Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बूढो देखाउने फेस एपको फन्डा के हो? केही नोक्सान त गर्दैन यसले?

Posted on July 17, 2019 by Salokya

अहिले फेसबुक हेरिसाध्य छैन। जाे पनि बूढा वा बूढी देखिएका छन्। अकस्मात् समय फास्ट भएको हैन न तपाईँ टाइम मेसिन चढेर भविष्यमा पुग्नु भएकै हो। फेस एप नामको एउटा एप भाइरल भएपछि र सेलिब्रिटीहरुले त्यो चलाउन थालेपछि विदेश हुँदै हाम्रोमा पनि यो बूढो फोटो भाइरल हुन थालेको हो। खासमा दुई वर्षअघि नै एक पटक भाइरल भइसकेको हो यो एप। अहिले फेरि भाइरल भएसँगै प्राइभेसीका विभिन्न चासो पनि उठेका छन्। यसबारे जान्नै पर्ने केही कुरा।

के तपाईँको फोटो यसले चोर्छ? तपाईँका सबै फोटोहरु चोरेर कतै अपलोड गर्छ?

BE CAREFUL WITH FACEAPP – the face aging fad app. It immediately uploads your photos without asking, whether you chose one or not. https://t.co/LlqkDpy4ZO

— Joshua Nozzi ????‍? ⚣ (@JoshuaNozzi) July 16, 2019

एक जना एप डेभलपरले तपाईँलाई थाहै नदिई फेसएपले तपाईँका फोटोहरु अपलोड गर्छ भनेर ट्विटे। यस्तो सुनेपछि को आत्तिँदैन?

साँच्चै यस्तो हो त? फोर्ब्समा प्रकाशित समाचार अनुसार इलियट एल्डरसन नामले परिचित सेक्युरिटी रिसर्चरले एप डाउनलोड गरेर हेरे- फोटो कता पठाउने रहेछ यो एपले। उनले पत्ता लगाए अनुसार यो एपले सबमिट गरेका फोटोहरु मात्र लिने रहेछ, हल्ला भए जस्तो सबै फोटो थाहै नदिई अरुतिर ट्रान्सफर गर्ने हैन।

टेकक्रन्चले पनि हल्ला भए जस्तो आफूहरुले नपाएको उल्लेख गरेको छ।

यो एप रसियाका डेभलपरले बनाएको भएर पनि इस्यु भइरहेको छ। तर यी फ्रेन्च एक्सपर्टका अनुसार फोटोहरु रसियाको सर्भरमा हैन अमेरिकाकै सर्भरमा पठाइन्छन्।

तर के नगर्नुपर्ने काम गरिन्छ त?

एक्सपर्टहरुका अनुसार खासमा फोटोलाई तपाईँकै डिभाइसमा प्रोसेर गरे पनि हुने हो। तर त्यसो नगरी यसले फोटोहरुलाई बाहिरको सर्भरमा पठाउँछ। यसो गर्न किन जरुरी भयो, उल्लेख छैन। सेक्युरिटी रिसर्चरहरुले यो विषयमा चासो देखाएका छन्।

HOWEVER: they do appear to upload single images in order to apply the filters server-side. while not as egregious, this is non-obvious and I am sure many folks are not cool with that.

— Will Strafach (@chronic) July 17, 2019

एप बनाउने रसियाली Yaroslav Goncharov ले यसबारे केही भनेका छैनन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme