Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छिमेकी देशको ९७८ करोड रुपैयाँको चन्द्र अभियान- चन्द्रयान २ : जान्नै पर्ने १५ तथ्य

Posted on July 22, 2019July 22, 2019 by Salokya

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने। त्यसको एक दशकपछि अमेरिकाको एउटा यानबाट साँच्चिकै मान्छेले चन्द्र धरातल छोए। छिमेकी देश भारतले भने आज (२२ जुलाई) मा चन्द्रयान २ प्रक्षेपण गरेको छ। यो मिसन बारे जान्नै पर्ने केही तथ्य यस्ता छन्-

१) भारतको श्रीहरिकोटास्थित सतिश धवन स्पेस सेन्टरबाट जुलाई २२ सोमबार दिउँसो स्थानीय समय अनुसार २ बजेर ४३ मिनेटमा (नेपाली समय अनुसार २ बजेर ५८ मिनेट) मा चन्द्रयान २ प्रक्षेपण गरियो।

२) यो यान बनाउन कूल लागत ९७८ करोड भारु लागेकोछ। यसमा ६०३ करोड स्याटेलाइट, ल्यान्डर र रोभरका लागि लागेको हो भने लन्च गर्न ३७५ करोड लागेको हो।

३) यो यानमा २ हजार ३७९ किलोको अर्बिटर, १ हजार ४७१ किलोको ल्यान्डर र २७ किलोको रोभर रहेको छ।

४) यानबाट छुट्टिएर चन्द्र धरालतमा ल्यान्ड गर्ने ल्यान्डरको नाम विक्रम राखिएको छ। त्यसैगरी चन्द्र धरातलमा गुड्ने रोभरलाई प्रज्ञान नाम राखिएको छ। विक्रमबाट निस्केर प्रज्ञानले अनुसन्धानका काम गर्नेछ।

५) चन्द्रमाको साउथ पोलार क्षेत्रमा यो विश्वकै पहिलो मिसन हो।

६) चन्द्र धरातलमा पानीको मोलेकुल डिस्ट्रिब्षुसनबारे यसले थप अध्ययन गर्ने उद्देश्य राखेकोछ। त्यसैगरी धरातलको म्यापिङ, मिनेरल र केमिकलबारे पनि अध्ययन गर्नेछ।

७) भारतको सबैभन्दा शक्तिशाली रकेट GSLV-MK3 बाट प्रक्षेपण गरिएको करिब 16.23 मिनेटपछि चन्द्रयान २ पृथ्वीबाट करिब १८२ किलोमिटरको उचाइमा गएर रकेटबाट अलग भई पृथ्वीको कक्षमा परिक्रमा गर्न सुरु गर्छ।

८) अब आजदेखि १३ अगस्तसम्म पृथ्वीको परिक्रमा गर्नेछ यो यानले।

९) १३ अगस्तदेखि १९ अगस्तसम्म यो यानले चन्द्रमा तर्फको यात्रा गर्नेछ। १९ अगस्तमा चन्द्रमाको कक्षमा पुग्छ। १३ दिनसम्म अर्थात् ३१ अगस्तसम्म यो यानले चन्द्रमाको चारैतिर परिक्रमा गरिरहनेछ।

१०) सेप्टेम्बर १ तारिखमा बल्ल विक्रम नामको ल्यान्डर अर्बिटरबाट अलग हुनेछ र चन्द्रमाको दक्षिणी ध्रुवतर्फको यात्रा थाल्नेछ।

११) पाँच दिनको यात्रापछि ६ सेप्टेम्बरमा विक्रम ल्यान्डर चन्द्र धरातलमा अवतरण गर्नेछ।

१२) त्यसको ४ घण्टापछि विक्रम ल्यान्डरबाट रोभर प्रज्ञान निस्कनेछ र चन्द्र धरातलमा विभिन्न प्रयोग थाल्नेछ।

१३) पृथ्वीबाट आज प्रक्षेपणदेखि चन्द्र धरातलमा अवतरणसम्ममा कूल ४८ दिन लाग्नेछ।

१४) भारतमै विकसित गरिएको प्रविधिको सहयोगमा चन्द्र धरातलमा ल्यान्ड गर्ने यो पहिलो भारतीय प्रयास हो।

१५) चन्द्र धरातलमा सफ्ट ल्यान्ड सफल भयो भने भारत यसो गर्ने चौथो देश हुनेछ।

यो हो विक्रम नामको ल्यान्डर। यसको वजन १४७१ किलो छ। यसले ६५० वाट विद्युत उत्पादन गर्न सक्छ। भारतीय अन्तरिक्ष कार्यक्रमका पिता मानिने डा. विक्रम ए साराभाइको नामबाट यसको न्वानर गरिएको हो। यो एक चन्द्र दिन काम गर्ने गरी बनाइएको छ। त्यसो भन्नुको अर्थ १४ पृथ्वीको दिन हुन्छ। विक्रमले बंगलौर नजिकैको ब्यालालुको आइडिएसएन र अर्बिटर र रोभरसित सञ्चार सम्पर्क गर्न सक्छ। यही ल्यान्डर अर्बिटरबाट छुट्टिएर चन्द्र धरातलमा ल्यान्ड गर्ने हो।


यो हो प्रज्ञान। संस्कृतमा यसको अर्थ हुन्छ बुद्धि। ५ पाङ्ग्रे यो रोभरको वजन २७ किलो हो। उसले ५० वाट विद्युत उत्पादनको क्षमता राख्छ। सौर्य ऊर्जाबाट चल्ने यो यानले ५ सय मिटरसम्म यात्रा गर्न सक्छ। यसले ल्यान्डरसँग मात्र सञ्चार सम्पर्क गर्न सक्छ।

सम्बन्धित सामाग्री
चन्द्रयान २ बारे आधिकारिक वेबसाइट

थ्रीडी एनिमेसन हेर्नुस्-

3 thoughts on “छिमेकी देशको ९७८ करोड रुपैयाँको चन्द्र अभियान- चन्द्रयान २ : जान्नै पर्ने १५ तथ्य”

  1. Shankar says:
    July 23, 2019 at 4:54 pm

    आफ्नै गला अठ्याउने छिमेकी मोटाएर के दंग पर्नु ? हो सिमाना पारि बसेर नेपाल मै नाका बन्दि गराउने नक्कली नेपालि चै दंग परेहोलान |
    तेत्रो तराइमा बाढी आयो ,भारतीय ले सिमाना मा बाध बाधिदिनाले पुरा तराइ डुब्यो , काठमान्डू को राजगरेर इन्डिया को भित्र भित्र दलाली गर्ने पाखे नेताहरु त् बोलेन बोलेन , त्यहा को चोर नेता हरु समेत चू सम्म पनि गरेन |

    Reply
  2. madan bajracharya says:
    July 22, 2019 at 9:13 pm

    करोडौं खुट्टामा टायरको फाटेको जुत्ता; सडकको छेउ फालियाको ढल र झोपडीबास अनि सडकमा पर्यटक हराउने मगन्तेको भिड, अपराध र अपराधीको को कुरै गर्नु पर्दैन( सबैलाई थाह छ त्यहा कस्तो सम्म अपराध हुन्छ भनेर”, आफ्नो विपन्नता नाङ्गिने भयकोले छिमेकीलाई पनि बिपन्न्तामै जाक्न केहि पनि गर्ने ले चन्द्रमामा रकेट पठाउनु भनेको अरु सबै त् तेस्तै हो तर टाई र धोति चाहि नया हो भनेर धाक देखाउनु मात्रै हो/

    तस्विर नहेर्नुस; हेर्नुस कुनै बेला हवाई जहाज बात को झ्याल बात कस्तो छ उनीहरुको सहर र गन्नुस ठुलाको कति वटा अग्ला भावनाहरु छन् र तेस्को आसपास फोहरको थुप्रोमा कति झोपदपत्ता बस्तीहरु छन् भनेर, सायद अंकगणितमा पनि गन्न सकिने…हुँदैन होला/

    उसको उतरी छ्यत्र सुन्दर छन् भनेर/ यो कुरा त् उसको देसको प्रत्यक देसमा हुने चोर बजारको कुरा जस्तै भयो/ ती सुन्दर वस्ती के उसैको हो; बा छिमेकी बात हडपेको? जवाफ खोज्ने पर्दैन सबैलाई थाह छ/

    होलान नहोलान कुनै बेला त्यो इश्वर को बस्ति होलान महा विद्वान ऋषि मुनि रहने भुमि पनि होलान/ तर ती सबै कुरा कथन मै सिमित छ यथार्तमा त्यहा कस्ताको राज चलेको थियो र चल्दै छ भन्ने कुरा सिक्किमेलिले भुल्न सक्लान भुटान मौन रहन सक्ला कास्मिरेको गला दवायर बोल्न्न नदेला तर उसको महान …देखिने मुखौता भित्र उसको अनुहार र ब्यबहार कस्तो छ भन्ने कुरा हामि नेपालीले पुर्खौं देखि देख्दै आयकै कुरा हो/ तर के गर्ने उसले आखामा पट्टि लगायको चसमे बुद्धुहरु हाम्रो….भै दियो/ तेसो नभयको भय हामि कहा ….उ कहा …./

    Reply
  3. Pingback: चन्द्रलोक कसको ? – Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme