Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्टचेक : के मान्छेले चन्द्रमामा पाइला टेकेको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको हो?

Posted on July 20, 2019 by Salokya

आज जुलाई २० तारिख। मान्छेले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पुगेको दिन।

धेरैलाई लाग्दो रहेछ, यही दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि मृत्यु भएको हो। के हो त सत्य? आउनुस् फ्याक्टचेक गरौँ।

चन्द्रमा छुने उद्देश्य लिन उत्साहित गर्दै प्रश्नोत्तर शीर्षकको कवितामा उनले लेखेका थिए, ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक।’ सन् १९४९ देखि सन् १९५३ को बीचमा यो कविता देवकोटाले रचेको अनुमान छ।

मान्छेले चन्द्रमामा पाइला टेकेको दिन आज अर्थात् जुलाई २० तारिख हो भने साल चाहिँ सन् १९६९।

अब लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको कहिले त्यो खोजौँ। उनको मृत्यु २०१६ सालको भदौ २९ गते भएको हो। यसलाई इस्वी संवतमा परिवर्तन गर्दा सेप्टेम्बर १४, १९५९ हुन आउँछ।

अर्थात् देवकोटाको मृत्यु भएको एक दशक अर्थात् १० वर्षपछि बल्ल मान्छेले चन्द्रमामा पाइला टेकेका हुन्।

उसो भए चन्द्रमा र देवकोटाको मृत्युको घटनासँग जोडिएर किन यस्तो हल्ला फैलियो त?

पख्नुस्, एउटा अर्को घटना छ।

मान्छेको चन्द्रमा मिसन त्यही सन् १९६९ जुलाई २० मा निल आमस्ट्रङले पाइला टेकेपछि मात्र सुरु भएको होइन। अरु धेरै सफल र असफल मिसनहरु भएका थिए। त्यो मध्ये एउटा चाहिँ देवकोटाको मृत्यु भएको दिन अर्थात् सन् १९५९ को सेप्टेम्बर १४ मै थियो।

कुन?

सोभियत संघको लुना २। सोभियतले चन्द्रमामा पठाएको यो छैटौँ यान थियो। १२ सेप्टेम्बर १९५९ अर्थाते देवकोटाको मृत्यु हुनुभन्दा दुई दिनअघि यो यान पृथ्वीबाट प्रक्षेपण गरिएको थियो।

लुना २ यान मस्कोको समय अनुसार सेप्टेम्बर १४, १९५९ मा मध्यरात १२ बजेर २ मिनेट २४ सेकेन्डमा चन्द्र धरातलमा पुगेको थियो। चन्द्रमामा पुगेको मान्छेले बनाएको पहिलो यान थियो यो। नेपाली समय अनुसार बिहानको त्यस्तै पौने ३ बजेको हुनुपर्छ।

अर्थात् चन्द्रमामा सोभियत संघको लुना २ यान पुगेकै दिन लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको कुरा साँचो हो। तर चन्द्रमामा मान्छेले पाइला टेकेको दिन भने त्यसको १० वर्षपछि बल्ल हो।

1 thought on “फ्याक्टचेक : के मान्छेले चन्द्रमामा पाइला टेकेको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको हो?”

  1. सागर says:
    July 21, 2019 at 5:42 am

    को गयो चन्द्रमा मा ? सब अमेरिकाको ठगि (hoax) र गुन्डागर्दी (bully) हो जस्तो लाग्छ, रेगनको पालाको नक्षत्र युद्ध (star war) जस्तै ।
    यो सुन्तले (orange man) त ठगि र गुन्डागर्दीको पराकाष्टा रैछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme