।

यी माथिका विभिन्न अवस्थाबाट सजिलै पुष्टि हुन्छ कि यो आत्महत्या हो। तर शालिकले भिडियोमा भने जस्तो के उनको मृत्यु हुनुमा रवि, अस्मिता र युवराज दोषी हुन् त?

• शालिकको अस्मितासँगको झुटको जगमा टिकेको विवाहेत्तर (extra marital affair) सम्बन्ध उनको आत्महत्याको पर्याप्त कारण देखिन्छ।

• रवि र अस्मिताको बीचमा कुनै सम्बन्ध वा सम्पर्क भएको पुष्टि भएको छैन।

• युवराज र अस्मिताको समेत कुनै सम्बन्ध र सम्पर्क पुष्टि भएको देखिन्न।

• अस्मितालाई युवराजले चिनाइदिएको भन्ने कुरा नै गलत पुष्टि भएको छ। युवराज र रविसित पहिलो भेट पक्राउ परेपछि बल्ल भएको हो।

• शालिक र रविको सम्बन्ध राम्रै थियो भन्ने कुराको पुष्टि शालिकले फेसबुक प्रोफाइल पिक्चरमा रविसँगको फोटो राख्नु र घटनाभन्दा केही समय अगाडि मनाइएको गुरु पूर्णिमामा शालिकले फेसबुकमा रवि दाइ मेरो गुरु हुन् भनेकोबाट समेत देखिन्छ।

• किन शालिकले रविलाई दोषी देखाए त? जब अस्मिताले शालिकको कर्तुत सीधा कुरा जनतासँगबाट देखाउन लागेको भनिन् तब शालिकले रविप्रति नकारात्मक सोच्न थाल्यो र आफ्नो गल्ति ढाकछोप गर्न रविलाई दोषी ठहरायो।

• युवराजसँग सीधा कुरामा काम गर्ने क्रममा भएका असहजता तथा मनमुटावको कारण यसलाई समेत फँसाउनु पर्छ भन्ने इगोको कारण उसको नाम समेत भिडियोमा लिएको हुनुपर्छ। अदालतले समेत तलब कम भएको, काम गर्दा खेरी दुर्व्यवहार गरेको, तनाव दिएको भन्ने कुरा न्युज २४ मा काम गरेको बेलाको भएको र अहिले उनी त्यो टिभी छाडेर अर्कैमा काम गर्न थालिसकेकोले त्यतिबेलाको व्यवहारलाई लिएर अहिले आत्महत्या गर्नु परेको भन्नु विश्वासयोग्य देखिएन भनेको छ।

• यो मुद्दाको मुख्य आधार भनेकै अस्मिताले रवि र युवराजसँग मिलेर तैँले रेप गरेको भनेर सीधा कुरामा कार्यक्रम बनाएर बदनाम गरिदिन्छु भनेर धम्क्याएको भन्ने हो। त्यसका लागि त अस्मिता र रवि अनि युवराजको सम्पर्क हुनुपर्‍यो। न सिडिआरबाट उनीहरुबीच मोबाइल र टेलिफोनमा सम्पर्क भएको देखिन्छ, न अरु प्रमाण छ। रवि र युवराजसित सम्पर्क नभएर अस्मिताले विदेशमा बसेका व्यक्ति र न्युज २४ का क्यामेराम्यान अनिल ढुंगेललाई प्रयोग गर्न खोज्छिन्, भेट्छिन् र स्क्रिनसट दिन्छिन्। यदि सीधै सम्पर्क भएको भए त अनिल मार्फत् हैन सीधै भेटे भइहाल्थ्यो।

• शालिकरामले आफूलाई अस्ट्रेलिया पठाइदिने भनेर अस्मितासित युवराजले भेटाइदिएको भनेर भिडियोमा भनेको कुराको पनि पुष्टि भएको छैन। भेटाइदिन त युवराज र अस्मिताको पहिले नै चिनजान हुनुपर्थ्यो। त्यो देखिएन।

• अदालतले रवि र युवराजलाई अस्मितासँगको सम्पर्क पहिले नै थाहा भएको र सो सम्बन्धको विषयलाई लिएर कार्यक्रम बनाउने धम्की वा त्रास देखाएनन् होला र त्यो धम्की वा त्रास आत्महत्या गर्न दुष्प्रेरित हुने तहसम्मको थिएन होला भनी अहिले नै भन्न सक्ने स्थिति रहेन भनेको छ। यसको मतलब त्यस्तो धम्की वा त्रास दिएको हैन भनी प्रमाण पेश गरे उनीहरुले सफाई पाउने स्पष्ट छ।

यो घटनाको अर्को पाटो बारे जनकराज सापकोटाले कान्तिपुरमा तयार पारेको खोजमूलक रिपोर्ट पढ्नुहोला- पत्रकार शालिकराम आत्महत्या प्रकरण : विवाहेत्तर सम्बन्धको भित्री पाटो

44 thoughts on “शालिकराम प्रकरण : साउन २० गते होटल कङ्गारुको रुम नम्बर २०२ मा भएको के थियो?”

  1. Pingback: रवि लामिछाने लगायतलाई थुनामा राख्न माग राख्दै उच्च अदालतमा सरकारको अर्को मुद्दा, यस्तो भयो आदेश « Mysansar
  2. mahesh says:
    September 5, 2019 at 9:39 pm

    केहि सत्यता छ यो लेखमा

    Reply
  3. अशोक क्षेत्री says:
    September 5, 2019 at 3:26 pm

    अत्यन्तै चित्तबुझ्ने अनुसन्धानात्मक लेख रहेछ म पनि ब्युझिय आज त !

    Reply
  4. madan bajracharya says:
    September 2, 2019 at 7:51 pm

    शंकरज्यु
    असामाजिक,अपराधिक र रोगिलो मानाशिकता भयको पत्रकारिता जस्तो पेसामा लाग्नुनै घटनाको कारण हो/ सफा पानि उर्लंदै बग्ने नदीमा फोहर ठेग्रिनै सक्दैन/ पत्रकारिता समाजको फोहर बगाउने नदि जस्तै नै हो/

    आफु बिबाहित भयको कुरा लुकायर अबिबाहित केटि सिट पत्रकारिताको धाक देखायर बलजफ्ती गरेर अनैतिक असामाजिक सम्भंद राख्दै आउने व्यक्ति समाजको फोहर हो/ समाजको फोहर पत्रकार बनि रहन सक्दैन; यो कुटु सत्य को जानकारी भयरै त् होलानी उ आफै विदेश पलायन हुन् खोज्दै थिय/ तर तेस्मा पनि ब्यबधान आयो/ आफ्नो फोहरी आचरणको कारण उसको पत्रकारिता उसैको निमित अफाप हुने निश्चित भयको देखेर उ विछिप्त बने/ विछिप्त व्यक्तिले नगर्ने कुनै कार्य नै हुँदैन तेसैको उदाहरण बने “मिस्टर पुदासैनि”/ अनि रविले दुख पाउनुको कारण नेपालमा फोहरको दुङ्गुर माथि आफ्नो स्वार्थ को खेति गर्नेहरु पनि भयकोले हो/

    Reply
  5. kapil wasti says:
    August 31, 2019 at 10:08 pm

    अत्यन्तै सत्य तथ्य लेख्नु भयो उमेस सर ! 2062-63 देखि तपाइको ब्ल्ग पढ्दै आको छु ! धेरै राम्रो लागेर फेसबूकमा share गरेको छु !
    भिडियो लिक बारे पनि जानाकारी दिनु भएको भए राम्रो हुने थियो

    Reply
  6. बासु says:
    August 30, 2019 at 11:23 pm

    चाख मानेर पढियो । युट्युबेहरुले कति बुझे कुन्नी? मेहनतले तपाईंलाई अलग धारमा राखेको छ, उमेशजी ।
    तर, कमेन्टमा आएका केहि प्रश्न त उमेशजीलाई सबै थोक थाहा भएजस्तो गरि सोधिएको छ ।

    Reply
  7. bimal sharma says:
    August 30, 2019 at 10:31 pm

    मित्र mind नगर्नुस है , तर येसो एक दुइ भिडियो हेर्दा प्रस्ट भैसकेका कुरा सोध्नु भएको छ | भिडियो पुलिस संग मात्र होइन, परिवार संग पनि एक कपि थियो भनेर रातो टिशिर्ट लगाउने दाइले भनिसकेको छ | अनि कत्तिपनि नकाटिएको भिडियो बाहिर आइसकेको छ – जसमा सन्तान नभएको कुरो पनि छ | अनि भिडियो कसले सार्बजनिक गर्यो भन्ने कुरो बेतुक को कुरो हो | किशोर ले गरोसकी , शिशिरले गरोस वा रेशमले | म पनि पत्रकार भएको भए जसरि भए पनि यो भिडियो फुत्काएर पहिलो पल्ट आफैले सार्बजनिक गर्थे वा प्रयास गर्थे | यो भिडियो पुलिसले नै दिएको पनि हुन सक्छ \ त्यो पनि अस्वोभाबिक होइन \ ठिक छ भिडियो सार्बजनिक गर्ने पुलिसलाई विभागीय कारबाही पनि होला \ तर भिडियो सार्बजनिक नगरी रबि वा आरोपित लाइ पक्रन प्रयास गरेको भए २- ३ जना मान्छे मर्न सक्थे |
    दोस्रो भिडियो बनाएर आफ्नै श्रीमती संग र पुजा भन्ने केटि संग कुरा गरेको छ मज्जाले \ अनि आफु मरेपछि पुलिसलाइ अनुसन्धान गर्न सजिलो होस् भनेर गन्जी मात्र लगाएर मर्न पर्थ्यो र ?
    दुइटा खाट को बिचमा पुल जस्तो बनाएर t table राखेर पंखामा पासो लगाएको हो |

    Reply
  8. डिल्लि says:
    August 30, 2019 at 6:09 pm

    उमेशजी धेरै कुराहरू जस्तै “सेल्फीमा नमस्ते गर्नै मिल्दैन” को उत्तर तपाईँको डेमोन्स्ट्रेशनने गलत सिद्ध गरिदियो । नेपाली एफबिआइका हल्ला पनि गलत सावित भए । कतिपय हल्लालाई पनि यस घटनास्थनको विवरणले निराधार रहेछन् भन्ने बुझ्न सहज बनायो । तर पनि मैले नबुझेका केही कुरा

    १) प्रहरीसँग सुरक्षित रहेको भिडियो त्यो पनि रविका शत्रु मानिएका किशोर श्रेष्ठकोमा कसरी पुग्यो ? (परिवारले पनि हामीले दिएको हैन भन्छ प्रहरीले पनि तर किशोर श्रेष्ठ परिवारले दिएको दावी गर्छन् भने भिडियो कसरी बाहिर गयो ?) अनि रविलाई फसाउन अनुकुल हुनेगरी काँटछाँट गरेर युट्युबमा हालिनु र परिवारले त्यही हेरेर थाहापाएको भन्नु अन्तरविरोध देखिन्छ ।
    २) दोस्रो मान्छेको हात (छोटो बाहुला बुझिने) सँगै सिरानी कसरी खुम्चियो र सालिकरामको काँध निर केको छायाँ हो ?
    ३) ढाडमा देखिएका डाम जस्ता दृष्य कतिप्रतिशत आत्महत्या प्रकरणमा देखिन्छन् ? मैले पनि २-४ वटा आत्महत्या घटनाका शव देखेको छु ती घटनामा त्यस्तो चिन्ह देखेको छैन ।
    ४) रुँदै भिडियो रेकर्ड हुँदा शालिकरामको आँशु किन देखिदैन ?
    ५) भिडियो रेकर्ड गर्दा गञ्जी लगाएर गर्नै अनि मर्दा चिरिच्याँट्ट परेर मर्ने
    ६) २-३ दिन भित्र पोष्टमार्टम सकिने लाई तन्काएर १० दिन लगाइनु र त्यो नआइ परिवारलाई दवावमा शव जलाउन लगाउनु
    ७) नाइलनको डोरी सुर्किएर शवले भुईँ टेक्न सक्छ तर सिलिङ फ्यानमा झुण्डिनु अघि शालिकरामले के मा टेकेर झुण्डिए प्रश्ट नपारिनु र शङ्कास्पद लाग्ने हुनु ,

    Reply
  9. Prof. Karan Bahadur Shah says:
    August 30, 2019 at 5:34 pm

    घटनाको धेरै राम्रो बिस्लेसन ! तर यो त जम्मै सोचाइ न त हो, आफुले सोचेका कुरा कहिले धेरै मिल्छन कहिले थोरै ! यहानेर धेरै मिलेका देखिन्छन. मलाई अझै पनि केहि कुराको पूर्णरुपमा जवाफ नआएको लागी रहेको छ जस्तै:
    १. आत्महत्याको लागि चितवन नै रोजनु पर्ने कारण के हुन् सक्छ?
    २. फेसबुक वालमा समेत रविको फोटो राख्ने मानिसले मर्ने बेलामा किन फसाउनु पर्यो, यो लेखमा जुन कारण भनिएको छ तेती दमदार छैन.
    ३. ५ मिटर लामो डोरीलाई त्यो होटेलको साहुले कसरि देखेन?
    ४. पत्रकारिता गर्ने मानिसले होटेलमा मर्दा बिना मतलब होटलका मानिस फस्छन भन्नेकुरा पक्कै पनि थाहा हुनु पर्ने हो , अतः आत्महत्त्या होटेल बाहिरपनि गर्न सकिन्त्यो, अथवा यो होटेलको साहुको कुनै दोस छैन भन्ने कुरा मर्नु अघिको विडियो मा भन्न सकिन्थ्यो.
    ५. के सिलिङ्ग फेन भयको होटेलको कोठा त्यो दिन नपाएको भए सालिकरामले आत्महत्त्या गर्दैन थिए होला?

    Reply
  10. प्रेम पुन मगर says:
    August 30, 2019 at 5:30 pm

    भ्रमको खेतीमा रोपाई गर्ने जमातको अघि यस्ता सत्य र यथार्थ कुराहरु नल्याउनुहोस।खबरदार नत्र तपाई पनि श्रदान्जलीको आर्को पात्र बन्नु हुनेछ।

    Reply
  11. Nirajan Ghimire says:
    August 29, 2019 at 7:09 pm

    ‘यो केटीको लफडाले भएको कुरा हो, पाप नबोलौँ, त्यो खुट्टाको डाम अगाडि नै मोटरसाइकल एक्सिडेन्टमा पर्दा साइलेन्सरले लागेर भएको हो’ भनेकी श्रीमतीले “किटानी” जाहेरी चै किन, कसरी दिईन होला ??

    Reply
    1. Gye says:
      August 30, 2019 at 3:30 pm

      बूढाको अनैतिक सम्बन्ध छ भन्ने कुरा थाहा थिएन होला। साथी हो भन्ने थियो होला।

      Reply
  12. Shanti says:
    August 29, 2019 at 6:23 pm

    प्रस्न को उत्तर के?

    रवि लाइ समातेको किन? के पुलिस लाइ राजनीतिक पार्टी ले चलाएको छ?

    Reply
    1. Punya says:
      September 1, 2019 at 5:48 pm

      हेरी… यो बारुलो पनि लामिछाने को बारुलो रैछ बुझ्दै नबुझी टोकि हालनी / होला पुलिश ले पनि कति काम हरु राम्रो संग गर्न सकेन होला अनि राजनीति ले पनि प्रभावित बनायो होला पुलिस प्रसासन लाइ .. तर तेसो भन्दै मा तिम्रो लामिछाने लै “किन समातेको ” अथवा निर्दोस छ भनि हाल्न मिल्दैन .. येत्ति सोच्ने दिमाग पनि भएन है ? येस्तै बारुले झुण्ड ले देश बिगारेको छ

      Reply
  13. Milan Tamang says:
    August 29, 2019 at 5:45 pm

    umesh dai video kasari nepal aja sanga pugyo tyo pani thaha paya ramro huthyo.

    Reply
  14. suman pathak says:
    August 29, 2019 at 4:04 pm

    लेख राम्रो लाग्यो क्लियर नभयको कुरो चाही शालिक झुण्डिनको लागि नै चितवन पुग्य त ?? त्यो पनि लेखमा भनेको जस्तो सिलिग फ्यान खोजेर ?? अर्को कुरो होटल साहुले भनेको सालिक को कालो ब्याग खोइ ?? अनि ब्याग थियन भने डोरी लागेको देखेको हुनुपर्छ किनकि पानीको बोतल लिएअर गयको त् थाहा पाएको भनेर होटेल साहुको बयान छ , अनि सालिक को त्यो पुरा १२ घन्टामा त्यहि ४/५ ओटा मात्र फोन भयको होला त ??? किनकी उनि त् रिपोर्टिंग मा गयको भनेका छन ??

    Reply
  15. कुर says:
    August 29, 2019 at 4:02 pm

    भिडियाे नेपाल अाज/किशाेर श्रेष्काे हातमा कसरी पुग्याे भन्ने कुरा अाएकाे छ । साे भिडियाे परिवार/अाफन्त तर्फका मान्छेले (मुचुल्का बनाउने बेलामा राताे टि शर्टमा देखिने मान्छे) ले शालिकरामकाे दाहसँस्कार हुँदै गर्दाकाे भिडियाे म सँग छ भनेका छन् । कान्तिपुरकाे रिपाेर्टमा पनि कसरी भन्ने उल्लेख छ ।

    Reply
  16. madan says:
    August 29, 2019 at 1:27 pm

    100 प्रतिसत सहि बिस्लेसन। भएकै त्यहि हो । र यदि न्यायालयमा रविको दुश्मनहरु र के पी ओली र प्रचन्डको प्रभाव परेन भने फैसला येही हो अदालतको । तर अदालत प्रभावमा पर्न सक्ने सम्भावना धेरै छ । तर जसरि के पी ओली, प्रचण्ड हरुको बिगत केहि समय देखि धरातलीय स्थति बारे बेखबर मनलागी कर्तुत , बिरोधि प्रति पेल्ने सैली , धम्की बोलि, शक्ति प्रति अहंकार ,भ्रस्टाचारी इतिहास र विशेषगरी प्रचण्ड परिवारको रबिप्रती हेर्ने दृस्टीकोद र अन्य फेक्टरहरु रविको लागि प्रदयुपक छैन । सत्य के हो भनेर थाहा पाएर पनि रविलाई स्टुडियो मा गएर पक्डेर ल्याए , कुनै ठुला पार्टी र ठुला पार्टीको नेताहरुले र ठुला मिडिया हावुस हरुले यसलाई जसरि बेवास्ता गरे , रविलाईनै ५ लाखको धरौटी राख्नु , १० दिनसम्म थुनामा राख्नुले राज्यको नियत सफा देखिन्न । राज्य प्रभाव मा परिसकेको जस्तो छ ।रबि लामिछानेका दुश्मन धेरै पैसावाला , भ्रस्टचारी, दलाल , फटाहा ब्यापारी, म्यानपावर ब्यवासाही हरु छन् जसले सजिलै न्यालय किन्न र प्रभाव पार्न सक्छन र नेपालमा यो सम्भव छ र आफ्नो बिरोधिहरुलाइ सत्ता र शक्तिमा बसेको बेला दुख दिने , न्यालय किन्ने , भीमसेन थापा जस्ता मान्छेहरुको भोगाइ हामी नेपालीको लामो इतिहास र नजिरहरु छन् । तर रबि को केशमा किन सजिलो छैन , मेरो बिस्लेसन:

    यो कुरालाई सारा देश बिदेशमा बसेका नेपालीहरुले चासोको साथ नियलिरखेको अवस्था छ । र आजको युगमा मानिसहरु को चेतनाको स्तर उच छ र न्याय मार्न सजिलो छैन । नेपाली मात्र नभएर प्रभावसाली राजदूतवासहरु , बुद्धिजीवी , थोरै मात्र भए पनि नेपालका ठुला पार्टीमा रहेका न्यायमा विश्वास गर्ने मानिशहरुले यदि रबि प्रति अन्याय र पूर्वाग्रह हुने भयो भने भोलि बोल्छन । रबि थुना मा रहेको बेला रबिका समर्थकहरुको जस्तो कट्टर समर्थन देखे रविलाई कम आकलन गर्ने र रबिका विरोधीहरु पनि झसङ्ग भए । र जुन स्वत स्फुर्तुत रुपमा जनताहरु हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै जुन संख्यामा सडकमा आए यस्तो नेपालको इतिहासमै पैलो चोटी कुनै जनताको छोर्रा प्रति गरिएको अहिले सम्मकै ठुलो विश्वास, , सम्मानर समर्थन हो । यसले सबैलाई झस्कायो र रविलाई अन्याय गर्यो भने भोलि जे पनि हुने रैछ भन्ने राज्यल्लाई त्रशित पार्यो र मलाई लाग्छ के पी ओली सरकार त्यत्रो मूल्य चुकाउन सक्दैन ।

    Reply
  17. madan bajracharya says:
    August 29, 2019 at 11:08 am

    घटना प्रस्टै थियो/ नेपथ्य हाबी भयको कार्यवाही र पैसामुखी प्रचारले अस्पस्ट बनायको कुरा सालोक्यज्युले स्पस्ट बनायको मात्रै होईन धेरैको कुनियतलाई ह्वाङ्गै बनाइ दिनु भयो/ घटनामा कार्यवाही गर्ने, घटना यसरि भयो भनेर आफ्नो निजि बिचार प्रचार गर्ने; फलाना दोषी छ यो गलत छ आदि पत्रकारले भन्दैन पत्रकारले घटनाको ऐना देखाई दिन्छ; तेही देखाई दिनु भयो सलोक्यज्युले/

    अचेल जनताको आँखा हुनु पर्नेमा कुनै पत्रकार जनताको “आँखामा कि देख्दै नदेखिने कि झुठो देखिने पट्टि” बनेको छ त् “कुनै घटना घटाउने मुवाक्किल बनाउने अधिबक्ता” जस्तै बनेको छ/

    अस्पस्ट ब्यबस्था अस्पस्ट नेतृत्व र, नीति र नीतिको श्रोत र झण्डा बोके बम पद्काउन समेत पाउने झण्डा नबोक्नेले कुरा खोतले मात्र पनि “नियोजित जनजालको कैदी” बन्नु पर्ने भयर हैदान भयको नागरिकलाई “युत्युबलाई आफ्नो सिनेमा देखाउने हल” बनाउनेहरुले झुठको कुवामा डुवाउन खोजे/ यस्तो अवस्थामा सालोक्यज्युको प्रयाश सराहनिय छ/ मेरो सल्लाह सलोक्यज्यु यक्लै होईन समुहगत रुपमा केहि गर्नुस/ किनभने यो पुदासैनिको आरोपको कारणले मात्रै ….गरियको हुँदै होईन/ नैपथ्यको आफुलाई राजा महाराजा मात्रै नभन्नेले देखाउन खोजेको बुझाउन खोजेको भन्दा कसैले अन्यथा देखाउन बुझाउनलाई चोर औंला देखायको हो/

    सलोक्यज्यु तपाइंले यो घटनाको त्यो लुकायको कुना देखाउनु भयको छ सायद यो कुरा “त्यो कुना लुकाउनेलाई मन नपर्न सक्छ” र मन नपरे भोलि यस्तै तेस्तै झटारो तपाइंलाई पनि ….भन्न सकिंदैन/ यो भिम मल्ल र भीमसेन थापा ..भयको देस हो/ तेसैले “यक्लै नहुनुस आफु जस्तैको समुह बनाउनुस “/

    Reply
    1. Shankar says:
      August 29, 2019 at 10:09 pm

      उमेश जी को पुरै लेख पढिसकेपछि दोस पुडासैनिकै जस्तो लाग्यो म लाइ त् , आफु श्रीमती छदा छदै आर्की केटि राखे , फेरी आफ्नो अस्थिर चित्त र मानसिक दुर्बलताको सिकार भए , फेरी केहीलाई फसाउने कुनियत पनि राखे |
      अनि इज्जत जाने डर ले बन को बाघ ले खावोस न खावोस , मन को बाघ ले खाएर परमधाम पुगे |

      Reply
  18. bimal sharma says:
    August 29, 2019 at 10:41 am

    भिडियो कै कुरा गर्दा, त्यो “नेपाल आज” ले राखेको भिडियो को ५ मिनेट १५ सेकेन्ड देखि १६ सेकेन्ड सम्म volume मज्जाले चर्को गरेर स्पीड पनि ०,७५ मा राखेर सुनौ त | सालिकरामले ‘रिपोर्ट” भन्नु भन्दा पहिले background मा अर्को मान्छे ले ‘रिपोर्ट’ भनेको छ |

    Reply
  19. PP says:
    August 29, 2019 at 9:56 am

    यस्तो पो हुन्छ पत्रकारिता ! अत्यन्त unbiased analysis को लागि धन्यबाद ।

    प्रहरीमाथि निकै गर्व लाग्थ्यो तर यो लगायत केहि हाई-प्रोफाइल घटनामा भने लाचारीपन देखिएको छ । फेस्बुके र युट्युबेको अनुसन्धानको बिगबिगी भन्दा पहिलै यो extra -marital अफेयर भएको हतास मान्छेले जसले पर्दाफास गर्छ होला लाग्यो उसैलाई दोषी आरोप लगाई आत्महत्या गरेको त लगभग थाह थियो । कुनै सामाजिक आचरण पालन नगरी जबर्जस्ति दोस्री श्रीमती बनाउन खोज्छ भने पत्रकारले त्यो बारे पिडित (अस्मिता) संग कुरा गरेकै भए पनि दोष लाग्नु नपर्ने । यहाँ त रबि संग कुरा भएको पनि देखिएको छैन । त्यसैले कानुन बनेको छ भन्दैमा मर्ने मान्छेले आरोपेको भरमै म्याद थपि थपि पत्रकारलाइ थुन्नु उचित देखिदैन ।

    अमेरिकामा केहि समय अघि घटेको एउटा घटनामा प्रेमिकाले प्रेमीलाई आत्महत्या गर्न उक्साएको अभियोग प्रमाणित भएको थियो, किनकि उनले प्रेमीलाइ यसरि आत्महत्या गर उसरी गर, नडराउ, अहिले गरेनौ भने कहिले गर्दैनौ भन्दै उक्साएको देखिएको थियो । त्यस्तो बेलामा पो यस्तो कानुन सहि अर्थमा लागु हुन्छ । रविले blackmail गरेको, धम्क्याएको आदि पनि नदेखिएको अवस्थामा प्रहरीले पत्रकारलाइ त्यत्रो दिन थुनेर किन राख्नु पर्थ्यो ? लगाइएका आरोपमा अलिकति बिश्वास लाग्ने स्थिति भएको भए रबिको समर्थनमा त्यति मान्छे जान्थेनन । फेस्बुके अनुसन्धानलाइ पत्याएर गएका भन्दा पनि लगाइएको आरोप नै फितलो भएर हो जस्तो लाग्छ । प्रहरीको लामो अनुसन्धान पछि पनि मुद्दै ठोक्नु पर्ने प्रमाण जुटेको हो ? खै बिश्वास गर्न गाह्रो छ । दुखै दिन गरेको हो भने चाही यसले राम्रो चलन त बसाल्दैन ।

    Reply
  20. Yash says:
    August 29, 2019 at 9:21 am

    प्रस्ट भयो फ्लिम हेरे झै । एउटा कुरामा चाहिँ म पनि कन्फुयुज छु । भिडियोमा कत्ती पनि छेड खानी गरिएको छैन भन्नू भएको छ नि सुरुवात हेर्नुस त सिल्सिलेवर कुरा गर्दै गरेको छ ।झट्र बिचबाट सुरु भए जस्तो के । भिडियो सुरु गर्दा केही सेकेन्डको अलमल हुन्छ ,पोज मिलाउनु देखि लिएर केही भुमिका हुन्छ । त्यस्तो पटक्कै छैन । लाग्छ , झट्ट दृश्य सुरु भयो । अनि अन्तिममा याद गर्नु भएको छ ? नमस्ते गरि सकेपछि भिडियो लाई अफ गर्न त स्कृनमा हात ल्याउनु पर्ने मा त्यो पनि देखिदैन । फ्याट्ट सकिन्छ ।एउटा सामान्य लजिक नि ! यदि हात अगाडि बढाएको भए त त्यो दृश्य पनि कैद हुनु पर्ने ।
    यस्मा मलाई चाहिँ के लाग्छ भने भिडियोमा कसैले न कसैले काटछाट या छेडखानी गरेको छ । त्यो सालिग्राम आफैले पनि हुन सक्छ या किशोर श्रेस्टले वा अन्य कोहिले पनि हुनसक्छ ।

    Reply
  21. Neerajan Panta says:
    August 29, 2019 at 7:08 am

    But, how about the Video, Nepal aaja said video is long and there are some other personal things on the video, and they edited and published specific part only. Don’t we deserve to see the whole video??

    Reply
  22. ramesh kharel says:
    August 29, 2019 at 6:06 am

    सत्य खोजमुलक , म हजुर को लेख को पर्खाई मा थिए |

    Reply
  23. Punya says:
    August 29, 2019 at 2:46 am

    धन्यबाद उमेश जी तपाई को unbaised पत्रकारिता को लागि .. नेपाल का कुनै पत्रकार संग तपाई को compare नै हुन सक्दैन ..

    अब बस्ताब मा धेरै जस्तो नेपाली हरु भनेको (सब नेपाली भनेको होइन है फेरी ,, राम्रो मान्छे हरु पनि हुनुन्छा) एस्तो जन्तु हरु हुन् .. ढुंगा हान्ने , नारा जुलुस गर्ने , टायर बाल्ने , सिसा फुटाउने ,, होहल्ला गरि conspiracy बढाउने .. विभिन्न सामाजिक संजाल हरु को माध्यम बाट पनि conspiracy हरु viral बनाउने आदि आदि ..गर्न येत्तिकै अगाडी आउछन ,, just निहु चाइयो … अनि रमाइलो गर्छन यी जन्तु हरु ले , चाहे त्यो पत्रकार लामिछाने को काण्ड होस् अथवा पारसे को काण्ड होस्, चाहे प्रचंडे , कुनै नेता , कुनै अघोरी बाबा अथवा कुनै माता अथवा कुनै गूगल बोइ अथवा याहू बोइ अथवा कुनै देबी देउता .. जे सुकै होस् एउटा निहु चाइयो यी नेपाली जन्तु हरु लाइ…
    एकथरी conspiracy लै viral बनाएर पैसा कमाउने धुन मा छन् ब्वासो जस्तो , अर्को थरि जन्तु हरु कुनै सोच तथा सिद्धान्त बिना नै कसै को पछि लागि सडक मा उत्रिन्छन अत्यन्त बिबेक हिन जन्तु जसरि , अर्को थरि छन् सिर्फ रमाइलो को लागि .. हो हो .. बिदा हुन्छा ,, डुंगा हान्न पैन्छा ,, नारा जुलुस गर्न पैन्छा रमाइलो हुन्छा भन्दै ..

    लामिछाने पत्रकार का हनुमान हरु पनि येस्तै येस्तै बेरोजगार हरु को जमात हुनु पर्छ .. के गरि होहल्ला गरि , बाटो बन्द गरि , तोडफोड गरि रमाइलो गरि हिड्न पैन्छा भन्ने हरु ..

    Reply
  24. Santosh PRADHAN says:
    August 29, 2019 at 2:29 am

    धन्यवाद ऊमेश जी। यो घटना बल्ल छर्लगं भयो। कस्तो सरल भाषामा सबैले प्रष्ट संग बुझ्ने गरी लेख्नु भाको। थ्याक्यु भेरी मच।।।☺️

    Reply
  25. Bishal kc says:
    August 29, 2019 at 1:59 am

    Good true is true

    Reply
  26. काशीनाथ पयाकुरेल says:
    August 29, 2019 at 1:56 am

    मैले चाहि पढेँ। मैले जाने सम्म या मेरो क्षमताले भ्याएसम्म लेख सन्तुलित र तथ्यपरक लाग्यो।

    Reply
  27. govind thapa says:
    August 29, 2019 at 12:22 am

    धन्यवाद सालोक्य जी सबै प्रस्ट भयो तर ५:१५ मा रिपोर्ट भनेको छनी त्यो चाही कसले भन्यो होला पहिला अर्को मान्छेले भनेको छ संगसंगै सालिकराम ले भनेको छ प्रस्ट सुन्ने कोसिस गर्नुस मलाई त लाग्छ भिडियो लिदा कोहि मान्छे संगै हुनुपर्ने होकी जस्तो लाग्छ भलै साथमा रहेका व्यक्तिको गल्ति नहोला

    Reply
  28. अर्जुन अधिकारी says:
    August 28, 2019 at 11:21 pm

    धन्यबाद शालोक्यजी । यो हो नि पत्रकारिता भनेको ।

    Reply
  29. Shiva says:
    August 28, 2019 at 11:02 pm

    सहि लाग्यो प्रहरीले यती पहिलानै स्पष्ट पारिदियेको भये जन्ता यती आक्रोसित हुने थियेन Public रोड्मा आउनुको कारड
    1 हत्याकि आत्महत्या भन्नी प्रष्ट नहुदै रबि लाई हिरासतमा लिनु
    2 किसोर श्रेष्ठ र रबिको सम्बन्ध राम्रो नहुनु र त्यो भिडियो किसोरलेनै हाल्न्नु
    3 पुर्ब जान्कारी बिना रबिलाइ news 24 बाट अपरण सैलिमा लैजानु
    4 7 दिन सम्म प्रहरी चुप लागेर बस्नु ( जाल झेल बुझेर रबिलाइ फसाउने षड्यन्त्र हो भन्ने जन्तालाइ हुनु)
    5 घटना स्थल चितबनमा हुनु ( जहाँ पहिलानै ठुला ठुला कान्ड भयेका छ्न
    6 प्रचण्ड र रबिको सम्बन्ध कस्तो छ था भयेन तर जन्तालाइ प्रचण्ड र रबिको समभन्द राम्रो छैन भन्नी बुझेका छ्न प्रचण्ड को गिर्य जिल्लाहुनु

    Reply
  30. Indra says:
    August 28, 2019 at 10:53 pm

    सबै कुरा राम्रो लायो यहि सत्य पनि हो तर त्यो भिडियो किशोर र नेपाल अाज सङ्गमात्र कसरी पुग्यौं र कुन नियतले सार्वजनिक गरियो भन्ने उल्लेख गरियेन त ?

    Reply
  31. Belu says:
    August 28, 2019 at 10:35 pm

    Videoma blue colorko t-shirt lagako manchhe pani sidema dekhinchha ani video kishor shrestha ko hat ma kaha bata pugyo usle bhaneko xa ki saligramko familyle deko ho yo satya ho hion hola

    Reply
  32. Rajendra says:
    August 28, 2019 at 10:34 pm

    धेरै राम्रो काम उमेश जी

    Reply
  33. Sanjaya says:
    August 28, 2019 at 10:25 pm

    Great!

    Reply
  34. Avinash poudel says:
    August 28, 2019 at 10:08 pm

    सबै कुरा भन्नुभयो तर त्यों video पुलिस कहाबाट बाहिर
    कसरि गयो ? यो कुरा त उठाउनु भएन त

    Reply
    1. madan says:
      August 30, 2019 at 7:14 am

      रविको त यो हालत भयो भने भोलि आफुलाई पनि दुख दिन सक्छन भन्ने डर अचेतन मनमा कतै सुच्म रुपमा भएको हुन सक्छ र राज्य र पुलीस प्रति शंका गरेको देखिदैन । किनकि सालोक्को पनि चिनिएका पत्रकार हुन् र उनको पनि प्रभाव छ पाठक र जनतामा र भोलि कसैको तारो किन हुने भन्ने मनोविज्ञान हुनसक्छ र म उनलाई दोष दिन्न किनकि यो भैराखेको देखिराखेको कुरा हो जस्तै राजु थापा , रबि लामिछाने इत्यादी । यस्तो निस्पछ्य तथ्यपरक सबै पाटो समेटेर लेखेर पनि सालोकजी यो कुरा भन्न डराए जस्तो छ । म भनि दिन्छु यो किनकि म पाठकलाई यो पुलिस र राज्यले केहि गर्न सक्दैन । यसमा पुलीस र राज्यको सदयंत्र छ र रबि बिरोधिले बदला लिने मौका साधेको हुनसक्छ र उनीहरुलेनै यो विडेओ किशोरे श्रेष्ठ जो रविको खुल्लम खुल्ला बिरोधि हो , नेपाल आज जुन रबि बिरोधि च्यानेल हो उसलाई दिएका हुन् । यस्तो कुरा पुलीसले परिवारलाई दिए जस्तो लाग्दैन । परिवारलाई दिएको भए त्यहि दिन बजारमा आउथ्यो सात दिन पछि आउदैन थियो।

      Reply
  35. Belu says:
    August 28, 2019 at 10:02 pm

    Video leakage ko kura aayen ni

    Reply
  36. miraz dahal says:
    August 28, 2019 at 9:57 pm

    वाह खाेज पत्रकारिता हाेस् त यस्ताे पाे त !!धन्यवाद उमेस श्रेष्ठ जी।

    Reply
  37. ज्ञानेन्द्र says:
    August 28, 2019 at 9:39 pm

    राम्रो एनालाइटिक लेख। सालोक्य जि को पत्रकारिता रबिको भन्दा धेरै माथी छ। धन्यवाद यत्रो दुख गरेर जानकारी सेयर गरेकोमा।

    Reply
  38. neesoj says:
    August 28, 2019 at 9:27 pm

    यसको मतलब त्यस्तो धम्की वा त्रास दिएको हैन भनी प्रमाण पेश गरे उनीहरुले सफाई पाउने स्पष्ट छ

    रबि लामिछानेले हैन सरकारी ओकिलहरुले साबित गर्नु पर्नेछ कि सालिक रामको आत्माहत्याको कारण रबि लामिछानेको धम्की वा त्रास हो/
    पुडासैनीलाई डोरी किनि दिएको , धम्की पूर्ण message पठाएको साबित भए लामिछाने दोषी होलान नत्र गार्हो छ

    Reply
  39. प्रशान्त says:
    August 28, 2019 at 9:10 pm

    सालोक्यजी, धेरै धेरै धन्यवाद यति प्रष्टसंग घटनाको विस्तृत व्याख्या गर्नु भएकोमा। प्रहरीले गर्नुपर्ने काम तपाईंले गरिदिनु भएको छ। हाम्रा प्रहरी किन यस्तो घटनाको संवेदनशीलता बुझ्दैनन् ? कहिले यिनीहरुको घैंटोमा घाम लाग्छ? प्रहरीको यो असक्षमताले रबिले केहि दिन दुख सहनुपरेपनि उनको लोकप्रियता ह्वात्तै बढाएकै हो। रबिले प्रहरीलाई मनमनै धन्यवाद दिएको हुनुपर्छ ।

    Reply
  40. Rohini says:
    August 28, 2019 at 8:54 pm

    चित्त बुझ्दो कुरा सालोक्य जी | तपाइलाई धेरै धेरै धन्यवाद |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme