Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि, युवराज र अस्मितालाई मिलेमतोमा ज्यान मार्ने काम गरेको दफा १७७ को समेत अभियोग, आज अदालतको प्रक्रिया यस्तो हुन्छ

Posted on August 26, 2019August 26, 2019 by Salokya


हिजो लेखेको ब्लगमा शुक्रबारको चौबिसकोठीको फोटो देख्दा धेरैलाई आइतबारको ‘मास’ कस्तो हो भन्ने भ्रम परे जस्तो छ। हुन पनि रवि लामिछाने समर्थक नाम दिइएका फेसबुक पेजहरुमा गुठी विधेयकको, जनआन्दोलनको, धरहराको विरोधमा निस्किएको जुलुसको फोटो समेत रवि समर्थक प्रदर्शनको भन्दै पोस्ट गरिएका थिए। त्यसैले कुन सही हो कुन गलत हो भन्ने भ्रम हुन्छ। माथिको कोलाज फोटो मध्ये ‘मास’को फोटो नागरिकन्युजको हो। अनि अर्को चाहिँ हिजो हानिएको टियर ग्यासको सेल हो जसको म्याद नौ वर्षअघि सकिएको छ।

शुक्रबार चितवनमा खासै आन्दोलन थिएन। शनिबार चौबिसकोठीमा अलि बढी भेला भए। आइतबार भने व्यापकै थियो। आइतबारै छुट्ने भन्ने हल्ला भएका कारण भिड उर्लिएको हुनसक्छ।

भिडले निषेधित क्षेत्रसमेत तोड्यो। यसअघि दिनहुँ सरकारी अफिसहरु भएको ठाउँमा प्रदर्शन हुन थालेपछि भदौ २ गते भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो। अहिलेसम्म त्यसको पालना भइरहेकोमा हिजो पहिलो पटक भिडले त्यसलाई उल्लङ्घन गर्‍यो।

त्यसपछि भिड नियन्त्रणका लागि टियर ग्यास प्रहार गरियो। तर टियर ग्यास मिति गुज्रेको पो रहेछ। बाटोमा खसेको टियर ग्यास सेल टिपेर हेर्दा त्यसमा एक्सपायरी मिति २०१० को देखिएको छ। अर्थात् ९ वर्षअघि मिति गुज्रिसकेको।

नेपालमा मात्र हैन विदेशतिर पनि म्याद गुज्रेको टियर ग्यास प्रहार भएको समाचार बेलाबेलामा आइरहन्छ। म्याद गुज्रेको टियर ग्यासले स्वास्थ्यमा अझ बढी हानी गर्छ भन्ने पनि हल्ला सुनिन्छ। तर खासमा म्याद गुज्रेकोले हानी हान्नेलाई गर्छ।

बीबीसीले लिड्स मेट्रोपोलिटन युनिभर्सिटीका पुलिसिङ प्रविधि सम्बन्धी रिसर्च गर्ने स्टिभ राइटलाई उद्‍धृत गर्दै लेखेको छ- समय धेरै गुज्रिसकेको भए कम प्रभाव पार्ने हुन्छ।

आयोवा स्टेट डेलीले ग्यास हतियारसम्बन्धी विशेष प्रशिक्षण लिएका ब्रायन ब्रेमेनलाई उद्‍धृत गर्दै ग्यासको प्रभाव कम हुने भएकोले हान्नेलाई नै हानी हुने लेखेको छ।

कमिसनको चक्करमा एकै पटक ठूलो संख्यामा टियर ग्यास किने होलान्। अनि प्रयोग नभएका टियर ग्यास बोकाएर भिड नियन्त्रणको जिम्मा! धन्न झडप मात्र भयो, अरु अप्रिय घटना सुन्नु परेन।

भिडले प्रक्रियाको पूरा के बुझ्थे? हिजो त्यति ढिला मुद्दा अदालतमा लगेपछि हिजै रिहा हुन सम्भव थिएन। निशर्त रिहाइको माग भन्दै थिए आन्दोलनकारीहरु। प्रक्रियामा गइसकेको मुद्दामा कसरी निशर्त रिहाइ हुन्छ?

हिजै छुट्ने हल्ला गरिएका कारण पनि भिड उर्लियो। एक टेलिभिजन प्रस्तोताका लागि मात्र हैन, सरकारको कार्यशैली प्रति असन्तुष्टि पनि प्रदर्शन हुन्छ यो भिडले।

त्यहाँमाथि विप्लव नेतृत्वको नेकपाले सोमबार बन्दको घोषणा गरेको। कति जोखिम !

त्यसैले होला हिजो राति सूचना जारी गर्दै अस्ति घोषित निषेधित क्षेत्रको दायरा बढाई निषेधाज्ञा जारी गरियो। अर्थात् पाँच जनाभन्दा बढी भेला हुनै नपाइने।

आज अदालतमा के हुन्छ?
सरकारी वकिलको कार्यालयले हिजो अदालतमा अभियोग पत्रसहित मुद्दा दर्ता गरेको छ। रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई शालिकराम पुडासैनीलाई एकआपसको मिलेमतोमा संलग्नतामा ज्यान सम्बन्धी कसुर गरेको समेत अभियोग लगाइएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसूर अन्तर्गतको दफा १७७ मा यस्तो व्यवस्था छ-

७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेः (१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ ।

सजाय माग दावीका लागि भने दफा १८५ को उपदफा २ उद्‍धृत गरिएको छ। त्यो भनेको आत्महत्या दुरुत्साहनको कसुर गर्नेलाई बढीमा ५ वर्ष कैद र ५० हजार जरिवाना हो।

हिजो मुद्दा अदालतमा दर्ता भएपछि हिजैदेखि यो केसमा अब बाँकी सबै काम अदालतले हेर्ने भइसकेको छ। अब प्रहरीको काम सकियो, बाँकी सब काम अदालतको हुन्छ। न्याय दिने काम अदालतको हो।

अदालतमा न्यायाधीशको अगाडि अब सबै अभियुक्तहरुको बयान हुन्छ। प्रहरीकोमा दिएको बयान भन्दा यहाँ दिएको बयानको कानुनी मान्यता हुन्छ। न्यायाधीशले प्रश्न सोध्छन्, अभियुक्तहरुले जवाफ दिन्छन्। हिजो अस्मिताको बयान सकिएको थियो। अब आज सोमबार युवराज कँडेल र रवि लामिछानेको बयान हुन्छ।

बयान सकिएपछि अब उनीहरुलाई थुनामा राखेर मुद्दाको प्रक्रिया चलाउने कि बाहिर भन्नेबारे थुनछेक बहस हुन्छ। यसमा दोषी हो कि हैन भन्ने बारे भन्दा पनि कसुरको गाम्भीर्यता, थुनामा नबसी बाहिर बस्दा भाग्न सक्ने, मुद्दालाई प्रभावित पार्न सक्ने, प्रमाण नष्ट गर्न सक्ने आदि सम्भावना हेरिन्छ।

सरकारी वकिलले प्रतिवादीहरु रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की थुनामा नबसी बाहिर बस्दा विदेश भाग्न सक्ने आधार दिन्छन्, मुद्दा प्रभावित पार्न चलखेल गर्न सक्छन् भनेर दावी गर्छन्।

प्रतिवादीहरुका वकिलहरुले हैन श्रीमान्, भन्दै सकेसम्म साधारण तारेखमै छुटेर बस्न पाउने भनी बहस गर्छन्।

त्यो सबलाई ध्यानमा राखेपछि न्यायाधीशले तीन वटा विकल्पमा एउटा आदेश दिनसक्छन् –

एक, साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने।
दुई, धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने।
तीन, थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने।

अदालतले बयान र प्राप्त प्रमाण र बहसका आधारमा एउटा विकल्प दिन्छ। पोहोरदेखि मात्र लागू भएकोले यस्तो आत्महत्या दुरुत्साहन केसमा सुरु सुरुमा थुनामै राखेर पुर्पक्ष गर्ने आदेश धेरै भए पनि पछिल्लो समयमा भने धरौटीमा पुर्पक्षमा छाडिएको छ। यसको मतलब निश्चित रकम धरौटी तिराएर थुना बाहिरै बसी मुद्दा लडिरहने।

थुनामै राखेर मुद्दा पुर्पक्षको अर्थ मुद्दा बलियो छ भन्ने अर्थ लाग्छ। साधारण तारेखको अर्थ मुद्दा कमजोर छ।

थुनछेक बहस नसिध्दिएसम्म अभियुक्तहरु न्यायिक हिरासतमै रहन्छन्।

माथिको दुई वटा विकल्प भएमा अभियुक्तहरु छुट्छन्। तेस्रो भयो भने चाहिँ अब प्रहरीको हिरासतमा हैन, हत्कडी लगाएर जेलमा लगिन्छ।

3 thoughts on “रवि, युवराज र अस्मितालाई मिलेमतोमा ज्यान मार्ने काम गरेको दफा १७७ को समेत अभियोग, आज अदालतको प्रक्रिया यस्तो हुन्छ”

  1. Pingback: अदालतले राखेका शर्त रविले नमाने के हुन्छ? जेल पठाउने छ आदेश : मिलेमतोमा ज्यान मारेको अभियोग पत्याएन अदालतले « Mysansar
  2. madan bajracharya says:
    August 26, 2019 at 11:42 pm

    पुडासैनीले “सम्भंद” राखेकीले पुडासैनिको स्वास्नी भयको थाह पायर पनि सम्भंद न तोडेकेको भय पुडासैनि अहिले सेड्युल मिलायर कहिले स्वास्नी सिट त् कहिले “अर्की” सिट मस्ती गरिरहेको हुन्थ्यो/ तर स्वास्नी भनेको गोजीमा लुकाउन सकिने रुमाल जस्तै नभयकोले पुडासैनीले आफु बिबाहित भयको कुरा जति सुकै प्रयत्न गर्दा पनि आफुले विदेश जान र ….पनि गर्न सम्भंद राखेको केटि बात लुकाउन सकेन; कतिले थाह पाईहाले/ त् कतिले पुडासैनीलाई “बाई बाई ताता गर्न खोजे/ आफुलाई विदेश पुर्याउन पनि सक्ने र आफुलाई ….गर्न पनि सक्नेले आफुलाई बाई बाई ताता गर्न लागेकोले पुडासैनीले …..गरे/ पुडासैनीले आफुले ..गर्नु परेकोमा आफुलाई बाईबाई ताता गर्न खोजेको त्यो ..समेत रवि लाई पनि आरोप लागाय/

    अब यो कुरामा बिचार गरौँ; पुडासैनीले आफु बिबाहित भयको कुरा लुकायर अबिबाहित केटि सिट सम्भंद राख्न्नु बिबाह गर्न दवाव दिनु कानुनन अपराध नै हो/ कतिले पुडासैनी बिबाहित भयको थाह पाय पछि पुडासैनी सिट सम्भंद तोड्न चाहे; यो कुरा कुनै कानुनले पनि अपराध ठहर गर्न सक्दैन/

    पुडासैनीले आफु बिबाहित भयको थाह पायर सम्भंद तोड्न चाहेको केटीलाई बिबाह गर्न दवाव दिंदै थियो/ यो कुरा अपराध थियो/ यदि पुडासैनीले….नगरेको भय पुडासैनी जेल जानेनै थियो/ तर पुडासैनीले ..नै गरे त्यो केटीलाई समेत आफुले ..गर्नु परेको आरोप त्यो केटीलाई समेत लगायर/ यदि पुडासैनीको …..को प्रयाश असफल भयको भय पुडासैनी माथि ३ आरोपहरु लाग्थ्यो:

    ०१. बिबाहित भयको कुरा लुकायर अबिबाहित केटीलाई अनैतिक सम्भंद राखेको/
    ०२. आत्म हत्याको प्रयास गरेको
    ०३. जवर्जस्ती गैरकानुनी सम्भंद राखेको/

    त् ई तिन गैरकानुनी कार्य गरेको बा गर्न खोजेको आरोपमा पुडासैनी माथि कानुनि कार्यवाही पनि हुन्थ्यो र उसको कुकार्यको विवरण मिडियामा पनि आउंथ्योनै/ यदि यस्तै कुकार्य अर्कैले गरेको भय पत्रकारिताको पेसा गर्ने पुडासैनी आफैले मिडियामा ल्याउन्थ्यो/
    तर यस्तो कुकार्य त्त् पुडासैनी आफैले गरे आफुले ..गर्नु परेको कारण ” आफु बिबाहित भयको थाह पायकोले सम्भंद तोड्न खोजेकी र आफ्नो कुकार्य लाई मिडियामा ल्याउन सक्ने व्यक्तिहरुलाई समेत आरोप लगायर/

    नेपालको कानुन अनुसार कसैलाई आत्म हत्या गर्न बिबस बनाउनु अपराध हो/ तर पुडासैनीलाई “आत्म हत्यानै गर्नु पर्ने दवाव” त् अरु कसैले होईन पुडासैनी आफैले आफुलाई दियको दवाव हो/ यदि दोषी थर भयमा मरेको लासले पनि सजाय पाउने कानुन भयको भय पुडासैनीको लासको डाह संस्कार हुँदैनथ्यो जेलमा कुहिरहेको हुन्थ्यो होला/

    किनभने बिबाहित भयको कुरा लुकायर आफुलाई बिबाह गर्न दवाव दियको कुरा नमान्नु कुनै अपराध होईन/ बिबाहित भयको लुकायर अबिबाहित केटी सिट अनैतिक सम्भंद राख्नु र बिबाह गर्न दवाव दियको कुरा मिडियामा ल्याउने सबै पत्रकारको दाइत्व हो/ तर नेपालमा तेस्तो कानुन छैन; आत्महत्या गर्नेले कसै माथि आरोप लगाय तेस्लाई कार्यवाही गर्ने कानुन चाहि छ/

    तर यहा निर प्रश्न उठ्छ “के कानुनले आत्म हत्या गर्नेले गर्न खोजेको गैरकानुनी कार्य गर्नमा नसघाउनुलाई पनि कसैलाई आत्महत्या गर्न बाध्य बनायको ठहर गर्छ?” / यो प्रश्नको जवाफको सेरोफेरोमा अहिले रवीलाई थुनेको; यो घटनाको बारेमा सार्वजनिक तवरले कुनै अभिव्यक्ति दिन बन्देज लगायर लाखौँ धरौटी लियर छोडेको र यो घटनाको केन्द्र बिन्दुमा भयको केटिलाई साधारण तारेख छोडेको कुरा बास्तविक प्रसंग के हो त्यो बुझ्न अलि गार्है छ/

    अन्तमा म यहि भन्छु यो प्रसंग अप्ठ्यारो नबन्ने कडा संकेत हो/ अहिले हामीले तेही देख्नु छ जो देखायको छ/ ठीक तेसैलाई मान्नुं छ जसलाई ठिक भनेको छ/ खाल्डो देखे नाघेर जाने; हे त्याहा खाल्डो छ भनेर हल्ला त् गर्दै नगर्ने/

    Reply
  3. Shankar says:
    August 26, 2019 at 2:31 pm

    झापा काण्ड मा मान्छेको टाउको काटेर सत्ता मा पुगेका ,र १४००० मारेर सत्तामा पुगेका को संयुक्त सरकार छ | यिनीहरुले मारेको पनि कति विभत्स तरिका ले थ्यो भने परिबार मा टि बि हेरेर बसिरहेको मा काम छ भन्दै बोलाएर लगेर धारिलो हतियार ले काट्ने , कतिलाई सुराकी को संका गर्दै काट्ने , गाउका गरिब सिक्ष्यक , गरिब प्रहरी को हत्या गरेर सत्ता मा बसेको ले अहिले एउटा टेलिभिजन प्रस्तोता लाइ आत्म हत्या गर्ने ( मानसिक रोगि पनि हुन् सक्ला ) ले भनेको आधारमा येत्रो टर्चर दिने , जेल हाल्ने गर्दा राज्य नै फसाउन लागेको पुस्टि हुन्छ |
    रबि ले भ्रास्ताचार को खुलेर र निडर भएर तेत्रो अभियान चलायो हो तिनै घुस्याह हरुको जालो मा रबि परेको हुने धेरै सम्भाबना छ |
    यिनै भ्रास्ताचारी र घुस्याह का नाजायज सन्तान र दलाल नेताको छाउरा हरु खुलेरे रविलाई फसाउन लागेको जस्तो महसुस भै रहेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme