Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन उर्लियो एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड?

Posted on August 18, 2019August 18, 2019 by Salokya


एउटा घटना भयो। अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लियो। अदालतमा उपस्थित गराई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्‍यो। अपराध अनुसन्धान गर्ने क्रममा यो सामान्य प्रक्रिया हो। सबै घटनामा हुने यस्तै हो। तर अहिले परिस्थिति फरक छ। न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको समर्थनमा भिड उर्लिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत बाहिर उनीहरुले शुक्रबार नाराबाजी गरे। शुक्रबार र शनिबार भिड उत्तेजित हुँदा झडपसमेत भयो। केही प्रदर्शनकारी र प्रहरी घाइते भए। अश्रुग्यास प्रहार गर्नुपर्‍यो। आखिर किन उर्लियो त एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड? के अरु कुनै टेलिभिजन प्रस्तोताका लागि यति धेरै मास सडकमा आउँछ?


अदालतबाट म्याद थपपछि प्रहरी कार्यालय लगिँदै। फोटो : युट्युब/सुनौलोनेपाल

रवि लामिछानेका समर्थकहरुलाई ‘अन्धभक्त’ मात्रै भनेर यो प्रश्नको जवाफ पाइन्न। अन्धभक्त हुनुपर्ने के काम गरे त रविले? कुनै पनि सञ्चारकर्मीको समर्थनमा यति धेरै मान्छे उत्रेर यति उत्तेजित नाराबाजी गरेको मैले अहिलेसम्म देखेको थिइनँ। केही भिडियोहरु हेरिरहेको थिएँ चितवनका। उत्तेजित भिडका नाराहरु अनौठा थिए- हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ।

अहिलेसम्म राजाको पक्षमा मात्र यस्तो नारा लागेको सुनेको/देखेको थिएँ। युवादेखि उमेर ढल्किसकेका वृद्धवृद्धाहरु पनि रविको समर्थनमा सडकमा आएको देखिएको छ।

रविलाई बिहीबार राति प्रहरीले टेलिभिजनको कार्यालयमा नै गई पक्राउ गरेको केही समयपछि ‘उनका समर्थकहरु खाडी देशमा छन्, आन्दोलन गरे उतै गर्लान् नि’ भन्नेहरु पनि देखिएका थिए। तर उनीहरुलाई समेत स्तब्ध पार्ने गरी चितवनमा प्रदर्शन भइरहेका छन्। भलै अदालतले सोमबारसम्मलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइसकेकोले प्रदर्शन हुँदैमा रिहा हुने स्थिति पक्कै पनि छैन। यसले अनुसन्धान छिटो सकाएर अदालती प्रक्रियामा लैजान दबाब पक्कै देला।

४१६ वटा एपिसोडमै रविले के त्यस्तो जादू गरे, जुन नेपालका कुनै पनि टेलिभिजन प्रस्तोताले गर्न सकेका थिएनन्?

इर्ष्या र डाहा गर्न त पाइयो तर सँगै एक पटक सोच्न पनि पर्‍यो, पत्रकारिताको अभ्यासमा अडियन्स (दर्शक/पाठक) र सञ्चारकर्मीबीच रहेको एउटा ठूलो खाडललाई उनले कम गरेका त हुन् नि। हाम्रो बोली उनले बोलिदिन्छ भन्ने आशा र विश्वास सामान्य मानिसका मनमा उनले पारिदिएका त हो नि। गलत काम गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनााइदिने काम त उनले गरेका हुन् नि। आज उनी अप्ठेरोमा पर्दा सबभन्दा खुसी गलत काम गर्नेहरु पनि भएको त सही हो नि। भलै उनको शैलीसित विमति राख्न पाइएला। उनले गरेको कामलाई पत्रकारिता भन्ने कि नभन्ने भन्ने प्रश्न पनि होला।

पहिलोपोस्टबाट विदा लिएपछि खाली बसेको बेला एक दिन रवि लामिछानेले भेटौँ भने। एक महिना जति अघि भेट भएको थियो। त्यो भेटमा उनले आफूले गरिरहेको काम पत्रकारिताभन्दा पनि बढी एक्टिभिजम जस्तो भएको स्वीकारेका थिए। उनी आफूले गरिरहेको कामप्रति एकदमै सतर्क सुनिएका थिए। यो लोकप्रियता क्षणिक हुनसक्छ भन्ने पनि उनले राम्रै ‘रियलाइज’ गरेका थिए।

‘मैले सानो केही गलत काम गरे अहिले जिन्दावाद नारा लगाउनेहरुले नै मलाई भोलि देश छाड भनेर कुर्लने छन् भन्ने मलाई राम्रै थाहा छ’, उनले भनेको सम्झन्छु।

अनित्यताको यति ज्ञान भएको रविले असुली गरेर आफ्नै खुट्टामा बञ्चरो हानेका होलान्? खैर शालिकरामले करोडौँ असुल्छ भनेर मृत्युअघि बनाएको भिडियोमा बोलेको कुरा अहिलेलाई आरोपमात्रै हो। प्रहरीले यो विषयमा छानबिन गर्न पनि सक्छ, नगर्न पनि सक्छ। यति कुरा आएपछि राज्यलाई चासो लागे छानबिन गर्न सक्छ। छानबिनबाट अन्यथा प्रमाणित नभएसम्म अहिलेलाई यो आरोपमात्रै हो। शालिकरामलाई उनले मर्न बाध्य बनाएको हो कि हैन यो विषयमा पनि प्राप्त प्रमाणका आधारमा अदालतले फैसला गर्ने नै छ।

कसरी हिरो बने रवि?

रवि एउटा प्रभावकारी कार्यक्रम बनाउन चाहन्थे। आमिर खानको टिभी कार्यक्रम ‘सत्यमेव जयते’ हेरिसकेपछि त्यस्तै कार्यक्रम नेपालमा पनि चलाउन फ्रेन्चाइजी लिन उनले इन्डिया गएर खानलाई भेट्न खोजे। तर रविलाई चिन्ने कसले? आमिर खानले भेट्नै मानेनन्। उनमा इख पलायो। केही यस्तो काम गर्नुपर्‍यो, जसका कारण आफ्नो नाम रहोस्। त्यसपछि उनले ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेको विश्व कीर्तिमान बनाए। यो सन् २०१३ को कुरा थियो।

‘यति भएपछि त मलाई आमिर खानले भेट्नै नमान्ने जस्तो परिस्थिति नआउला नि’ भन्ने भएको थियो उनलाई। तर विश्व रेकर्डले भन्दा पनि उनलाई चिनाउने काम चाहिँ ‘सीधा कुरा’ले नै गर्‍यो। यसको सुरुवात भने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट भएको थियो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए त्यतिबेला। सरकार परिवर्तन भएर प्रचण्ड प्रधानमन्त्री बने, कार्यक्रम अर्कैले चलाए। त्यही लोगो र त्यही सेटमा।

उनले ‘सीधा कुरा प्रधानमन्त्री’सँग नभई ‘सीधा कुरा जनतासँग’ चलाए उस्तै लोगो र उस्तै सेटमा। त्यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। जनतालाई आफ्नो कुरा यही कार्यक्रममा आउँछ, आफ्नो समस्याको समाधान यही कार्यक्रमले गर्छ भन्ने विश्वास जित्न सफल भयो यो कार्यक्रम। नेपाली समाजलाई सबैभन्दा छुने विषय – वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामा झाँको झार्ने कामदेखि अलपत्र परेकाहरुको उद्दारसम्मका घटनाले नै उनलाई हिरो बनायो। समस्या समाधान हुने आशामा मान्छेहरुको भिड प्रहरी चौकीमा भन्दा बढी उनको अफिसमा देखिन थाले।

निराशा नै निराशा फैलिरहेको समाजमा रविको छवि ‘आशा’ जगाउने बन्दै गयो। त्यसैको प्रतिबिम्ब हो अहिले अनुसन्धानका लागि हिरासतमा मात्र राख्दा पनि उनलाई फँसाउन खोजियो भन्दै सडकमा उत्रिएको भिड। किनभने सत्य र तथ्य जे सुकै भए पनि भिडका हरेकले आफै न्यायाधीश भएर फैसला गरिसकेका छन्।

यो प्रकरणले सिक्नु पर्ने केही विषय मलाई यस्तो लागेको छ-

१) पत्रकारितालाई पाठ
कुनै सञ्चारकर्मीको पक्षमा यसरी सडकमा जनता उत्रिएको मलाई थाहा छैन। अरु सञ्चारकर्मीले सोच्नुपर्छ- हाम्रो पत्रकारितामा कहाँनिर के ‘मिस’ भइरहेको छ। के हामीले अडियन्स र सञ्चारकर्मीबीच रहेको खाल्डोलाई पुर्न नसकेका हौँ। त्यो खाल्डो अझ फराकिलो र गहिरो बनाउँदै लगेका हौँ। के सर्वसाधारणले अरु पत्रकारहरुलाई आफ्नो आवाज बोल्न नसक्ने ठानेका हुन्? आवाजविहीनहरुको आवाज बन्न अरु पत्रकार नसकेका हुन्? रविको शैलि ठीक हैन भने ठीक शैलीमा उनको भन्दा प्रभावकारी सञ्चारकर्म गर्न नसकेका हुन्? अरु पत्रकारलाई किन गाली गर्छन् ? उनलाई किन ‘भगवान’ सरह मान्छन्?

२) राज्यसंयन्त्रप्रति चरम निराशा
यो घटनाले पनि देखाउँछ- राज्यसंयन्त्रप्रति सामान्य नागरिकको चरम अविश्वास र निराशा छ। अदालतले प्रमाणको आधारमा फैसला गर्छ। निर्दोषले दण्ड पाउँदैन। दोषी अवश्य दण्डित हुन्छ भन्ने विश्वासै छैन। निर्दोषलाई फँसाउँछन् भ्रष्टाचारीहरुले भन्ने खालको चरम अविश्वास अदालत, प्रहरी र सरकारप्रतिसमेत छ। एउटा भिडियोमा त एक आक्रोशित युवकले यिनीहरुले रविलाई फँसाए, अब कुलमानलाई पनि यसरी नै फँसाउँछन् भन्दै चिच्याइरहेको देखेको थिएँ। यस्तो निराशा घातक हुनसक्छ। आफूप्रति विश्वास जगाउने परिणामसहितको काम देखाउन आवश्यक छ।

३) आफ्नो काम गरे हिरो भइँदो रहेछ
नेपालमा हिरो हुन अरु केही नगरे हुने रहेछ। आफ्नो काम इमान्दारीका साथ गरे हुने रहेछ। रवि लामिछाने एक टेलिभिजन प्रस्तोता हुन्। उनले पीडितहरुको आवाज आफ्नो कार्यक्रममार्फत् टेलिभिजनमा सुनाए। यो उनको काम थियो। सेलिब्रिटी भएका प्रहरीहरु पनि हेर्नुस्- उनीहरुले गरेको काम भनेको अपराधीलाई पक्रनु थियो, जो उनीहरुको कामै हो। विद्युत प्राधिकरणको एमडीको हैसियतले आफ्नो काम इमान्दारीपूर्वक गरेर लोडसेडिङ हटाउँदा कुलमान घिसिङ हिरो भए। अरुले आफ्नो काम नगरेको भएरै यत्रो वर्ष लोडसेडिङ सहनुपरेको रहेछ।

तपाईँलाई के लागेको छ ? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ।

28 thoughts on “किन उर्लियो एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड?”

  1. Ajaya says:
    August 29, 2019 at 7:05 pm

    सालोक्य जी

    तपाइसंग अनुमति लिएको भए ठिक छ / तर मैले चाही तपाईलाई क्रेडिट दिएको सुनिन / खैर , तपाइको ब्लग हरु साह्रै चित्तबुज्दा छन् / प्रगतिको कामना /

    Reply
  2. Ajaya says:
    August 28, 2019 at 7:41 pm

    सालोक्य जी,

    तपाइको यो ब्लग मा लेखिएको कुरा त न्युज २४को पावर न्युज मा जस्ताकोतस्तै बज्योनि! के तपाई अहिले न्युज २४मा काम गर्नुहुन्छ ? अथवा न्युज २४ले तपाइसंग अनुमति लिएर प्रसारण गरेको हो ? जे होस् तपाइको बिस्लेसन मननयोग्य र प्रसंसनिय छ /
    https://www.youtube.com/watch?v=rsPEpXtuK60

    Reply
    1. Salokya says:
      August 28, 2019 at 8:03 pm

      मैले अहिले कुनै मिडियामा काम गरेको छैन। यो ब्लग प्रकाशित भएको दिन मलाई न्युज २४ का एक जनाले क्रेडिट दिएर प्रसारण गर्न अनुमति मागेका थिए। मैले एक पटक एउटा कार्यक्रममा बज्ने त होला भनेर हुन्छ भनेको थिएँ।

      Reply
  3. Pingback: किन उर्लिए चितवनमा यसरी हजारौँ ? मूलधारे मिडियामा नआएका आजका केही फोटोसहित « Mysansar
  4. Purna says:
    August 20, 2019 at 5:25 pm

    बज्राचार्य जी,
    तपाई को कुरो र तर्क गर्ने खुबी देख्दा .. मेरो केहि भन्नु नै रहेन … अलिकति शिचित हुनुस अनि अलिक मिनिन्ग्फुल कमेन्ट गर्नुस !
    १. तपाई को मा पुलिस भएको अन्दाज पूर्णता गलत छ .. मा एक सर्बसाधारण नेपाली बिदेस मा बस्छु | तपाई को येस्तै उल्टा गेस ले पत्रकार लै निर्दोष देख्नु भा को छ | तपाई को पुलिस संग कुनै कुरा मा चित्त बुझेको छैन भन्दैमा सब पुलिस गलत हुदैन र पुलिस लै तेसरी दोषी देखि हाल्न पनि मिल्दैन

    २. लौ पुडासैनी को न्याय निसाफ तपाई आफै ले गर्दिनु भो – “पुडासैनीको मृत्यु कारण उसैको असामाजिक र अनैतिक कर्तुत भयको उसैको कुराले स्पस्ट गर्छ/ ”
    येत्ति विद्वान तपाई हुदा हुदै किन चाइयो अड्डा अदालत पुलिस कानुन .. सब थोक तपाई नै हुनुहुदो रैछ

    पुडासैनी ले त्यो लामिछाने पत्रकार हो दोषी भनि रा छ त ! उसको कुरा पत्याउने भने पुरा कुरा पत्याउनुस होइन भने आधि कुरा ल्याएर तपाई न्यायधिस नबन्नुस …
    कि तपाई नबुझेको जस्तो गर्दै हुनुन्छा … कि भने तपाई सारो अशिक्षित हुनुन्छा

    ३. मित्र , अपराध आरोपित लाइ हिरासत मा लिएर अनुसन्धान गर्नु पाइञ्छ कानुन अनुसार अनि येसरी हिरासत मा लिएर अनुसन्धान गर्नु उपयुक्त पनि हुन्छा .. पुरा सेन्स गर्छ ..
    तपाई को ज्ञान कति छ भन्ने कुरा पनि येही बाट प्रस्ट हुन्छा ..

    एकपल्ट नेपाल पुलिस अथवा वोकिल को मा गएर बुझ्नुस …. किन हिरासत मा लियिन्छा आरोपित लै ? अनि किन आबश्यक छ हिरासत मा लिन ? … यो कानुन सम्मत छ कि छैन ?..

    तपाई जस्तै बुझ्नु न सुझ्नु को जमात ले गर्दा देश बिग्रेको छ … आफु लै राम्रो ज्ञान नभएको कुरा मा पछि लागेर जानु हुन्न ..

    Reply
  5. madan bajracharya says:
    August 20, 2019 at 12:39 pm

    पूर्णज्यु,
    तपाइंको कुरा र “तिमि तिमि” लगायर “तिम्रा पत्रकार” समेत भन्दै अनुसन्धान गर्न पनि नपाउने’ भोलि निर्दोष भय छुटी हाल्छ भनेर जुन प्रतिक्रिया तपाईंले दिनु भयको छ तेसले तपाईं “प्रहरीकै” भयको संकेत गर्छ किनभने नेता र नेताको आसेपासेलाई समाउन त् उनीहरु बिरुद्ध को उजुरी समेत लिन माथिको …..चाहिने प्रहरीलाई मात्रै मेरो कुराले दुख्ने गरि बिज्छ/

    पुडासैनीको मृत्यु कारण उसैको असामाजिक र अनैतिक कर्तुत भयको उसैको कुराले स्पस्ट गर्छ/ बिबाहित र पत्रकार भयर पनि पुडासैनिले अस्ट्रेलिया जानको निमित अरु केटि सिट असामाजिक र अनैतिक सम्भंद राखेको बारेमा आफु पनि पत्रकार भयकोले रविले मिडियामा ल्याउने भनेकै हो र तेही डर ले पुडासैनिले आत्म हत्या गरेको हो भने कुन कानुन अन्तरगत बिबाहित भयर पनि अर्को केटि सिट असामाजिक र अनैतिक सम्भंद राखेको कुरालाई मिडियामा ल्याउने कुरा गैरकानुनी हुन्छ?

    अव तपाइंको “अनुसन्धान गर्न पनि नपाईने? भन्ने प्रश्नको जवाफ तपाइंकै प्रश्नले दिन्छ/ तपाईंको यो प्रश्नले रविलाई अनुसन्धान नै नगरी आरोप लगायर हिरासतमा लियको पोल खोलेकोछ/ तर कुरा जस्तो सुकै होस् रविलाई हिरासतमा लिनेले रवि र निर्मला काण्डमा फसाउन समायको त्यो मानसिक रोगि दिलिपमा धेरै फरक छ भनेर बुझोस्/

    Reply
  6. Pingback: रवि प्रकरण : ५ दिन म्याद आज सकियो, अब के हुन्छ? यस्तो छ कानुनी प्रक्रिया – Mysansar
  7. purna nepal says:
    August 19, 2019 at 5:04 pm

    हेरी अर्को बारुलो आयो …. भाग्दिन भनेर त सब ले भन्छ .. ,,
    एस्लाई हिरासत मा लिने एस्लाई नलिने भन्ने कुरा तिम्ले सिकाउने होइन .. प्रहरी आफै ले गर्छ,,
    अनुसन्धान गरि र को काम मा … येसो गर .. उसो नगर भन्ने येस्ता बरुला हरु ले पनि अनुसन्धान मा बाधा ल्यौछां !

    Reply
  8. dhama paudyal says:
    August 19, 2019 at 2:37 pm

    युबा आक्रोस ले यो सरकार लाई नरायणी मा हालेर इन्डिया पुर्याइदिनेछ । यो सानो झिल्को देश ब्यापी हुँदैछ । ऐले चितवन मा जुन मानब सागर देखिएको छ आज सम्म मै यो भन्दा दस गुना बढी हुने थियो यदी सरकार ले अन्यत्र बाट गाडी रिजर्भ गरेर आउने लाई न रोकेको भए । हिजो धरान बाट आइपुगे ले भ न्दै थे दश वटा बस रिजर्भ गरेर रबी समर्थक आउ द इ थिए इटहरी बाटै फर्काइयो । पब्लिक बस मा पनि सर्च गरेर नियन्त्रण गरिदैछ ।

    Reply
  9. उदय के सि says:
    August 19, 2019 at 12:56 pm

    सहि बिश्लेशन । निकै सान्दर्भिक ।

    Reply
  10. Rashmi says:
    August 19, 2019 at 11:37 am

    आरोपी भाग्न सक्ने अवस्थामा हिरासतमा लिनु उपयुक्त होला तर रबिले त सत्यतथ्य छानविनमा सहयोग गर्छु भनिरहेको छ अनि भाग्ने अवस्था पनि छैन। के को लागि हिरासत??? सामान्य जनताले पनि नपत्याउने कार्य गर्ने प्रहरीको गृहले जिम्मेवारि लियी नेत्रित्वोले रजिनामा दिनुपर्छ।

    Reply
  11. madan bajracharya says:
    August 19, 2019 at 1:32 am

    “.भोलि कुलमानलाई …. राजा हतायाका हौँ …” यो नारा राप्रपाले लगाउन्दैन; नेकपामा बिलय भयको माउ(!!!???)बादीले पनि लगाउन्दैन/ भूकम्पले पिडित भयको बेला हाम्रो माग पुरा गराउने मौका यहि हो भनेर नाकाबन्दी गर्ने मधेसबादीको निमित त् यो पहाडियाको मुद्दा हो त् उनीहरुले पनि यो नारा लगाउन्दैन/ त् बाकि रह्यो कांग्रेस उसको निमित त् जे जस्तो कुरामा पनि आफुलाई बिस्थापित गरेर सत्ताको नेतृत्व खोस्ने बर्तमान सरकारको बिरोध गर्नु नै छ र उनीहरुलाई प्रेसर कुकरे र चन्दाको नाममा असुल्ने धन्दा चलाउने हरुले सा दिन सक्छ/

    रविको केसमा प्रहरीले रविलाई हिरासतमै लिनु पर्ने अवस्था थियन/ रवि पत्रकार भयकोले उ पनि जनाप्रतिनिधिनै हौँ/ त् जनप्रतिनिधिहरु र राजनैतिक पहुँच भयका माथि रविलाई लगायको भन्दा घिन लाग्दो अपराध गर्दा चाहि माथि कुरा गर्नु पर्ने राजनैतिक सहमति गर्नु पर्ने आदि आदि भनेर हिरासतमा नलिने मात्रै होईन उजुरी समेत नलिने प्रहरीले रविलाई हिरासतई लगेर जाक्नु लाई आफ्नो कर्तब्य तथा दाईत्व भयको..मान्न सकिंदैन/ प्रहरीले उजुरी परे पछि रविलाई “बोलायाको बेला उपस्थ्तित हुने गरि जमानतमा राख्न पनि सकिन्थ्यो; सकिन्थ्यो के भन्ने गर्ने पर्थ्यो/ तर तेसो गरेनन हिरासतमै कगेर कोच्ची हाले/ रविलाई हिरासतमा राख्दा यस्तो हुनु सक्छ भनेर प्रहरीलाई थाह नभयको त्त् पक्कै होईन/ रविलाई हिरासतमा राखेकोमा बिरोध भय पछि आलोचना बिरोध बर्तमान सरकारकै हुन्छ/ के यहि चाहेको हो प्रहरीले?

    यदि यो घटना आत्महत्यानै हो र आत्म हत्या गर्ने व्यक्तिले रविले उसको भंदाफोद गर्ने भनेकोले आत्म हत्या गरेको भनेकै हो भने पनि उसैले भनेकै छ उ कस्तो काण्डमा परेको हो भनेर/ उसैले भनेकै आधार मान्ने हो भने पनि उसले गरेको कर्तुत सार्वजनिक गर्ने दाईत्व त् सबै पत्रकारकै हो त् रविले साँच्चै नै उसको कर्तुत भन्दा फोद गर्छु भनेकै हो भने यो त् कुनै अपराधनै होईन/ त् रविलाई “आत्महत्या गर्न बाध्य गरेको” आरोप कसरि लाग्छ? यदि यस्तै हो भने कुनै पनि पत्रकारले कसैले गरेको गलत कार्य लाई समाचार बनाउनै नहुने भयो/ अव हेर्नुस अस्ति मात्रै अख्तियारले भ्रस्टाचार को आरोप लगायको दूई जनाले आत्म हत्या गरे/ यदि उनीहरुले पनि हामीलाई अख्तियारले प्रधान मन्त्रीले हामीलाई आत्महत्या गर्न बाध्य गरेको भनेर लेखेको भय के प्रहरीले अख्तियारको प्रमुख र प्रधान मन्त्रीलाई पनि हिरासतमा राख्थ्यो?

    निर्मलाकाण्डमा पनि प्रहरीले यस्तै गरे/ अव निर्मलाला काण्डमा झुठ बोलेर केस अलमल्लमा पार्ने को बारेमा नागरिकहरुलाई जानकारी दिंदै गरेको रविलाई पनि निर्मला काण्डमा जस्तै गरे/ कहिँ कतै निर्मला काण्डमा दोस प्रमाणित नभई हिरासतमा राखेको र निर्मला काण्ड को सत्य तथ्य सार्वजनिक गर्दै गर्ने रविलाई हिरासतमा राख्नु को कारण ….नै त् होईन?

    Reply
    1. Purna says:
      August 20, 2019 at 1:21 am

      Bajracharya jee,

      Anusandhan gari rako kuro laii kati tuk na betuk ko tarka garera lagi ra bajracharya jee?

      Kanun anusar anusandhan pani garna napaune?

      Yedi timro
      patrakar lamichane doshi nadekhiye ta jail pardai pardaina नि
      Kehi samaya ma chuti halchha ni.

      Ani ko doshi ko nirdos bhanne kuro timle athawa maile comment garera nirnaya garne hoina ..
      Yesari jungali tarika ma facebooke ra online ka aashiyit jamat le sidai nirnaya garne bhaye, kina chaiyo kanun? Online ma pool banau tesaima vote garera doshi, nirdoshi chutyau… hunna?

      2 athawa 4 wota dekhawati kaam bahek kati bistrit tha chha timlai athawa makai tyo patrakaar ko barema? Ani yettikai hawa taal ma nirdos bgani bhukna ta bhayena ni alikati pani dimag chha bhane… ki kaso?

      Reply
  12. rajan bk says:
    August 19, 2019 at 1:02 am

    यी एस्त बारुले हरु ले बिगार्छन … यार अनुसन्धान त सब को हुन पाउन पर्छ नि … त्यो पत्रकार लामिछाने को नि डिटेल अनुसन्धान हुन पर्छ … मर्ने वाला मान्छे ले जे पायो तेही झुट त बोल्दैन नि यार …त्यो पत्रकार लामिछाने को इतिहास पनि धेरै स्वास्नी ल्याउने देखि, स्वास्नी हरु लै बेइमान गर्ने त इतिहास छ .. थुप्रै अरु कुरा अनि सब सम्पति को पुरा अनुसन्धान होस् !

    अमेरिका मा घण्टा हान्दा हान्दा दिक्क भयो अनि स्वास्नी गर्लफ्रेन को मुद्दा मा फस्ने देखेर नेपाल भागी … भेडा हरु लै ठग्न थाल्यो … होला केहि केहि राम्रो काम पनि … तर तेसो भन्दै मा अनुसन्धान छोड्न मिल्दैन र दोषी देखिए मा पुरा कारबाही हुनु पर्छ ..

    एस्त बुझ्नु न सुझ्नु का पुछार हरु जति भुके पनि … अनुसन्धान जारी रहोस!

    Reply
  13. प्रशान्त श्रेष्ठ says:
    August 18, 2019 at 11:17 pm

    सालोक्यजी,
    तपाईंले सही कुरा गर्नु भयो। नेपालमा धेरै कुरा गर्नै पर्दैन लोकप्रिय बन्नको लागि – आफ्नो जिम्मेवारीको काम इमान्दार ढंगले गर्ने व्यक्ति यहॉं रातारात सेलेब्रेटी बन्ने गरेको छ। हाम्रो देश पछाडि पर्नुको एउटा मूल कारण नै यही हो भन्छु म त । किनकि नेपालको नर्मल भनेको आफ्नो कामको जिम्मेवारी नलिने,गफसफ लाउने, आजको काम भोलि भनेर पन्छाउने, धेरैजसो सरकारी काम पैसा नखुवाई हुँदैनहुने हो। यहॉं जसले टाईँफाईँ गर्छ तर गर्नुपर्ने काम या त जिम्मेवारपूर्वक गर्दैन या झारा टार्ने हिसाबले गर्छ तर नेतृत्व वा हाकिमको चाकरी गर्ने व्यक्तिहरुले पुरस्कृत हुने, प्रमोशन हुने, तक्मा पाउने गर्दछ। यस्तो परिस्थिति हामीले पंचायतकालमा भोग्यौं, बहुदलीय व्यवस्थामा पनि भोग्यौं, कांग्रेसको शासन, एमालेको शासन, माओवादीको शासन, सबैमा भोग्यौं।
    गणतंत्र, सक्रिय राजतंत्र, संवैधानिक राजतंत्र वा जुनसुकै तंत्र आएपनि शासन गर्ने व्यक्तिको मुहार अलि अलि परिवर्तन भयो तर पध्दतिमा केही परिवर्तन भएन । जतिसुकै व्यवस्था परिवर्तन भएपनि नेताहरूको दिमागमा केही परिवर्तन भएन। आफूलाई राजतंत्रवादी, प्रजातन्त्रवादी, गणतंत्रवादी, सर्वहारावादी, मार्क्सवादी जे जे वादी भनेता पनि सत्ता पाएपछि आफू, आफ्नो नातागोता वा बढीमा आफ्नो गूटका पिछलग्गुहरूका स्वार्थभन्दा टाढा जान सकेनन्। यति साह्रै गलत भईरहेपनि म निराश चाहीं छैन किनभने :
    – नेपालीहरू आन्दोलन गर्न पछाडि पर्दैनन्। हरेक दश/बाह्र वर्षमा शासकहरुलाई धूलो चटाएकै छ।
    – नेपालका अधिकांश नेताहरू, न्यायाधीशहरू, प्रहरी हाकिमहरू, सरकारी कर्मचारीहरू, पत्रकारहरू
    भ्रष्ट भएपनि अझैपनि केही ईमानदार र असल नियतका हाकिमहरू (जस्तै कुलमान ), पत्रकारहरु (जस्तै रबि लामिछाने, उमेश श्रेष्ठ आदि) छन्।
    एउटा दुखलागेको कुरा चाहीं के हो भने नेपालका नेताहरुमा कानूनको शासन (Rule of Law )
    चाहिन्छ भन्ने कुरा किन दिमागमा आउँदैन? हे भगवान (यदि तिमी कतै छौ भने) के नेपालका दिमागमा तिमीले केही अपरेसन गर्न सक्दैनौ?

    Reply
  14. Slok says:
    August 18, 2019 at 10:21 pm

    For me Rabi sir and his team are the last hope for the common people..he is like our brother ,friend,friend ,guardian who is always there with us whenever we have problem regardless of any region, any religion,any caste or any country you are..For people like us ..he is our last hope..

    Reply
  15. govind thapa says:
    August 18, 2019 at 10:06 pm

    ठेट कुरा थाहा पाउन मेरो संसार पढ्नै पर्छ हरेक कुराको सहि analysis सत्यतत्य प्रमाणसहित सस्प्रेसर गर्ने एक मात्र ब्लग मेरो संसार

    Reply
  16. Ram Lama says:
    August 18, 2019 at 9:39 pm

    सुपर एंड साँचो कुरा |
    यसलाई BBC र CNN जस्ता नेटवर्कमा पनि पठाउने कि

    Reply
  17. मनबहादुर लोपचन तामांग says:
    August 18, 2019 at 9:16 pm

    न. ३ पाठ मन पर्यो|
    राजनीति र प्रशासन (सरकारको कर्मचारीतन्त्र) मा कोही पनि हीरो जन्मिएनन| व्यवस्था परिवर्तन भएपनि धेरैजसो सबै मानमनितो र भ्रष्टचारमा लिप्त|
    राजनीतिका खेल्वाडीहरुका केहि दृष्टान्तहरु हेरौ:
    आफैले धन नकुम्ल्याए जस्तो देखिए तापनि नाता आफन्त मित्रहरुलाई मोटाउन फस्टाउन र पोश्टाउन आँखा चिम्लेर सहयोग गर्दै रहे| यस श्रेणीमा पर्नेमा गिरिजा, किसुनजी र गणेशमानजी पनि पर्छन| बाबुराम पनि त्यही ड्याङ्गका हुन| जेपी गुप्ता, खुमे, गोबिन्दे, चिरन्जीवी प्रतिनिधि पात्र मात्र हुन| अहिले जो संसदमा छन्, प्रचण्ड ओली देखि सबै कमाउनिष्ट भएको नेपाली जनताले देखेका छन्| शेरेले आफ्नो दरवार बनाए, उनलाई जनता संग सरोकार छैन, छाऊ प्रथाले उनलाई बिझाउदैन| रामशरण आदिले अर्थ र परराष्ट्र मन्त्रि बारम्बार हुँदा पनि मुलुकले गति लिन सकेन| यो देशमा नेताहरुले बिकाश गरे तर मुलूकले किन बिकाश गर्न सकेन? ६० लाख युवा श्रम गर्न वाहिरिदा पनि किन यतिका वर्ष सम्म कुनै योजना परियोजना बनेन जसले तिनीहरुलाई स्वदेशमै रोजगारी दिन सकोस|
    प्रशासनका उच्च पदमा बस्नेहरु विदेश भ्रमण र अध्ययनमा तल्लीन रहेर दाताहरु संग खाते व्यवहार गर्दै रहे| उदेश्य: टीएडीए कमाउन र देशको होइन आफ्नो व्यक्तिगत प्रगति गर्न| विमल कोइराला, लीलामणि पोखरेल, केजाती सुवेदी, भोजराज पोखरेल, उमेश मैनाली, ल जो आए पनि त्यस्तै| कसैले आँट र साहस देखाएर यस्तो हुनपर्ने र यस्तो नहुनपरने भनेर किटानीको भाषामा भनेनन् र भनेका छैनन्| वहालवालाले त भन्ने भएनन् तर अवकाश पाएकाहरुले पनि अर्को नियुक्तिको लोभ र आशामा मुख खोल्दैनन| नोक झोकमा एक दुई पल्ट बोल्छन तर टिपेको सिस्नु दिनभरीको घाममा झुक्राएको अवस्था छ पुर्ब ब्युरोक्राटहरुको|
    प्रहरी पुर्णत राजनीतिकरण भैसकेको अवस्था छ| एयरपोर्ट र कमाउने ठाउमा रकम पेलेर सरुवा लिन्छन|
    सेनाले गणतन्त्ररुपी व्यवहारमा रुपान्तरण गर्न बाँकी नै छ| राजाको वफादार चौकीदार भनेर शताब्दी सम्म नाम फाल्यो तर ज्ञानेन्द्र नारायणहिटी छाडन वाध्य हुँदा बचाउन त परे जावस एउटा टुकडीले सलामी सम्म दिएन| कटवालको पालामा सेना झन् निच झर्यो| यथार्थ के भने शान्ति सेनामा नेपाललाई नलिईनु हो भने युवाहरु सेनामा भर्ना हुन छाडेर अन्तै जागिरको खोजमा जान्थे|
    न्यायाधीशहरु र दिएका निर्णयहरु कति विवादास्पद छन्, त्यसबारे जनताको चेतना पुर्ण रुपमा खुल्न बाँकी छ| यसबारे यहा चर्चा नगरेकै वेस होला|

    अब यस्तो स्थितिमा रबि लामिछाने उदाए| देशको ६० लाख युवा वा काम गर्न सक्नेहरु बाहिर भएको बारे कुनै मुद्दा नै बन्दैन राजनीति र प्रशासनमा| उनीहरुलाई आकर्षण गर्न कसरि देशमा रोजगारी स्थापित गर्ने बारे छलफल र वहस गौण रहेको देखिन्छ| प्रशासन र राजनीतिमा उच्च र मध्यम पदमा रहेकाहरुको सर्वेक्षण गरियो भने थाहा पाईन्छ धेरैजसोका छोराछोरी सन्तान नाता कि विदेशमा छन् वा पठाउन उद्यतरत छन्, दाताहरुसंग गुहार्छन, दातालाई प्रभाव पारेर आफ्नो काम गर्छन|
    मुलुकमा दण्डहीनताको पराकाष्टा छ| माछाको टाउकोमै कुहेको छ| भ्रष्टचार बन्द गरिनपर्छ, गरिब निमुखा र पढेलेखेका र यो देशलाई बिकाशको बाटोमा लानपर्छ भन्नेहरुको आवाज कसैले सुन्दैनन्|

    रविले ती गुनासाहरुलाई ठाउ दिएका छन् जसका आवाज नत्र भने सुनिदैन वा वास्ता गरिदैन| परिणाम पनि दिलाएका छन्, सुझाव दिएका छन् र सही काम नगर्नेलाई प्रश्न गरेर कठघरामा उभ्याएका छन्| स्वास्थ्य मन्त्रालयका सह सचिवस्तरका अधिकृतले पोखरामा रंगेहात घुस लिंदा पक्राउ परेकालाई घोचेका छन्| नेपाली जनताका वाहवाही र प्रशंशा कमाएका पनि कतिसंग दुश्मनी बढाएका छन्| किशोर श्रेष्टलाई प्रश्न सोझ्याएका छन्| पत्रकारले पत्रकारलाई प्रश्न सोध्ने र घोच सक्ने परम्परा बसाएका छन् चाहे त्यो जवाफदेही पत्रकार जतिकै ठुलो पदमा होस्| आफुले आफुलाई पत्रकार भनेपछि जवाफदेहीताको पनि ख्याल राख्नपर्छ| यो लागु हुने हेक्का प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ट र रवि लामिछाने समेतलाई हुन आवश्यक छ|
    रविजीले आवाजविहीनलाई आवाज दिए| सरकारले वास्ता नगरेको मंगली गुरुङ चेली आत्माहत्यामा कसरि साधारण पत्रकारिता भन्दा माथि उक्लेर खोज गरे र सहयोग गरे त्यो सहजै बिर्सने कुरो होइन| खाडी मुलुकहरुमा उनको फलोवर फ्यानहरु टन्नै छन जसले उनीमाथि ठुलै आशा भरोसा राखेका छन|
    उनले दुश्मनी पनि निश्फिकरी कमाएका छन| ती दुश्मनहरु निश्कर्म र कुकृत्यमा सलंग्न छन र थिए जसको पर्दाफास उनले गरिदिए| तिनै दुश्मनहरु मुकुण्डा ओडेर अरुलाई अघि सारेर रविलाई समाप्त गर्न घुंडा धसेर लागि परेका छन|
    अन्तमा, दिवंगत शालिकरामजीका बारेमा अहिले धेरै नबोलौ, जांच र खोजले निर्क्यौल लगाउला तर भिडिओ हेर्दा जोकोहीलाई पनि लाग्न सक्छ उनलाई कसैले वाध्य पारेका छन नत्र बच्चा पिटेको जस्तो रुँदै र पढेको जस्तो बिलौना जाने बिचार गरेकोले नगर्ला|

    आशा गरौ रबिजीलाई यो अनुभवले अझ परिपक्क बनाउनेछ र उनी चाडै मुक्त हुनेछन र झन् बढी तनमनका साथ् आफ्ना काममा लाग्नेछन|

    Reply
  18. Arjun Kumar Sharma says:
    August 18, 2019 at 6:57 pm

    सहि कुरा गर्नु भो | सबैले आ-आफ्नो काम इमान्दारिताका साथ् गर्ने हो भने देश नै हिरो बन्ने थियो, जसरि एउटा मात्र त्यो पनि आफ्नै काम गरेर रबि हिरो बने |

    Reply
  19. Roshani Khanal says:
    August 18, 2019 at 6:20 pm

    I am with Ravi Lamichanne.

    Reply
    1. Purna says:
      August 20, 2019 at 7:17 pm

      तिमि जस्तै बुझ्नु न सुझ्नु को झुसे बारुलो ले बिगारेका छन् देश

      Reply
  20. Sagar Basnet says:
    August 18, 2019 at 6:12 pm

    ५ वर्षयताको रवि लामिछाने र दीपक बोहोराको सम्पत्ति छानबिन होस्

    रविले केही मुद्दाहरु जेन्युन उठाएको साँचो हो। तर तिनै जेन्युन मुद्दा बाहिर देखाएको भरमा पाएको जनसमर्थनलाइ उसले ब्ल्याकमेल गर्न प्रयोग गरेको छ। त्यही भिडको आडमा करोडौं कमाउने काम भएको छ। मर्दामर्दै शालिकरामले उठाएको विषयलाई कम्तिमा सालक्य जतिको पत्रकारले शंका गर्न सक्नुपर्छ। कतै ठिकै पो भनेको हो कि? अलिकति अनुसन्धान गरी हेर्नु पर्दैन? तपाइँको कलमले ५ वर्षयताको रवि लामिछाने र दीपक बोहोराको सम्पत्तिको तुलना गर्न सकोस्। त्यो सम्पत्तिको स्रोत के हो? एउटा पत्रकारले कसरी जोड्यो त्यो धन?

    Reply
  21. Rohini says:
    August 18, 2019 at 3:57 pm

    तपाइको कुरो सहि हो सालोक्य जी | जनता आजित भैसके देशका भ्रस्ट मानिस हरु देखि | दुइ तिहाई को सरकारले पनि केहि गर्न सकेको होइन | झन् भ्रस्टाचार फैलिएको छ देश मा | हरेक क्षेत्र मा भ्रस्टाचार |

    Reply
  22. सागर says:
    August 18, 2019 at 3:56 pm

    अमेरिकाको ठग फटाहाले नेपालमा गएर आफ्नो पेशा नछोडेको, नेपाली लाई दु:ख दिएको देख्दा खेद लागेको छ ।

    Reply
  23. Pratik Pradhan says:
    August 18, 2019 at 3:16 pm

    Let the police and judiciary carry out their work.

    No one is above the law or system.

    One is innocent until proven guilty.But let the justice system run its due course.

    Reply
  24. nimesh says:
    August 18, 2019 at 3:07 pm

    सहि विश्लेषण, जनतामा राजनीतिज्ञ, प्रहरी, अदालत तथा सरकारी प्रशासनप्रति चरम निराशा छाएको छ . त्यसको विकल्प नै रवि लामिछाने भई दिएको छ आजको नेपालीहरुको लागि .

    Reply
  25. Mad joshi says:
    August 18, 2019 at 3:03 pm

    Absolutely Right Analysis Salokya ji, 100% agree.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme