Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

श्रीमती हत्याको कारण के ? सालीसँगको सम्बन्ध कि १ करोड बीमाको लोभ ?

Posted on July 18, 2019July 18, 2019 by राजेन्द्र मगर

‘पैसा सबथोक होइन तर भगवान भन्दा कम छैन’

पैसाको महिमालाई लिएर फिल्ममा यस्ता डाइलगहरु प्रसस्तै प्रयोग भएका हुन्छन्।

समाजकै घटनालाई लिएर फिल्म बनाइन्छ। अर्थात, फिल्ममा देखाइएको दृश्य समाजमै घटिरहेका हुन्छन्।

‘क्राइम थ्रिलर’ फिल्मको ‘प्लट’ जस्तै डरलाग्दो घटना फेरि घटेको छ।

घटना श्रीमती हत्याको हो।

पोखराको रमेश नेपालीको श्रीमती लक्ष्मी नेपालीको चार महिना अघि जीवन बिमा गरिएको थियो।

जीवन बिमा लाखको होइन् १ करोडको।

बिमा गरिएको चार महिना बित्दा लक्ष्मी जिवित छैनन्। उनी यस धर्तीमा नहुनुको कारण प्राकृतिक होइन्।

अर्थात्, उनको हत्या भयो।

उनको हत्या कस्ले र किन गर्यो त ?

प्रहरीको दाबी मान्ने हो भने लक्ष्मीको हत्या उनको श्रीमान रमेशले गरे।

किनको कारण — पैसा।

प्रहरीका अनुसार रमेशले १ करोडको लोभमा श्रीमती मार्न ‘कन्ट्रायाक्ट किलर’ प्रयोग गरे।

यही कुरा पुष्टी गर्न प्रहरी सुक्ष्म अनुसन्धान गरिरहेको बताउँछ।

लक्ष्मी हत्याको अनुसन्धान गर्दा शंकाको सुई श्रीमान नेपालीतीर गएको थियो। नेपालीले नै चार महिना अघि श्रीमतीको जीवन बिमा गरिदिएका थिए।

प्रहरीका अनुसार भारतीय ‘कन्ट्र्याक्ट किलर’ फरार छन्।

असार ३ गते भारतीय ‘कन्ट्र्याक्ट किलर’ आएर पृथ्वीचोकका  बसेका थिए।

हत्या योजना तयार भइसकेपछि रमेशले १ लाख एडभान्स दिए।

योजना बन्यो जंगल लगेर हत्या गर्ने।

रमेशले श्रीमतीको खुट्टामा भएको एलर्जीको जडीबुटी औषधी खोज्न भन्दै लक्ष्मीलाई जंगल लगे।लक्ष्मी जडीबुटी खोज्दै जंगल तलतल जान थालिन्। रमेश त्यहाँबाट लक्ष्मीलाई झन तल जानु भन्दै फरार भए।

योजना अनुसार लुकेर बसेका व्यक्तिहरूले जंगलमा लक्ष्मीलाई ‘एट्याक’ गरे।

आँखा र मुखमा सल बाँधी चक्कुले घाँटी रेटी ‘कन्ट्रायाक्ट किलर’ त्यहाँबाट फरार भए।

श्रीमतीको हत्यापछि लास जंगलमै छोडी रमेशले किलर संजय शर्मालाई ५ लाख दिए र ४ लाख केही दिन पछि दिने सहमति भयो।

घटना सार्वजानिक भएपछि अनुसन्धान गर्दै जादाँ प्रहरीले लक्ष्मीको युनिक लाइफ इन्सुरेन्समा १ करोड जीवन बिमा गरेको कागजात फेला पार्यो। सोही कारण अनुसन्धान गर्दै जादाँ शंकाको घेरामा उनका श्रीमान पनि परे।

प्रहरीको अनुसन्धानले लक्ष्मीको माइती पट्टीको साली पर्नेसँग रमेशको नजिकैको समबन्ध रहेको पनि खुलेको छ।

माइती पक्षसँग रमेशको सम्बन्ध वा बिमा रकम ? कुन कारण घटना घटाइएको हो भनेर सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

यद्यपी,

प्रहरीको मुख्य सङख्या १ करोडमै छ।

पोखरा २२ पुम्दीभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा  हत्या भएको  २५ दिन पछि लक्ष्मीको अस्थिपञ्जर फेला परेको थियो।

लक्ष्मीका श्रीमान रमेशले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न  हराएको भोलिपल्टै निवेदन दिएका थिए।

निवेदन परेपछि प्रहरीले पहिले उनीसँग नै घट्नाको बारेमा सोधपुछ गरेको थियो।

पहिलो चरणमा सोधपुछ गर्दा श्रीमानलाई शंका गर्ने केही आधार भेटिएको थिएन।

परिवार र माइती पक्षसँग सोधपुछ गर्दा श्रीमानको संलग्नता हुन सक्ने आधार प्रहरीले फेला परेको थियो।

त्यसपछि रमेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा हत्या उनैबाट भारतीय कन्ट्र्याक्ट किलर प्रयोग गरी भएको पत्ता लागेको हो।

तर, हत्याको कारण बिमाको रकम या समबन्ध भन्ने अनुसन्धानमै छ।

 

1 thought on “श्रीमती हत्याको कारण के ? सालीसँगको सम्बन्ध कि १ करोड बीमाको लोभ ?”

  1. Shankar says:
    July 18, 2019 at 9:43 am

    बन्धु
    दोस ”अज्ञानताको अन्धकार को हो, लोभ को हो ‘ एक करोड को पनि हैन , सम्बन्ध को त् हुदै हैन |
    एक करोड ले त् मोरंन लागेको बिरामी पनि बचाउछ , सम्बन्ध ले माइचारा , प्रेम बढाउछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme