Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले बनाएछ कोकको ‘तोरीलाउरे’ क्याम्पेन ‘जिग्री’

Posted on August 9, 2019August 9, 2019 by Salokya


केही दिनदेखि आकाशे पुलदेखि तपाईँको मोबाइलको फेसबुक र इन्स्टाको फिडसम्ममा ‘जिग्री’ आतंक छाएको छ। कोकाकोला नेपालले इतिहासमै सबैभन्दा धेरै सेलिब्रिटीहरुको प्रयोग गरेर सुरु गरेको यो क्याम्पेन क्रियटिभिटीको हिसाबले भने ‘तोरीलाउरे’ लाग्दैछ मलाई। विदेशका कोकाकोलाका विज्ञापन कति क्रियटिभ हुन्छन्, हेर्दा पनि रमाइलो। यहाँ भने ‘कहाँ गयो जिग्री’ भन्दै सेलिब्रिटीहरुलाई जोकर बनाइएको छ। उनीहरुको संवाद र अभिनय कृत्रिम प्रष्टै महसूस हुन्छ। हेर्नेलाई ह्या…के नाटक गरेको भन्ने भान पारी पारी विज्ञापन बनाउनुको अर्थ के हुन्छ, यो बनाउनले मनन् गर्नुपर्ने हो।

एक त आकाशे पुलमा कोकको लोगो राखेर ‘गोजीमा जिग्री छ?’ लेखिएको विज्ञापन राखिएको छ। त्यसले प्रष्ट हुन्छ- यो कोकको नयाँ फन्डा हो। त्यो भनेको पक्कै कुनै नयाँ बोतल हो।

अनि सोसल मिडियामा के के न नयाँ कुरा जस्तो गरेर सेलिब्रिटीहरुलाई जिग्री खोज्न लगाइएको छ- इन्दिरा जोशी, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, स्वप्न सुमनदेखि टिकटककी जुम्ल्याहा दिदीबहिनीसम्मलाई जिग्रीबारे यस्तो संवाद बोल्न लगाइएको छ कि त्यसले कोकको नयाँ बोतललाई प्रतिनिधित्व गर्न सक्दैन।

ढिला भइसक्यो…
जिग्री बिना कस्तो खल्लो लाग्छ..
जिग्री त्यो हो जसले तिमीलाई सधैँ साथ दिन्छ..
जहाँ गए पनि जिग्रीले कहिले छाड्दैन..
जिग्री फन हो, जिग्रीसँग मस्ती छ..

त्यही भएर कमेडी गरिरहने घण्टा होम प्रोडक्सनले जिग्रीको विषयमा यस्तो भिडियो बनायो-

जिग्री भेट्टाएको सूचना भन्दै बनाइएको भिडियोमा जिग्रीलाई कन्डम बनाइएको छ। जिग्रीको विज्ञापनमा प्रयोग गरिएका शब्द कोकलाई हैन, कन्डमलाई सुहाउने रैछ भनेर यो क्याम्पेनका संवाद लेखकले बुझे हुन्थ्यो।

के नेपालका विज्ञापन बनाउनेहरुका क्रियटिभिटी सकिएकै हुन्? जिग्री रे ! एक त यो शब्द नै नेपाली हैन।

हिन्दीको ‘जिगर’ शब्दमा ई प्रत्यय जोडेर बनेको शब्द हो- जिगरी।

अन्तरङ्ग, whole hearted भन्ने अर्थ दिन्छ यो हिन्दी शब्दले।

यो शब्दलाई नेपालमा चर्चित बनाएको भने धुर्मुसका भाइले हुन्। धुर्मुस अर्थात् सीताराम कट्टेल जो अहिले हास्यव्यङ्ग्यमा भन्दा समाजसेवाबाट नाम र दाम कमाउन तर्फ लागिरहेका छन्। उनैका भाइ हुन् कुमार कट्टेल। भद्रगोल टेलिशृङ्खलामा उनले गर्ने पात्रको नाम हो जिग्री। उनैको नाममा जिग्री पाँडे प्रतिष्ठान नामको एउटा संस्था समेत खुलेको छ।

नेपालका टेलिसिरियलका पात्रका उपनाम यस्तै यस्तै हुन्छन्- जिग्री, मुलाको साग, मुखमा हान्दिन्छु।

नेपालीमा हुँदै नभएको, कुमार कट्टेलले कपिराइट मात्र नलिएको एउटा पात्रको नाममा कोकले सिङ्गो क्याम्पेनै चलाइदिएछ। भयो अब? कुमार कट्टेलले ट्रेडमार्क लिएनन्, कोक बाठो। उसले त ट्रेडमार्कै दर्ता गरिसकेछ। हेर्नुस् त बोतलको लेबलमा TM लेखिएको-

त्यसो त नेपालमा ट्रेडमार्क त जेको पनि लिन पाइयो नि कसो कुमार कट्टेलको स्केचसहित जिग्री बनाइएनछ ट्रेडमार्क। भर्खरै Rowan Atkinson को स्केचसहित मिस्टर बिन लेखिएको चाउचाउ ट्रेडमार्कमा दर्ता भएछ

कोकले ट्रेडमार्क दर्ता गरेको हो भने उसले कट्टेललाई जिग्री नाम प्रयोग नगर्न कानुनी सूचना पठाउन वा मुद्दा दायर गर्न सक्छ। तर सित्तैमा विज्ञापन हुन्छ, किन त्यसो गर्ला र उसले।

क्रियटिभिटीको सत्यानाश भएको एउटा अर्को विज्ञापन हेरौँ-

T20 क्रिकेट विश्वकप चलिरहेका बेला राष्ट्रिय दैनिकहरुमा आएको विज्ञापन हो यो। T20 भन्ने थाहा रहेनछ विज्ञापन बनाउनेलाई। त्यसलाई छाडिदिउँ। अब विश्वकप हेर्न छाडेर कसैले लक्ष्मी बैँकको खाता खोलिराख्ला भन्या?

फेरि त्यो अनलाइन फर्म भरेर खाता खुल्ने हैन, बैँकमा जानु परिहाल्छ। विश्वकप हेर्न छाडेर बैँकमा कुद्‍ने?

अनि यो विज्ञापन हेर्नुस् त-

यसको बारेमा अर्को ब्लगमा लेखौँला।

5 thoughts on “कसले बनाएछ कोकको ‘तोरीलाउरे’ क्याम्पेन ‘जिग्री’”

  1. Pingback: कोकाकोला उपभोक्तालाई हेप्‍ने अर्को एउटा क्याम्पेन « Mysansar
  2. Pingback: कोक अल्छी भएको कि उपभोक्तालाई हेपेको? « Mysansar
  3. Shankar says:
    August 10, 2019 at 3:25 am

    मलाई त् माड़ेले नै कपिल प्रधान नाम दिएर काउन्टर गरेजस्तो लाग्यो | तपाइँ जे भएपनि पहाडिया नेता भन्नासाथ तपाइको को कुरा बुजियो , हो पहाडिया नेता बेइमान नै हुन् , तर यहा सन्धर्भ नेपाल चुस्ने माडे हरुको छ | लोटा लिएर नेपाल पसेका र अरबौ कमाएर पैसा विदेश मा थुपारेका माड़ेको कुरा गरेको हो |
    सानै देखि सुनेको, देखेको कुरा हो , नेपालि ब्याङ्क हरु बाट पैसा लिएर ब्यांक डुबाएर मुनाफा हसुर्ने र विदेश ठुपार्नेको बिरोध गर्दा तुच्छ बिचार हूने भने तपाइको महान को परिभाषा के ?
    तपाइँ ले चिया पसलको गफ दिएर माड़ेको देखावटी समाज सेवा , र देश बिकास को गफ पत्याउने ? अलि अध्यान गर्नुस , मैले नै देखेको सिताराम केडियाको को सिताराम मिल्क्स मा अधिकांस कर्मचारी बिहारी र इन्डियन २,४ पिउन पाले चै , सेक्युरिटी चै नेपालि |
    तपाइले अध्यान न गरि फुस्स पादने बानि छोड्नुस बरु |अरु उद्द्योग , ब्यापार लाइ पनि नियालेर हेर्नुस | तपाइँ हरुजस्तै को बेकुफिले उनीहरु मोटाएको हो |
    काथ्मान्दुको सडक मा पिउने पानि को २-४ आस्थायी काउण्टर राख्दैमा समाज सेवा भयो ?

    Reply
  4. कपिल प्रधान says:
    August 10, 2019 at 1:13 am

    शंकर जी ले कुन चाहिं “माडे” को कुरा गर्नु भयो ?

    हामी ले थाहा पाए अनुसार त हाम्रा “पहाडिया” नेता हरुले खान सम्म खाएर विदेश मा तिन का छोरा छोरी ले व्यापार गर्ने , घर किन्ने , बैंक मा पैसा लुकाउने गरेका छन /

    यो माडे साडे , मदिसे भन्ने पुरानो घटिया प्रवृत्ति छाड्दिनुस शंकर जी / बरु मारवाडी हरु ले देश मा कारखाना , मिल इत्यादि स्थापना गरेका छन् , समाज सेवा मा लागेका छन / तपाई काठमाडौँ बसेर आफु लाइ के के न ठान्ने ? कुन जमाना मा हुनु हुन्छ तपाईं र यो तुच्छ racist विचार अझै राख्नु हुन्छ ?

    Reply
  5. Shankar says:
    August 9, 2019 at 2:10 pm

    माड़े हरुले नेपालि ब्यांक बाट पैसा लिएर लागानी गरेर कमाएको पैसा जति इन्डिया लगेर इन्डिया थुपार्ने , उल्टै नेपालि भासा , सस्कृति को मजाक बनाउने चलन उहिले देखि कै हो |
    प्रचनडेको जन आन्दोलन ले गाउका साना नेपालि ब्यापारी हरुलाई चन्दा मागेर कतिको उठिबास गरायो तर उनीहरुलाई कहिले छुयेंन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme