Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाई भिक्षुको फोटो राखेर समृद्ध नेपालको विज्ञापन, एनएमबी बैँकको के पारा हो यो?

Posted on August 12, 2019August 12, 2019 by Salokya


यी श्रामणेर (बौद्ध भिक्षु बन्ने क्रममा रहेका) फोटोहरुको सिरिज हेर्नुस् त एक पटक।

केही याद आयो? कतै देखे देखे जस्तो लाग्यो?

नेपाली वेबसाइटहरु हेर्नुहुन्छ र पत्रपत्रिकामा विज्ञापनतिर आँखा लगाउनु हुन्छ भने पक्कै पनि तपाईँले याद गरेको हुनुपर्छ। अब यी मध्ये एउटा मात्र फोटोमा ध्यान दिउँ।


यो फोटो मैले रोयल्टी फ्री इमेजहरु पाइने साइट dreamsite बाट लिएको हुँ। यही सिरिजका अन्य फोटोहरु यहाँ क्लिक गरी हेर्न सकिन्छ।

नजिकको ठूलो फोटो हेरिसकेपछि त तपाईँलाई अनुमान गर्न अझ सजिलो भयो होला। धेरै सस्पेन्स नराखौँ, आउनुस् हेरौँ अचेल वेबसाइटहरुमा देखिएका विज्ञापन-

via GIPHY

पत्रिकाहरुमा पनि देखिएका छन् यस्ता विज्ञापन-

थाइल्यान्डका फोटोग्राफर सुभित माकाले खिचेको थाई श्रामणेरको फोटो राखेर विज्ञापन बनाउँदै एनएमबी बैँकले समृद्ध नेपालको गफ दिएछ।

डिजाइनरले बगेको पानीलाई थोपाथोपा देखिने गरी फोटोसपमा एडिट चैँ गरिदिएछ।

के नेपालको कुनै फोटो पाउन सकेन अर्ब नाफा गर्ने बैँकले ? नेपालकै कुनै फोटोग्राफरलाई अलि गतिलो पैसा दिएको भए योभन्दा गजबको थिममा आफ्नैपन भएको फोटो खिचेर दिनसक्थे होला। अर्ब नाफा गर्ने बैँकले सस्तो स्टक फोटो प्रयोग गरेर समृद्धिको गफ दिएको कति नसुहाउने।

अनि फेरि हाम्रा विज्ञापन बनाउनेहरुको क्रियटिभिटी के भा’को? बचतसँग भिक्षुलाई किन जोडेको ! भिक्षु भनेको के हो त थाहा छ नि। भिक्षु त संसार त्यागेर हिँडेको मान्छे हो। भिक्षुको दिनचर्या बचतबाट हैन, अरुको दानबाट चल्छ। आफ्नो दानपात्रमा जे पर्छ, त्यही खान्छ उसले। दानपात्र देखाएर बचत गर्नुपर्छ भन्ने सन्देश दिन खोज्नु विज्ञापन बनाउनेको दिमागमा क्रियटिभिटीको खडेरी पर्नु हो।

अलि अघि याद गर्नुभएको थियो लन्डनमा के भएको थियो?

लन्डनको मेट्रोमा थाई भिक्षुको फोटो राखेर भिजिट नेपालको प्रचार गरेको थाहा भएपछि त्यो विज्ञापन त्यहाँबाट हटाइएको थियो।

अब एनएमबी बैँकले के गर्छ त? थाई भिक्षुको फोटो भएको विज्ञापन हटाउँछ कि दुई चार डलर तिरेर किनेको लोभले त्यो फोटो राखिरहन्छ? हेर्दै गरम् है। तीज आउँदैछ, बीच्च बीच्चमा नाचे पनि हुन्छ केरे 😛

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme