नेपाली सेनाले आज एउटा अनौठो वक्तव्य निकालेको छ। अहिलेसम्म कुनै समाचार वा विचारमा प्रतिक्रिया जनाउनका लागि वक्तव्य निकाल्ने गरेको छ सेनाले। तर यस पटक भने कुनै प्रतिक्रिया नभएको प्रतिक्रिया दिन वक्तव्य निकालेको छ। सेनाको इतिहासमा प्रतिक्रिया नभएको प्रतिक्रिया दिन यसरी वक्तव्य निस्केको छैन होला।
खासमा वक्तव्य यो समाचारको प्रतिक्रियास्वरुप निकालिएको हो। आजको कान्तिपुरको पहिलो पेजमा कृष्ण ज्ञवालीले लेखेको मुख्य समाचारको शीर्षक छ- अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’। अनि मुनि लेखिएको छ- ‘मैना सुनुवार हत्या प्रकरणमा सुरूदेखि नै दोषीलाई सैनिक ऐनअनुसार कारबाही गर्न इन्कार गरेको सेनाले नियमित फौजदारी कारबाहीलाई समेत अवरोध गर्ने बाटो अपनाएको छ।’
खासमा मैना सुनुवार नभएर सुनार हो। सुनुवार हो कि सुनार हो भन्नेमा धेरै पत्रकार र मिडिया झुक्किएका छन्। कान्तिपुर पनि झुक्किएछ।
समाचारमा मैना सुनार हत्याकाण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुनमै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको उल्लेख छ।
२०७४ वैशाख ३ मा मैना सुनारमाथि हत्यामा दोषी ठहर्याउँदै काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलले महासेनानी बबि खत्री, सहसेनानीहरू अमिल पुन र सुनील अधिकारीलाई जन्मकैदको फैसला सुनाएका थिए ।
तीन फरार सैनिक अधिकारीको प्रतिरक्षामा सेना सर्वोच्च अदालत पुगेको समाचारमा उल्लेख छ। गत वर्ष भदौमा सेनाले दायर गरेको रिट सर्वोच्चमा प्रारम्भिक कारबाहीको अवस्थामा रहेको तर संविधान र कानुनअनुसार यो दर्ता हुने प्रकृतिको निवेदन नभइको समाचारको दावी छ। पूरा समाचार पढ्न क्लिक गर्नुस्।
२०६३ पुस ६ गते संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा पनि मैना सुनारलाई सुनुवार नै लेखिएको छ। प्रतिवेदन अनुसार सेनाले मैनालाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगी तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको एउटा ठूलो भाँडोमा मैनाको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो।
प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए; यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो; उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र औपधी उपचार नपाइकन उनको मृत्यु भयो । यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरियो। शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेसेको हिरासतबाट भाग्न खोज्दा मैनालाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे।
[documentcloud url=”http://www.documentcloud.org/documents/6267059-2006-12-01-HCR-Maina-Sunuwar-N.html” responsive=true pdf=false]
सेनाको प्रतिक्रिया
कान्तिपुर र केही अनलाइनहरुमा छापिएको समाचारपछि आज दिउँसो सेनाले यस्तो विज्ञप्ति निकाल्यो-
चरम यातनादायी र कठोर अमानवीय पीडा दिने र मृत्यु दिने क्रुर लाई फाँसी पनि कम सजाय हुन्छ| उनीहरुका आमा चेली बेटी थिएनन? मैनाकी आमाकी आँसुले दिनोरात पिरोलेनन? उबेला सेनाले आफ्नो हद नाघेकै हो| सर्वस्व हरण गरिन पर्छ र अन्तराष्ट्रिय समुदायले त्यस्ता कुकर्मी कार्यमा दोषी ठहरिएका हत्याराका नजिकका परिवारलाई समेत भिसा दिन वर्जित गरिनपर्छ| सेनाले सजाय पालना गराउन बाहेक एक थोपो केहि पनि दिनु हुँदैन|
तब मात्र सबैले सबक सिक्नेछन|
गरिब र असहाय महिलालाई चरम यातना र हत्या अनि उकास्ने नेताहरुलाई फूलमाला?
अबको २ दिनमा दोरम्बा हत्याकाण्डको बर्षगांठ आउदैछ| उक्त दिन दोरम्बाका शिक्षक युवराज मोक्तान र उनका परिवारका सदस्यहरु र उपस्थित अन्य निर्दोषहरुलाई उनैका घरमा र वरिपरि खाउखाउ लाऊलाउ उमेरमा सेना र प्रहरीले कसरि निर्ममतापुर्बक हत्या गरे, त्यो कसले बिर्सन सक्छ र? त्यो घाउ निको पार्न सिंगो गणतन्त्रका नाइकेहरुले आजका दिनसम्म न कुनै मल्हमपट्टी गरे न परिवारलाई न्याय दिन सके|
अढाई शताब्दी भन्दा पुर्ब पृथ्वीनारायण शाहले प्रतिशोधमा कीर्तिपुरेहरुको नाक काटेको कुकृत्य आज ज्वलन्त बनेर उनका विलासी, लोभी र हिया नभएका राजगद्दी असक्षम सन्तानले ब्यहोरीरहन परेको छ भने दोरम्बा काण्ड पनि आज नभए भोलि नत्र पर्सि निकोर्सी ब्युँतिनेछ|