Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुटु कसरी बिग्रन्छ ? बच्ने कसरी ?

Posted on August 4, 2019August 4, 2019 by राजेन्द्र मगर

‘मुटु कसरी बिग्रन्छ ?’

यो प्रश्नमा अधिकाशं चिकित्सकहरुको जवाफ हुन्छ, ‘बदलिँदो जीवनशैली, खानपानको गलत छनौट र आवश्यकताभन्दा बढी मानशिक तनाव।’

यी र यस्तै कारणले मुटुसम्बन्धी रोगका बिरामीको संख्या विश्वमै बढ्दै गएको छ। नियमित शारीरिक व्यायाम नगर्दा पनि मुटु रोगले च्याप्छ भने धुमपान र  अत्यधिक प्रदुषण मुटु रोगी बढ्नुको अर्को कारण हो।

के हो मुटुरोगको लक्षण ?

  • मुटुको चाल बढेको अनुभव हुन्छ।
  • रिंगटाले गर्दा बेहोस पनि हुन्छन्।
  • छाती दुखेको अनुभव हुन्छ।
  • सास फेर्न गाह्रो हुन्छ।

गर्मीमा भन्दा जाडोमा जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ। धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ

मुटुको रगत प्रवाह गर्ने धमनीमा अवरोध आउँनासाथ रक्तसञ्चार रोकिन्छ अनि त्यहाँको मांसपेशी मर्न थाल्छ। त्यसले मुटुको काम गर्ने पक्रियामा अवरोध पुर्याउँछ र हृदयाघातले आक्रमण गर्छ।

शरीरको कुनै भाग काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाडेको जस्तो हुने, छुँदा थाहा नहुने भयो भने मुटु जचाउँन गइहाल्नु पर्छ।

नियमित स्वास्थ्य परीक्षण, स्वस्थकर खानेकुराको सेवन तथा दैनिक व्यायामले मुटुरोग कम गर्न सकिन्छ। त्यसैले चिकित्सकहरु भन्ने गर्छन्, ‘तपाईको मुटुको सुरुक्षा गर्ने जिम्मा तपाईकै हातमा हुन्छ।’

कस्तो हुनुपर्छ मुटुको चाल ?

मुटुको चाल ६० देखि सयको बीचमा हुनु पर्छ। यदी मुटुको चाल ६० भन्दा निकै कम र सय भन्दा निकै माथि हुन्छ र  त्यो कुराले बिरामीलाई गाह्रो भयो भने मुटुको चाल गडबडी भएको भन्ने बुझ्नु पर्दछ।

मुटुको चाल गडबडी किन हुन्छ?

कसैको जन्मजातै मुटुको चाल गडबडी गराउने अरु तन्तुहरु हुन सक्छन्। कसैको भने समयक्रम अनुसार मुटुमा इन्फेक्सन भयो वा मुटुको नशा ब्लक हुँदा (जसलाई हृदयघात पनि भनिन्छ) यस्तो हुन्छ।  मुटुको बनावटमा आएको परिवर्तनले पनि मुटुको चाल गडबडी हुन सक्ने सम्भावनाहरु हुन्छन्। यस्तै उमेर बढ्दै जाँदा मुटुको चाल गडबडी गराउने तन्तुहरुमा ब्लक हुने वा त्यस्ता समस्या ल्याउने खालको अरु तन्तुहरु निस्कने अथवा मुटुको चाल गडबडी बनाउने खालको अर्को तार बन्ने अवस्था आएको खण्डमा पनि समस्या हुनसक्छ।

मुटु स्वास्थ राख्न के गर्ने ?

कोलस्टोर र मुटुको सम्बन्ध निकट हुने भएकाले यसको नियन्त्रण आवश्यक छ। कोलस्टोर बढेमा त्यसले मुटुमा असर पार्छ।

हाई ब्लड प्रेसर छ भने पनि नियमित औषधि सेवन गर्ने खानपिनमा ध्यान दिने र नियमित एक्सरसाइज गर्नुपर्छ। यसले हृदयाघातको जोखिम कम गर्छ।

हृदयाघातको अर्को कारण धूमपान पनि हो। जसले धूमपान जारी राख्छ उसलाई पुनः हृदयाघातको जोमिख उच्च हुने उल्लेख छ।

हृदयाघातको जोखिम कम गर्न आफ्नो तौलसमेत नियन्त्रणमा राख्न आवश्यक छ। आफ्नो लम्बाई र उमेरको आधारमा आवश्यक तौल पहिल्याएर तौल नियन्त्रणमा राख्नु बुद्धिमानी हुन्छ।

पसिना निस्कने गरी आधादेखि एक घण्टा नियमित एक्सरसाइज गर्दा त्यसले रक्त प्रवाहलाई सहज बनाउँछ। मोटोपना कम गर्छ। आयु बढाउँछ ।

अत्यधिक चिल्लो खाना, ड्राइफुडको नियमित सेवनले समेत हृदयाघातको जोखिम बढाउँछ। भिटामिन ई, फाइवर, पोटासियम रहेको खानेकुरा खाने हो भने यसले हृदयाघातको जोखिम कम गराउँछ। तारेको खानेकुरा र नुनको मात्रा जति कम गर्नसक्यो उति उत्तम हुन्छ।

हृदयाघातको अर्को कारक सुगर पनि हो। सुगरको रोगीले सुगरको मात्रा नियन्त्रणमा राख्न अपरिहार्य छ।

जैतुनको तेल चयन राम्रो मानिन्छ। सकेसम्म थोरै तेलको प्रयोग मुटुको आयु बढाउन फाइदाजनक हुन्छ।

यस्तै धुम्रपान— मध्यपान सेवन पनि नगर्ने हो भने मुटुको रोग र मुटुको चाल गडबडी सम्बन्धी समस्याहरु निम्तने सम्भावना निकै कम हुन्छन्।

वेबमेडको सहयोगमा

 

 

2 thoughts on “मुटु कसरी बिग्रन्छ ? बच्ने कसरी ?”

  1. madan bajracharya says:
    August 6, 2019 at 7:22 pm

    मुटुको गति अनियमित गलत खानपान औषधि र रोग मात्रै होईन मानशिक कारणले पनि मुटुको गति अनियमित हुन्छ/ मानशिक कारणले मुटुको गति अकस्मात बढेको अनुभूति सबैले गरेकै हुनु पर्छ/ अप्रत्याशित आशंका खतरा आतंक र हुन् सक्ने घटनाको अनुभूतिले मुटुको गतिलाई अनियमित गर्छ/ जसरि जुन गतिमा चल्नु पर्ने हो त्यो भन्दा फरक तरिकाले मुटु चलेमा मुटु बिग्रन पनि सक्छ बन्द पनि हुन् सक्छ/ मुटुलाई बारम्बार अनिमियत गतिमा चलन बाध्य गराउने सबै कुराहरु मुटुको रोगको कारण बन्न सक्छ/ उदाहरणको निमित बनाउने कम्पनीले तोकेको अधिकतम गति भन्दा बढी गतिमा चलाय यन्त्रहरु बिग्रन्छ; तेस्तै बिग्रन्छ हाम्रो मुटु पनि/

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    August 5, 2019 at 4:03 pm

    प्रेममा धोका खानेहरुको पनि मुटुमा समस्या हुन्छ, मुटु छिया छिया हुन्छ भन्छन् नि के हो वास्तविकता ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme