Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने?

Posted on August 17, 2019August 17, 2019 by Salokya

बिहीबार राति न्युज २४ टिभीको कार्यालयबाट पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्ने म्याद लिएको छ। पुडासैनीको मृत्युमा दुरुत्साहन गरेको बारे अनुसन्धान चल्दै गर्दा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर प्रदर्शन गरे। अश्रुग्यास नै प्रहार गर्नुपर्ने र केही घाइते हुने परिस्थितिसमेत बन्यो। कसले के भने त यो प्रकरणमा। केही प्रतिनिधिमूलक पात्रहरुको भनाई हेरौँ।

महजोडीको प्रतिक्रिया यस्तो रह्यो-

पत्रकार देवप्रकाश त्रिपाठीको प्रतिक्रिया यस्तो रह्यो-

त्यसैगरी पत्रकार बबिता बस्नेतले भिडियो सार्वजनिक हुनु गलत भन्दै आइजीलाई दोष लगाएर कसैले आत्महत्या गर्‍यो भने के हुने भन्ने प्रश्न उठाएकी छिन्-

त्यस्तै सीताराम कट्टेल धुर्मुसले निष्पक्ष छानबिनको आवाज उठाएका छन्-

रविन्द्र मिश्रले निर्दोष साबित होउन् भनेर ह्रदयदेखिको कामना व्यक्त गरेका छन्-

नारद खतिवडाले सांकेतिक स्टायटस लेखेका छन्-

रमा सिंहले निष्पक्ष जाँच होस भनेर पत्रकारको हक हितको नाममा रहेका संस्थाहरूले आवाज उठाउने कि ब्यबसायिक ईर्ष्या साध्दै मौन बस्ने भनेर सोधेकी छिन्।

नेपाल पत्रकार महासंघले टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुर्व्यवहारप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ।

यसैगरी प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलक्षित गरी सामाजिक सञ्जालमा फैलिएका हल्लाबारे उनले आफ्नो स्टायटसमार्फत् प्रष्ट पारेका छन्-

नवदीप अजनबीले मृत्युकालीन घोषणाबारे कानुनी प्रावधानबारे उल्लेख गरेका छन्-

सम्बन्धित ब्लगहरु
‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा?

पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो

5 thoughts on “रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने?”

  1. Pingback: किन उर्लिए चितवनमा यसरी हजारौँ ? मूलधारे मिडियामा नआएका आजका केही फोटोसहित « Mysansar
  2. Pingback: युट्युबरको फैसला विपरीत अदालतले थप्यो रवि लामिछानेसहित तीन जनालाई पाँच दिनको म्याद, अबको प्रक्रिया यस्तो हुन्छ « Mysansar
  3. Pingback: रवि प्रकरण : ५ दिन म्याद आज सकियो, अब के हुन्छ? यस्तो छ कानुनी प्रक्रिया – Mysansar
  4. madan bajracharya says:
    August 17, 2019 at 8:35 pm

    मर्ने मान्छेले झुठ बोल्दैन भन्ने कुरा जहिले पनि सत्य हुँदैन; मनोबिकारले पिडित भयको र बदलाको भावना तिब्र भयकाको मृत्युपुर्वको कुरा विकृत आसयको हुन् सक्छ/ पत्रकार र प्रतिष्ठा जव बाझिन्छ तव दुर्घटना पनि हुन्हु सक्छ अपराध पनि हुन् सक्छ/ यो घटनामा छानबिन गर्ने अधिकारीले रविज्युले उठाउँदै आयको कुरामा यस्तो अपराध गराउन सक्ने ककसको प्रतिष्ठामा प्रश्न चिन्ह लगायको छ त्यो पनि हेर्नु पर्छ/ यो घटना पनि निर्मल काण्ड जस्तै कुनै प्रतिस्थावान अपराधीको ग्रायण्ड डिजाईन हुन् सक्छ/

    Reply
  5. Prashant says:
    August 17, 2019 at 1:54 am

    सम्बन्धित निकायले तदारुकताका साथ बिना मोलाहिजा यो घटनाको छानबीन गरे दोषी पक्कै पता लाग्छ। तर नेपालमा यस्तो हुनसक्ने संभावना एकदमै कम छ। यस्तो हुँदो हो त आजसम्म दरबार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्डका दोषीहरू पता लागीसक्नुपर्ने हो। तसर्थ सही छानबीन होला जस्तो लागेको छैन। ‘आत्महत्या ‘ गर्नु भन्दा अगाडि खिचिएको र सामाजिक संजालमा भाइरल भएको भिडिओमा धेरै प्रश्न गर्न सकिने दृश्यहरु छन्। भिडिओमा देखेको लुगा र ‘झुण्डिंदा’ लगाएको लुगा, धेरै नजिकबाट खिचिएको भिडिओमा दुबै हात जोडेर बोल्दा क्यामेरा नहल्लिनु, लाखौं आम्दानि हुने काम छोडेर धेरैकम तलबमा ‘सिधा कुरा’मा काम गर्न थाल्नु, एकातिर थोरै तलबमा काम गर्नु परेर डिप्रेसन भएको भन्नु तर अर्कोतिर करोडौंको सम्पति जोडेको कुरा गरेको छ। मृतकको शरीरमा नीलडाम हुनु र ‘झुण्डिएको’ भनेको शरीरको एउटा खुट्टाले बेडमा छोएको भनाईहरु पनि बाहिर आएका छन्। यसरी हेर्दा यो आत्महत्या नहुन पनि सक्छ। हुनसक्छ कुनै शक्तिशाली गिरोहले एक तीर दुई निशाना बनाएको होस्। एकातिर शालिग्रामलाई हत्या गरी झुण्ड्याइयो र अर्को तिर उसलाई झुण्ड्याउनु अगाडि तर्साएर रबि र अरुको विरुध्द बोल्न लगाएर भिडिओ खिचियो। हेरौं सम्बन्धित निकायले कतिको निष्पक्षताका साथ यो घटनाको छानबीन गर्दछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme