Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ

Posted on August 15, 2019August 15, 2019 by Salokya

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज साँझ पक्राउ परेका छन्। जरुरी पक्राउ पूर्जी जारी गरेर उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ टिभीको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो। उनीहरु तीनै जनालाई आजै चितवन लग्ने तयारी छ।

पत्रकार शालिकराम पुडासैनीको हिजो सार्वजनिक भएको भिडियोमा उनले यी तीन जनाको नाम लिएका थिए र आफ्नो मृत्युका लागि उनीहरु दोषी भएको बताएका थिए।

के छ कानुनी व्यवस्था?

पहिले आत्महत्या हो भने कुनै पनि कारबाही हुँदैन थियो। तर गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्यालाई पनि कानुनी दायरामा ल्याइएको छ। आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको “मुलुकी अपराध संहिता ऐन, २०७४” ले गरेको छ।

प्रहरी के गर्दैछ ?

सर्वसाधारणले हिजो मात्रै यो भिडियो हेर्न पाएको भए पनि प्रहरीको हातमा भने यो १० दिनअगाडि नै परिसकेको हो। प्रहरीले यसैलाई आधार बनाएर अनुसन्धान पनि अघि बढाइसकेको हो।

भिडियोमा उल्लेख भएका पात्रहरुको विषयमा प्रहरीले एक चरणको अनुसन्धान गर्न भ्याइसकेको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार न्युज २४ टिभी छाडेर गइसकेपछि शालिकरामको रविसित कुनै सम्पर्क भएको प्रमाण भेटिएको छैन। रविले पनि अस्ति लाइभ भिडियोमा कल डिटेल, मेसेज सब चेक गर्न चुनौति दिएकै थिए।

यो प्रकरणको केन्द्रमा एक युवती छिन्। शालिकरामले भिडियोमा त्यो केटीको नामै लिएकी छिन्। अनुसन्धानमा संलग्न स्रोतका अनुसार युवती र शालिकरामबीच शारीरिक लगायत सबै किसिमको सम्बन्ध थियो। उनैसँग शालिक अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा जाने तयारी पनि थियो। बीचमा दुई बीच खटपट हुन्छ। खटपट हुनुको कारण थाहा भएको छैन। खटपट भएपछि युवती शालिकबाट टाढिन खोज्छे। विवाद हुन्छ।

युवती शालिकरामले यसो गर्न खोज्यो भन्दै न्युज २४ टिभीमा पुगेको र कार्यक्रम बनाउन लागेको भन्ने खबर शालिकरामले पाएको हुन्छ। युवती साँच्चिकै न्युज २४ टिभीमा पुगेकी हुन् कि हैनन्, त्यहाँ सीधा कुराको टिमले वा रविले उनीविरुद्ध रिपोर्ट बनाउँछु भनेका हुन् कि हैनन्- यो विषय अनुसन्धानमा खुल्न बाँकी छ।

रवि दाइसँग पनि कुरा गरिसकेँ, उहाँले रिपोर्ट बनाउँछु भन्नुभएको छ। अब तँलाई बलात्कारको मुद्दा लाग्छ भनेपछि विवाहित शालिकराम तनावमा आएको बुझिएको छ। उनले डिप्रेसनको औषधि पनि खान थालेका थिए।

अनुसन्धानकर्मीहरुका अनुसार कानुनको सामान्य सिद्दान्त मर्नेले झुट बोल्दैन भन्ने हुन्छ। यसअघि आत्महत्या गर्दा आत्महत्या गर्ने नै दोषी हुन्थे। तर भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन अनुसार आत्महत्या गर्न उक्साउने अर्थात् दुरुत्साहन गर्नेलाई पनि सजायको व्यवस्था छ। सामान्य अवस्थामा हुन्थ्यो भने मर्नुअघिको यही सन्देश नै रविलाई पक्रेर अनुसन्धान गर्ने आधार हुनसक्थ्यो।

यसअघि उत्तम सन्जेलको समता अस्पतालको केसमा त्यहाँ कार्यरत एक महिला कर्मचारीले आत्महत्या गर्दा उनीसँग भेटिएको चिटको आधारमा सन्जेल पत्नीसहित अस्पतालका दुई कर्मचारीलाई अभद्र व्यवहारमा म्याद थप गरेर आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अदालतमा मुद्दा लगिएको थियो। अदालतले तीन लाख धरौटीमा उनीहरुलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो।

अब तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर अनुसन्धान गरिनेछ।

सम्बन्धित ब्लग
पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

2 thoughts on “पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ”

  1. madan bajracharya says:
    August 16, 2019 at 10:56 am

    रविज्यु माथि यो आरोप पत्याउन सकिने कुरा हुँदै होईन/ पुडासैनी अबोध बच्चा होईन अस्माजिक कुरा जस्तै उसले विदेश जानको निमित …..सम्भंद समेत राख्ने कुरालाई मिडियामा छताछुल्ल गर्ने जिम्मेवारी बोकेको पत्रकारितामै संलग्न व्यक्ति हो/ तर उही तेस्तो गरेर हिड्छ भने उसको त् भंदाफोद गर्नु कुनै पनि पत्रकारको दाईत्व नै हो/ यदि रविले उसको गैरसामाजिक आचरण मिडियामा ल्याउने कुरा गरेकै हो भने कुनै गलत कार्य गरेको छैन/ रविले मिडियामा नल्याय अर्को रविले ल्याउनला; त् उअस्को त् बेईजति हुने नै थियो/ यहि दरले उसले आत्महत्या गर्न बाध्य भयो/ आफु सिट मर्नु बाहेक अर्को कुनै बिकल्प नभय पछि उसले आफु मर्दा मर्दै पनि रविलाई दुख दिने “रोगिलो” कुरा गरेर गय/ मलाई त् यस्तै लाग्छ/ यो कुरा ले मलाई उहिले सुनेको “अरुलाई दुख दिनै यो धरती फोहर गर्न जन्मेको व्यक्तिले मर्दा मर्दै पनि अरुलाई दुख हुने कुकार्य गरेर गयको याद आयो/
    यकजना यस्तै पुडासैनी रहेछ कुनै गाउँमा सबैलाई दुख दिंदै हिड्ने/ यक दिन उसको पनि दिन पुगेछ; मर्ने रोग लागेछ/ त् उसले आफुले दुख दियको सबैलाई बोलायर नक्कली पश्चाताप गर्दै आफु मर्न लागेकोले मर्ने व्यक्तिको अन्तिम इच्छ्या पुरा गरि दिन अनुरोध गरे/ उ बात दुखि हुनु परे पनि मर्न लागेको व्यक्ति प्रति सहानुभूति राखेर उसको अन्तिम इच्छ्या पुरा गरि दिन सबै माने/ त् उसले भने “मैले तिमीहरुलाई बाचुन्जेल दुख दियको दण्ड स्वरुप् म मरे पछि हरियो बाँसले खुव पिट्नु भने/ तर उसले प्रहरीमा पहिलानै उजुरी दियको रहेछ “मलाई गाउँलेहरुले पिटर मार्ने योजना बनायको छ भनेर/ गाउँलेहरुलाई त्यो कुरा थाहानै रहेनछ/ उ मरे पछि उसको अन्तिम इछ्या पुरा गर्न उसको लासलाई गाउँले हरुले हरियो बाँस ले पिटे/ पिटेको दाम त् रह्यो उसको लासमा/ प्रहरीले ती सबै गाउनेहरुलाई उसलाई पिटर मरेको आरोपमा जेल राखे/ विकृत आचरण भयकोले मरे पछि पनि दुख दिन्छ/ यस्तै गरेको हो यो पुडासैनी ले/

    Reply
  2. वीरेन्द्र says:
    August 15, 2019 at 9:10 pm

    पत्रकारको खोल ओडेर आफ्नो धन्दा चलाउने यी रवीहरू गतिला पात्र त हुदैहिइनन । तर त्यो भिडियो खिच्ने, मृतकलाइ ती सबै कुरा भन्न लगाउने र मारेर झुन्ड्याउने अरू कोहि थियो । यीनै तीन मध्य पनि हुन्सक्छन । तर त्यो भिडियो मृतकले खिचेको १००% हुँदै होइन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme