Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन बढ्दैछ ‘इन्काउण्टर’ र विस्फोट ? यस्तो छ पृष्ठभुमी

Posted on July 19, 2019 by राजेन्द्र मगर

सरकार र विप्लव समुहको नेकपा माओवादीबीच वार्ता हुने चर्चा चलिरहेको बेला कैलालीको धनगडीमा बम विस्फोट भएको छ।

विस्फोटमा परि ५ जना घाईते भएका छन्।  धनगढी प्रहरीले घटनास्थलमा घटनास्थलमा ९ एमएममको चाइनीज पेस्तोल फेला परेको बताएको  छ।

विष्फोटमा विप्लव समूह संग्लग्न रहेको प्रहरीको आंकलन  छ।

गत महिना काठमाडौँमा भएको विस्फोटको जस्तै शैलीमा धनगढीमा पनि विस्फोट भएको हो।

अर्थात, कुनै योजनाबद्द नभइकन हिड्दा हिड्दै। अर्थात, कुनै पुर्वतयारी बिना नै।

पछिल्लो समय देशमा यस्ता हिंसाका गतिविधी बढेका छन्।

के हो त यसको पृष्भुमी ?

सरकारले फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगायो । त्यसको चौतर्फि विरोध भयो। तर, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलले विरोधको वास्ता नगरी नेकपाका नेता तथा कार्यकर्ता नियन्त्रण गर्न सुरक्षा निकायलाई घुँडा मुनी गोली हान्न निर्देशन दिए। सोही कारण पार्टीका  नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले पटक पटक ‘फायरिङ’ गर्यो।

यो बीचमा  तीन जना विप्लव कार्यकर्ताको ‘इन्काउण्टर’ भइसकेको छ।

उक्त ‘इन्काउण्टर’लाई विप्लव समुहले ‘फेक इन्काउण्टर’को संज्ञा दिएको छ।

नेकपा भोजपुरका युवा नेता तिर्थ गौतम, सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल र ओखलढुंगा सेक्रेटरी निरकुमार राई प्रहरीबाट मारिएका छन् ।

यसरी प्रहरीले एकपछि अर्को हत्याको श्रृंखला बढाएपछि नेकपाले पनि प्रतिरोध गर्ने पटक-पटक चेतावनी दिईसकेको छ। जसका कारण देश पुनः युद्धमा धकेलिने होकी भनेर सर्वत्र त्रास फैलिएको छ।

देशमा फेरि युद्द हुने हो कि भन्ने त्रास फैलिइरहदाँ सरकार र विप्लव समुहबीच वार्ता हुने चर्चा चलिरहेको थियो।

विप्लवसँग वार्ता हुने तयारी भइरहेको समाचार बाहिरिइरहदाँ यो विस्फोट भएको हो।

गत महिना मात्रै काठमाडौँको विभिन्न स्थानहरुमा विस्फोट हुदाँ ५ जनाको मृत्यु र आधाँ दर्जन भन्दा  बढी घाईते भएका थिए।

उक्त विस्फोटपछि प्रधानमन्त्रीले विस्फोटमा परेर मर्नेहरु नागरिक नभएर आतंककारी भएको बताएका थिए।

त्यस्तै गृहमन्त्री राम बहादुर थापाले पनि विप्लव समुहबाट राजधानी नै खतरा रहेको सुचना पाएको सार्वजानिक रुपमै बताएका थिए।

फलस्वरुप विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त हुने स्थिती समेत आयो।

लगातार कार्यकर्ता मारिनुले पनि विप्लव माओवादी आक्रोशित हुदैँ विस्फोट गराउन थाल्यो।

जसको कारण विस्फोटको घटना बढिरहेको हो।

कसरी भएको थियो धनगढी विस्फोट ?

प्रत्यक्षदर्शीका अनुसार राम सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो।

उनले पिठ्युँमा झोला भिरेका थिए। उनी झोला सहित होटलभित्रको बेञ्चमा बस्ने बित्तिकै विष्फोट भएको थियो।

प्रहरीले राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने आशंका गरेको छ।

दुबैजना सँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

घाइतेहरुको शरीरभरी छर्रा लागेको छ भने मुखमा ठूलो चोट छ। घाइतेमध्ये राम सिंह र लक्ष्मण सेरेलाको अवस्था गम्भीर छ।

राम सिंहको कम्मरमुनीको पूरै मासु झरेको छ भने लक्ष्मणको शरीरभरी चोट लागेको छ।

आज बिहिबार धनगढीको चटकपुरमा रहेको सहिदगेट नजिकैको मिलन होटलमा ७ बजेतिर विष्फोट भएको थियो।

 

 

 

 

1 thought on “किन बढ्दैछ ‘इन्काउण्टर’ र विस्फोट ? यस्तो छ पृष्ठभुमी”

  1. madan bajracharya says:
    July 21, 2019 at 10:51 am

    नेपालको नेताहरुको आआफ्नै राजनैतिक अवधारणा छ र उनीहरुको नीति र चाहना नै नागरिकको चाहना भयको दावी गर्छन जनमतले त्यो कुरा झुठो भयको देखाय पनि/उनीहरु आफु सत्ताको नेतृत्वमा अग्र स्थानमा नरहने सबै व्यबस्थाको बिरोधि हुन्छन र उनीहरु बिरोध सब्दले गर्दैन विध्वंस मच्चायर गर्छन/ यो कुरामा अपबाद भयको कुनै नेता नै छैन नेपाल/

    उनीहरुको पार्टी नागरिकको मतको संगठित प्रतिनिध्व गर्ने पार्टी होईन आफु नरहेको सत्तामा माथि धावा गर्ने लाल किल्ला हो/ नागरिकको निमित हुनु पर्ने राजनैतिक पार्टीलाई उनीहरुले नागरिकहरुलाई मात्रै होईन सदनलाई समेत “निमित” बनायको छ/ यो कुरामा अपबाद बनेको पार्टी खै अहिले सम्म त् देखियको पनि छैन/

    यस्तै यस्तै नेताहरु र तिनका पार्टीहरुले कहिले यकल त् कहिले मिलिभगतमा सट्टाको नेतृत्व गरेको छ र जसले सत्ताको नेतृत्व गर्न पायको छ उसले आफ्नो नेतृत्वमा चल्ने ब्यबस्था लाई “बिस्वमै सर्व श्रेष्ठ” भयको दावी गर्वको छ भने सत्ताको नेतृत्वमा नपुगेका ले देसमा तानाशाही अलोकतान्त्रिक ब्यबस्था लादियको भन्दै आयको छ/

    त् मेरो निजि विचार यहि हो कि सबै का सबै अनुहार मात्रै फरक भयका पद पाय ओली प्रचंद्र नपाय बिप्लव बैद्य बा तेस्तै अरु बन्नेहरुनै हुन्/ यसको अर्थ जसले जे सुकै लगाउन मतलव राख्दिन/ उनीहरुले हाम्रो मतलाव राख्दैन त् हामि उनीहरुको मतलव किन राख्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme