Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अचानक मृत्यु अर्थात ‘सडन डेथ’ बाट कसरी जोगिने ?

Posted on August 8, 2019August 8, 2019 by राजेन्द्र मगर

राती सकशुल रहेको मानिस बिहान उठ्दा मृत फेला परेको धेरै भेटिन्छ।

अर्थात सुतेर बिचमा उठ्दा मानिस मरेको उदारणहरु धेरै छन्।

किन र कसरी हुन्छ त यस्तो ?

खासगरी राती धारामा पानी आएको नआएको हेर्न,अन्य घरेलु कामका लागि वा पिसाव फेर्नका लागि निस्कँदा मानिसको अचानक मृत्यु हुने गरेको छ । यसबाट बच्न हरेक मानिसले साँढे तिन मिनेटको नोट लिनु अपरिहार्य हुन्छ ।

बिशेषगरी धेरैजसो स्वस्थ र हृष्टपुष्ट देखिएका मानिसहरुको राति अचानक मृत्यु भएको खबर हामीले सुन्ने गर्दछौं । ‘हिजो, मात्र उनीसँग कुरा गरेको, राती कसरी अचानक खसेछन् ?’ भनेर मानिसहरुले भनेको हामीले सुन्ने गर्छौं ।

यसको कारण के हो भने, जब तपाँई राती शौचालय जानकालागि उठ्नु हुन्छ, यस्तो घटना एकदम छिटो हुन्छ। हामी अचानक रोकिन्छौं र मस्तिष्कमा रक्तसंचार हुँदैन।

‘साँढे तीन मिनेट’ किन अत्यन्त महत्वपूर्ण छ? मध्य रातमा पिसाबले च्यापेर तपाई उठ्नु हुँदा तपाईँको ईसिजीको ढाँचा परिवर्तन हुनसक्ने सम्भावना रहन्छ।

ओछ्यानबाट अचानक उठ्दा, मस्तिष्कमा (ब्रेनमा) अचानक रगतको कमी हुनगई (एनिमिक भएर) यसले हार्ट फेलियर सम्म गराउन सक्छ ।

बच्न के गर्ने त ?

१. जब राती उठ्नुहुन्छ, एक डेढ मिनट ओछ्यानमै बस्नुहोस् ।
२. अर्को आधा मिनेटको अवधिमापनि ओछ्यानमा बस्नुहोस् ।
३. ओछ्यानको किनारामा बस्नुहोस्, गोडाहरु झुण्ड्याएर अर्को आधा मिनेट आराम गर्नुहोस् ।

यसरी साँढे तीन मिनेट पछि, तपाइँको मस्तिष्कमा रक्तसंचार सुनिश्चित हुन्छ भने मुटु पनि कमजोर हुने छैन । जसले तपाँईको बेहोस भएर ढल्ने र एक्कासी मृत्युहुनसक्ने जोखिमलाई घटाउँछ ।

अचानक मृत्युको कुरा युवादेखि बच्चा सबैलाई हुने गर्छ।

1 thought on “अचानक मृत्यु अर्थात ‘सडन डेथ’ बाट कसरी जोगिने ?”

  1. श्रीकृष्ण अधिकारी says:
    August 9, 2019 at 2:42 pm

    मस्त निदाएको बेलामा मान्छे आफै मरेतुल्य हुन्छ । यो हिसाबले निन्द्रा एक किसिमको काल नै हो । जब राती पिसाब लागेर बिउझिईन्छ त्यतिबेला युरिनरी ब्लाडर फुट्ला जस्तो भईसकेको हुन्छ । अनि त्यस्तो अवस्थामा २ मिनेट ध्यान गर्ने १ मिनेट मौन बस्ने अर्को १ मिनेट ओछ्यान मिलाउने मेलो मेसो बन्ला र ? यो अवधिमा त ओछ्यानमा लिकेज हुन बेर लाउन्न ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme