Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइन सपिङमा अविश्वास यसकारण

Posted on August 14, 2019 by mysansar

-पुष्पेन्द्र खड्का-

विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ्ग गर्ने चलन बढेको छ। तर अहिलेसम्म पनि अनलाइन सपिङ्गले उपभोक्ताको खासै विस्वास जित्न सकेको देखिँदैन। किन त? कारण धेरै होलान्। ती मध्ये केही खोतल्ने प्रयास गर्दैछु| विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो।

अनलाइन सपिङ्गको वेबसाइट बनाएरै अमेजोन डट कमले गरेको प्रगति त तपाइँले सुन्दै/पढ्दै आउनु भएकै होला। तर नेपालमा चाहिँ किन फस्टाउन सकिरहेका छैनन् अनलाइन सपिङ्ग?

प्रत्येक अनलाइन सपिङ्ग साइटमा एकै सामानको भिन्दाभिन्दै मूल्य हुन्छ। त्यो पनि धेरै फरक। आफ्नो मनपरी अंकित मूल्य राखेर धेरै छुट दिएको देखाउने गरेको पाइन्छ। मैले यहाँ एउटा सामानलाई उदाहरणको रुपमा लिएको छु, (K18S Smart Heart Rate Monitor watch) यो घडीको वास्तविक मूल्य कति??

यही एउटा घडीको अंकित मूल्य २९९९ देखि ७९९९ सम्म राखेर छुट दिएको देखियो। आखिर यसको वास्तविक मूल्य कति? कहिलेकाहीँ त एउटै साइटमा पनि एउटै सामान बेच्नेहरुले फरक फरक मूल्य राखेको देखिन्छ। पसलमा त अंकित मूल्य राख्ने पनि नियम हुन्छ। के अनलाइन सपिङ्गमा कुनै नियम छैन?

यो हाम्रो चिरपरिचित हङकङ बजार भनिने भृकुटीमण्डप भन्दा उग्र भएन? कि के नियम छ जान्नेहरुको उत्तरको प्रतीक्षा गर्दछु। अनलाइन सपिङ्गमा मान्छेको विश्वास नहुने मुख्य कारण मलाई चाहिँ यही लाग्छ। अरु पनि तल लेख्ने कोसिस गरेको छु।

२) फोटोमा हेर्दा एउटा सामान, डेलिभरी आउँदा त्यस्तै तर भिन्न (जो अहिले सामाजिक संजालमा धेरै चर्चित छ)

३) पसलमै गएर मोलमोलाइ (बार्गेनिङ) गरी गरी किन्ने बानी छ। अनलाइन सपिङ्गमा एक मूल्य हुन्छ जहाँ बार्गेनिङ गर्न पाइन्न।

४) धेरै पहिलादेखि हातैले छामेर सामान किन्ने बानी परेका नेपालीलाई फोटो हेरेर किन्ने बानी लगाउन गाह्रो छ। त्यहाँमाथि यी अनलाइन सपिङवालाहरुले फोटोमा एउटा भिडाउने अर्कोसमेत गर्छन्।

५) विदेशमा मानिसहरुसँग समयको अभाव छ। नेपालीहरुसँग जति पनि समय छ। एउटा पसलमा गयो, बार्गेनिङ गर्‍यो, चित्त बुझेन, फेरि अर्को पसल गयो। कसैले त एउटा सामान किन्न २,३ दिन पनि घुम्ने गर्छन्।

अन्य कारणहरु तपाईँ पनि तल कमेन्टमा थप्दै जानुहोला।

3 thoughts on “अनलाइन सपिङमा अविश्वास यसकारण”

  1. Mekh Gurung says:
    August 14, 2019 at 2:04 pm

    It is easy and lots of options in inline shopping if it’s too high price do not buy.also save time.

    Reply
  2. Shankar says:
    August 14, 2019 at 1:52 pm

    ग्राहक लाइ सुरक्ष्याको प्रत्याभूति | ढुक्क भएर किन्ने परिस्थिति छैन | मैले किनेको माल तेस्को सहि दाम होस्, गुण स्तर हुनुपर्ने जति होस् , बिग्रेको पाइएमा बिक्रेता ले फिर्ता लेवोस , तोकेको समय मा आइपुगोस , आफ्नो येकाउण्ट नम्बर चोरि न होस् |
    नेपालि व्यापारीमा बिग्रेको माल लाइ जसरि पनि झुक्काएर ग्राहक लाइ थमाइदिने , पछि बिबाद आए पाखुरा सुर्कने प्रबृत्ति छ | ग्राहक को कुनै रेस्पेक्ट नै छैन |जसरि नेता ले नेपालि जनता भनेको राँगो हुन् भन्ने सोच्छ , घोडा चढे पनि हुने , मासु खाए पनि हुने , तेस्तै व्यापारीले त् झन् चिकेन नै भन्ने सोच्छ , हातैले निमोठे पनि हुने |

    Reply
  3. Raju Acharya says:
    August 14, 2019 at 11:24 am

    दुइ पटक दराजबाट समान किने , समस्या भएको छैन ! कस्तो गर्छन भनेर सस्तो सामानहरु मगाएको थिए l तर अरुले गरेको गुनासो सुन्दै आएको छु !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme