Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एयरपोर्ट काण्डमा ‘तर..’ भन्दै पारसले मागे माफी

Posted on August 19, 2019August 19, 2019 by Salokya

फाइल फोटो : त्रिशरा 

भाइरल बाबालाई छायामा पारेर रवि लामिछानेले एकल कब्जा जमाइरहेको सोसल मिडिया टाइमलाइनमा हिजो साँझदेखि एउटा नयाँ विषय देखियो- पारसको एयरपोर्ट काण्ड।

पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका एक प्रहरीलाई हातपात गरेछन्। भिडियो हेर्दा पारसले धकेलेको देखिन्छ।

यो कुरा खासै इस्यु बनिरहेको थिएन। तर युथ एरोमा नामको युट्युब च्यानलले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो। सँगै गणतन्त्रमाथि राजतन्त्रको प्रहारदेखि ठीक हो ठोकेको भन्नेसम्मका पक्ष विपक्षका बहस चर्कियो।

पारसबाट धकेलिएका सई ईश्वर खत्री चुप थिए। विमानस्थल प्रहरी पनि चुपै थियो। तर सामाजिक सञ्जालको भाइरलले मेट्रो (महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी) को चासो बढायो। छानबिन गर्न निर्देशन दिएको खबर आयो।

त्यसपछि भने सोमबार साँझ पारस शाह पनि प्रतिक्रिया दिन बाध्य भए।

उनले फेसबुकमा यस्तो लेखे-

उनले अङ्ग्रेजीमा लेख्दै ‘माइ पिपल’ लाई ‘माइ एक्सन’ बारे ‘एक्सप्लेन’ गरेका छन्। उनका अनुसार ‘माइ मम’ (पूर्व रानी) बैँकक जान लागेकी थिइन्। पछिल्लो समयमा आफू ब्याड मूडमा रहेको उनले लेखेका छन्।

‘त्यसमाथि प्रहरीको डण्डा मेरो छोराको अनुहारमा देखेँ, अनि मैले नियन्त्रण गुमाएँ…’, उनले अगाडि लेखेका छन्, ‘म सम्बन्धित व्यक्तिसित माफी माग्न चाहन्छु तर मेरो ठाउँमा कुनै पनि नेपाली बाबु भए त्यस्तै गर्ने थियो…बाँकी नेपाली जनतालाई निर्णय गर्न छाड्छु।’

अर्थात् पूर्व युवराजका अनुसार अब कसैले छोराको मुखमा पुलिसको डण्डा देखे पुलिसलाई ठोक्नु पर्ने रहेछ। कुनै पनि नेपाली बाबुले त्यसै गर्नेछ भन्नुको अर्थ त्यही त हो।

हुन पनि ‘प्रहरी मेरो साथी’ भन्ने नारा छँदैछ। साथीलाई कहिलेकाहीँ यसो धकेलाधकेल गर्न त पाइन्छ नि भनेको पो हो कि।

11 thoughts on “एयरपोर्ट काण्डमा ‘तर..’ भन्दै पारसले मागे माफी”

  1. Royalty is dead says:
    August 23, 2019 at 4:37 am

    You are no longer a prince and you need to be treated like a normal citizen. Why should the rules be different for you? It’s because of your attitude your father lost his crown. Dumb ass, you need to grow up. I am in a bad mood too so should I come and spit on your face or push you?

    Reply
  2. उही कुमार लामा says:
    August 22, 2019 at 7:24 pm

    जनआन्दोलन २ ले नबढारेको भए राजा हुने मनुवाको अंग्रेजी भाषा त गजबको पो रहेछ है गाँठे। कठै भटट माइलाको छोरो! भाषाको स्तर नै यति गएगुज्रेको मान्छेसँग विवेकको के अपेक्षा गर्ने र?

    तैपनि यसरी कनी-कनी अशुद्ध लेखेर लाजको पसारो देखाउनुको सट्टा खेताला-सेताला लगाएको भए हुन्थ्यो नि। तर यति सोच्नलाई पनि त विवेक नै चाहिन्छ जो डिस्कोविक्रमसँग हुने कुरै भएन।

    Reply
  3. Hem Nagarkoti says:
    August 21, 2019 at 10:16 pm

    कालो पदार्थ सेवन गर्ने तुच्छ पारसे को मन कालो
    दम्भ दुर्भाव ले ग्रसित पारसे को सबै कालो

    सत्य सन्देश लेखनाथ पौड्याल(वि.सं. १९४१ पाैष – २०२२ फाल्गुण ७ तदनुसार सन् 1885 – 1966)द्वारा लेखिएको कविता हो । परिष्कारवादी धारका प्रमुख कवि लेखनाथ पौड्यालको यस कवितामास्रग्धरा छन्द, अन्त्यानुप्रास अलङ्कार र शान्त रसको प्रयोग पाइन्छ ।

    कविताको भावार्थ “व्यक्ति राम्रो भए संसार राम्रो लाग्ने तर व्यक्ति स्वयं नराम्रो भए संसार नराम्रो देखिन्छ” भन्ने रहेको छ । यस सत्य सन्देश कविताले प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठका शब्दमा न्ह्यू वज्राचार्यको सङ्गीतमा गायिका अानी छोयङ डोल्माले गाएका “फूलको आखाँमा फुलै संसार, काँडाको आखाँमा काँडा संसार”[१] को अर्थ दिन्छ ।

    कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,

    कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।

    कैलाशश्श्रेणि कालो झलमल गर्ने सूर्यको बिम्ब कालो,

    यो सारा सृष्टि कालो, मनबिच छ भने दम्भ दुर्भाव कालो ।। १ ।।

    दोषी माता-पिताका वचन गुरुजनादेश नि:शेष दोषी,

    सत्यात्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी ।

    पत्नीको प्रेम दोषी, अमृतमय मीठा वेदका वाक्य दोषी,

    यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी ।। २ ।।

    Reply
  4. श्रीकृष्ण अधिकारी says:
    August 21, 2019 at 5:53 pm

    ठिकै पनि हो । पारसको ठाँउमा म भएको भए र मेरो अगाडी मेरो छोराछोरी/भान्जाभान्जीलाई कसैले त्यस प्रकारले अपमान गरेको भए पारसले जस्तै धकेल्नै नसकेपनि मा.मु.को शब्दले मुखै छाडेर गाली चाँही अवश्य गर्ने थिए ।

    Reply
  5. rajiv jha says:
    August 21, 2019 at 5:23 pm

    अरे कस लाइ काइयाँ र कस लाइ डुइयाँ भनने ? Me Me Me . My mood. My mom. My people. It is all about me me me.
    पारस जी , अहिले क लागि तपाईं का दिन गए / हो , फ्रस्टु भै आफ्नो रिस देखाउनुस / अब पचास बरस पुग ने बेला तपाई को मति त कहाँ फिरला /
    Me Me me, my problems, my issues, I am great, My ancestors were great…..यति भन नुस अनि आफ्नो रिस पब्लिक मा देखा उनुस /
    जब हात मा पावर थियो त्यति बेला रक्सि खाएर मान्छे मार ने अनि होटेल होटेल मा बन्दुक दागने ?
    Get real, in this day and world, who gives a rat’s a$$ about your mood, your feelings and you? You are a nobody. Come to terms with the new reality.
    आज तपाई को मुड , तपाई को सोचाई प्रति कसैको चासो छैन / तपाई आज एक साधारण नागरिक हो / यदि पैसावाल परिवार मा न जन्मेको भए आज कसरी पेट भर्नु हुने थियो ए पारस भैया ?
    इलम सिलम, सिप सिप केहि छैन / कति मजा / बस्यो बंगुर र रक्सि धोक्यो , मोज मसती गर्यो अनि जिन्दगी मा एक मिनेट कम धाम गर्नु परेको छैन and in spite of being born with a silver spoon up your tush , and opportunities for a good education, your English still sucks. Lots of bad grammar and punctuation in that rambling facebook post of yours. Were you high or were you drunk when you wrote it? बरु नेपाली मै लेखेको भए हुने

    तपाई जस्ता ले खुरुक्क मुख बन्द गरेर मोजमस्ती गर्दै बस्नु पर्छ /

    if you had to ever work to support yourself and your family, you would suck as a worker. You have no education, no skills, you have nothing. You are nothing. So please shut up and keep a low profile

    Reply
  6. jamz says:
    August 21, 2019 at 3:36 pm

    मलाई तपाईको लेख मन पर्छ तर लास्ट को लिने चै अलिक चित्त बुजेन. पारसले देफेंद गरेको हो न कि हरेक पिताले गर्न पर्छ भनेको हो. पुलिस हो भन्दैमा साना र कुनै पनि मानिस लै तेतिकै छुन पाउदैन. पारसले सहि गर्यो . सबै जना ले गर्न पाउछ.

    Reply
  7. Anu says:
    August 20, 2019 at 9:45 am

    याे भिडिअोमा अलि अगाडीकाे द्रष्य पनि राखेकाे भए हुन्थ्याे कि !!

    Reply
    1. Salokya says:
      August 20, 2019 at 11:33 am

      यो जिफ इमेज हो भिडियोको। पूरै भिडियो सम्बन्धित वाक्यमा लिङ्कब्याक गरिएको छ। त्यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ।

      Reply
  8. Shankar says:
    August 20, 2019 at 4:31 am

    पुलिस भनेकै खेलौना जस्तो , ब्यापारी को खेलौना , ठुला नेताको खेलौना , माउबादिहरुको त् झन् तारो प्राक्टिस गर्ने टार्गेट | जति बढी पुलिस मार्न सक्यो , तेत्ति आन्दोलन सफल हुने| त्रुफ को पत्ता जस्तो |
    पद , पैसा र पावर पुलिस खेलाउन को लागि पर्याप्त | यी तिन चीज भए पुलिस पकेट मा |
    अन्त देश मा भए पुलिस ले अपराधी पत्ता लागौछ , नेपाल जस्तो धेरै देश मा उस्तै परे पुलिस ले नै अपराध गर्छ |

    Reply
  9. विवेक says:
    August 20, 2019 at 2:46 am

    प्रवीन गुरुङको नावालक छोराहरुको बारेमा कैले सोचेको थियो? ट्याक्सी चालक खडगीको परिवारलाई के भयो पारसले वास्ता गर्यो?
    त्यस बेलाका आईजीले आफ्नो सस्मरणमा खुलाए बमोजिम हत्या गरिएको र हत्या लुकाउन छल गरेको अपराधमा जन्मकैद हुनपर्ने होइन र?
    मानव अधिकारवादीहरु कुन दुलोमा छन्?
    अहिले आएर छोरो बचाउन नेपाली बाबुको डण्डाको उदाहरण दिने?
    भिडियोमा पारसेले वर्दीधारी प्रहरीलाई धक्का दिएकै हुन् र चेतावनी पनि दिएको प्रष्ट छ|
    पारसेलाई समयमा नियन्त्रणमा नराखे उसले अझ ठुलो खति र बबाल गर्न सक्ने छन्| समयमै सोच्न पर्छ|
    एक्सन त अब पुलिसले पो लिनपर्यो| वर्दीधारी प्रहरीलाई त्यसो गर्न पाईन्छ?

    Reply
  10. bijay says:
    August 20, 2019 at 1:25 am

    नेपालमा सब एक से एक , को भन्दा को कम र ?
    पुलिसले पायो भने पुलिसले आफ्नो जात देखाइ हाल्छन , अनि उस्तै अलि ठुला ठालुले पाए उनीहरुले नि आफ्नो रवाफ देखाई हाल्छन /
    अब साधारण जनता चाही कि सहेर बस्यो , कि कुनै नेताको पछि नारा लगाउदै भेडा बन्दै बस्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme