Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फङ्गल इन्फेक्सन बाट कसरी जोगिने ?

Posted on August 5, 2019August 11, 2019 by राजेन्द्र मगर

गर्मीमा छालाका विभिन्न समस्या देखिन्छन्। छालामा देखिने धेरै समस्यामध्ये फंगल इन्फेक्सन एक हो।

गर्मीमा पसिना, वायुमा आर्द्रता बृद्धि अनि शरीर गुम्स्याउनाले फङ्गल इन्फेक्सन हुन्छ । यो एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ।

फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ बन्ने लगायतका समस्या देखापर्छन्। सरसफाइमा ध्यान नदिँदा र धेरैबेर शरीरलाई गुम्स्याएर राख्दा गर्मीमा यस्तो समस्या देखिन्छ।

गर्मीमा फङ्गल इन्फेक्सनका कारणले काछ लागेर कतिपय मानिसलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ।

के कारणले हुन्छ?

गर्मी महिनामा पसिना धेरै आउने हुँदा यो समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ। शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ।

डाइपर लगाउने बच्चामा पनि डाइपर लगाउने भागमा काछ लाग्नेगर्छ। मोटो बच्चाकामा घाँटीमा यस्तो समया बढी देखिन्छ।

लक्षण

छाला चिलाउने, छाला रातो हुने, छालामा गोलो रिङ हुने, छाला उप्किने, पानीका फोका जस्तो घाउ आउने, घाउमा सेतो पाप्रा जम्ने,औँलाको काप सुन्निने।

पहिचान

चिलाउने, गोलो आकारको रिङ देखिने, छाला रातो हुने, कापकापमा काछ लाग्ने जस्ता समस्या देखिएमा तुरुन्तै छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ। घाउको माथिको पाप्रालाई जाँज गरेपछि यो रोगको पहिचान हुन्छ।

उपचार

रोग पहिचान भइसकेपछि चिकित्सकको सल्लाहअनुसार घाउमा लगाउने मल्हम, औषधि लगाउने र औषधि खाएर पनि सुकाउन सकिन्छ। साथै एन्टिफंगल इन्फेक्सन पाउडर र साबुनको प्रयोग गर्न सकिन्छ।

बच्ने उपाय

– गर्मी महिनामा नुहाएपछि राम्ररी पुछेर शरीर सुख्खा राख्ने

– गर्मी महिनामा सुतीको हल्का लुगा लगाउने

– शरीर ओसिलो हुनबाट जोगाउने

– पसिना धेरै आउन नदिने र शरीर गुम्स्याएर नराख्ने

– बजारमा जथाभावी पाइने औषधि नलगाउने

– जुत्ता धेरै दिनसम्म एउटै नलगाउने, जहिले पनि सुतीको मोजा लगाउने र मोजा दिनहुँ धुने

– धेरै पसिना आउनेले एन्टिफंगल पाउडर र साबुनको नियमित प्रयोग गर्ने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme