सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा Facebooke Bureau of Investigation.
हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले धेरै सर्वसाधारणमा यस्तो धारणा बनेको छ।
- शालिकराम पुडासैनी आफै झुण्डिएर मरेका हैनन्, उनको हत्या गरिएको हो।
- पुडासैनीको लिक भएको भिडियोमा उनलाई जबर्जस्ती बोल्न लगाइएको हो।
- पुडासैनीलाई रडैरडले हानेर, करेन्ट लगाएर यातना दिएर मारेपछि झुण्ड्याइएको हो।
- रवि दाइलाई फँसाउन यो सब गरिएको हो।
अनि यो धारणा दिमागमा रहेको आधारमा आएका थप जानकारीहरु फिल्टर हुन्छन्। यो धारणासँग मिल्ने छ भने स्वीकार, नभए तिरस्कार।
नेपाल प्रहरीको सिआइबीलाई फ्लप खुवाउने गरी एक घर, एक अनुसन्धानकर्ताहरु जन्मिएका छन्। अझ कतिपय ठाउँमा एक घर अनेक अनुसन्धानकर्ता पनि भए होलान्। माथिका धारणाहरुमध्ये अरु विषयलाई पछि लेख्ने गरी आज आँखामा देखिएको हत्याराबारे कुरा गरौँ।
त्यसो त कान्तिपुरमा जनकराज सापकोटाले लेखिसकेका छन् भदौ ३ मा नै आँखाबारे। तर नेपालको नम्बर वन मिडियाले लेख्दा पनि जनताले पत्याएनन्। कान्तिपुरले लेखेको भोलिपल्ट मेरो फेसबुक टाइमलाइनमा एउटा एफबिआइ अनुसन्धानकर्ता झुल्किए।
फेसबुकमा आफूलाई गायक, रचनाकार, संगीतकार भनेर चिनाउने दिनेश भुजेल नामका ती व्यक्तिले यस्तो लेखेका रहेछन्–
मेरो वालमा आइपुग्दासम्म यो ९९३ पटक सेयर र ९७१ वटा कमेन्ट रहेछ। मतलब यो भाइरल भइसकेछ। के रैछ यस्तो भनेर नजिकैको फोटो हेर्दा यस्तो थियो-
केही देख्नुभो त ? केही न केही।
तर पख्नुस्, हाम्रो एफबिआईले के के देखे, कमेन्टहरुमा छ। एक जनाले भन्छ- अँध्यारोमा हेर्नुस्, मान्छेको अनुहार छ। पुरानो जमानामा रिल धुलाएर फोटो निकालिन्थ्यो। त्यस्तै यसलाई कुन प्रक्रियाबाट सफा बनाएर हेर्न मिल्छ खोजि गरौँ।
अर्को भन्छ, ‘रूमलाई अन्धकार पारेर एकछिनसम्म हेर्नुहोस्, आउँछ केटीको आकार। ‘ अर्कोले लेख्यो, ‘पुलिसको जस्तो लुगा लगाएको देखिन्छ।’
थप्यो अर्कोले, ‘हो साँच्चिकै हो, निलो जिन्स र सेतो टिसर्ट ला’को छ। अनि हातमा लौरो जस्तो पनि छ।’
स्कूल ड्रेसमा उभिएर हातमा किताब लिएको, हरियो ज्याकेट लगाएको केटी, सेतो सर्ट लगाएको आदि इत्यादि।
अनि एफबिआइको निश्कर्ष पनि आउन थाल्छ-
दुनियाँलाई अनुसन्धानकर्ता बनाउने को रैछ त यो महानुभाव, आइजी सर्वेन्द्र खनालले तु सिआइबीमा नियुक्त गरिहाल्नुपर्ने पो देखियो भनेर फेसबुकमा खोज्दै गएको त यस्तो देखियो परिचय-
१८ हजारभन्दा बढीलाई फलोअर बनाइसकेका रहेछन्।
१८ अगस्तदेखि उनले यो हल्ला फैलाउन थालेका रहेछन् २ लाख बढी लाइक भएको सप्तकोशी फेसबुक पेजबाट।
२० अगस्तमा उनले आँखाको खोज अनुसन्धान निकै गहिराईमा पुगेको, अनुसन्धान गर्दै जाँदा मृतक पुडासैनीको आँखाको माध्यमबाट एउटा केटी पनि रहेको तस्बिर भेटेको लेखेका छन्-
त्यसको भोलिपल्ट पनि उनले फेरि केटा मान्छे देखेको भन्छन्। केटा देखेको होस् कि केटी, सेयर संख्या बबाल छ।
खेम भण्डारी भाग २
हौसिएर उनले अझ २१ अगस्तमा आफू असुरक्षित भएको समेत दावी गर्छन्। अर्थात् ठ्याक्कै निर्मला प्रकरणका खेम भण्डारी भाग २।
निर्मला प्रकरणमा पनि ज्यानकै बाजी लगाएँ अब भिआइपी हत्यारा सार्वजनिक गर्छु भन्दै लेखेका थिए फेसबुकमा। तर एक वर्ष नाघ्यो, सार्वजनिक गर्न सकेका हैनन्।
रवि प्रकरणमा पनि अर्का खेम भण्डारी निस्किएछन्। अझ भाग २ को प्रभाव धेरै देखियो खेम भण्डारीको ४८१ रियाक्सन, १६३ कमेन्ट १४ सेयरमात्रै देखिन्छ तर यिनको ७८७ कमेन्ट, २१३ सेयर, ३७ सय रियाक्सन छ। मेरो एकाउन्ट ह्याक हुनसक्छ, म सुरक्षित छैन भनेर लेखेछन् भाग २ ले। फेसबुकको अकाउन्ट कसले ह्याक गर्छ र। फेसबुकको सुरक्षा व्यवस्था त्यति खराब छ र जो पायो त्यहीले जसको मन लाग्यो त्यसको ह्याक गर्न सक्ने। खेम भण्डारी पनि बेलाबेलामा फेसबुक, युट्युब ह्याक भएको भनेर लेखिरहन्छन्।
भाग २ लाई कोबाट असुरक्षा भयो त? कसैले मार्छु भने र?
अनि अर्को नौटंकी हेर्नुस्। असुरक्षा छ भनेर लेखेको केही समयपछि अर्को स्टायटस आयो जसमा लेखिएको रहेछ-
ज्यानकै असुरक्षा भएको मान्छे अलि सुरक्षित भएर लुकेर बस्छ कि पत्रकार सम्मेलन गर्दै हिँड्छ? त्यो पनि रातको ८ बजे ! अझ हाँसउठ्दो कुरा त उनले पत्रकार सम्मेलनको फोटो भन्दै तीन जनाको फोटो हालेका छन्-
रातको साढे ११ बजे उनले फेरि आफूले ज्यानको जोखिम मोलेर काम गरिरहेको भन्दै अर्को फोटो राखे-
आँखामा के देखियो?
माथिका केही फेसबुक पोस्टहरुमा दिनेश भुजेल नामका यी व्यक्ति एटेन्सन सिकर भएको प्रष्ट हुन्छ। उनले आफू चर्चामा आउन यी सब हर्कत गरिरहेका छन्। ठूलो संख्यामा फेसबुक चलाउने नेपालीहरु उनले फैलाएको भ्रममा विश्वास गरिरहेका छन्।
यिनको अनुसन्धानको हविगत त यिनकै पेजमा देखिन्छ। यो नयाँ हल्लाको फण्डा फ्याँक्नुअघि उनको पेजले आँखामा देखिएका फोटो भन्दै यस्ता फोटो राखेको थियो-
यो चाहिँ पूरै फोटोसप गरेर आँखाको नानीमा फुटबलरको फोटो राखिएको हो। यो गलत भएको प्रचार भएपछि उनले अर्को फण्डा फ्याँके जसमा भिडियोको स्क्रिनसटलाई जुम गरिएको छ। त्यो जुम सट त्यही भिडियोकै हो कि हैन भन्ने पनि शंका छ। फोटोमा प्रष्ट केही देखिन्न। तर केही हो कि हो कि झैँ लाग्छ। बादल हेर्दा कसैले के कसैले के देखे जस्तो। प्रष्ट देखिने भए कसैले पुलिस कसैले केटी देख्दैन थिए। जे मान्छेको मनमा जे शंका छ, त्यही आकृति त्यसमा देखिएको हो।
कसरी सुरु भयो आँखाको कुरा?
जुन दिन भिडियो नेपालआजको युट्युब च्यानलमा सार्वजनिक भयो (अर्थात् अगस्त १४ मा) त्यो दिन एक घर एक अनुसन्धानकर्मी भए। फेसबुकमा इन्भेस्टिगेसन सुरु भयो। फेसबुकमा युवाको लोकप्रिय ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) मा पनि त्यही पारा थियो। हरेकका आ-आफ्नै अनुसन्धान। आफ्नै विश्लेषण। अनि दिक्दार भएर कसैले लेख्यो- शालिकरामको आँखामा १६X जुम गरेर हेर्यो भने हत्यारा देखिन्छ रे। त्यो दिन हाँसोको लागि मात्रै त्यो पोस्ट गरिएको थियो। तर पछि कसैले ख्याल ठट्टामै आँखामा एमआरआर कै एक सदस्य मनोरम जोशीको फोटो फोटोसपबाट एडिट गरेर हाले।
केही समयमै ग्रुपबाट त्यो फोटो हटे पनि त्यतिन्जेल अरु ठाउँमा कपि भइसकेको थियो। ख्यालठट्टामा राखिएको विषयलाई मान्छेले साँच्चिकै ठाने। युट्युबमा पनि त्यही बाढी आयो
खासमा मनोरम जोशीको यो फोटोलाई त्यसरी आँखामा राखिएको थियो। जोशीले पछि फेसबुकमा स्पष्टिकरणै राखे-
हुँदाहुँदा पछि होटल साहुको फोटो आँखामा देखिएको कुरा पनि फेसबुकमा आए
जबकि त्यो होटल साहुको फोटो थिएन, पूरा फोटो क्लिक गरेर हेर्ने हो भने थाहा हुन्थ्यो, त्यो त पाकिस्तान र अस्ट्रेलियाबीचको क्रिकेट खेलमा निराश पाक समर्थकको फोटो थियो।
जुन महिनाको अन्तिमतिर अन्तर्राष्ट्रिय मिडियामा यी फ्यान पनि भाइरल भएका थिए
Meet the man behind the ‘disappointed cricket fan’ meme | Samaa Digital
If you are active on social media, then you may have seen the meme of a man dressed in a flannel shirt with arms akimbo and a disappointed look on his face. The man’s reaction to Pakistani cricketer Asif Ali dropping a catch during a match against Australia has been the latest meme sensation.
यिनको प्रशस्त मिम बनेको थियो।
This guy from yesterday’s match is now an epic meme! – Diva Magazine
The internet is a funny place, one minute you’re a nobody and the very next minute you’re a legendary meme! Same happened with one of the match attendees in London during Pak vs Aus match whose reaction (other than summing up yesterday’s match) caught the attention of so many that he is now an epic meme and is all over Twitter and Faebook!
तर नेपालमा होटल साहु भनेरै पत्याइदिए।
अझ कसैले त रवि दाइ पनि देखिए भनेर पनि हाले। रविका फ्यानहरु धेरै भएकोले यो फोटो भने त्यति भाइरल भएन।
मान्छे चिनिने फोटोबाट भ्रम फैलन अलि कम भएपछि यी नयाँ पात्र जन्मिए जसले नयाँ भ्रम छर्दैछन्। त्यसलाई मान्छेले विश्वास पनि गर्दैछन्। विश्वास नगर्नेले पनि त्यसमा रियाक्ट गरेर, सेयर गरेर वा कमेन्ट गरेर त्यो भ्रमलाई फैलाउन सघाइरहेका छन्। खासमा यस्तोलाई त false news का रुपमा रिपोर्ट गर्नुपर्ने हो।
आँखामा त्यसरी मान्छे देखिन्छ त भन्या?
किन नदेखिनु, मज्जाले देखिन्छ। उदाहरणको लागि यो एउटा म्युजिक भिडियो हेर्नुस्- पूरै आँखाको नानीमा देखिने दृश्यमात्र छ यसमा।
सन् २०१३ मा युनिभर्सिटी अफ योर्कको साइकोलोजी डिपार्टमेन्टका डा. रब जेन्किन्सले एउटा रोचक अध्ययन प्रकाशित गरेका थिए, त्यो अध्ययनमा आँखाको नानीको फोटोमा देखिएको प्रतिबिम्बबाट मान्छे चिन्न सक्ने देखाएको छ। अध्ययनका क्रममा अपराध भएको बेलाको जस्तो स्थितिमा फोटो खिचेर हेरिएको थियो। प्लस वन जर्नलमा प्रकाशित रिपोर्ट
अध्ययनका क्रममा आठ जनाको फोटो खिचिएको थियो जसले क्यामेरा पछाडि रहेका चार जनालाई हेरिरहेका थिए। फोटो जुम गरेर हेर्दा मान्छे देखिएका थिए र चिनिएको पनि थियो। तर यो अध्ययनका पनि केही सीमा थिए।
एक त यो ३९ मेगापिक्सेलको क्यामेराले खिचेको हाइ रेजोल्युसन इमेज थियो। अर्को, यो अध्ययनका क्रममा फोटो खिच्दा कन्ट्रोल सिचुएसन थियो। अर्थात् लाइटिङ, फ्ल्यास त्यही अनुसारले मिलाइएको थियो। त्यस्तै पीडितले क्यामेरामा सीधा हेरेको हुनुपर्यो।
शालिकरामको केसमा फोटो हैन भिडियो हो। त्यो पनि फ्रन्ट फेस क्यामेराले खिचेको हुनाले रेजोल्युसन लो क्वालिटीकै छ। त्यसको स्क्रिनसटबाट आँखाको नानीबाट मान्छे देखिने गरी प्रतिबिम्ब निस्कन गाह्रो छ।
मैले त त्यस्तो केही देखेको छैन। तर केही झल्याकझुलुक केही देखिहाल्नुभो भने अगाडि रहेको टिभीको दृश्य हुनसक्ला। कोठामा टिभी थियो। टिभीको दृश्य देखिएको हो भने पनि अनुहार चाहिँ चिनिन्न। यत्रो हाइ रेजोल्युसनको मिलाई मिलाई खिचेको फोटोमा त यस्तो धमिलो चित्र आएको छ मान्छेको
यदि कसैको अगाडि त्यसरी बोलेको भए रवि र उसको सहकर्मी युवराजलाई मात्रै फँसाउला नि। किन दीपक बोहरा निर्दोष छन् भन्थे होला। पूरै सीधा कुरा टिमलाई नै फसाउँथ्यो होला नि। अनि त्यो रुकु भन्ने अस्मिता कार्कीलाई किन फँसाउनु पर्थ्यो?
त्यस्तै कसैले यदि त्यसरी बोल्न लगाएको हो भेडा बुद्धि नलगाई लजिक लगाउने भने यसो सोच्नु पर्ने- त्यो होटलको कोठा थियो। नजिकै अर्को कोठा हुन्छ। बसपार्क नजिकको होटल हो। चिच्याउँथे होला नि बचाऊ भनेर। अरुले सुनिहाल्थे नि। मार्न खोजिरहेको थियो भने त प्रतिकार पनि गर्ला नि।
तर हैन, दिमागमा मारेको हो भन्ने परेपछि जस्तै लजिकले पनि काम गर्दैन। एक तर्क गर्नुस्, हजार कूतर्क आउँछ। अनि त यी हल्लाबाजहरुले भाइरल हुने काम पाउँछन्। उनीहरुले भ्रमको खेती गर्न पाउँछन्। आखिर उर्बर दिमाग जो छ खेतीका लागि। गलत ठहरिए जुनसुकै सजाय भोग्न तयार छु, आत्महत्या गर्छु भनेपछि त हामी भावुक भइहाल्छौँ फेरि। यी हल्लाबाजले पनि त्यसै गरे। हजारौँलाई झुक्याए।
के गर्न सकिन्छ ?
फेसबुकमा कुनै मिथ्या (फेक) जानकारी देखिएमा त्यसमा कमेन्ट गर्ने, रियाक्ट गर्ने वा यो गलत हो है भनेर सेयर गर्ने गर्नुभएमा झन् त्यो जानकारी फैलाउन तपाईँले मद्दत गरिरहनुभएको हुन्छ। यस्तोमा गर्नुपर्ने काम भनेको रिपोर्ट गर्ने हो। कसरी ? सजिलो छ। आउनुस् प्रक्रिया बुझौँ-
१) सबैभन्दा पहिला रिपोर्ट गर्नुपर्ने पोस्टको दायाँ छेउमा रहेको … ठाउँमा थिच्ने।
२) त्यसपछि सबैभन्दा मुनि रहेको Find supprot or report post मा क्लिक गर्ने। त्यसपछि यस्तो खुल्छ
३) त्यसमा False news मा क्लिक गर्ने र Send बटन थिच्ने।
फेक न्युजबारे यो सामाग्री पनि पढ्दा फाइदै होला-
के हो मिथ्या समाचार (फेक न्यूज)?
पी पी जी ,
“डिप्रेसन पत्रकार लामिछाने को दादागिरी को कारण ले भएको प्रस्ट देखिन्छ” – यो चै प्रकाशित समाचार हरु (setopati , nagariknews , ratopati , mysansar ) मा प्रकाशित भएका समाचार हरु को आधार मा मेरो व्यक्तिगत बुझाई र बिस्लेशन हो … मलाई लग्छ यी समाचार प्रकाशक हरु तथ्य मा आधारित भएर समाचार लेक्छन \ मेरो बिस्लेशन कुनै youtube समाचार र facebooke तथ्य मा बेस छैन !
धन्यबाद
Saalokya ji, thank you for much researched blog on the above topic. You have really done very hard work and invested a lot of time and energy in analysing fake news and trending videos. Very much appreciate your dedication to investigative journalism. Whatever is FBI outcome, truth will prevail one day.
@Punya: “डिप्रेसन पत्रकार लामिछाने को दादागिरी को कारण ले भएको प्रस्ट देखिन्छ” — यो पनि काउन्टर FBI भयो त | कसरि प्रष्ट भयो महानुभावलाइ ?
बिबेक कुँवर , मदन बज्राचार्य ,
hera त पत्रकार लामिछाने का हनुमान सपोर्टर हरु … बिचरो पत्रकार पुडासैनी को त ज्यान जादा पनि यी हनुमान हरु को सहानुभूति को त कता हो कता ..उल्टा लामिछाने लै फसौना खोजेको कुरा गर्दै छन् ..
कसै लाइ फसौना कै लागि कसै ले आफ्नो ज्यान नै दिन सक्छ ? तिमि सक्छौ ? अनि एस्तो गम्भीर कुरा मा भ्यागुतो कराएको जस्तो के जे पायो तेही टवार टवार गरि रा …
पत्रकार लामिछाने को राम्रो अनुसन्धान गर न अनि तिम्ले था नपाएका थुप्रै कुरा था पाउछौ ..
अरुण जी,
डिप्रेसन त हो के! कसले होइन भान्छा र ? तर आत्महत्या हुने गम्भीर डिप्रेसन .. के को कारण ले भन्ने कुरा खोज्दै जानु अनुसन्धान हो ..
ऐले सम्म को स्थिति हेर्दा .. डिप्रेसन पत्रकार लामिछाने को दादागिरी को कारण ले भएको प्रस्ट देखिन्छा …
अब लामिछाने को पुरा अनुसन्धान त हुन पाउनु पर्यो नि , हैन र ? कि उसले गरेको कॆइ कॆइ राम्रो काम हेरेर .. अनि उसको पछि लाग्ने भिडभाड को दादागिरी को कारण ले अनुसन्धान (दोष आरोपित लै हिरासत मा राखेर अनुसन्धान गर्नु कानुन सम्मत छ ) गर्न त पाउछ होला नि ?
बिबेक जी तपाइको बिचारमा सहमत छु तथापी पुडासैनीले आत्महत्या आफै गरेको हो भन्ने कुरालाई स्वीकार्न नेपाली जनतालाई धेरै गारो भएको छ ! यसमा पनि रबि लामिछाने ले आफ्नो कार्यकम बाट नेपाली समाजमा पारेको सकारात्मक छाप र प्रशाशनले अपरिपक्व र गैर जिम्मेवार तरिकाले अनुसन्धान गरिरहेको देखिएयेको अवस्थामा जनतालाई यो त साच्चै रविलाई नै फसाउन नै खोजिएको हो भन्ने महसुस भएको छ |
बिशेष गरि, यो रबिका विरोधीहरुले यसलाई सबै भन्दा महत्वपुर्ण र सुनौलो अवसर बनाउने कोशिस गरिरहेको प्रस्ट आभास हुन्छ कि रबिमाथिको आरोपहरुलाई जसरि भएनी प्रमाणित गराउने चाहे त्यसमा पैसाको चल खेल नै किन गर्न नपरोस !
व्यक्तिगत रुपमा म पनि पुडासैनीले आत्महत्या नै गरेको हो भन्ने स्वीकार्छु, तर यसमा रबिको कारण नभई आफ्नै डिप्रेसन को कारण उनले त्यसो गरेका हुन् अनि यसमा रबि लाइ नभई कन अरु जसले पुडासैनीलाई “अब तलाई फसाउदैछन रविको टिम ले त् के गर्छस ” भनेर भने, सायद उनीहरुले पो अप्रत्यक्ष्य रुपले दुरुत्साहन गरेका हो भन्न मिल्छ कि ? उनले भिडियो मा भनेका छन् उनका साथीहरुले भने कि उनलाई फसाउने योजना बनाइदै छ तर ति साथीहरु को हुन् ? उनीहरुलाई पनि पत्ता लगाएर अनुसन्धान गरे अझ जानकारी मिल्थ्यो होला |
धेरै तथ्यपरक विश्लेषण । कुनै बेला भुपी शेरचनले भनेका थिए । यो हल्लैहल्लाको देश हो । सबै हल्लाकै पछि । सबै पत्रकार, सबै अनुसन्धानकर्ता, सबै न्यायधीश । कठै मेरोदेश !
Who entered the PIN number (if no thumbnails was activated) in his mobile phone. It is almost impossible to unlock phone without losing data if you don’t know your mobile pin.
तपाइको बिचारको मलाइ धेरै तारिफ गर्ने मनलाग्यो, लेखिएका कुराहरु तथ्यपरक छन. तर खासमा के भएको हो भन्ने वास्तविकता कहिले पनि हामीले थाहा पाउने छैनो जस्तो मलाई लाग्छ है !
Dear Viewers, kindly check below link to know reality about the image of a murderer captured in the victim’s eye –
https://www.oldpolicecellsmuseum.org.uk/content/learning/image-murderer-captured-victims-eye
सदैब राम्रो खोज र अनुसन्धान पछी मात्र लेख्ने गर्नु हुन्छ, तपईलाई चाही युटुबे / फेसबुके पत्रकारको जस्तो छिट्टै धेरै पैसा कमाउन कहिले मन लागेन सालोक्य जी ?
There is no doubt salikram pudasaini committed suicide from all the evidence provided here in mysansar and other medias. It is also true whatever pudasaini said in video is true. He was upset about salary but 100% employees in the world are not happy about their salary so should all the employees in the world need to commit suicide? Many love stories fail, so do all the broken heart need to commit suicide? So Ravi should not be in custody even for a single day.
However Ravi’s enemies are trying not to let escape Ravi from this incident in any cost include renu dahal, few journalists and few police officers as Ravi had or will damage their prestige. IF anyone getting murdered then he would definately speak truth before death. BUT IF someone commits suicide with at least few days of planning then his words can not be trusted and compared with those who are actually murdered. PUDASAINI WAS PLANNING TO COMMIT SUICIDE SO WOULD DIE ANYWAY. BUT HE JUST WANTED TO PUT RAVI AND TEAM IN TROUBLE FOR NOT PROVODING ENOUGH SALARY AND ASMITA FOR BREAKING RELATIONSHIP WITH HIM. PUDASAINI HIMSELF IS CULPRIT.
“रवि हिरासतमा खवरदारी हों ” कोट्याउने पेसामा लागेकाहरुलाई
ठुलालाई कोत्याउन्दा अख्तियार त्…….भैसके रविचाहरुले बुझ्नु पर्ने
हाम्रो लोकतन्त्र हाम्रै पाराको हो; ठुलाले हामीलाई बख्सिसमा दियको
देसको सार्वभौम सत्तामा निरनय गर्न सक्ने त् ठुलाको “व्हिप” मा चल्छ
रविचाहरु बेलगाम घोडाहरु नबनुन हिरासतको तवेला जाक्किनु पर्ला
अशान्ति र आक्रोसको झेल्दै ठुला होईबक्सेका सुकुला हॊईबक्सेको छ
यो-त्यो मिलेन भनि कानमा बोल तर माईक मिडियामा होहल्ला नगरोस
“जो होरहा है अच्छा होरहा है सब ठुलाके क्रिपाहै’ मानोत गनिमत बर्ना..
हिरासत लियको सुम्सुम्यायर सम्झाउनहो ठुलालाई डिस्टर्व गर्नु हुँदैन भनेर
जुनसुकै कुरामा पनि बिस्तृत खोज सहित ब्लग पस्किनुभएकोमा हयाट्स अफ, उमेश जी । मुलधारका मिडिया भन्दा माइसंसारबाट तथ्यगत र विवेचनात्मक विवरण पाएको महसुस हुन्छ ।
Salokya ji … it is your Immense service to journalism. The way you are going is difficult. Wish you success in quest of truth and sharing your gyan.