चितवन पुगेको थाहा भएपछि आफन्त र साथीभाइले सोधिरहेका छन्- रवि लामिछाने आज छुट्ने भयो रे हैन?
म उनीहरुलाई सोध्छु, ‘हो र, कहाँबाट कसरी थाहा पाउनु भयो?’
‘न्युजहरुमा’
‘कहाँ के न्युज आएको थियो र?’
‘फेसबुकहरुमा देखेको थिएँ।’
‘फेसबुकमा त जसले जे पनि लेख्छन् नि, न्युजमा भन्नुभएको हैन र?’
‘टिभी पनि आएको थियो।’
‘कुन टिभी?’ भनेर सोध्दा आउने जवाफ हो, ‘युट्युब।’
टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परी अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको १० दिन पूरा भइसकेको छ। अदालतले पाँच दिन गरी दुई पटक थपेको म्याद हिजो भदौ ७ गते शनिबार सकिसकेको छ। युट्युबरहरुले त पहिलो पटक पाँच दिनको म्याद सकिँदा भदौ ३ गते नै आज रवि दाइ छुट्ने, सभालाई सम्बोधन गर्ने समेत घोषणा गरिसकेका थिए।
अब आज के हुन्छ त? फेसबुक र युट्युबमा आए जस्तो रवि आजै छुट्छन् त ?
पत्नी नीकिताले रविको भन्दै आफ्नो फेसबुकमा लेखेको सन्देशमा ‘सम्भवत : सम्माननीय अदालतले भोलि (आइतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ’ लेखिएको छ।
सबैभन्दा पहिला त बुझ्नु पर्ने कुरा के हो भने यो मुद्दाको विषयवस्तुमा अदालत प्रवेश गरेकै थिएन। रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की १० दिन हिरासतमा बसिसके पनि ऊ अभियुक्त हो कि हैन भनेर प्रहरीले निर्क्यौल गरिसकेको थिएन। अनुसन्धान गर्नका लागि आधार देखाएर हिरासतमै राख्न म्याद मागेको थियो, अदालतले दिएको थियो।
आज के होला?
म्याद हिजै सकिसकेकोले आज कि त म्याद थप गर्नुपर्थ्यो, कि भने मुद्दाको अनुसन्धान सकाएर अदालतमा बुझाउनु पर्थ्यो। त्यसको प्रक्रिया भनेको प्रहरीले तोकेको अनुसन्धान अधिकृतले अनुसन्धान सकाएर रायसुझावसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा बुझाउने हो।
दुई विकल्प हुनसक्थ्यो प्रहरीको।
एक, प्रहरीले रवि लामिछानेसहित तीन जनाले शालिकराम पुडासैनीलाई मर्न बाध्य बनाएको प्राप्त प्रमाणहरुबाट पुष्टि भएको हुँदा ‘मुलुकी अपराध संहिता ऐन, २०७४’ को दफा १८५ बमोजिम हदैसम्मको सजाय हुनुपर्ने देखिन्छ भनेर प्रस्तावित राय सुझावसहितको प्रतिवेदन बुझाउने। हदैसम्मको अर्थ ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म कैद हो।
दुई, ऐजन ऐजन केसमा भएको अनुसन्धानमा दुरुत्साहन गरिएको प्राप्त प्रमाणहरुबाट पुष्टि नहुने देखिएको हुँदा पछि प्रमाण फेला परे बमोजिम हुने गरी हाललाई मुद्दा चलाउनु पर्ने स्थिति नदेखिएको प्रस्तावित राय सुझावसहितको प्रतिवेदन पेश गर्ने।
दोस्रो विकल्पमा जाँदा कसुरै नभएकोलाई किन थुनेको त १० दिन भन्ने प्रश्न आउने भएर आज प्रहरी पहिलो विकल्पमा नै गएको छ। अनुसन्धानमा सघाउन हेडक्वार्टरबाट खटिएको सिआईबीका एसपी दीपक रेग्मीले आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको फरक फरक कसुर देखिएको बताएका छन्।
सिद्धान्ततः सरकारी वकिलको कार्यालयले त्यो अध्ययन गरिसकेपछि प्रहरीको राय सुझावसहितको प्रतिवेदन स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार रहे पनि सामान्यतया व्यवहारमा प्रहरीकै राय अनुसार कसुर अनुसारको अभियोग लगाएर हदैसम्मको मागदावी गरी अदालतमा मुद्दा दर्ता गर्छ। त्यसपछि बल्ल उनीहरु अभियुक्त हुन्छन्। अब बल्ल अदालती प्रक्रियामा मुद्दा प्रवेश हुन्छ। अब प्रहरीको काम सकियो, बाँकी सब काम अदालतको हुन्छ। न्याय दिने काम अदालतको हो।
अदालतमा न्यायाधीशको अगाडि अभियुक्तहरुको बयान हुन्छ। प्रहरीकोमा दिएको बयान भन्दा यहाँ दिएको बयानको कानुनी मान्यता हुन्छ। न्यायाधीशले प्रश्न सोध्छन्, अभियुक्तहरुले जवाफ दिन्छन्।
त्यसपछि उनीहरुलाई थुनामा राखेर मुद्दा चलाउने कि बाहिर भन्ने थुनछेक बहस हुन्छ। बहस नसकिएसम्म न्यायिक हिरासतमै बस्नुपर्छ।
यदि दर्ता भइहाले पनि आज मुद्दा दर्ता गरी आजै बयान सकी थुनछेक बहस पनि सक्न गाह्रो छ।
यो थुनछेक बहसको नतिजा तीन वटा हुन सक्छ-
एक, साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने।
दुई, धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने।
तीन, थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने।
अदालतले बयान र प्राप्त प्रमाण र बहसका आधारमा एउटा विकल्प दिन्छ। पोहोरदेखि मात्र लागू भएकोले यस्तो आत्महत्या दुरुत्साहन केसमा सुरु सुरुमा थुनामै राखेर पुर्पक्ष गर्ने आदेश धेरै भए पनि पछिल्लो समयमा भने धरौटीमा पुर्पक्षमा छाडिएको छ। यसको मतलब निश्चित रकम धरौटी तिराएर थुना बाहिरै बसी मुद्दा लडिरहने।
कान्तिपुरमा जनकराज सापकोटाले हिजो भदौ ७ गते एउटा खोजपूर्ण समाचार पढ्नुभो? नपढेको भए पढ्न यहाँ क्लिक गर्नुस्। त्यसमा शालिकरामले आफ्नो मृत्युको कारण भनी दोष लगाएका अस्मिता कति पीडित थिइन् भन्ने प्रष्ट पार्छ। बाँचुन्जेल मात्र हैन, मरिसके पछि पनि पीडा दिन छाडेको छैन। उनी पनि अहिले हिरासतमै छिन्।
त्यो समाचारमा दिइएको तथ्यमात्रै हो र प्रहरीले अरु थप बलियो प्रमाण केही पाएको छैन भने रवि लामिछाने त सामान्य तारेखमा रिहा हुनुपर्ने स्थिति हो।
तर किन उनलाई दुई पटक म्याद थपियो त?
पावरफूल Vs भिडको शक्ति संघर्ष
रविले राज्य संयन्त्र र फटाहा काम गर्नेलाई बिच्काएकै थिए। नेताहरु कसैलाई छाडेका थिएनन् गाली गर्न। भ्रष्टाचारीलाई टुँडिखेलमा उडेर घुमाएर नाकको डाँडी भाँच्चिने गरी किक हान्ने मन भएको भनेर कार्यक्रम चलाउँदा मासले वाहवाह गरेर लोकप्रियता कमाए पनि त्यसले बौद्धिक जगतलाई भड्काइरहेको उनले भेउ नै पाएनन्।
अधिकांश पत्रकारहरु उनको पक्षमा छैनन्। किन? किनकि उनी आफैले म पत्रकार परिचय पत्र लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु भनेका थिए। म पत्रकारिता हैन एक्टिभिजम गरिरहेको छु भन्थे उनी। असल पत्रकारहरुले उनको शैली पत्रकारिता हैन भनेर उनलाई इग्नोर त गरे नै, आफै बार्गेनिङ गरेर, बिचौलिया काम गरेर जीविका चलाउने पत्रकारहरुले समेत रविलाई कार्यक्रम देखाएर धन्दा चलाएको भन्दै गाली गरे। स्वयं मर्ने शालिकरामले भिडियोमा रविले करोडौँ असुलेको आरोप लगाएका छन्।
यता उनको लोकप्रियता बढेको बढ्यै थियो, उता उनी एउटा ‘थ्रेट’ पनि बन्दै थिए। थ्रेट महसूस भएकाहरुले रविलाई तह लगाउने टाइम कुरेर बसिरहेका थिए। योभन्दा उपयुक्त टाइम अर्को कहिले हुने?
घटना परिस्थितिको विश्लेषण गर्दा साउन २० गते शालिकराम पुडासैनीको शव भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेकै थियो। प्रारम्भिक अनुसन्धानमा शालिकरामले भिडियोमा पोलेका रवि लामिछाने र युवराज कँडेलसित सम्पर्क नदेखिएको थाहा भएकै थियो।
भिडियोमा शालिकरामले रुँदै आफ्नो मृत्युको दोषी रवि लामिछानेसहित तीन जना भएको बताएका थिए। यसको आधारमा प्रहरीले अनुसन्धान गर्न सक्थ्यो नै। ‘रविकै अदालत’को नजिर पनि त्यस्तै थियो। भिडियोमा पोलेकै भरमा युएईमा आत्महत्या गरेकी अष्टमी गुरुङको केसमा एक बंगलादेशीलाई हत्यारा भन्दै न्याय दिन कार्यक्रम उनले चलाएकै थिए। तर युएईको अदालतले उनलाई निर्दोष भनेर छाडिदियो।
नेपालको कानुनमा पोहोर भदौ १ गतेदेखि एउटा नयाँ विषय थपिएको थियो- आत्महत्या गर्न बाध्य बनाउनेलाई पनि बढीमा ५ वर्षसम्म जेलमा हाल्न सक्ने।
उनलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने पर्याप्त आधार त्यो भिडियोले नै दिन्थ्यो। पक्रन पनि सक्थ्यो। तर प्रहरी एक्सनमा उत्रिएन। अनुसन्धानै गरिबस्यो। किनभने प्रहरीलाई थाहा थियो रविलाई तत्काल पक्रनु अरिङ्गालको गोलोमा हात हाल्नु हो।
निर्मला केसमा भिडले जे जे भन्यो मान्दै गएर प्रहरी र राज्य संयन्त्र समेत पंगु साबित भएको उदाहरण ताजै छ। जनसमर्थन पाएका सेलिब्रिटीलाई पक्राउ गर्दाको जोखिम के होला? के भयो भने के गर्न सकिन्छ? के त्यो सबको विश्लेषण भएको छैन होला र? पक्कै छ नि।
तर अनुसन्धानको क्रममा रहेको भिडियो लिक भयो।
संयोग हेर्नुस्, साउन २७ गते प्रधानमन्त्री केपी ओली सिंगापुरबाट स्वदेश फर्किए। त्यसको पर्सिपल्ट साउन २९ गते भिडियो लिक भयो। साउन ३० गते रवि पक्राउ परे।
भिडियो सार्वजनिक भएपछि ट्विस्ट आयो र घटनाक्रमहरु मोडिए।
शालिकरामको भिडियो सार्वजनिक भएपछि रवि र उनको टिमको गतिविधि प्रहरी निगरानीमै थियो। उनका कल डिटेल रेकर्डहरु हेरिसकिएको थियो। भिडियोकै आधारमा मुद्दा चल्ने स्थिति नभएको प्रारम्भिक बुझाइ पनि थियो मैले बुझे अनुसार।
तर अनुसन्धानको क्रममा रहेको भिडियो कसरी सार्वजनिक भयो र कसरी त्यसले अनुसन्धानलाई प्रभावित बनाउँदै लग्यो, त्यसपछिका घटनाक्रमले देखाउँछ। के रविलाई सबक सिकाउने प्रयास स्वरुप अनुसन्धानको क्रममा रहेको भिडियो मिडियामा लिक गराइएको हो? अर्को अनुसन्धान आवश्यक छ। तर गर्ने कसले?
सबक सिकाउने प्रयास
फेसबुकमा रवि लामिछानेको फोटोमा श्रीपेच लगाएर राजा बनाएर हालेको पनि देखिएको थियो। तर ती फ्यानहरुले पनि बुझ्नु पर्ने कुरा के हो भने २०६७ सालमा पूर्व युवराज पारस शाहलाई समेत पक्राउ गरी सबक सिकाउन खोजिएको थियो। पारसलाई तीन दिन हिरासतमा राखेर मुद्दा चलाई धरौटीमा रिहा गरिएको थियो।
पारसलाई प्रहरी तालिम केन्द्रको आरामदायी हिरासत थियो, रविलाई त जिल्ला प्रहरी कार्यालयको नियन्त्रण कक्षमा अरु सर्वसाधारणहरुलाई जस्तै एकै ठाउँमा राखिएको छ। भेट्न पनि सर्वसाधारणलाई जस्तै थुनुवा भेट्ने समयमा मात्र भेट्न दिइएको छ।
अनुसन्धान भइरहेको केसमा कार्यक्रम बनाउने प्रयास नगरेको भए उनलाई यति छिट्टै पक्राउ गरी हिरासतमा राख्ने योजना पनि थिएन। तर आफूलाई सफाई दिन उनले कार्यक्रम बनाउने प्रयास गरे। त्यसैले कार्यक्रम बज्नुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लियो।
त्यसपछि परिस्थिति झन् जटिल बन्दै गयो।
नेपालका पावरफूलहरु बलियो कि रवि बलियो? जनसमर्थन केलाई भन्ने ? जनताबाटै निर्वाचित नेताहरु बलियो कि ती नेताहरुलाई गाली गरेर भिडले भगवान भन्ने रवि बलियो?
हिरासतमा रहँदा राज्य संयन्त्रलाई नै चुनौति दिने किसिमले जेजस्ता अभिव्यक्ति उनले बाहिर ल्याए, त्यसले उल्टै उनलाई घाटा गर्यो। बाहिर निस्केको तीन मिनेटमै आफू निर्दोष प्रमाणित गर्छु भनेर उनले बोल्दा आफै न्यायाधीश बन्न खोजेको आरोपले झन् बल पाएको छ। पावरफूलहरुको सबक सिकाउने चाहनालाई अझ दरिलो बनाएको छ। यसले त बाहिर निस्कँदा झन् अदालती प्रक्रियालाई प्रभावित पार्न सक्ने उनका विपक्षीहरुको तर्कलाई पुष्टि गर्न सघाउ पुग्छ। रुल अफ लमा निर्दोषिता प्रमाणित गर्ने ठाउँ अदालत हो कि भिड? प्रश्न त उठ्छ। अनुसन्धानको प्रक्रियामा रहेको विषयमा उनले हिरासतमै असुरक्षित छु भनेर बोल्नु फ्यानलाई सडकमा उत्र भनेर भड्काउन खोजेको अर्थमा लिन्छन् कि लिँदैनन् तटस्थ बस्नेहरुले?
यो बीचमा रवि पक्षले भिडियो कीर्ते गरेको भन्दै चितवन एसपी दानबहादुर मल्लसहित जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दर्ता गर्न खोजेर चर्चा कमाउने जुन फण्डा गर्यो, त्यसले पनि रविको विपक्षीलाई अझै कठोर हुने स्थिति बनाउन सक्छ। शालिकरामकी श्रीमतीको चाहिँ किटानी जाहेरी लिने, रविकी श्रीमतीको चाहिँ नलिने भनेर फ्यानहरु माझ आक्रोश फैलाउने काम त गर्यो त्यसले। तर भिडियो एडिट गरेको विषयलाई कीर्ते गरेको भनेर जाहेरी दर्ता गर्न सल्लाह दिने वकिल चाहिँ कस्ता भनेर बुझ्नेहरुले त प्रश्न उठाए नि। अनुसन्धानको क्रममा रहेको भिडियो कसरी लिक भयो भन्ने विषय प्रहरी भित्र अनुसन्धानको विषय त बन्न सक्ला, तर जनचासोको विषयमा प्राप्त सामाग्री मिडियाले त दिइहाल्छ नि। त्यसमा कीर्ते मुद्दा कसरी चल्न सक्छ?
चितवनको भिड नियन्त्रण रणनीति
चितवनमा शुक्रबार पुग्दा उनै युट्युबर र फेसबुक लाइभ देखेका कारण त्यहाँको माहौलको एक किसिमको कल्पना गरिएको थियो काठमाडौँमा हुँदा। तर आन्दोलन कहाँ छ भनेर खोज्दै हिँड्नु पर्यो। बल्ल बल्ल चौबिसकोठीमा सडक छेउ ठूलो रुखको छहारी मुनि केही मान्छे भेला भएको देखियो। चौतारीमा माइकमा भाषण चलिरहेको थियो। वरपर मान्छेहरु सुनिरहेका थिए।
प्रहरीले आन्दोलनमा जानेहरुलाई धमाधम पक्रन थालेको छ, अनि मान्छे जान डराइहाल्छ नि रामनगरका होटल व्यवसायी दिपेन्द्र मिश्रले भरतपुर बजार छिर्नअघि नै भनेका थिए। तर काठमाडौँमा हुँदा गरिएको कल्पनाभन्दा भिन्न परिस्थिति देखेर अचम्म लाग्यो।
‘गर्मीका कारण पनि हो,’ रविको कार्यक्रमका प्रोड्युसर दीपक बोहोराले भने, ‘अहिले अलि शीतल भएपछि मान्छे भेला हुन्छन्।’
फिल्डमा खटिने प्रहरीहरुलाई सोध्दा उनीहरुले रमेश प्रसाइँ र ज्ञानेन्द्र शाही आएका बेला एक हजार जति मान्छे जम्मा भएका तर उनीहरुको भाषण सकिने बित्तिकै मान्छे घटेको बताए। कार्यक्रम नसकिनु तर भाषण सकिएपछि मान्छे घट्नु। त्यसको अर्थ उनीहरुले आन्दोलनमा लाग्नेहरु भन्दा सुन्न आएका रमिते बढी भएको लगाए।
चौबिसकोठी पूर्वी चितवन र पश्चिम चितवनको प्रवेश बिन्दु मात्र हैन सबै सरकारी कार्यालयहरु, अस्पताल त्यहाँबाट नजिकै पनि छ। त्यसैले त्यहाँ रमिते भेला हुन पनि सजिलो रहेछ।
दिन ढल्दै, शितल हुँदै गर्दा त्यो ठाउँमा गर्मी हुँदा भन्दा अलि बढी मान्छे देखिए। नौ कक्षा पढ्ने रेजिना भण्डारीले माइक पाइन्। उनले आफूले रवि दाइले हात हल्लाएको देख्दा कस्तो एक्साइटेड भएको बयान गरिन्। आन्दोलनमा मान्छे नभएकोमा चिन्ता व्यक्त गरिन्। अब सात, आठ कक्षा पढ्ने विद्यार्थीहरु पनि सबैलाई ल्याएर आन्दोलनमा उतार्न प्रिन्सिपललाई अनुरोध गरिन्।
‘यसरी भएन टायर बालौँ भन्दा साथीहरुले मानेनन्। तिमीहरुको न्यायको सपोर्टर हैन भनेर सोध्दा उनीहरुले हैन हामी त न्यायको सपोर्टर रे। अनि न्याय कसले दिन्छ नेपालमा रविले हैन र? मेरो साथीहरुलाई जाउँ हिँड आन्दोलनमा भनेको मैले, तिनीहरु त सबै जना डराए। कोही पनि आउन मानेन, म एक्लै भए पनि आएको अहिले’, उनले भनिन्।
यस्तो हावा कुरा गरेर पनि आन्दोलन हुन्छ जाउँ भन्दै भाषण सुन्न बसेका दुई जना आफ्नो बाटो लागेको देखेँ।
माइकमा चन्दा विवरण सुनाइयो १६ हजार चानचुनको। रकम उठाएर पानी किनेर त्यहाँ बसेकाहरुलाई बाँडिएको रहेछ।
प्रहरीले भिड विश्लेषण गर्दै कन्ट्रोल गर्ने रणनीति एग्रेसिभ रुपमा लागू गरिरहेको देखियो। भिड उकास्ने मुख्यहरुलाई रणनीतिक रुपमा पक्राउ गरेर कानुनी दायरामा ल्याइएको रहेछ। उत्तेजना फैलाउने, गलत जानकारी फैलाउने युट्युबर र फेसबुक लाइभ गर्नेहरु देखेर पत्रकार पनि आजित रहेछन्। जिल्लाका पत्रकारहरुले प्रहरीलाई कसरी सघाएको एउटा रोचक उदाहरण सुनियो। लाठिचार्ज भएको बेला पत्रकार र युट्युबर छुट्याउन पत्रकारहरु जति एक ठाउँमा बसिदिएछन्। युट्युबर अर्को ठाउँमा परेछन्। त्यसपछि प्रहरीको तारोमा युट्युबर!
भिडलाई भड्काउन विप्लवको पनि घुसपैठ भएको हो भनेर सोध्दा एक प्रहरीको विश्लेषण थियो- त्यस्तो त लागेको छैन। एक पटक लाठिचार्ज गर्दैगर्दा कसैले पछाडिबाट ढुंगा हानेपछि विप्लववालाले हान्यो भनेर हल्ला भएको चाहिँ थियो। यकिन थाहा भएन।
शनिबार भने अलि ठूलो प्रदर्शन भएको सुनियो, काठमाडौँमा पनि प्रदर्शन भएछ।
फोटो आफै बोल्दैन
यी फोटोहरु शुक्रबार साँझ ५ बजेको हो।
यो चौतारो मञ्चबाट खिचेको फोटो हो। यसमा यति मान्छे देखिन्छन्।
यो त्यो भन्दा अलि टाढाबाट हेर्दा।
शनिबार योभन्दा धेरै जम्मा भएका थिए। आइतबार रवि छुट्ने प्रचार गरिएकोले झन् धेरै मान्छे भेला भएका थिए।
अपडेट : आइतबार धेरै मान्छे भेलाई निषेधित क्षेत्र तोडे। अश्रुग्यास प्रहार भयो। त्यसैले सोमबार बिहानदेखि एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नदिन निषेधाज्ञा जारी गरिएको छ-
जे होस् अहिलेसम्म आन्दोलनका क्रममा चितवनमा दुई दिन अश्रुग्यास हान्नुपर्ने स्थिति बनेको थियो। चितवनमा ल्याइएदेखि पहिलो पटक म्याद थपसम्मको दिनमा सडकमा नेताहरुविरुद्ध उग्र नाराबाजी गरियो। प्रचण्ड र रेणु दाहालविरुद्ध नाराबाजी भएपछि नेकपाभित्र मिलिसकेको माओवादी खेमा बिच्किए। नेकपाको चितवन जिल्ला कार्यालयले विज्ञप्ति नै जारी गर्दै भन्यो- हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन।
राजतन्त्रका नारा लाग्न थालेपछि कांग्रेस पनि हच्कियो।
भिडको जिम्मा लिन नसक्ने देखेपछि रवि बचाउ संघर्ष समितिका अध्यक्षले नै राजीनामा दिए।
अनुसन्धानको प्रक्रियामा गइरहेको विषयमा भिडको बलमा उफ्रेर राज्य संयन्त्रलाई चुनौति दिने? को हो रवि भन्ने भयो। अनि सर्वदलीय बैठक बसेर प्रदर्शनलाई संयमित बनाउन आह्वान गर्ने निर्णय भयो।
यसपछि दलमा आवद्धहरु आन्दोलनबाट पर भइदिए।
भिड कम देखिन थालेपछि उनले हिरासतभित्रबाटै राज्य संयन्त्रलाई चुनौति दिन थाले।
रविको उग्र अभिव्यक्ति, मासको भरमा जे पनि गर्न सकिन्छ भन्ने पाराको उनलाई सल्लाह दिनेहरुको आलोकाँचो बुद्धि र इन्टरनेट अनि सडकमा फ्यानहरुको उग्रता उनैको लागि घातक बन्दै गरेको छ।
शुक्रबार हिरासतमा भेट्दा रविले कहिल्यै यस्तो नपरेको, कुनै प्रमाण बिना यत्तिकै थुनेर म्याद थप गर्नै नपर्ने देखिँदा देखिँदै पनि म्याद थपेको देखेपछि अलि आत्तिएको तर अहिले संयमित हुने बताए।
मुद्दा अदालतमा पुगेपछि यो लगभग धरौटीमा छाडिने केस थियो। तर प्रक्रिया कै क्रममा रवि पक्ष आत्तियो। पाँच दिन मै छाड्छ होला भन्ठानेको, नछाडेर म्याद थप भएपछि अनि चितवनका सडकमा मास पनि कम हुन थालेपछि हिरासतमै असुरक्षित भन्दै उत्तेजित प्रतिक्रिया दिनु गलत थियो।
रविले त मर्ने मान्छेले भिडियोमा त्यसरी रोएर दोष लगाइसकेपछि पनि आफ्नो समर्थनमा जनता भएकोमा गौरव मान्दै उनीहरुको सम्मान गर्नुपर्ने हो। कानुनी प्रक्रियाको सम्मान गर्नुपर्थ्यो, हिरासतमा बसेर अनुसन्धानकर्मीलाई चुनौति दिने हैन।
कानुनी शासन मान्ने हो भने आफ्नो निर्दोषिता उनले अब अदालतमै प्रमाणित गर्ने हो, फेसबुक लाइभमा वा टिभी कार्यक्रममा होइन।
अस्मिताको बयान के होला?
अहिलेसम्म अनुसन्धानका भित्री पक्ष बाहिर आएको छैन। धेरै कुरा अस्मिताको बयानले निर्धारण गर्छ। शालिकरामको आत्महत्या हो कि हत्या हो भन्नेमा यो ब्लगमा बहस नगरौँ होला, त्यो अर्को ब्लगलाई बाँकी राख्छु। तर मलाई थाहा छ, धेरैलाई त्यो हत्या नै हो भन्ने परेको छ। प्रहरीले आधिकारिक रुपमा यस्तो विषयमा प्रष्ट पार्दै हल्ला फैलने वातावरण बन्न नदिनु पर्ने हो। तर निर्मला केसमा जस्तै यसमा पनि प्रहरी पंगु भएको छ। ‘एफबिआई’हरुले अनेक हल्लाले बजार तताएका छन्।
मुद्दा आत्महत्या दुरुत्साहन कै छ भनेपछि शालिकरामले भने अनुसार अस्मिता र रवि अनि युवराज मिलेर बलात्कारको आरोप लगाएर कार्यक्रम बनाउन लागेको हो कि हैन भन्ने प्रश्नमा नै चुरो कुरो अडिएको देखिन्छ।
भिडियो बाहेकका के प्रमाण प्रहरीले जुटाएको छ? के यत्ति भिडियोका आधारमा मात्रै प्रहरीले १०/१० दिन थुनेरै मुद्दा प्रक्रिया अगाडि बढाउनु पर्ने हो? भिडियोमात्रै आधार हो भने त समाचारमा आएको शालिकरामको पृष्ठभूमि अनुसार त्यति बलियो देखिन्न। शालिकरामबाट बाँचुन्जेल पीडा पाएकी अस्मितालाई झनै पीडित बनाउने गरी दुरुत्साहन लाग्ने पो देखिन्छ यदि यही भिडियोलाई मात्र आधार बनाउने हो भने। शालिकरामले भिडियोमा भनेका कयौँ कुरा कान्तिपुरको खोजले गलत देखाएको छ जस्तै
-युवराजले डिपेन्डेन्ट भिसा अस्ट्रेलिया पठाइदिने अस्मितालाई भेटाइदिएको नभएर शालिकराम आफैले फेसबुकमा भेटेको
-शालिकरामले आफूले जागिर लगाइदिएको भने पनि त्यसो नभएर खुला प्रतिस्पर्धामा अस्मिताले नाम निकालेको
-आफ्नो बिहे भएको छैन भनेर ढाँटेर अस्मितासँग माया गर्न थालेको
मृत्युकालीन घोषणा (डाइङ डिक्लेरेसन) अर्थात् मर्ने मान्छेले झुट बोल्दैन भन्ने कुरा रहे पनि प्राप्त तथ्यहरुले उनले झुटो बोलेको देखिन्छ। सुरुमा त डाइङ डिक्लेरेसनको व्याख्यामै गलत भएका छौँ जस्तो लाग्छ हामी। मर्न लागेको अवस्थामा जस्तै खुकुरी प्रहार गरेर कोही सिकिस्त घाइते भएको छ र उसलाई आफू मर्दैछु भन्ने थाहा छ भने त्यस्तो अवस्थामा फलानोले मारेको हो भनेको भए पो डाइङ डिक्लेरेसन हुनुपर्ने हो। २०३३ सालमा बनेको प्रमाण ऐनमा रहेको मृत्युकालीन घोषणालाई २०७५ सालमा बनेको आत्महत्या दुरुत्साहन सम्बन्धी कानुनी व्यवस्थासँग कसरी मिलाउने हो? त्यतिबेला त आत्महत्या गर्न बाध्य पार्नेलाई दण्डित गर्ने कल्पनै थिएन।
के आत्महत्या गर्न लागेको मान्छेले झुट बोल्न सक्छ त?
क्लिनिकल मनोविद् विजय ज्ञवाली भन्छन्, ‘आत्महत्या गर्नेले म मर्दैछु भनेर आत्महत्या गर्ने होइन। आत्महत्या गर्ने को सोच त्यतिबेला म यो समस्याबाट पार हुँदैछु भन्ने मात्र हुन्छ। अझ डिप्रेसनको गम्भीर अवस्थामा त सही गलत छुट्टट्याउने मानसिक क्षमता नै कम्जोर हुन सक्छ। त्यो बेला उसले जे पनि गर्न सक्छ। तसर्थ आफूलाई हानी हुँदैछ भन्ने डरमा झुट बोल्न नि सक्छ।’
रवि दाइले कार्यक्रम बनाएर आफ्नो बेइज्जती गर्ने भए भनेर उनले आफ्नो चरित्र राम्रो रहेको देखाउन झुट बोलेको पनि हुनसक्छ।
सबभन्दा महत्त्वपूर्ण कुरा त के भने कान्तिपुरमा छापिएको यो समाचार पत्रकारले प्रहरीको अनुसन्धान स्रोतबाट पाएको जानकारी हैन, आफ्नै खोजको नतिजा हो।
अस्मिता काम गर्न अस्पतालका कर्मचारीहरु शालिकरामलाई अस्मिताकै श्रीमान ठान्थे। शालिकरामको मृत्युको खबर आएपछि अस्पतालका कर्मचारीहरुले अस्मिताको श्रीमानको मृत्यु भयो भनेर सहयोगका लागि चन्दा उठाउन थालेका थिए। अस्मिताले हैन भनेर निकट साथीहरुलाई बताइन्। त्यसपछि बल्ल कुरा खुल्यो। अस्मिताले शालिकरामले दिएका यातनाहरुको च्याट स्क्रिनसटहरु अरु साथीहरुलाई पठाइन्। शालिकरामले अस्मितालाई अन्तरंग अवस्थाका फोटोहरु समेत सार्वजनिक गर्छु भनेर धम्की दिने गरेको त्यही बेला खुल्यो।
के एउटा पत्रकारले गर्न सक्ने खोज प्रहरीले गर्न सकेको थिएन होला त? प्रहरीलाई यो सब थाहा थिएन होला त?
यदि थाहा थिएन भने त प्रहरीको काम पनि पत्रकारले गर्नुपर्ने भयो अब। यदि थाहा थियो भने त बदनियतपूर्वक १०-१० दिन अनुसन्धान र अभियोजन गर्न खोजेको भनेर रविले मुद्दा हाले के हुन्छ?
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ९९ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने व्यवस्था छ। यसमा निर्दोष व्यक्तिलाई फसाउने नियतले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने उल्लेख छ-
पुलिसले पर्याप्त प्रमाण नपुगेको खण्डमा मुलुकी फौजदारी कार्यविधि ऐनको परिच्छेद-२ को दफा ३१ अनुसार गर्नु पर्नेमा जबर्जस्ति कसुर प्रमाणित नहुँदा पनि अभियोग लगाई अदालत लाने प्रहरीको परिपाटी गलत हो। प्रहरीले भिडियो मात्रै प्रमाण भएको भए गल्ती गरेको देखिन्छ। यसमा प्रहरीले नै अभियोग नलगाई छाड्ने वा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय पनि गर्न सक्थ्यो।
तर मुद्दा चल्न सक्ने भन्दै अदालतमा मुद्दा गरिसकेको छ। अब के प्रमाणका आधारमा अभियुक्त हुनसक्ने ठहर गरेको हो, मुद्दा चल्दै जाँदा पछि बुझिनेछ।
अब आजदेखि यो मुद्दामा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अभियुक्त भए।
अपराधी हुन् कि हैनन् भन्ने ठहर चाहिँ अदालतले गर्नेछ।
यो सब नारा-जुलुस को एक मात्र कारण हो जनता को पुलिस र सरकार प्रति भरोसा नहुनु. निर्मला काण्ड पछि यो सरकार र नेपाल प्रहरी ले जन विश्वास यसरि गुमाई सक्यो कि पुलिश प्रसासनले वा अदालत ले कसैलाई निर्दोष साबित गर्यो भने जनता ले उल्टो बुझ्चन- आफ्नो कार्यकर्ता लाई जोगायो भनेर. यदि कसैलाई दोषी साबित गर्न खोज्यो भने – सरकार बिरोधि लाई फसायो.
रबि को केश एकदमै जटिल छ. पहिलो स्टेप-शालिकराम को हत्या हो कि आत्महत्या? जनता यहि confuse छन्. दोस्रो स्टेप-रबि को संलग्नता .
सरकार पहिलो स्टेप नै clear गर्न नसकी दोश्रो स्टेप मा जान खोज्यो. जो सुकै ले यो घटनाको ब्याख्या जसरि गरे पनि यौता सत्य के हो भने, सरकार ले दुरासय पूर्ण तरिकाले प्रतिरोध सधेंकै हो १००%. सरकार ले रबि लाई तह लगाउन कोसिस गरेकै हो. सालोक्यजी को ब्याख्या मा यो कुरा लेखने हिक्मत गर्नु भयन.
जनता को आक्रोश/असन्तुस्टी यस घटना मा रबि को संलग्नता छ कि छैन भन्दा पनि बढी सरकार को दुरासय र सन्देह पूर्ण व्यवहार ले बढेको हो. एकजनाले म तेरो गल्तिको भण्डाफोर गरिदिन्छु भन्यो भन्दै मा उसलाई आत्महत्या गर्न दबाब दियको ठहरिने, यो कुन देस को कानुन हो?
सालोक्यजी को लेख analytical छ तर यो नौलो कानुन को दुरुपयोग बारेमा लेख्नु भयन.
कोहि साथि हरुले मेरो Argument मा comment गर्नु भयमा I will be more happy .
ल लामिछाने ले केहि राम्रो काम गरेको छ रे … तर तेसो भन्दै मा … अथवा समाचार बनाएर मान हानी गर्ने पाओर छ भन्ने सोचेर तेत्ति सारो बुल्ली गर्नु हुदैन नि ,,,
केहि राम्रो काम गरेको छ भन्दै मा अपराध गर्ने छुट कसैलाई पनि हुन्न .. तेही भएर पुरा अनुसन्धान हुनु पर्छ लामिछानेको अनि सम्बन्धित सबै को …
लामिछाने का हनुमान हरु जत्ति भुके पनि अनुसन्धान जारी रहोस र सत्य तथ्य पत्ता लागोस , दोषी लै कानुन अनुसार कडा करबि होस् !
“हामि बात यो र त्यो बक्सेका छौं हाम्रो बोलि जनताको बोलि भनि बक्सने बिकल्पले भेट्टाउनै नसक्ने लोकतान्त्रिक मौसुफहरुको निमित कोहि असैह्य नबनुन” / उहाहरु बिस्नुको अवतार मानिने राजाहरु त् होइनन तर तेस्ता राजाहरु खोजि खोजि हराउने हटाउने बिस्नुकै अवतार “परशुराम” जस्तै होईसिञ्छ/ नवमौसुफहरु सिट सहमत र सम्पर्पित भय प्रेसरकुकरेस्वर असुलेस्वरलाई पनि काखैमा राखेर सुमसुम्याई बक्सिंछ; थुनियकै भने पनि छुताई बक्सिने अति दयालु होईसिञ्छ/ तर गनगने भयो भने शिसुपालको गालि गन्दै १०० नाघे पछि चक्र हानेर ..गर्ने कृष्ण जस्तै पनि होईसिञ्छ/ तेसैले आखाले देखेको नेपाल अन्यथा लागे तेस्लाई दृस्तीभ्रम मानेर नेपाल स्वर्ग बनिसकेको जस्तै मानेर “सबै प्रभुको कृपा हो; लिला हो” भनि बस्नु पर्छ/ धेरै समय बाहिर बसेकोले रविज्युले यो कुरामा कन्फ्युज्ड भयो जस्तो लाग्यो/ तर अब अरु कोहि कन्फ्युज्ड नहोऊन टिभी रेडियो खुला चौरमा मात्रै होईन ट्वाईलेटमा ..गर्दा पनि सव प्रभुको इछ्या र कृपा हो भन्ने सम्झौं जपौं/
सालोक्य जी. धेरै धेरै धन्यबाद.
थोरै मानिस सहि कुराको लागि भिडभन्दा फरक धार मा जना सक्छन र आफ्नो बिबेक, ज्ञान प्रयोग गर्न सक्छन. तपाइँ को लेखको लागि धन्यबाद.
रबि ले धेरै राम्रा काम गरेका होलान. तर त्यो तरिकाले सस्तो लोकप्रियता बटुलेको देखिन्थ्यो. कानून को सिस्टम बसेको देशहरुमा तेसरी मानिस लाइ नंग्यायेरा कार्यक्रम चलाउंदा एउतै मात्र गलत ठाउमा हात पर्यो भने झ्यालखाना मा पुग्ने र करोडौ को क्षतिपूर्ति दिनी पर्ने हुन्थ्यो.
भिडको भर हुदैन, हिजो नानी मैया दाहाल, पद्म रत्न तुलाधरलाइ साथ् मात्रै दिएन… प्रचण्ड को पालामा त बन्दुकै पनि बोकेको थियो. सबै भिड समर्थित पात्रहरुले के के गर्न सके भन्ने कुरा जग जाहेर छ. आफ्नो आफ्नो मुल्यांकन होला. सब भन्दा महत्व पूर्ण कुरा के भने सिस्टम बस्ने हो. सिस्टम सबैले आफ्नो बिबेक प्रयोग गरेर, संयमित भएर, सस्तो लोकप्रियता र अनुचित लाभको लागि पछि नलागेर काम गर्यो भने बन्ने हो. सिस्टम राम्रो भए सबै कुरा सुध्रिन्छा
नागरिक मा छापिएको फोटो मा त यस्तो पो देखियो त !!!
https://nagariknews.nagariknetwork.com/news/88819/
धन्यवाद सालोक्यजी, मझदारमा कलम चलाउनु भयो |
मलाई लागेको कुरो कतिलाई तितो लाग्दो हो, जुन यस्तो छ:
कुरो बिग्रिएको शालिकराम कि श्रीमती सम्झनाले शालिकराम र अस्मिताको रासलिला थाहा पाएदेखि हो । सम्झनाले थाहा नपाउञ्जेल दुबै (शालिकराम र अस्मिता) ले मोज गरे । जब थाहा भयो त्यसपछि अस्मिता आफैले शालिकरामबाट टाढिन खोजिन । जुन शालिकरामका लागि सह्य भएन ।
यहाँ २२ बर्षे जवान अस्मिता दुधले नुहाएकी छैनन् । उनलाई शालिकराम विवाहित हो भन्ने राम्रोसँग थाहा थियो । नत्र उनी कुनै पुरुषसंग सजिलै कोठामा बस्ने थिइनन् । उनले काम गर्ने ठाउँमा समेत सबैले श्रीमान/श्रीमति भन्दा पनि उनलाई आपत्ति थिएन ।
आपत्ति तब भयो जब शालिकराम कि श्रीमतीले यिनीहरुको खेल थाहा पाइन । अस्मितालाई डर भयो सम्झनाले थाहा पाएपछि सम्झनाले यिनीहरुलाई बाँकी राख्ने छैनन । यहि वीच ट्रेण्डिङ्गमा रहेको छवि/शिल्पा काण्डले पनि अस्मिताको दिमागमा स्ट्राइक गर्यो ।
आफ्नो हविगत पनि त्यस्तै हुने पिर लाग्न थाल्यो । अब आफ्नो क्यारियरलाई समेत दाउमा राखेर शालिकरामको पछि लाग्नुको कुनै अर्थ थिएन । त्यसैले अब उनी शालिकरामबाट छुटकारा पाउन चाहन्थिन ।
तर आफ्नो श्रीमतीलाई समेत धोका दिईरहेका शालिकराम अस्मितासँगको अवैध सम्बन्धमा यति निर्लिप्त भैसकेका थिए कि श्रीमतीले पनि थाहा पाउनु र अस्मिताले पनि छोडेपछि उनी विक्षिप्त भए ।
शालिकराम विक्षिप्त भएपछि रातोदिन अस्मितालाई पछयाउन थाले । त्यसबाट छुटकारा पाउन अस्मिताले रवि लामिछाने र उनको टीमलाई आफ्नो कहानी सुनाईन र शालिकरामबाट छुटकारा दिलाउन हार गुहार गरिन ।
रविलाई के थियो उनी यस्ता काण्ड भण्डाफोर गर्न माहिर खेलाडी ! त्यसमाथि, कुनै बेलासंगै काम गर्ने साथी, त्यो पनि अर्को च्यानलमा उस्ताउस्तै कार्यक्रम गर्ने प्रतिस्पर्धीका बारेमा यस्तो खबर पाउँदा उनको नेचरले उनलाई नकुत्कुत्याई रहन सकेन ।
त्यसैले रविले बकाइदा अस्मितालाई नपछ्याउन शालिकरामलाई धम्कि दिए । नत्र तिम्रो भण्डाफोर हुन्छ, बलत्कारको केसमा पर्छौ, अस्मितालाई छोडेनौ भने तिम्रोबारेमा कार्यक्रम बनाउछु भनेपछि शालिकरामलाई रिस, चिन्ता, डिप्रेसनले एकै पटक गाज्यो र खापिसक्नु भएन ।
अनि आफुलाई पिडादिने जति सबैलाई पोलेर आत्महत्याको बाटो रोजे
आत्महत्या नै किन रोजे भनेर भन्दा यो लधुकथा बुझौ –
एउटा गाउँमा एउटा दुष्ट रहेछ । मर्नेबेलामा प्रायश्चित गर्दै गाउँलेलाई भनेछ ‘मैले तपाईंहरुलाई साह्रै दु:ख दिए, यो सब मेरो