Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भन्ने बेलामा बुद्ध वाज बर्न इन नेपाल भनेर उफ्रने, जन्मभूमिमा भने बुद्ध मूर्ति नै तोडफोड

Posted on July 19, 2019 by Salokya


फोटो साभार : लक्ष्मण पोखरेल/अन्नपूर्ण पोस्ट

बुद्ध वाज बर्न इन नेपाल। यो नारा गजबको छ। सब यो एउटा नारा घोकेर राष्ट्रवादी हुन चाहन्छन्। बुद्धले दिएको शिक्षा के हो, मतलब छैन। शील, समाधि र प्रज्ञा भनेको के हो? अहँ मतलब छैन। थाहा छ त केवल बुद्ध वाज बर्न इन नेपाल। बुद्धको शिक्षालाई व्यवहारिक रुपमा लागू गर्ने प्रयास नगरे पनि यसो बुझ्नसम्म पनि नबुझेसम्म बुद्ध तपाईँको देशमा त के तपाईँको घरमै जन्मिए पनि के फरक पर्छ र। भर्खरै अन्नपूर्ण पोस्टमा समाचार पढ्दा यो तथ्य अझ सही लाग्यो। बुद्धको जन्मभूमिमै बुद्ध मूर्ति तोडफोड गरिएछन्।

समाचार अनुसार लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँचवटा मूर्ति तोडफोड गरिएको हो। केही महिनाअघि मात्रै लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले २० वटा बुद्धमूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका ५ वटा मूर्ति तोडफोड गरिएको हो। बुटवल-भैरहवा ६ लेन सडकको सौन्दर्यकरण र पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले २० लाख लागतमा मूर्ति निर्माण गरेको थियो। नगरक्षेत्रभित्र पर्ने सबै सडकमा मूर्ति राख्ने योजना नगरपालिकाको छ। त्यसका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको छ।

सच्चा बौद्ध हुन् भने यो घटनालाई पनि तटस्थ भावले हेर्नुपर्छ। गौतम बुद्धले आफ्नो मूर्ति नबनाउनु भनेका थिए। बुद्धले आफ्नो मूर्तिमा पूजा गर भनेर कहीँ पनि भनेका छैनन्।

तर बुद्ध वाज बर्न इन नेपाल भन्दै उफ्रनेहरुको देशमा बुद्ध मूर्ति नै तोडफोड हुनु चाहिँ अलि अनौठै चाहिँ हो।


फोटो साभार : लक्ष्मण पोखरेल/अन्नपूर्ण पोस्ट

3 thoughts on “भन्ने बेलामा बुद्ध वाज बर्न इन नेपाल भनेर उफ्रने, जन्मभूमिमा भने बुद्ध मूर्ति नै तोडफोड”

  1. madan bajracharya says:
    July 20, 2019 at 10:15 am

    कसरि तोडेको छ बुद्धको मुर्ति यक चोटी हेर्नुस/ ती मुर्तिहरु यक दुई जनाले उखेलेर सडकमा फाल्न सक्दैन/उखेलेर फालेको जस्तो पनि देखिंदैन ठुलै क्रेन जस्तै मेसिनले उठायर सडकमा ल्यायर ठुलो ठुलो ढुंगा र , ढलान आदि काट्ने मेसिनले काटेको जस्तै देखिन्छ/ तेस्तो मेसिन ब्यात्रिले होईन बिजुली बाट बा डिजेल पेट्रोल बात चलाइन्छ; चलाउँदा ठुलो आवाज र आगोको झिल्काको फोहरानै निस्कन्छ/ ती मेसिनहरु ठुलो निर्माण कम्पनि र सेना प्रहरीले मात्रै प्रयोग गर्छ/ त् त्यो कुकार्य सनकको भरमा यक दुई जनाले गरेको हुनै सक्दैन र राति गरेकोले कसैले पत्तै पायन भन्ने कुरा पत्याउन सकिने कुरा नै होईन/ जसले बुद्धको मुर्ति तोड्न चाहेको हो तेस्ले नै तोडेको होईन तोड्न लगायको हो/ त् कारण के होला कुन स्वार्थको निमित तेसो गर्न लगायको होला सोच्ने पर्ने देखिन्छ/

    बुद्ध नेपालको आफ्नै गौरव हो/ तर यो कुरामा सयौं होईन हजारौं तर लाग्छ त्यो पनि अहिले मात्रै होईन शताव्दियौं देखि/ बुद्धलाई उपेछ्या गर्ने ले बुद्ध वाज बर्न इन नेपाल भनेर गौरव गर्न थालेको मात्र केहि डेढ-दुई दसक अघि देखि मात्रै हो र त्यो पनि….कै निमित रकमि पाराले/ तापनि नेपालकोले त्यो कुकार्य गरेको हुन् सक्छ भनेर सोच्न त् सकिंदैन/ तर अहिले तोडेको मुर्ति भन्दा दसौं गुणा ठुलो बुद्धको प्रतिमा सुर्खेत बिहार बात उखेलेर घिचारेर फलेको; डेढ दुई दसक अघि लुम्बिनीलाई आफ्नै खर्चले समेत अन्तरास्ट्रिय बौद्ध तिर्थ स्थल बनाउन चाहने जापानको बौद्ध भिछ्हुलाई मारेको घटनाले शसंकित हुन् बाध्य्नै गर्छ/ तर पनि नेपालको अहिलेको परिस्थति उहिले जापानको भिच्छुलाई मरेको र सुर्खेत बिहार बात बुद्धको प्रतिमा फालेको बेलाको जस्तो नभयको कारण यो कुकार्यको केन्द्र बिन्दु नक्कलि लुम्बिनी बनाउने तिर पनि तेर्सिन सक्छ/

    बुद्धको हत्या गर्ने देसकाको बुद्ध वाज बर्न इन देअर कन्ट्री झुठो सावित भयकोले हुन् सम्मको बेईज्जत भैनैसकेको छ/ अहिले सक्कलि लुम्बिनीमा बौद्ध महोत्सव हुँदैछ र तेतिबेला त्यहा बिस्व भरिको नागरिकहरु भेला हुन्छ/ तेतिबेला उनीहरुले सक्कली लुम्बिनीको दुई पाईला पारि बुद्ध जन्मेको स्थानको बारेमा फट्याई गर्नेले “नक्कलि लुम्बिनि”समेत बनायको देखे पछि हुने बेईज्जतिले कति तिलमिलाउन्दै छ होला भनेर सहजै अनुमान गर्न सकिन्छ/ बेईज्जति हुने भयकोले तिलामिलाउने सक्कली लुम्बिनि भ्रमण गर्न लायक सुरछित नभयको सन्देस दिन के गर्न सक्छ के गर्न सक्दैन?

    Reply
  2. madan bajracharya says:
    July 19, 2019 at 12:38 pm

    बुद्धको मुर्ति, चैत्य, गुम्बा तोड फोद भयको यो पहिलो घटना होईन/ यस्तो त् उहिले देखि हुँदै आयको छ/” आफ्नो उच्चताको बिकल्प नहुने ठान्नेको निमित बुद्ध उहिले पनि सह्य थियन अहिले पनि छैन/

    बुद्धको हत्या, आदि शंकराचार्यले नेपाल सम्मै आयर बौद्ध चैत्य गुम्बा तोड्नु, पंचायत कालमा पोखरामा; केहि समय अघि सुर्खेत बिहारमा र अहिले ….ई सबै कुराहरुले आज पनि बुद्ध र बौद्ध बिचार कसैको लागि स्विकार्य नभयको स्पस्ट देखायको छ/

    बुद्धलाई बुद्ध आफ्नो देसमा जन्मेको भनेर झुठो दावी गर्ने भारत र बुद्ध जन्मेकै देस नेपालले “बुद्धलाई महामानव” भने मानेको होईन/ बुद्ध वाज बर्न इन इन्डिया भनेको किन भन्ने प्रश्न नै बुद्ध वाज बर्न इन नेपाल भन्न थालेको कारण हो/ बुद्ध नेपालमा जन्मेको हो भनेर नेपालले होईन संयुक्त रास्ट्र संघको उथान्तले प्रमाणित गरेको हो/

    बुद्ध जन्मेको सक्कलि लुम्बिनी नेपालमा रहेको प्रचार हुन् थाले पछि नक्कलि लुम्बिनी बनायर बिस्व भरिको बौद्ध तिर्थ यात्रुहरु बात अरवौं खरावौँ डलर युरो ठग्ने कसैको सपना तुहियो/ सक्कलि लुम्बिनी रहेको देस नेपाल बिस्व भरिको पर्यटकहरुको महान तिर्थ स्थल बन्ने देखियो/ यो कुराले अप्रशन्न खिन्न हुने बात जे हुन् सक्छ तेही भयको हो/ यसलाई अपराधिक कार्य मात्रै भनेर झारा तार्नु हुँदैन/

    Reply
  3. Shankar says:
    July 19, 2019 at 2:27 am

    नेपाल को नेताहरु ले बुद्द लाइ कमाउ खाने भाडो को रुप मा मात्र लिएको छ , स्रद्दा , बिस्वास जति धोति लाउने देउताकै छ | अलिकति लाज सरम भएको भए कमसे कम आर्को ठाउमा सरुवा गरे हुन्थ्यो | पहिले बनाउने , फेरी फुटाउने ?
    इन्डियन ले मुख मा पाधिदिदा पनि कत्ति चेत न खुलेको | फिल्म उसकै चलाउछौ, उसकै अवार्ड सो गर्न देश को बजेट दिन तयार हुन्छौ, हिजो खुर्दालोतन हाम्रो हो भनेर सडक सडक भुक्थेउ , आज मुख मा तेही धोतीको गेडा अड्केको छ कि ? चपचाप छौ | क्हागाये तेरा बाद हरु ? नौलो जनबाद , बहुदलीय जनबाद , प्रचण्ड पथ हरु ? काथ्मान्दुमा बाढीले डुबेर मर्ने स्थिति आयो | एउटा भत्केको सडक ५ बर्स सम्म पिच गर्न न सक्ने ले पानि जहाज अफिस राखेर , आफ्ना पाल्तु हरुलाई तलब खुवाउछस , रेलको गफ दिन्छस | मरिच मान ले भनेको भेडाको छाला वोड़ेको ब्वासोहरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme