Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चलचित्र विकाश बोर्डले देखायो अभिनेता खनालको नियतमा खोट, खनालले भने, ‘जुनियर कलाकारले सहे मैले सकिन्’

Posted on July 16, 2019 by राजेन्द्र मगर

अभिनेत्री करिश्मा माननन्धरको फेसबुक पोस्टमा  अभिनेता सरोज खनाललेआफ्नो फोटो सहित कमेण्ट गरेपछि सुरु भएको राष्ट्रिय अवार्डको विवादले यतिबेला सामाजिक सञ्जाल तताएको छ। राष्ट्रपति निवासमा भएको कार्यक्रममा अभिनेता खनालले ट्वाइलेटको कमोडमा बसेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि अवार्डले नयाँ विवाद सिर्जना गरेको हो।

अवार्ड विवादको सुरुवात अभिनेत्री करिश्मा मानन्धरको फेसबुक पोस्टबाट भएको थियो

उनले लेखेकी थिइन्,

यही फेसबुक पोस्टमा अभिनेता खनालले आफ्नो फोटो सहित रिप्लाई गरेका थिए

फेरि आज चलचित्र विकाश बोर्डले विज्ञप्ती जारी गर्दै अभिनेता खनालले नियोजित रुपमा फोटो खिचाएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ। जसको कारण अवार्ड विवाद अर्को तहमा पुगेको छ।

विकाश बोर्डको विज्ञप्तीमा लेखिएको छ,

‘राष्ट्रपति भवनको सभाहल सँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ। शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ।’

बोर्डले विज्ञप्ती जारी गर्दै अभिनेता खनालको नियतमा शंका गर्दै गरेपछि खनालले फेरि मुख खोलेका छन्।

उनले भनेका छन्,

‘लुगा फेर्न जान रुम थिएन, कता जाउँ भयो। ट्वाइलेट देखेपछि त्यतै छिरेँ। साथीभाईहरुले फोटो खिचिदिएछन्। व्यावस्थापन देखेर कार्यक्रम बहिस्कार गरौँ जस्तो भएको थियो तर, राष्ट्रपति निवासको कार्यक्रम, मर्यादा, चलचित्र विकास बोर्डको अवार्ड कार्यक्रम। म चलचित्र क्षेत्रको मान्छे, त्यो संस्थाको गरिमाका लागि पनि नाच्न तयार भएँ।

पछि म किन कलाकार भएँछुु भनी खुुबै पिरोलिएँ, हिनताबोध भयो। हामी कलाकार टुसुक्क बस्ने एउटा सिटका लागि लायक रहेनछौं भन्ने लाग्यो।

‘कहाँ कस्तो कार्यक्रम गर्ने भन्ने मुख्य निर्णय आयोजकको हुन्छ, त्यस्तो साँघुरो ठाउँमा कलाकारलाई राखेर अवार्ड बाँड्दा के कति ख्याति कमाइयो भन्ने लाग्यो होला र ? वास्तवमा सितल निवासको त्यो ठाउँ आउने मान्छेलाई भेटघाट गर्ने ठाउँ रहेछ।

मैले बोल्नुपर्ने कुरा बोलेको हुँ। जुनियर कलाकारले बोलेनन्, उनीहरूले सहेर बसे। तर, मैले सहन आवश्यक ठानिनँ।’

 

2 thoughts on “चलचित्र विकाश बोर्डले देखायो अभिनेता खनालको नियतमा खोट, खनालले भने, ‘जुनियर कलाकारले सहे मैले सकिन्’”

  1. Mahendra says:
    July 16, 2019 at 4:11 pm

    सरोज खनाल ज्यु, फर्किनुस हौ अमेरिका नै | नेपालमा यस्तै हो | तपाइंको ग्रीन कार्ड फुस्रो होला फेरी |

    Reply
  2. Dig Bahadur Tamang USA says:
    July 16, 2019 at 3:12 am

    केहि समय यत, रास्ट्रपति विद्यादेवी भंदरिज्युको बारेमा केहि घटना क्रमले अतिरंजित गरेर बाहिर झनै भ्रमफैलन सछ्यम समाचारहरु आइरहेको छ, तर कुनै कुराहरु, रास्ट्रपति मोहोदयको साथमा सरकारले खटाय का कर्मचारीहरुको तरफबाट नै गल्ति भएको हुनु पर्छ, हामी पनि जति चाकरी गर्न सक्यो उति नजिक भयो भन्ने भावना ले नै तेस्तो भएको हुनु पर्छ
    तेत्रो सरकारी भवनमा यति जनामात्र मानिस अटाउने हाल भएकोले यो संख्याभन्द बढी मानिस आएमा भित्रप्रवेश निषेध हुने छ भनेर सूचना नै किन पठाउन सकिएन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme