Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युट्युबकारिता ! छवि, शिल्पा र साम्राज्ञीको अनावश्यक चर्चा…

Posted on July 21, 2019July 22, 2019 by राजेन्द्र मगर

यतिबेला नेपाली फिल्म जगत दुई कुराले तातेको छ।

पहिलो — नायिका शिल्पा र निर्माता छविको समबन्ध।

दोस्रो — नायिक साम्राज्ञीको प्रेमीसँगको बोल्ड अवतार।

के यी दुई विषय सर्वस्व छाडेर बहश गर्नुपर्ने विषय हो त ? एकथरीको तर्क हुनसक्छ, सेलिब्रेटी हुन्, उनीहरुको व्याक्तिगत जिवनको बारेमा चासो र चर्चा हुनु स्वाभाविक हो। तर, यत्ति धेरै चर्चा ?

बाफ रे बाफ !

युट्युब खोल्यो छवी — शिल्पा र साम्राज्ञी कै चर्चा। अत्ति भएपछि खती हुन्छ भन्छन्। तर, यी दुई प्रसँगको यत्ति  धेरै बहश भइरहेको छ कि यो बाहेक बहश हुनुपर्ने विषय नै छैन् यो क्षेत्रमा। अथवा उनीहरुको अत्ति धेरै चर्चा नगर्दा सर्वस्व छुट्छ। आकाश खस्छ, अनि धर्ती भासिन्छ।

यो त युट्युबकारिता गर्नेहरुलाई लाग्ने कुरा भयो। एक थरी पाठक/दर्शकलाई लाग्न सक्छ, बहश हुनुपर्ने विषयमा कहिल्लै बहश भएकै छैन। महत्वपुर्ण विषयहरु सधै नै  नै ओझेलमा परिरहेको छ।


साम्राज्ञीको भाइरल भएको फोटो।

अर्थात, युट्बकारिता गर्नेहरुले सामान्य घटनालाई अनाआश्यक तोडमोड र अतिरञ्जित गरि महत्वपुर्ण विषयहरुलाई छुटाइरहेका छन्।

युट्युबे पत्रकारहरुले यी दुई प्रसँग अनाआवश्यक उचालेर घरको चुल्हो बालिरहेका छन्।

अर्थात यसो पनि भन्न सकिन्छ, मनोरञ्जन पत्रकारिता यस्तै ‘चटपटे गसिप कन्टेण्ट’ले धानेको छ।

कहिले गीत चोरीको आरोप त कहिले हिरो हिरोइनको ब्रेक अप।

अनि कहिले अवार्डको भद्रगोल त कहिले कलाकारको फेसबुक स्टाटस्।

फिल्म रिलिज र ट्रेलर रिलिजको पाँच हजारे फण्डा त छदैँछ।

यो भन्दा माथी उठेर बक्स अफिसको फाइदा घाटा। फिल्म पोलेसी। कपीराईट एक्ट। कलाकारको पारिश्रमिक। फिल्मको स्क्रिप्ट, अभिनय र फिल्म अध्यन जस्ता विषयलाई मनोरञ्जन पत्रकारिताले छोएकै देखिन्न्।

अर्थात अधिकाशंले स्वस्थ्व रुपमा समाचार सम्प्रेण नगरि अनाआवश्यक हेडलाईन हालेर भ्रामक समाचार सम्प्रेषण गरिरहेका छन्।

अपवाद रुपमा फिल्म विकाशको लागि बहश गर्न सामर्थ्य राख्ने ‘कन्टेण्ट’ लेख्नेहरु भएपनि उनीहरुको कन्टेण्ट यस्तै कन्टेण्टहरुको भिडमा हराउँछ।

एउटा सिङगै बोराको सबै आलु कुहिएको छ भने त्यस बोरामा एउटा सद्दे आलु मिसाउँदा त्यो सद्दे रहदैन् भनेझै भएका छन् उनीहरु।

अर्थात् राम्रो ‘कन्टेन्ट’ लेख्नेहरु सधै छायाँमै  परिरहेका छन्  र त्यसको प्रत्यक्ष प्रभाव पाठक/दर्शकलाई परिरहेको छ।

‘मिडिया बुझेका पाठकहरुले यस्ता ‘कन्टेन्ट’लाई बेवास्ता गर्छन् तर अधिकाशं पाठक मिडिया बुझेका हुन्नन्। फलस्वरुप जे पायो त्यही समाचारहरु पढ्ने सेयर गर्ने र त्यही अनुसार धारणा बनाइरहेका हुन्छन्।

त्यसको प्रतिबिम्ब उनीहरुले सामाजिक सञ्जालमा पोख्ने विचारबाट प्रष्ट हुन्छ।

भनिन्छ, ‘मिडिया समाजको ऐना हो र यो धमिलो भयो भने पाठकहरुको सोचाई पनि धमिलिन्छ।’

अहिले युट्युबकारिताले पाठक/ दर्शकको सोचाई धमिल्याउने काम गरेको छ।

त्यसको प्रतिबिम्ब सामाजिक सञ्जालमा देखिइरहेको छ।

युट्युबकारितामा कस्ता कस्ता ‘कन्टेन्ट’ कस्तो ‘हेडलाइन’ बनेर आइरहेका छन् त ?

यसको बारेमा यहाँ छलफल नगरौँ ।

फिल्म पत्रकारिता गर्ने एक दुई वटा न्युज पोर्टल र युट्युब च्यानल हेर्नु भयो भने तपाई छर्लङगं हुनुहुन्छ।

बरु छविराज ‌‌ओझाको कुरा गरौँ।

के भइरहेको छ त उनको विषयमा ?

ओझा पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी छिन्।

पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

यही मौका छोपेर उनले पनि आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको भन्दै उजुरी दिएकी हुन्।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन्।

‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु,’ हेमाको आरोप छ।

उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।

2 thoughts on “युट्युबकारिता ! छवि, शिल्पा र साम्राज्ञीको अनावश्यक चर्चा…”

  1. Santosh says:
    July 23, 2019 at 2:55 am

    अनि के हामीजस्ता बुढाहरुले कल्कलाउदी तरुनी बिहे गर्न पाउदै नपाइने ?

    Reply
  2. प्रविण says:
    July 22, 2019 at 4:03 pm

    छवि र शिल्पाको बिवाह र छविले शिल्पालाई कानको जाली फुट्ने गरी पड्काएको भन्ने कुरा युट्युबबाट थाहा पाईयो । जनताको सहानुभूती बटुल्न हो वा चर्चामा आउन हो खै कुन्नी शिल्पाले धुरु धुरु रुंदै मलाई पोईले कुट्यो भनेर विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दिएको पनि देखिएकै हो यद्दपी त्यो वास्तविकता थियो वा दुई/चार टेक खाएर गरिएको अभिनय थियो यकिन गर्न सकेको छैन । यो मामिलामा पहिला रत्नपार्कको रुखमा चढेर भाषण गर्ने र अहिले युट्युबबाट विभिन्न चाँहिदा नचाँहिदा कुरा राख्‍दै हिड्ने काल्पनिक मुकुन्दल्याण्डका सम्राट, हुन नसकेकी इन्दिराको राजा मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले सामाजिक संजालमा दिएकाे एउटा स्ट्याटस सहि लागेको छ । उक्त स्ट्याटसमा भनिएको थियो कि “के छवि र शिल्पाको पारपाचुके हुँदैमा देश उत्तानो पर्छ ? उनिहरुको बिवाहमा देशवासीले सलामी दिएका थिए र पारपाचुके हुँदैमा मलामी जानु पर्ने” यस्तै यस्तै । आफ्नो स्वार्थ रहुन्जेल छवि द ग्रेट भन्ने अनि विवाह गरेको छैन संगै बसेको मात्र भन्दै ७ बर्षकी गोमा ७० बर्षको शिव शर्मासंग बिहे गर्ने अनि काम लिईसकेपछि सार्वजनिक रुपमा विभिन्न आरोप लगाउने ? सहि काम गरेको छन् हेमाले । नेपालमा वास्तवमै कानून जिँउदो छ भने छवि र शिल्पा दुवै जेल जानु पर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme