Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साउन १ गते गयो, ‘क्लिन फिड’ लागु भएन् !

Posted on July 23, 2019August 13, 2019 by राजेन्द्र मगर

‘साउन १ गतेबाट ‘क्लिन फिड’ लागु गर्छौ’

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले‍ ‘क्लिन फिड’को बारेमा यसरी बोल्नासाथ सामाजिक सञ्जाल तथा मिडियामा ‘क्लिन फिड’ बहश छाएको थियो।

केबुल व्यावसायीहरुले  सरकारले लिएको क्लिन फिड नितीको विरोध गर्दै २४ घण्टा विदेशी च्यानल बन्द गराए। विदेशी टिभी च्यानल बन्द गर्ने केबुल व्यावसायीहरुको विरोधमा  सिविआईमा उजुरी समेत पर्यो।

सरकारले जतिसुकै विरोध भएतापनि साउन १ गतेबाट क्लिन फिड लागु गर्ने अभिव्यक्ती दिइरह्यो।

तर, साउन १ गते गएको एक हप्ता भयो क्लिन फिड लागु भएन्।

मिडिया तथा सामाजिक सञ्जालबाट सरकारलाई व्यापक समर्थन मिलेपनि  ‘क्लिन फिड’ तत्काल लागु नहुने देखिएको छ। सरकारले ल्याएको विज्ञापन नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट काटकुट भएपछि तत्काल लागु हुने सभ्मावना टरेको हो।

यो संगै नेपालमा प्रशारित विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित  बनाउने सरकारको उदेश्य तत्काललाई पुरा नहुने भएको छ।

अहिले यो विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा छ।

यसको पक्ष र विपक्षमा छलफल भइरहेको छ।

क्लिन फिड निती लागु नगराउन विधेयकलाई काटकुट पारेको भन्ने आरोप समेत लागेको छ।

के हो क्लिन फिड ?

क्लिन फिड भनेको बिना कुनै पनि रोकावट टेलिभिजनमा चाहेको च्यानल र कार्यक्रम हेर्न पाउनुपर्ने मान्यता हो।

अर्थात जुनसुकै विदेशी टिभी विज्ञापन बिना देखाउने प्रावधान क्लिन फिड हो।

यो कार्यान्वयनमा आए कुनैपनि विदेशी च्यानलमा विज्ञापन प्रशारण हुँदैनन् ।

क्लिन फिड अन्तर्राष्ट्रिय अभ्यासमा रहेको साधारण विषय हो तर यसको अभ्यास नेपालमा भइनसकेकाले अहिले बहशको चरणमा छ।

क्लिन फिड नीति कार्यान्वयनमा आउनेवितिकै विज्ञापनको बजार विस्तार हुने र यहीका कलाकारले काम पाउनेछन्। नेपाली विज्ञापन बजार थप विस्तार र कम्पनी तथा कलाकारको भ्यालु बढ्छ। नेपालको विज्ञापन बजार दोब्वर हुन्छ।

जस्तै कुनै विदेशी ब्राण्डले नेपाल मा विज्ञापन नगरि अर्बौको सेल्स गर्छ। किनकि, त्यसको विज्ञापन नेपालीहरुले हेर्ने ईण्डियन च्यानलमा हुन्छ। सोनी, स्टार गोल्ड, म्याक्स आजतक जस्ता टिभी च्यानल नेपालीहरुले हेर्ने हुदाँ विदेशी ब्राण्डले नेपालको लागि छुट्टै विज्ञापन बनाउँदैन र नेपाली विज्ञापनको लागि पैसा खर्च गर्दैन्। त्यसैले यसको प्रत्यक्ष घाटा नेपालको विज्ञापन व्यावसायमा पर्छ।

सरकारले साउन १ देखि क्लिन फिड लागू गर्ने निर्णय गरेपछि क्लिन फिडको पक्ष र विपक्षमा बहश सुरु भएको हो।

तर, क्लिनफिडको बहश नेपालको लागि नयाँ होइन्।

यसअघि अर्थात केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुदाँ क्लिन फिडको विषयमा बहश भएको थियो।

केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुदाँ २०७३ साल साउन ७ गते क्लिन फिड कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेका थिए। सो निर्णय तत्कालिन ओली सरकारको अन्तिम क्याबिनेटले गरेको थियो र २०७४ साउन १ गतेदेखि लागु गर्ने भनिएको थियो । तर, त्यस लगत्तै ओली सरकार ढल्यो र बिचमा प्रचण्ड र शेर बहादुर देउवाले क्लिन फिड कार्यान्वयनमा खासै चासो देखाएनन् । अन्ततः २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयन नगर्ने जानकारी गरायो।

त्यसको २ वर्षसम्म क्लिनफिड बहश सुनसान जस्तै भयो।सञ्चार मन्त्रालयले साउन १ गतेबाट क्लिन फिड लागु गर्नेभएपछि यो बहश सुरु भएको  थियो।

के तयारी गर्नुपर्छ क्लिनफिड नितीको लागि ?

क्लिन फिड कार्यान्वयनका लागि  टेलिभिजन च्यानलहरुलाई डिजिटल बनाउनुपर्छ।

त्यस्तै विज्ञापन ऐन नभएसम्म क्लिन फिड कार्यान्वयन गर्न सकिन्न।

यसमा विदेशी विज्ञापन नियमन र शुल्कको कुरा पनि आउँछ। क्लिन फिड आएपछि विदेशी विज्ञापनको पैसा नेपाली विज्ञापनले व्यहोर्न सक्नुपर्छ। त्यस्तो अवस्थामा च्यानलहरु केहि महंगो पर्न सक्छन्। क्लिन फिडपछि विदेशी विज्ञापनलाई नेपाली विज्ञापनले विस्थापित गरेन भने च्यानलहरु महंगिन्छन्।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme