Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’मा सुदुरपश्चिमका मान्छेलाई ‘छाडा पशु चौपाया’ छापिएपछि..

Posted on July 31, 2019July 31, 2019 by Salokya

खासमा मलाई यो कुरा थाहा थिएन। थाहा होस् पनि कसरी, यताको कुरा नै थिएन। कान्तिपुरले विभिन्न प्रदेश संस्करण पनि निकाल्ने गर्छ, जसमा प्रदेश पेजमा अलग अलग समाचार हुने गर्छ। मंगलबार (साउन १४) सुदुरपश्चिम प्रदेशमा छापिएको एउटा समाचारको फोटो क्याप्सनमा ठूलै गल्ती भएको रहेछ। त्यहाँका एक साथीले रातितिर इमेल गरेपछि पो बल्ल थाहा पाएँ। पेज ४ मा छापिएको ‘छाडा चौपायाले दुर्घटना’ शीर्षकको समाचारमा एउटा फोटोको क्याप्सनमा लेखिएको थियो- ‘गोदावरी नगरपालिकाको अत्तरिया-धनगढी खण्डमा बसेका छाडा पशु चौपाया’। फोटोमा भने मान्छे देखिन्थे। पुरुष र महिला नाच्दै गरेका।

हेडलाइनमा ठूलै अक्षरमा ‘छाडा चौपायाले दुर्घटना’लेखिएको थियो। तर फोटोमा भने मान्छे नाच्दै गरेको देखिएको थियो। त्यतिसम्म भए पनि चित्त बुझाउन सकिन्थ्यो होला। तर क्याप्सनमा मान्छेलाई ‘छाडा पशु चौपाया’ लेखिएको थियो।

सुदूरपश्चिमका पत्रकार र पत्रिका पढ्नेहरुबीच यो गल्तीको निकै चर्चा भएको रहेछ।

‘कान्तिपुर’ले बुधबार सबै प्रदेशको संस्करणमा यो गल्तीलाई सच्याएको छ।

प्राविधिक त्रुटिका कारण क्याप्सन अनुसारको तस्बिर प्रकाशित नभएको भन्दै भूल सुधार गर्दै क्षमायाचना गरिएको सूचना छापिएको छ।

भूल सुधार त कसरी हुन्थ्यो र, एक पटक छापिएपछि छापियो। तर क्षमा याचना चैँ गरिएको छ।

4 thoughts on “‘कान्तिपुर’मा सुदुरपश्चिमका मान्छेलाई ‘छाडा पशु चौपाया’ छापिएपछि..”

  1. कृष्ण says:
    August 5, 2019 at 6:54 am

    याे फाेटाे रुपन्देहीको सैनामैनमा रहेकाे पर्सिद्व पराेर्हा शिव बाेलबम धाम काे हाे ।

    Reply
  2. madan bajracharya says:
    August 3, 2019 at 10:14 am

    कृष्ण अधिकारिज्यु
    यो सामाचारमा “होलि वाईन” को कुरा कसरि जोड्नु भयो? याहाले होलि वाइन को कुरा उठाउनु भयकोले तपाईं कि त् ओलीको बिरोध गरे मात्रै कांग्रेस बाच्ने बिचार राख्ने व्यक्ति हुनु हुन्छ कि क्रिस्चियन र क्रिस्चियनको “कुनै पनि कुरा” घिनाउने व्यक्ति हुनु हुन्छ/ अब कांग्रेसी भयकोले हो भने भन्नु केहि छैन; किनभने उनीहरुले सिट अर्को गर्ने बोल्ने बिषय नै छैन/ तर क्रिस्चियन सित घिनाउने व्यक्ति हुनु हुन्छ भने आफु हिन्दु भयको जनाउने टुप्पी काटेर फालेर हिन्दु धर्म त्याग्ने पहिलो व्यक्ति शिदार्थ गौतम बुद्ध भयकोले सर्व प्रथम बुद्धको प्रतिमा चैत्य र बौद्ध ग्रन्थहरु नस्ट गर्नुस ९आदि शंकराचार्यले गरे जस्तै; अनि नेपालमा भयको सबै बुद्धिस्टहरुलाई देस निकाला गर्दै हिन्दु धर्म त्यागेर क्रिस्चियन बनेको नेपालिहरुलाई “रास्ट्रिय अछुत” घोसना गर्नुस/ किनभने हिन्दु धर्म त्याग्न उक्साउने बुद्ध र बुद्धिस्टहरुनै हो/ तेसपछी नेपाल क्रिस्चियन निषेधित देस घोसना गर्दै क्रिस्चियनले बनाउने सिकाउने सबै कुरा त्यागेर फालेर “राम नाम सत्य है” भन्दै झोली कमण्डलु लियर काठको खराउ लगायर जंगल लाग्नुस्; साथमा घोडा बा गोरु लाग्न सक्नु हुन्छ तर गाडी मोटर साइकल आदि केहि लाग्न सक्नु हुन् किनभने ती सबै क्रिस्चियनको आविस्कार हो/ किनभने क्रिस्चियनले सिकायको बनायको त्यागे पछि बाकि बच्ने क्रिस्चियन सित घिनाउने बाकि हुने त् तेतिनै हो/

    सबै मानव ब्रम्हाको श्रिस्ति पनि भन्ने; तर आफ्नो जस्तै अर्को मानव सबै मानवको शोच को श्रोत भगवान भयको पनि भन्ने हिन्दुहरुको बिचार र आचरण के हिन्दु धर्म अनुसार नै छ?

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    July 31, 2019 at 2:09 pm

    फोटो र क्याप्सनबिचको अन्तरसम्बन्ध बिचार गर्दा यो कुनै होलीवाईन वालाले जानीबुझीकनै गरेको गल्ति जस्तो देखिन्छ ।

    Reply
  4. गणेश पौडेल says:
    July 31, 2019 at 11:32 am

    “भूल सुधार त कसरी हुन्थ्यो र, एक पटक छापिएपछि छापियो। तर क्षमा याचना चैँ गरिएको छ।” मन छुँदो।

    भूल स्वीकार गर्नु चैं पर्छ। यसले पीडित पक्षलाई राहत दिन्छ र पत्रिकाको विश्वसनीयता पनि कायम रहन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme