‘कान्तिपुर’ दैनिकको आधिकारिक अनलाइन संस्करण kantipurdaily.com ले आइतबार एउटा समाचार प्रकाशन गर्यो। त्यसको केही समयपछि भने त्यो समाचार ‘डिलिट’ भयो।
अहिले त्यो समाचार प्रकाशन भएको लिङ्कमा गएर क्लिक गर्ने हो भने “तपाईले खोज्नुभएको समाचार हटाइएको छ” लेखेको देखिन्छ। किन हटाइयो? त्यसबारे कुनै पनि जानकारी दिइएको छैन। हटाउनै पर्ने गरी के राख्यो त कान्तिपुरले? पख्नुस्, म भन्छु नि के राखेको हो।
गैर आवासीय नेपाली अर्थात् एनआरएनको चुनावको माहौल छ अहिले। उम्मेदवारी घोषणा भइरहेका छन् धमाधम।
यही क्रममा लन्डन डेटलाइनबाट कान्तिपुर अनलाइनको प्रवास सेक्सनमा एउटा समाचार छापियो जसको शीर्षक थियो- एनआरएन अध्यक्षमा आचार्यले उम्मेदवारी दिने।
कुल आचार्यले खुसी भएर त्यो समाचार आफ्नो फेसबुकमा सेयर पनि गरे।
तर प्रकाशन भएको दुई घण्टा पनि नबित्दै यो समाचार गायब भयो। त्यो लिङ्कमा क्लिक गरी हेर्ने हो भने अहिले यस्तो देखिन्छ-
के थियो त त्यसमा त्यसरी डिलिट हुनुपर्ने गरी। हेर्न सकिन्छ?
पक्कै पनि सकिन्छ। कान्तिपुरले आफ्ना सामाग्री फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा पनि राखेको रहेछ। यसको फाइदा भन्नुस् वा बेफाइदा के हुन्छ भने वेबसाइटमा त्यो सामाग्री डिलिट नै भए पनि फेसबुकको सर्भरमा भने त्यसको कपि रहेको हुन्छ। त्यसैले त्यसबाट मज्जाले हेर्न सकिन्छ।
माथि कुल आचार्यले सेयर गरेको लिङ्कमा पनि यदि मोबाइलबाट हेर्नुभयो भने फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा त्यो सामाग्री यो ब्लग तयार पारुन्जेल मज्जाले खुलिरहेको छ।
हेरौँ के रहेछ डिलिट गरिएको सामाग्री?
के भन्छ आचार संहिता ?
पत्रकार आचार संहिताको प्रावधान यस्तो छ-
आचार संहिता अनुसार यदि माथिको समाचार गम्भीर क्षति पुर्याउने खालको र असावधानीवश पोस्ट हुन गएको भए त्यसलाई हटाउँदा त्यस्तो सामाग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्ने हो। तर कान्तिपुरले त्यस्तो गरेको छैन।
किन होला?
प्रश्नको जवाफ कान्तिपुरले बाहेक अरुले दिन सक्दैन।
मिति लाइ संगत
बनौन, पुरानो V D O मा “नया” स्वर हाल्न,
एउटा सामान्य नाम लाइ खास नाम बनाएर कसैलाइ ठेगान् लगाउन हामि खप्पिस छौँ
नै/ नया संचार प्रबिधिलाइ “उपयोग” गरि रिश-इबी र स्वार्थ-साध्न हाम्रो पेशागत
“नैतिकता” लाइ कसले छुन सक्ने?
कृष्णज्यु
यसको कारण अख्तियार देखि देसमा कानुनि राज्य भयको अनुभूति दिलाउने सबै अंग र निकायहरु अलंकारिक बनाईयकोले हो/ हामीलाई नया नया व्यबस्थाको भुमरीमा फनफन्ती घुमाउन्दै २००७ अघिकै अबस्थामा पछारेको छ/
०७ अघिको त्रिभुवन पनि अलंकारिक अहिलेका त्रिभुवन पनि अलंकारिक/ ०७ अघिका जहा बस्थे, जसरि निर्णय गर्थे जुन श्रोतमा मस्ति गर्थे अहिलेकाले पनि तेही बसेर तेस्तै गर्दैछ/ सिंहदरवार उहिले पनि ठुला दरवारियाको सहमतिमा ल्याप्चे ठोक्ने कारखाना थियो अहिले पनि तेस्तै छ/ ०७ अघिकाले राज्यको श्रोत र अवशर अंश बन्दा गर्थे अहिलेकाले भागबण्डा गर्छ/ ०७ अघिकाको अगाडी कानुनको अवस्था जस्तो थियो अहिलेकाको अगाडी पनि तेस्तै छ/ ०७ अघि सबै दरवारियाको आआफ्नै आठ्प्रहरिया भनिने जनतालाई घोप्टो पार्ने जत्था थियो अहिका सिट पनि तेस्तै छ मात्र नाम फरक छ/ “नाममे क्या रखा है” भन्ने हिन्दि उखान नेपालको ब्यबस्था अवस्था सिट ठ्याक्कै मिलेको छ/
पत्रिका पत्याउने; पत्रकार पत्याउन सकिने हुनु पर्ने थियो/ तर भयो के? नाजवाफ नै यो प्रस्नको जवाफ हो/ घटना भैरहन्छ/ तर सबैले देख्न सक्दैन/ तेही बुझाउने हो खोजि पत्रकारले/ तर देखाईरहेको कस्तो छ? चुप्पी स्तब्ध र आक्रोश नै यसको जवाफ बन्दै गयको छ; पच्छिल्लो उदाहरण निर्मला काण्डकै लिय काफी पुग्छ/ घटनाको यथार्तताको प्रचार हुनु पर्छ तर घटनाको प्रचार गरिंदै छ कि आफ्नै ? युतुबेहरु के गर्दैछन र किन गर्दैछन यहि हेरे बुझे पुग्छ/ यहि कुराको अर्को उदाहरण हो त्यो गिनिश बुकमा ….. ७५ हजारको बुद्ध नेपालमा जन्मेको …../ i छोटकरीमा भन्ने हो भने सुसुचित हुने आधार हुनु पर्ने पत्रिका र पत्रकार अन्यथा भयमा जन जे नहुनु पर्ने हो तेही हुनुको कारण बन्दै गयकोछ/
अब पछि बुद्ध मानेको शिद्दार्थ गौतम न भारतमा जन्मेको हो न नेपालमा/ उनि आफ्नै देस लुम्बिनीमा जन्मेको थियो/ शिदार्थ गौतम लुम्बिनि देसको युवराज थियो नेपाल देसको युवराज थियन/ तेती बेला नेपाल र भारत देस सिद्धार्थ गौतमको देस लुम्बिनीको छिमेकी देस मात्रै थियो/ अहिले सिद्दार्थ गौतम जन्मेको लुम्बिनि नेपालको भूभागमा पर्छ/ सिद्दार्थ गौतमको जन्म नेपालमा भयको भन्नु पर्ने अवस्था आयको मुल कारण बुद्धको हत्यारा र भारत र नेपालमा बुद्ध धर्म मास्ने आदिशंकराचार्यको देस भारतले बुद्ध भारतमा जन्मेको भनेर झुठो प्रचार गरेकोले मात्रै हो/
बुद्ध र बौद्ध बिचार र बुद्ध जन्मेकोमा गौरव मान्न थालेको मूल कारण आस्था भन्दा लाभ र बाध्यता नै हो/ यो कुराको इतिहासले मात्रै देखायको छैन भर्खरै घटेको घटनाहरुले पनि स्पस्ट देखाउंदै छ/ बुद्धको हत्या गर्ने र भारत र नेपाल बात बुद्ध धर्म मास्ने अभियान नै चलाउने आदि शंकराचार्यको देस भारतले बुद्ध भारतमा जन्मेको भन्नु त् निर्लज्जताको घिन लाग्दो नमुनानै हो भने नेपालले बुद्ध नेपालमा जन्मेको हो भन्न त् सक्छ तर गौरव मान्न सक्ने कुनै कारण नेपालको सरकार सिट छैन/
एनआरएनलाइ दरै चुनाप लागेछ। अध्यक्षका अर्का प्रत्यासी कुमार पन्त र कान्तिपुर टिभीका एक लगानीकर्ता जीवा लामिछाने कैलाश सिरोहिया नजिकका पात्र हुन्। कुल आचार्यको समाचार चेट पार्देछन्। धत्! कस्तो लाजमर्दो! विचारा नारायण वाग्ले सम्पादक भएको पत्रिकाको हालत!
नेपालमा यस्तै हो । १०००/१५०० घुस खाने कार्यालय सहयोगी, १०/१५ हजार घुस खाने खरदार, सुब्बा र हाल आएर एक/डेड लाख घुस खाने ईन्जिनियरहरुलाई चाँही अख्तियारले हिले माछो समाएझैं च्याप च्याप समात्छ तर करौडौं भ्रष्टाचार गर्ने सचिव वा सोभन्दा माथी, सांसद मन्त्री अथवा त्योभन्दा माथी, विभिन्न सेता हात्तीको जि.एम्. देखि प्रदेशका सि.एम्. अनि देशका पि.एम्. को नजिक पर्न पनि सक्दैन । ऽऽऽऽऽऽऽऽ हो त्यस्तै हो प्रेस काउन्सिल पनि . भुराभुरी अनलाईन, २ पाने पत्रिका अनि खुद्रा मसिना युट्युबरलाई त बेला बेलामा थर्काउने गरेतापनि बिग मिडिया हाउसहरुको छाँया पर्नासाथ …………………