Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्तनपान गराउने आमाले ध्यान दिनु पर्ने कुराहरु

Posted on August 1, 2019 by राजेन्द्र मगर

आमाको दुध बच्चाका लागि अमृतसमान हुन्छ। हामीले सुन्दै आएको कुरा हो। आमाको दुध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरुको शरीरिक-मानसिक विकासका लागि अपरिहार्य हुन्छ ।

यतिबेला धेरैको घरमा नयाँ सदस्य भित्रिएको होला। खासगरी पहिलो बच्चा जन्माएका आमाहरुले बच्चालाई स्तनपान गराउने बारेमा केहि कुरा जान्नैपर्छ। किनभने उनीहरु यसमा अभ्यस्त भइसकेका हुँदैनन्।

स्तनपान गराउने आमाले ख्याल गर्नैपर्ने केहि कुरा छन्।

 

  • आमाको दुध नै बच्चाको सम्पूर्ण आहार भएकाले आमाले पनि पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा खानुपर्छ।
  • झोलयुक्त पदार्थ, ताजा फलफूल सेवन गर्नुपर्छ।
  • मदिरा वा धेरै पिरो अमिलो खानेकुरा सेवन गर्नु हुँदैन।

 

स्तनपानको क्रममा गरिने सानातिना गल्तीले बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ। स्तनपानको सही जानकारी नहुँदा शिशु कुनै इन्फेक्सनको शिकार बन्न सक्छ। र, आमाको स्वास्थ्यमा पनि कुनै प्रकारको नकारात्मक असर पार्नसक्छ।

१. कसिलो ब्रा नलगाउने

स्तनपान गराउने महिलाहरुले कहिले पनि कसिलो ब्रा लगाउनु हुँदैन । किनकी स्तनपानको दौरानमा तपाईंको स्तन अरु बेलाको तुलनामा अत्यधिक संवेदनशील हुन्छ। केही बेर कसिलो ब्रा लगाउँदा पनि स्तनमा धर्साहरु देखिन सक्छन्। स्तनपान गराउने आमाहरुका लागि नर्सरी ब्रा पाइन्छ। यसका अगाडिको बटन खोलेर आफ्नो शिशुलाई स्तनपान गराउन सकिन्छ।

२. दुधको मुन्टो सफा राख्ने

कतिपय महिलाहरु आफ्नो शिशुलाई जहाँ पनि र जति बेला पनि दुख खुवाइदिन्छन्। जबकि दुध खुवाउनुभन्दा अगाडि निप्पललाई राम्रोसँग मन तातो पानी, कटन वा टिस्यूले सफा गर्नुपर्ने हुन्छ । हातहरु जस्तै निप्पल र स्तन पनि फोहोर हुन्छन्। जसरी तपाईं खाना खानुभन्दा अगाडि हात धुनुहुन्छ, त्यसैगरी शिशुलाई दुध खुवाउनुभन्दा अगाडि निप्पल सफा गर्नुपर्छ।

३. मालिस गर्ने

स्तनपान गराउँदा अक्सर महिलाहरुलाई स्तनमा गाँठागुठी निस्किने समस्या हुन्छ। यसको समाधानका लागि दैनिक स्तनको मसाज गर्नुपर्छ। यसबाट स्तनमा रक्तसञ्चार तीव्र हुन्छ जसले गर्दा दुधको गाँठो बन्न पाउँदैनन।

४. दुधको मुन्टोमा घिउ

लामो समय स्तनपान गराउँदा महिलाहरुलाई निप्पलमा दुखाई सुरु हुन्छ। यसबाट बच्नका लागि निप्पलमा घ्यू दल्ने गर्नुस। यसले निप्पललाई सुख्खा हुन दिँदैन र चिसोपना बनाइराख्छ। यसो गर्दा बच्चाले लामो समयसम्म दुध चुस्दा पनि कुनै दुखाई महसुस हुँदैन्। साथै स्तनपान गराइसकेपछि बच्चाको थूकलाई निप्पलमा लागिरहन दिनुस। यसले कुनै प्रकारको हानी गर्दैन। यदि स्तनमा रौं उम्रेका छन् भने स्तनपान गर्नुभन्दा अगाडि यसलाई हटाउनु राम्रो हुन्छ।

५. स्तनमा साबुन नलगाउने

स्तनपान गराउने महिलाहरुले नुहाँउदा कहिले पनि स्तनमा साबुन दल्नु हुँदैन। किनकि साबनुमा हुने केमिकलले तपाईंको निप्पललाई कठोर र सुख्खा बनाउन सक्छ। केवल तातोपानीले स्तनलाई सफा गर्नु राम्रो हुन्छ।

६. स्तनमा गाँठोको कारण

कहिलेकाहीँ स्तनपानका दौरान स्तनमा गाँठा निस्किन्छ। दुध स्तनको कुनै भागमा जम्मा हुँदा यस्तो हुन्छ। पछि गएर यसले ठूलो रुप लिन पनि सक्छ। त्यसैले डाक्टरलाई जँचाउनु राम्रो हुन्छ।

५ सय क्यालोरी हुन्छ खपत

सायद धेरै आमाहरुलाई थाहा छैन होला कि स्तनपान गराउँदा एक पटकमा पाँच सय क्यालोरी खपत हुन्छ। यसको अर्थ हो स्तनपान गराउँदा आमाहरु सजिलसँग क्यालोरी कम गर्न सक्छन्।

८. स्वस्थ खानेकुरा खानुपर्छ

स्तनपान गराउने महिलाहरुले स्वस्थ खानेकुरामा बढिभन्दा बढि सेवन गर्नुपर्छ। किनकी आमाले खाएको खानेकुरा दूध बनेर बच्चासम्म पुग्छ।

स्तनपान सम्वन्धी गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुश हुन्छ ।

1 thought on “स्तनपान गराउने आमाले ध्यान दिनु पर्ने कुराहरु”

  1. Shankar says:
    August 2, 2019 at 4:36 pm

    बचालाई दुध ख्वाए आफ्नो जवानी चाडै सिद्धिन्छ , बुडी भैहालिंछ भन्ने सोच राख्नु हुने महिला ले न पडी न हुने लेख

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme