Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्

Posted on July 31, 2019August 1, 2019 by mysansar


नेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाह हिजो १८ वर्ष पुगेका छन्। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था गरिएपछि उनको गद्दी उत्तराधिकारी हक खोसिएको थियो। अर्थात् नेपालमा गणतन्त्र स्थापना हुनुअघि नै उनी गद्दीका उत्तराधिकारी नहुने कानुन बनिसकेको थियो। यहाँ हेर्नुस् पुरानो ब्लग।

१८ वर्ष पुगिसकेका ह्रदयेन्द्र राजतन्त्र हटिसकेकाले अहिले कुनै पदवी छैन। जन्मे लगत्तै दिइएको श्री ५ को आधिकारिक पदवी अहिले छैन।

पोहोर व्रतबन्ध गर्दा पूर्व राजा ज्ञानेन्द्रले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्तो गरेका थिए।

ह्रदयेन्द्रको पछिल्ला फोटो-

उनको अर्को फोटो

ह्रदयेन्द्र जन्मिँदाको विज्ञप्ति-

7 thoughts on “ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्”

  1. madan bajracharya says:
    August 6, 2019 at 10:50 pm

    कपिलज्यु
    तपाइंको कुरा यक्दम सहि हो/ तर हाम्रो नेपाल “गलत शासन पद्धति लादेको देसमा शासक आफुलाई निर्विकल्प बनाउन नागरिकहरुलाई बिकल्प बिहिन बनाउंने देसको अतुलनिय नमुना बनेको देस हो”/ नेपालको आजसम्म को शासक बर्ग र तिनीहरुको शासन पद्धति “आफ्नो कृतिको प्रसंसा आफै गर्ने चित्रकारको चित्र” जस्तै नै छ/ तेस्ता को तेस्तो “चित्र” माथि व्यंग नै हो माथिको चित्र/ अरु केहि गर्न सक्ने स्थितिमा त् हामि छँदैछैनौ; “तँ र तेरो त्त् यस्तो छ” भनेर सिधै भन्ने बा देखाउन नसकिने कानुन नै बनि सकेको छ तर व्यंग पनि गर्न नपाउने कानुन बनिसकेको छैन/ तेसैले व्यंग त् गर्दै गरौँ/ व्यंग यस्तो प्वाल हो जहा बात पर्दाले छोपेको “भ्वांग” लाई “ह्वाङ्ग” बनाउँछ; सिधै भन्ने हो भने व्यंग आफुलाई सुशासक भन्ने कुशसाकलाई नाङ्गो बनाउँछ/

    उहिलेको र अहिलेकाको पद्धति र प्रविती तुलना गरेर हेर्नुस मात्र नाम, सब्द र अनुहार फरक भयको अनुभूति हुन्छ/ यो पुर्व सट्टाको पुर्खा उहिलेको सट्टा हुन्छ/ पुर्खाको नाममा गाईजात्रा नाम दियको व्यंग पर्व हामि मनाउंदै आयको छनै/ अहिले जे भैरहेको छ तेस्लाई तेस्तै लिउ मित्र/

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    August 2, 2019 at 2:24 pm

    ” २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था गरिएपछि उनको गद्दी उत्तराधिकारी हक खोसिएको थियो। ” यो हरफमा केही संशोधन गर्नु पर्छ कि ?

    Reply
    1. Salokya says:
      August 2, 2019 at 2:27 pm

      पहिला त्यसमा राखिएको लिङ्कब्याक पढ्नुस् अनि बुझ्नुहुन्छ। जेठो सन्तान पूर्णिकालाई गद्दीको उत्तराधिकारी बनाउने भनिएको हो । यसमा पढ्नुस् त्यतिबेलाको ब्लग http://www.mysansar.com/archives/?p=674

      Reply
  3. Shankar says:
    August 2, 2019 at 7:44 am

    मदनजि
    तपाइँ सारै तर्कपूर्ण , ज्ञानी बिस्लेसन गर्नुहुन्छ | तपाइँ देशभक्त नेपालि हो |मैले बुझेसम्म तपाइँ राजभक्त हैन , तपाइँ ले अहिलेका भ्रस्ट सासक भन्दा त् तिनीहरु नैतिकवान बान र कमसे कम नेपालि त् थिए ( भित्रि खुफिया दलाल थिएनन् ) भन्ने तुलनात्मक अर्थमा लेख्नुभएको हो |तपाइँ ले कहिले पनि राजा आउ देश बचाउ भन्नु भएको छैन |
    तर धेरै तेस्ता पनि छन् जो राजा आए देश मा सब ठिक हुन्छ , सुशासन हुन्छ त्यो सहि हैन | उनीहरुलाई भनेको हो , अब तस्बिर हेर्ने बस्ने |

    Reply
  4. कपिल प्रधान says:
    August 2, 2019 at 7:24 am

    सबै भन्दा राम्रो के भने हिमानी जी र वहाँ को छोरा छोरी को privacy याने कि व्यक्तिगत कुरा लाइ समाचार मा कृपया नछापी दिने / शायद उहाँ हरु low profile राखेर सामान्य जीवन विताउन चाहनु हुन्छ होला / please त्यस कुराको ख्याल राखी दिउँ/

    यो बालक को केहि दोष छैन / उसले कसै को केहि बिगारेको छैन / सामान्य जीवन विताउन पाउनु पर्छ / उसको privacy को respect गरौँ / बिथ्था मा फोटो सोटो किन छापी दिने ?

    Reply
  5. madan bajracharya says:
    August 2, 2019 at 1:15 am

    शंकरज्यु
    म यहाको कुरामा माईसन्सारको राजभक्त हेर्ने दंग पर्ने भन्ने भनाईमा केहि लेख्दै छु/
    माई संसार सब्दले यो ब्लग मात्रै समेट्दैन सारा नेपाल समेट्छ/ त् सबै नेपालीको संसारको संदर्वमा भन्ने हो भने “हृदयन्द्र” ले नेपालीले खोजे चाहेको “दुस्ट, बेईमान र सत्तालाई उसको बग्गिमा जोतियको घोडालाई आफ्नो इछ्यामा हिडाउने लगाम बा कोर्रा” बनाउंदै आयको शासक बर्गको “बिकल्प” को रुपमा लिन सकिन्छ/ तेस्तो हृदयन्द्र “मुर्ख भयकोले आफ्नो योजनाको निमित प्रयोग गरियको ज्ञानेन्द्र कै नाति हुनु पर्दैन/ मेरो नेपाल भन्ने कुनैको सन्तान हुन् सक्छ/

    यसो भन्नुको कारण छ; नेपालमा अढाई दसक देखि नेपाललाई लगाम कसेर कोर्रा हान्दै चलाउने घोडा जोतेको बग्गि बनाउनेकै शासन चल्दैछ/ अधाई दशक अघिका किराती लिच्छवि र नेपाली मल्ल बनेको देव बंशको शासकहरु आफै घोडा बने; नेपालीलाई घोडा बनायन नेपाललाई बग्गि बनायन/ तर पछिका ….अरु त् अरु; राना शाहको कुरा के गर्ने? अहिलेकाहरु उनीहरु जत्तिकै मात्र भयको भय नेपालमा शासन ब्यबस्थालाई समेत बिखादी परिछ्यन नगरी घिच्नै पर्ने दिल्लीको बारीको तरकारी” जस्तै बनाउंदै नेपालीको प्रतिनिधिलाई “व्हिप” हानेर उनीहरुको “प्रतिनिधि बनाउने थियनन/ के हामीले सुने पढे अनुसार कै लोकतन्त्र हो यो?

    सक्रिय राजतन्त्र को कुरा नगरौं/ राजा संबैधानिक भई सके पछि बिरेन्द्र ज्ञानेन्द्रले पनि संविधानको सर्वोच्चता स्विकारे/ किनभने संबिधान र कानुन भन्दा माथि कोहि हुँदैन/ संबिधान र कानुनको बिकल्प पनि संबिधान र कानुन नै हुन्छ; कसैको कोठे सहमति हुँदैन/ यो संदर्वमा कसै सिट बिरेन्द्र र हृदयन्द्रको मुर्ख बाज्य ज्ञानेन्द्र लाई गालि गर्नु पर्ने लाख कारण होलान तर संबिधान र कानुनको सर्वोच्चता मान्ने कुरामा अहिलेकालाई उनीहरु सिट तुलना पनि गर्न सकिंदैन/

    पच्छिल्लो राजनैतिक परिबर्तन पछि सट्टा आफ्नो नेतृत्वमा बनेमा सबै ठिक देख्नेहरुले जे जस्तै भने पनि हाम्रो यथार्तता त् यहि हो कि हामि सिट भयको अधिकार भनेको हामि सोच्न सक्छौं चिताउन सक्छौं” तर अवस्था यस्तो अवस्थामा हामीलाई पछारेको छ कि हामीले पाउने त् “पाल्तुलाई पाल्नेले घिच्चाउने” जस्तै हो मात्रै हो/ सिधै भन्ने हो भने हामिलाई बोकायको गह्रुङ्गो महँगो भारिमा “खराव मध्य कम खराव चुन्नेको सिवाय अर्को बिकल्प नै छैन”/

    यसैले हो शंकरज्यु माईसन्सारमा अर्थात तपाईं हामि सबैको संसार नेपालमा बिरेन्द्र नभय मुर्ख ज्ञानेन्द्रको नाति हृदयन्द्र……भय पनि हुने कुरा सोच्न थालेको/ यसो नभयको भय आजको युगमा प्रजातन्त्र लोकतन्त्र राजतन्त्र भन्दा उतम हुने कुरा थाह नहुने कुन नेपालि होलान र?

    Reply
  6. Shankar says:
    August 1, 2019 at 9:03 am

    शक्ति को स्रोत के छ , कसो गरे शक्ति आफ्नो हात मा रहन्छ त्यो जान्ने व्यक्ति ले मात्र नेपाल मा राज गर्न सक्छ |
    समझिम त् गिरिजा म सक्तिको लुगा लगाएको छु , कसैसंग डरौदीन भनेर गर्जिंथ्यो ? किन , त्यो बेला उ दिल्लीको गोटी थ्यो तेसैले |
    तेस्पछि बाबुराम , प्रचण्डको चुरीफुरी को राज पनि तेही थ्यो | एउटा बिन्दु सम्म दिल्लीलाई प्रचण्ड हरुको आबस्यकता थ्यो , अब त्यो स्थिति रहेन |
    अब महतो हरु , उपेन्द्र यादब हरु ले क्रमश हिजोको कांग्रेसी को स्थान लिदैछ | कांग्रेसी हरु चै नेपाल मा हाम्रो पार्टी किन कम्जोर भो भनेर दिनको ३ चोटी बैठक बस्दैछ |
    बाउ मोरेको किरिया न गर्ने नेताहरु होलि वाटर ले नुहाउन जाने राज के ? शक्ति |
    यो सब प्रक्रिया मा ज्ञानेन्द्र को खलक कुन छेउमा छ ? कतै छैन , यो अब उनीहरुको बसको खेल रहेन र दिउसै दर्बार छोडेर हिडेको हैन ?
    तेसैले माइसंसारका राजभक्त पाठक हरु हृदयेन्द्र को तस्बिर हेर्ने , दंग पर्ने बस्ने |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme