Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के समृद्धि डोजर बाट मात्र सम्भव हो?

Posted on August 24, 2019August 25, 2019 by राजेन्द्र मगर
  • कृष्ण रिमाल
उज्यालो अनलाईन

बावुराम भट्टराई अर्थमन्त्री भएपछि तत्कालीन राज्य संरचना अनुसार हरेक गा.वि.स हरुलाई २० लाख रुपैयाको दरले बजेट निकासा हुन थाल्यो। त्यस पछि गाँउ गाँउमा विकास भनेर धेरै नै नयाँ“ मोटरबाटोको निर्माण सुरु गरियो। यो काम आज पनि त्यो बेलाको भन्दा बढि अनुपातमा आजको राज्य संयन्त्रका गा.पा र न.पा हरुले गरिरहेका छन्।

निश्चित रुपमा बाटो निकास हो तर हामीकहा बाटो (मोटरबाटो) नै विकास हो भन्ने मान्यता गहिरो गरि स्थापित भयो। मोटरबाटोहरुलाई म सडक भन्दिन,सडकका आफ्नै राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता छन्। मान्यता भन्दा अझ त्यस्को आफ्नै स्वरुप र आवश्यकता हुनुपर्छ।

हामिले अहिले पनि मोटरबाटोलाई नै विकासको मानकको रुपमा विकसित गरिरहेका छौ। गाउँगाउमा मोटरबाटो पुग्दैमा त्यसले समृद्धिको ढोका नै जादुमय तवरले खोलिदिन्छ जस्तो मलाई लाग्दैन।

राज्य कोषको निश्चित रकम प्रयोग गरि मध्यबर्खामा पहाडहरुमा डोजर गुडाउदै गर्दा त्यसको चेन टायर र प्लेटले हाम्रा पहाडहरुमा मात्र भत्काएको छैन् त्यसले सामाजिक स्वरुप र संरचनानै खलबलाएको छ। त्यसभित्रको पर्यावरणीय तथा आर्थिक असर हामीले नजर अन्दाज गरेका छौ।

मोटरबाटो गाँउमा पुग्दा त्यसले स्थानीय तहमा छुट्टै उर्जा र संभावना ल्याउनु पर्छ तर हामीले वनाएको मोटरबाटो हुदै हरेक गाउँहरु शहर र शहरहरु विदेशको बसाईसराईमा किन सक्रिय छन्। सरकारी विद्यालयका भवन र मोटरबाटो मलाई उस्तै– उस्तै लाग्छन्। अचेल हरेक ठांउमा आधुनिक विद्यालय भवन बनेका छन् तर विद्यार्थी र शिक्षाको गुणस्तर हरेक वर्ष जसो ऋणात्मक नै हुन्छन्।

त्यसै गरि गांउहरु जति कथित राजमार्गसंग जोडिदै गए उति नै मात्रामा किन खालि हुदै गए रु  मानिस सुविधा सम्पन्न ठांउमा वस्नु उनीहरुको चाहाना, आवश्यकता र अधिकार हो। म त्यस्को विरोध गर्दिन मेरो मुख्य कुरा के हो भने हामीले विकास कोषको निकै ठुलो रकम मोटरबाटोमा खर्च गर्नुको अलावा उक्त रकमले त्यही अरु आवश्यकता जुन कुराको लागि मानिस बसाइ सर्छन,त्यस्को विकासमा खर्च गर्न हामीलाई के ले रोक्यो ?

राज्यमा राज्यसत्ता र त्यस्को स्वरुपमा मात्र आउने परिवर्तनले हामी विकसित हुन्थेउ भने हरेक दश वर्षमा हामीले नयाँ प्रणालिको स्थापना गरिरहेका छौ त्यस्को गुणात्मक असर किन समाजले भोग्न पाएको छैन ? वर्तमानको राज्य संयन्त्र र यहा रहेका जनप्रतिनिधिहरु बाट म त्यस्तो कुनै सकारात्मक फेरबदलको अपेक्षा राख्नै सक्दिन।

कुनै गा.पा. वा न.पा.ले समाजको गुणस्तरीय विकासका मापदण्डहरुलाई नयां तरिकाले अनुसन्धान गरेको देख्दीन। गा.पा र न.पा हरु आज पनि कुनै नया पहाडमा डोजर छिराउनु डोजरको पछि पछि जिप लैजानु र स्थानीय वासीद्धारा जिप र ड्राइभरलाई माला लगाउनु भन्दा माथिको प्रयोजन आजको विकास मोडलमा देखिदैन्।

मोटरबाटो निर्माणको लागि पुरा एक दर्शक खर्चिदा पनि हाम्रा ग्रामिण बाटोहरु धुलो र हिलोबाट मुक्त छैनन्। यो हाम्रो हरामीपन बाहेक अरु केही होइन। एक पटक सोचौ तथ्याङ्कमा कोरिएका मोटरबाटोका कि.मी.हरु निर्माण गर्दा गराइएका खर्च समाज निर्माणको अन्य क्षेत्रमा खर्च गर्न सकेको भए हाम्रो समाजको गुणत्मकतामा केही न केही सकारात्मक अन्तर निर्माण हुन्थ्यो कि हुदैनथियो होला ?

एकै स्थानमा पुग्नको लागि फरक फरक दलहरुद्धारा निर्माण गरिएका मोटरबाटो हरुले आज हाम्रो समाजलाई के दिए ? किन यी बाटाहरुमा सधै बहुराष्ट्रिय कम्पनीका सामानहरु ढुवानी गरेर फोरव्हील जिप र ट्याक्टरहरुले गांउगांउ लाई परजिवि बनाए।

मोटरबाटोलाई हामीले किन हाम्रा आफ्ना उत्पादन र सम्भाव्यताहरु जिप र ट्याक्टरमा ढुवानी गरेर अर्को मानव वस्ती पुर्याउन प्रयोग गर्न सकेनौ ? यसो हुदाँहुदै पनी आज पनि हामि किन डोजरलाई समृद्धिको बहान बनाएर पहाड कोर्तनु र फोर्नु नै विकास संझिरहेका छौ?

मलाइ लाग्छ मोटरबाटो निर्माण र हरेक वर्ष त्यस्को मर्मत संभारको लागि प्रयोग हुने रकमलाई समाजको अन्य क्षेत्र निर्माणमा खर्च ग¥यौ भने त्यसले छिटै नै प्रतिफल दिन्छ। चाउचाउ, चामल ,रक्सी र कण्डमको सहजताको लागी प्रयोग भै आएको वाटो हामीले गाडी चढ्न बाहेक अरु के को लागि प्रयोग गरेका छौ।

यदी उक्त रकमको प्रयोग गरि स्थानीय तहमा फिटनेट सेन्टर ,पुस्तकालय निर्माण, विद्युतिय स्वास्थ्य सेवा, खेलकुद मैदान जस्ता दिर्घकालिन महत्वका क्षेत्रमा प्रयोग गर्न सकेको भए त्यस्को गुणात्मकता कति दोब्वर हुदो हो। पहाडको कुनामा रहेका सृजनशिलता, सम्भावना र रचनात्मकताले कहिले सम्म कुरेर बस्नु पर्ने हो की पहिले मोटरबाटो खनि सकियोस अनि हाम्रो पालो आओस।

सडक विभागले देखाएको तथ्याङ्कले ओगटेको क्षेत्रभित्र मोटरबाटोले ल्याइदिएको ठुलो सफलता किराना पसल, खेतियोग्य जमिनको घडेरीको रुपमा उच्च मुल्य र स्थानीय युवाले सानातिना काममा पनि प्रयोग गर्ने मोटरसाइकल बाहेक अरु केही छ ?

समृद्धिलाई डोजरको बुइ चढाएर पहाड पठाउदैमा हामीले चाहेको समाज निर्माण होला ?

समाजमा सर्वोजित विकासको मार्ग प्रशस्त गर्ला कि वर्तमानका जनप्रतिनिधिको मिलेमतोका निर्माण कम्पनीहरुलाई आर्थिक समृद्धि बाहेक अरु कुनै खालको समृद्धि होलान् ?

अब खनिसकेका मोटरबाटोहरुलाई सडक बनाउ पहाड पहाडमा डोजर कुदाएर गजबको समृद्धिको अपेक्षा म त गर्न सक्दिन बाँकी तपाइको मर्जी।

 

 

 

1 thought on “के समृद्धि डोजर बाट मात्र सम्भव हो?”

  1. Shankar says:
    August 24, 2019 at 7:46 pm

    नेताहरु सब दलाल हुन् गाउका नेता होस् बा राट्रिय नेता |रास्ट्रीय नेता हरु ठुला ठुला अरबौ को सौदा गर्छन , गाउका नेता हरु गाउमा डोजर चलाएर गाउको जमिन को भाउ बढाएर बेच बिखन गर्ने र करोडौ कमाउने , अनि काठमान्डू मा महल बनाउने | देश मा शान्ति सुरक्ष्या को प्रत्याभूति न भएसम्म लगानी कर्ता आगि औन्नन र देश मा अरु उद्द्योग , धन्दा र लगानीको को अवसर नै छैन | देश मा येउतै ब्यापार भनेको जमिन किन्ने , बेच्ने , तेसैको लागि गाउमा डोजर चलेको हो | एसले खालि पुरै नेपाल भत्काउने काम मात्र गरेको छ |
    जब सम्म राम्रो गरि इन्जिनियर ले अध्यान गरेर , पक्कि रुप मा र पिच गरिएका सडक बन्दैन तब सम्म नेपाल भत्काउन को कुनै औचित्य छैन | रास्ट्रिय महत्त्वको बाटो त् बर्सौ पिच हुदैन , चीन, इन्डिया बा आरु बिदेसी ले आएर पिच गर्दिन पर्छ | नेपाल को पाखे नेताहरुले देश को बजेट त् सब छोरी बुहारुलाई , ज्वाई हरुलाई देश विदेश घुमाएर , आफु घुमेर , औसधि खर्च भनेर लुटेर सखाप पारिहाल्छ |
    चोर हरु अनि पाएको उपलब्धि गुम्ने भो भनेर बेला बेला मा चिच्याउछ , भैसी छबिलाल अब हामि नै राजा भेम , कम्निस्ट मा एस्तो खतरा छ भन्छ |जे बोले पनि भा छ , जे गरेपनि भा छ पाखेबाद मा | पाखे कलाकार , पाखे कमेडियन, पाखे कमेडी , पाखे माता , पाखे ज्योतिष रेडियो , टिभी सब पाखे भा छ | पखे पत्रकार अत्तार्बार्ता लिन्छ , पाखे भी आइ पी अन्तर्वार्ता दिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme