Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाढीले वितण्डा : देउवाको आरोप : ‘सरकारले भन्दा बरु विदेशी एनजिओले काम गरेका छन्’

Posted on July 24, 2019July 26, 2019 by राजेन्द्र मगर
फाइल फोटो

‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ? कुटनीतिक तरिकाले कुरा गरेर सदाका लागि समस्या समाधान गर्नुपर्छ। एकले अर्कोलाई गाली गरेर हुँदैन। घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो। तर केही गरेको छैन। बरु विदेशी एनजिओले गरेका छन्।’

पुर्व प्रधामन्त्री शेर बहादुर देउवा तथा कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा बोलेको अशं हो यो।

आज संसदमा देउवाले वर्षातको समयमा डुबान पर्ने समस्याको बारेमा बोले।

देउवा लगायत अन्य सासंसदहरुले पनि सार्वजानिक महत्वको प्रस्तावमा बोल्दै बाढीको समस्या समाधान गर्न सरकारले पहल गर्नु पर्ने जोड गरे।

गृहमन्त्री राम बहादुर थापा बादलले सरकारले बाढी पिडितको लागि काम गरिरहेको बताए।

उनका अनुसार असार २६ गतेको वर्षापछिको विपदका कारण ३५ जिल्ला बढी प्रभावित भएको छ। त्यस्तै १ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्।

४६ जना घाइते भएकोमा हाल ५ जना अस्पतालमा उपचाररत छन्।

तर, सरकारले बाढीपिडितको लागि काम गरिरहेको बताएपनि संसदमा सांसदहरुले सरकारले काम नगरेको आरोप लगाइरहे।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले भनिन्,

‘जताततै मानिस मरेका छन्, पहाडमा बढी निर्वाचन क्षेत्र हुनुपर्छ । जिल्ला हुनुपर्छ भन्ने भोटको राजनीतिले गर्दा जनता पीडित भएका छन्। सुरक्षित ठाउँ छ, त्यहाँ व्यवस्थित बस्ती नबनाई भोटको राजनीति गर्दा समस्या भएको हो।’

त्यस्तै नेपाल कम्युनिष्ठ पार्टीका सासंद प्रभु साले भने,

‘बाढी प्रभावित क्षेत्रका सांसदहरु, बकैयाबाट प्रभावित म बाग्मतीबाट प्रभावित अमरेश सिंह र कमला प्रभावित उमाशंकर अरगरिया मिलेर एउटा विशेष प्रस्ताव दर्ता गरायौं। म सोध्न चाहन्छु पीडितले दर्ता गरेको प्रस्तावमा छलफल नभएर महलमा लेखेको प्रस्तावमा छलफल गर्नुपर्ने ? हामी बाढीबाट पीडित थियौं। अहिले सदनको व्यवहारबाट पीडित भएका छौं। हामी पीडित भएकाहरुको प्रस्तावमा छलफल नचल्ने ?’

त्यस्तै कांग्रेस सांसद मिनेन्द्र रिजालले भने,

‘आज फेरि मुलुकले कठिनाई ब्यहोर्दा मुलुकमा असाध्यै ठूलो विपत्ती सामना गर्नुपर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिने संस्कृतिलाई फेरि एक पटक उभ्याएका छौं। हामीहरु सबै एकतावद्ध भएर एउटा प्रस्तावमा छलफल गर्न बसेका छौं। यसले भोलि काम गर्न तीनै तहका सरकारबीच सहकार्य गर्न बाटो खोल्नेछ।’

सांसद रामकुमारी झाँक्रीले  भनिन्,

‘यो हुनुको पछाडि, हामीले योजनागत विकास गरेका छैनौं । हरेक वर्ष विपदको राजनीति भन्दा हामी यस्तो दिन नआउने कुराको लागि के गर्न सक्छौं त्यसको योजना बनाउन आवश्यक छ। किनभने हरेक वर्ष विपदमाथिका कुरा गर्दै जाने तर योजना नबनाउने देखिएको छ।’

5 thoughts on “बाढीले वितण्डा : देउवाको आरोप : ‘सरकारले भन्दा बरु विदेशी एनजिओले काम गरेका छन्’”

  1. कपिल प्रधान says:
    July 26, 2019 at 9:33 pm

    नेपाली को औसत मासिक आय कति छ कुन्नि ? जान्ने ले यहाँ लेखिदिनु होला / देउवा जी लाइ सुनाईदिनु पर्छ

    नेपाली ज्यालादारी कामदार को दैनिक आम्दानी कति होला ? त्यो पनि देउवा जी लाइ सुनाईदिनु पर्छ /

    दिन को एक पुरा बटल – २०० डलर (२२,००० – हजूर, एक बटल को बाइस ह्ज्रार नेपाली रुपियाँ ) जति पर्ने जोनी वाकर ब्लु लेबल ह्विस्की दिन को पुरा बटल डकार्ने र बंगुर को सेकुवा ढाडीने यो छेर बहादुर ले के बोल्ने ? दिन को २२००० रुपियाँ को रक्सी धोकने देउवा जी , कृपया मुख बन्द गरेर बस्नु नै युक्ति संगत होला /

    अनि कुन एन जी ओ ले गरेको काम ? उही श्रीमती आरजु राज्यलक्ष्मी राणा – देउवा ले डलर खेति गर्ने एन जी ओ पो परेछ कि ?

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    July 25, 2019 at 5:17 pm

    देउबाका अभिव्यक्ति र त्यसको उद्देश्य निम्नानुसार हुन सक्छ ।
    अभिव्यक्ति नं.१.: “नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?”
    उद्देश्य : नेपाल सरकारले भारतलाई दोष दियो तर भारतको दोष हैन भनि भारतीय टाउकेहरुको चाकडी गर्नु र नेपालमा फेरी राजनैतिक अस्थिरतालाई निरन्तरता दिंदै भारतको गोप्य सहयोगमा नेपाली जनतालाई सरकारप्रति अनास्था जगाई आन्दोलन, बन्द हड्ताल र चक्काजाममा सहभागी गराउनु । यही मौकामा नेकपाभित्रै घुसपैठ गरी आपसी किचलो उत्पन्न गराएर सरकार गिराउनु अनि आफुलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तूत गर्नु ।
    अभिव्यक्ति नं.२.:‘सरकारले भन्दा बरु विदेशी एनजिओले काम गरेका छन्’
    उद्देश्य : नेपालमा भएका बिदेशी एन्.जि.ओ. र तिनको प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेपलाई नियमन गर्न बर्तमान सरकारको योजना रहेको भन्ने सुनिएको । यदि यो कुरा सत्य हो भने देउबापत्निले स्वयं कुनै अमुक आई.एन्.जि.ओ. संचालन गरिरहेको भन्ने बुझिएको हँदा उक्त आई.एन्.जि.ओ. लाई नियमनको परिधिबाट टाढै राखी यथास्थितिमा डलरको भरमा नेपालको आन्तरिक मामिलामा बिदेशी हस्तक्षेपलाई कायम राख्‍नु र आफ्नो अनुकुलता अनुसार प्रयोग गर्नु ।
    सरिता गिरीको अभिव्यक्ति : “पहाडमा बढी निर्वाचन क्षेत्र हुनुपर्छ । जिल्ला हुनुपर्छ भन्ने भोटको राजनीतिले गर्दा जनता पीडित भएका छन्।”
    उद्देश्य : पशुपतिको जात्रा सिद्राको ब्यापार ……….. अरु कुरा सबैले बुझेकै छन्, एक मधेश एक प्रदेश ।
    प्रभु साको अभिव्यक्ति : “पीडितले दर्ता गरेको प्रस्तावमा छलफल नभएर महलमा लेखेको प्रस्तावमा छलफल गर्नुपर्ने ?”
    उद्देश्य : नेकपा सरकारले पार्टीभित्रकै मधेशी सांसदहरुलाई हेर्ने दृष्टिकोण परिवर्तनको माग ।
    मिनेन्द्र रिजालको अभिव्यक्ति : “आज फेरि मुलुकले कठिनाई ब्यहोर्दा मुलुकमा असाध्यै ठूलो विपत्ती सामना गर्नुपर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिने संस्कृतिलाई फेरि एक पटक उभ्याएका छौं।”
    उद्देश्य : अरुबेलामा राजनितिक लुछाचुँडी गरिएता पनि कम्तिमा बिपदको बेलामा राजनिति बिर्सेर उद्धार तथा राहत बितरणमा हातेमालो गरौ ताकी यदि पिडितले राहत पाईहालेको खण्डमा पनि सरकारको मात्र नभए नेपाली कांग्रेसको समेत सहभागिता देखियोस ।
    रामकुमारी झाँक्रीको अभिव्यक्ति : “यो हुनुको पछाडि, हामीले योजनागत विकास गरेका छैनौं”
    उद्देश्य : बिगतमा तथा हालको सरकारले समेत योजनाबद्ध बिकास ध्यान नदिई खाली हचुवा र तत्कालिन स्वार्थसिद्धिका लागि मात्र काम गर्ने गरेको र सरकार तथा स्वयं नेकपा भित्रै पनि युवापुस्ताको कुरा र योजनालाई बेवास्ता गरेको तथ्य उजागर ।

    Reply
  3. madan bajracharya says:
    July 25, 2019 at 11:00 am

    नेपालको पानिले नेपालनै डुवाउने.हाम्रो नदीको पानि पनि भारतले नदिय नेपालीको खेत बाँझै हुने, बिस्वमै जलश्रोतमा दोश्रो धनि नेपाल भन्ने कुरा कागजमै मात्र सिमित भयको कारण कसले गर्दा हो तेही देउपाको नेपालि कांग्रेस होईन? यसियाको दोश्रो ठुलो नदीको मालिक भारत हुने सन्धि; कोसीको पानि बढी भयमा नेपालमै फर्काउने पाइलट च्यानल भारतलाई बनाउन दिने, गण्डकी नदीको मुहान अर्थात हिमाल देखि नेपालले कुलो बनायर पानि लिन नपाउने (बाल्टिन लोटा मात्रै दुवायर लिने?) सन्धि गर्ने, सुटुक्क नेपालको टनकपुरमा बाँध बनाउन दिने मात्रै होईन भारतले भाडामा शारदा ब्यारेज बनाउन नेपाल सिट भाडामा मात्रै लियको तेत्रो भुमि भारतकै हुने, उतापारिको किनार सम्मै नेपालको भयको महाकाली नदि सिमाना नदि मानेर आधा भारतको हुने सन्धि कसले गरेको देउपाकै कांग्रेसले होईन?

    यतिले पनि नपुगेर नेपालको समस्त सप्तकोसी नदीको पानीलाई नेपालको ४० गाउँ बिस्थापित गरेर भारतलाई बिस्वकै अग्लो बाँध बनाउन दियर तेस्को पानि भारत लाग्न दिने सन्धि गर्ने को हो; देउपा बा गिरिजा; त्यो पनि नेपालीलाई जानकारी समेत नदियर सदनमा पास पनि नगरेर? यो बाहेक भारतले दसगजाकि सिमानामै पुर्व देखि पस्छिम सम्म नेपाल बात भारत बग्ने सबै नदि उनीहरुले जति बेला चाह्यो तेतिबेला रोक्न सक्ने बाँध बनाउन दिने पनि कांग्रेसी नै होईन?

    अहिले तराई डुवानमा पर्नुको मूल कारण दस गकाको सिमानामा कांग्रेसी सरकारको पालामा भारतले सडक भनेर बनायको बाध भारतले ठुनेकोले हो/ त् दोषी को?

    अहिले २/३ बहुमत भयको सरकारले जस्तो काम हुनु पर्ने थियो तेस्को अनेकौं कारण हरु छन्/ जुन कारणहरु मध्य कुनै कारण त् नेकपा भित्रै लुकेको छ जुन कुरा पछि थाह भैहाल्छ / बाकि कारण त् पटक पटक गरेर सरकारको नेतृत्व गर्ने कांग्रेसले ओलीलाई हस्तातरण गरेको अस्तव्यस्त बनायको सरकारी यन्त्र नै होईन?

    भारतले बाँध थुनेको कारणले तराई डुबेको “पटक” गन्ने हो भने ओलीको नेतृत्वमा सरकार बनेको बेला भन्दा कांग्रेसको नेतृत्वमा सरकार बनेको बेला तराई कति पटक डुबेको थियो त्यो गन्न आँट छ देउपाको कांग्रेस सिट?

    भारत सिट बार्ता गरेर सुधार्ने समस्यामा जाकेकै होईन नेपाललाई नेपाली कांग्रेसले/ यसको यौटै मात्र उपाय हो अन्तरास्ट्रिय अदालत मा भारत बिरुद्ध “गरेको सन्धि पनि पालना नगरेको र अन्तरास्ट्रिय कानुन मिचेर नेपालको नदि थुनेकोमा मुद्दा हाल्ने/

    Reply
  4. Shankar says:
    July 25, 2019 at 7:07 am

    राम्रो कुरा न राम्रो मान्छेको मुख बाट सुन्दा मजाक गरेजस्तो लाग्यो?
    सरकार आफैमा नाउमात्र्को र निकम्मात् हुदै हो | तर पनि नेपालि कांग्रेस , तेस्माथि पनि देउबा ले चै न बोलेकै बरु राम्रो लाग्छ |जति जति कांग्रेसी हरु गलत हर्कत देखाउछ , तेती तेती यो निकम्मा सरकार झन् बलियो हुन्छ |

    Reply
  5. Bhaktaman Karki says:
    July 25, 2019 at 2:36 am

    त्यतिका बर्ष शासन गर्दा आँखा देखेनौ ?
    एउटा राम्रो system बसाएर गैदिएको भए
    अहिले यो हबिगत हुने थिएन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme