#WhoKilledNirmala शृङ्खला गर्ने क्रममा पछिल्लो पटक गएको चैतमा जब साथीहरु सविन र महेन्द्रसित महेन्द्रनगर पुगेका थियौँ, तब साह्रै कठिन परिस्थितिको सामना गर्नुपरेको थियो। पहिलो पटक मंसिरमा जाँदा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना थियो। त्यहीँ हामीले निर्मलाकी आमा दुर्गादेवी पन्तसित कुरा गरेका थियौँ। दोस्रो पटक जाँदा माहौल फरक थियो। निर्मलाकी आमामाथि विभिन्न आरोप लागेको अवस्था थियो- निर्मलाकी आमा पैसामा बिकिन्। पैसामा बिक्ने कस्ती आमा ! आमा शब्दमै कलंक लगाइन्। हत्यारा त यिनै आमा पो हुन् कि? कारण थियो- स्वार्थ समूहको योजना अनुसार आमा जान तयार नभएको अवस्था। हामीलाई यस पटक यो घटनाका सबैभन्दा पीडित पात्र दुर्गादेवीको कुरा उतार्नु थियो। सविन र म दुवैलाई शब्दजाल बुनेर निर्मलाको घरबाहिरको गमलाको फूलको कुरा लेख्न आउँदैन थियो। फ्याक्टबाहेक अरु कुरा फूलबुट्टा भरेर लेख्न नसक्ने कमजोरी हामीमा। तर महेन्द्रनगर बजारबाट फोन गर्दा उनले सोझै भनिन्- मलाई सन्चो छैन, बोल्न सक्दिनँ। तर पनि हामी यसो कुरा बुझौँ न त छरछिमेकमै भए पनि भन्ने लागेर उल्टाखामतिर लाग्यौँ।
छिमेकतिर यसो वातावरण बुझेर निर्मलाको घरमा पस्यौँ। बहिनी खेल्दै रहिछिन्। आमालाई बोलाउन लगायौँ। ‘पीडा बुझ्ने कोही भएन, यसरी डबल त्रिपल पीडा दिएर सहनुभन्दा त एक्लै रुनु सजिलो छ के!,’ घरको आँगनमा प्लास्टिकका कुर्सी मिलाउँदै मलीन स्वरमा उनले आफूलाई बोल्न मन नलाग्नुको कारण सुनाएकी थिइन्।
क्यामेरा तेर्स्याएर इन्टरभ्यु लिने हैन, छोटो कुराकानीमात्रै गर्ने भनेपछि बल्ल उनी बोल्न तयार भइन्।
‘बुझिदिनु पर्छ मेरो पीडा। यति मलाई टोकेर इन्टरभ्यु लिँदालिँदा…मारेर बरु मेरो हड्डी नै लग्दा भयो अब। धेरै टेन्सनमा परिसकेँ अब, ‘ आँखा ओभानै थिए। तर, मुखबाट निस्केका प्रत्येक शब्दमा पीडा प्रतिबिम्बित थियो।
हाम्रो अगाडि थिइन्, एक लाचार र पीडित आमा। छोरी गुमाउँदाको पीडा त थियो नै, त्यसमाथि थपिएका छन् अनेक थरि आरोप, हुँदाहुँदा गाउँ निकाला गर्नेसम्मको धम्की।
‘धेरै सहन सकिँदैन टेन्सन। धेरै खप्न सकिँदैन। यस्तो पीडा कुनै आमाले सहेर देखाओस्, अनि म भन्छु कस्तो हुँदो रहेछ। अनि भन्छु मैले गल्ती गरेको छु भनेर।’ साह्रै पीडादायी क्षण थियो त्यो। उनी रोइनन्। शायद् आँसु सुकिसकेको थियो। तर आवाज भक्कानिएको थियो। रिपोर्टिङका लागि पुगेका हामी तीनै जनालाई मुटुमै छोएको घटना थियो त्यो।
हामीले फर्केर लेखेको रिपोर्टमा थियो-
‘अस्ति भर्खर निर्मलाकी आमाले मलाई ‘बाबु, यो घरजग्गा किन्ने मान्छे कोही छ भने खोज्दिनु। सस्तैमा भए पनि बेचेर जान्छु, मलाई यहाँ बस्ने मनै छैन’ भनेकी छिन्। के समाजले एउटा भयङ्कर पीडाबाट गुज्रिएकी आमालाई विस्थापित हुन बाध्य बनाउँदै छ?
पूरा रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुस्
आज रवि लामिछानेको ‘सीधा कुरा जनतासँग’ को पूरै एपिसोड निर्मला प्रकरणमै केन्द्रित थियो। यो घटनाको अनुसन्धान गर्न काठमाडौँबाट खटिएका सिआइबीका हाल निलम्बित डिएसपी अंगुर जिसी पहिलो पटक मिडियामा प्रत्यक्ष अन्तर्वार्ता दिँदै थिए। १३ वर्षकी किशोरी निर्मलाको बलात्कार तथा हत्या भएको एक वर्ष पूरा हुँदै गर्दा अनुसन्धानका भित्री पाटो र फैलिएका कतिपय हल्लाहरुलाई उनले चिर्ने कोशिश गरे।
भिआइपी अपराधी, प्रमाण नष्ट, सर्टको खल्ती च्यातेको, कुकुर किन प्रयोग नगरेको, डिएनए किन नमिलेको विषयमा उनले कन्फिडेन्ट भएर जवाफ दिए। दिलिपसिंह विष्टलाई किन अभियुक्तका रुपमा सार्वजनिक गरियो, त्यसका आधारहरु दिए। हामी पुलिस भनेको मान्छे हैनौँ र, मेरो छोराको उमेरकी निर्मलाको बलात्कार र हत्या हुँदा मेरो मन कस्तो भयो होला भने। निर्मलाकी आमाको कुरा आउँदै गर्दा उनी स्टुडियोमै भक्कानिए। कठोर पुलिस अफिसर त्यसरी लाइभ इन्टरभ्युमा आँसु झार्दै गरेको देखियो। इन्टरभ्युपछि मैले कार्यक्रम सञ्चालक रवि लामिछाने र अंगुर जिसी दुवैसँग कुरा गरेको थिएँ।
लाइभमा जानुअघि निर्मलाकी आमाको आजै युट्युबमा आएको नयाँ भिडियो हेरेर गएको र त्यसमा पटक पटक रोएको देखेकोले त्यो प्रसंग आउने बित्तिकै एक्कासी भक्कानिएको बताए अंगुरले। रविले पनि आफूलाई कार्यक्रम चलाउँदा चलाउँदै त्यति बेला निकै गाह्रो भएको बताए।
कार्यक्रम सकिने बित्तिकै सबै क्रु मेम्बर आएर दुवै जनासँग कुरा गरेका थिए। स्टुडियोको माहौल नै भावुक भएको थियो, उनीहरुले सुनाए।
हो, कतिलाई अझै लाग्न सक्छ- गोहीको आँसु!
तर मैले निर्मलाकी आमालाई भेटेर उनको पीडा सुनेको छु। उनको पीडा महसूस गर्न सक्ने जोसुकैले पनि निर्मलाकी आमालाई सम्झँदा मात्र पनि आँसु त्यसै किन बग्छ भन्ने थाहा पाउँछ। आँसु त ग्लिसरिन राखेर पनि बगाउन सकिन्छ तर भावनामा बगेको आँसु सँगै स्वर कसरी काम्छ, त्यो बुझ्नेले मात्र बुझ्छ।
तर अर्को कुरा पक्का हो, रोएर र भावुक भएर निर्मलाको हत्यारा पत्ता लाग्दैन। अहिले सबैभन्दा ठूलो बाधक डिएनए भएको छ। डिएनए किन मिल्दैन नेपालमा कुनै पनि रेप केसमा। त्यो पत्ता लगाउनु पर्छ, हचुवा तालले हैन, वैज्ञानिक ढंगले। त्यसपछि अनुसन्धानलाई साँघुरो पार्दै लगेर अपराधीलाई कुनै हालतमा पक्रनु पर्छ। अपराधी त्यो समाजमा खुला रुपमा हिँडिरहन दिनु त्यही समाजका लागि खतराको विषय हो। त्यो त्यहाँका मानिसले पनि बुझ्नु पर्छ।
हेर्नुस् सीधा कुराको रेकर्डेड भिडियो-
अनलाइन खबरमा तुच्छ पत्रकारले लेखेज तलका पंक्तिहरु तपाईहरु प्रति लक्षीत होइन ???
(यो एक वर्षको बीचमा केही नयाँ ‘अनलाइन’ सञ्चालनमा आए । तिनले निर्मला प्रकरणमा अपराधी पत्ता लाग्नुपर्छ भन्ने सरकारका आलोचकहरुको हुर्मत लिने अभियान चलाए । केहीले सरकारी प्रतिवेदनमै ‘शंकास्पद’ भनेर प्रष्ट लेखिएका पात्रहरुलाई सोझै ‘निर्दोष’ करार दिएका छन् ।
खुबै गहन अनुसन्धान गरेझै प्रस्तुत गरिएका ती रामकहानी लेख्नेहरु आफैं कुहिरोमा हराएको कागझैं देखिन्छन् । एकातिर शंकास्पदहरुको प्रायोजन र अर्कातिर कुनै अदृश्य लोभको आकर्षणबीच लेखिएका ती तथाकथित स्टोरीहरुको उद्देश्य हत्यारापंक्तिको अभिष्ट पूरा गर्नुबाहेक अरु देखिँदैन ।)
अपराध अनुसन्धान भन्ने काम अवश्य पनि गोप्य रुपमा गरिन्छ । गोप्य रुपमा सप्रमाण निश्कर्षमा पुगेपछि मात्र आवश्यकता अनुसार सार्वजनिक गर्नु पर्ने कुरा सार्वजनिक गरिन्छ भने अन्य कुराहरु गोप्यमै गरिन्छ । यतिसम्म कि अपराध र अपराधी प्रमाणित भैसक्दा पनि मानव अधिकार वा अन्य खुद्रा कानूनहरुको कारणले अपराधीका कतिपय परिचयहरु गोप्य नै राखिन्छ ।
निर्मला बलत्कार तथा हत्या प्रकारण बिशुद्ध जघन्य आपराधिक कर्म हो न कि राजनितिक । तर नेपालका निर्लज्ज दिगम्बर राजनितिक नेता तथा कार्यकर्ता लगायत केही पत्रकारको खोल ओढेका चाटुकार तथा पत्रुकार (ईटहरीका मेयर द्वारिकालाल चौधरीका अनुसार) ले आ-आफ्ना स्वार्थका रोटी सेक्न यो घटना तथा अनुसन्धान प्रक्रियालाई हिटरको रुपमा प्रयोग गरे फलस्वरुप घटना तथा अनुसन्धानसंग जोडिएका कैंयौ ब्यक्ति, ब्यक्तित्व तथा सामाजिक मान प्रतिष्ठा समेत डढ्न गयो । यसरी स्वार्थका रोटी सेक्ने क्रममा घटनाका पिडित निर्मलाकी आमा, बम दिदी बहिनी, लोभलालच र कुकर्ममा फसेका बाहेकका अनुसन्धानकर्मी, सामाजिक मुल्यमान्यता, नैतिकता र मानवता समेत पिल्सिन गएको अवस्था देखिन्छ ।
जस्ले जे गरेपनि “सत्यमेव जयते” भन्ने नारा कुनैपनि अवस्थामा झुटो हुन सक्दैन । अपराध कर्म केही समय लुक्ला तर केहि समय (घण्टा, दिन, हप्ता, महिना वा बर्ष) लाग्न सक्ला तर कालान्तरमा सतहमा निस्कने नै छ ।
निर्मला काण्ड घिनलाग्दो अपराधनै हो/ त्यो अपराधि दण्डित हुनै पर्छ र अपराधि पकड्ने जिम्मेवारी प्रहरीको हो/ तर प्रहरी यो कुरामा चुके/ यसको तिन कारणहरु हुन् सक्छ/
०१, नेपालमा राजनैतिक पहुँच भयकोलाइ कानुनि कार्यवाही नगराउने भयकोले/
०२. प्रहरी पनि अपराधि सिट गुल्तियकोले
०३. अपराधि अपराध गर्नमा बिशेशग्यनै भयकोले/ यस्तो अपराधीहरु कानुनको पकडमा नआयको बा नाउने अनेकौं उदाहरणहरु सबै देसमा छन्/
यदि कारण नम्बर ०१ नै हो भने छानविन चल्दै गर्छ तर अपराधि समातिन्दैन/ कारण ०२ हो भने अपराधि पत्ता लागे पनि प्रहरीले प्रमाण नस्ट गरेकोले उ कुनै अदालत बात पनि दण्डित हुँदैन/ कारण ०३ हो भने यसलाई दुखद नै मान्नु पर्ने हुन्छ/ प्रहरी जत्ति सुकै सछ्यम भय पनि यस्ता अपराधीहरु पकडमा नआयको घटनाहरु बिस्वमा धेरै छन्/
नेपालमा निर्मला काण्ड जस्तै मात्र होईन त्यो घटना भन्दा घिनलाग्दो भयकंर अपराधहरु आय दिन हुँदै आयको छ/ तर जत्ति चर्चा र चासो निर्मला काण्ड मा कसै बात भयो तेती चासो तेस्तै अरु घटनामा भयन/ कारण किन होला?
निर्मला काण्ड को बारेमा चासो राख्ने को मूल उध्य्स्य निर्मला काण्ड बाट पिडित भयाकोलाई न्याय दिलाउनकै निमित भयको हो ? यो प्रश्न पनि गर्न सकिने आधारहरु धेरै छन्/ यदि यो आधार राजनैतिक स्वार्थ मात्रै हो भने “प्रतिपछ्यमा रहनेको जिम्मेवारिनै सत्ताको बिरोध गर्ने र सरकारलाई असफल बनाउने हो” भन्ने शिद्धान्त बोक्नेहरुको बहुदलीय शासन भयको देसमा कुनै अनौठो मान्नु पर्दैन/ तर बाढी आउँदा भारतलाई नेपाल डुब्ने बाँध बनाउन दिनेले अहिले बाढी आयर नेपाल र नेपाली दुबेकोमा दोष ओलीलाई दिय जस्तै कतै निर्मलाकाण्डमा तेस्तै कसै बात गर्न खोजिरहेको त् छैन?