Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोसल मिडियामा भ्यागुतोको उछित्तो : पानी नपर्दा बिहे, बाढी आएपछि डिभोर्स

Posted on July 15, 2019July 15, 2019 by Salokya


केही अघिसम्म चर्को गर्मी भएपछि सोसल मिडियामा भ्यागुतोको बिहे गराइएको खबर भाइरल भएको थियो। नेपाल र भारतका केही ठाउँमा भ्यागुतोको बिहे गराइदियो भने पानी पर्छ भन्ने कथन छ। त्यही अनुसार भ्यागुतोको बिहे भएको फोटो छ्यापछ्याप्ती भयो। मोरङको रङ्गेलीस्थित संसारी माइ मन्दिरमा पुजारीले भ्यागुतोको बिहे गराउँदै गरेको समाचार त टेलिभिजनमा नै बज्यो।

असार मसान्त लाग्न लाग्दा पानी पर्न थाल्यो। यति पानी पर्‍यो, यति पानी पर्‍यो कि बाढी पहिरोले आक्रान्त बन्यो देश। त्यसपछि सोसल मिडियामा फेरि सुरु भयो अस्ति भ्यागुतोको बिहे गरेका कारण पानी परेको, अब डिभोर्स गरिदिनु पर्‍यो।

“अस्ति पानी परोस् भनेर भ्यागुतोको बिहे गर्दिनेले तुरुन्तै उनीहरुको डिभोर्स गर्दिनुपर्‍यो। पानीले हद पार गरिसक्यो” यो वाक्य सयौँले कपिपेस्ट गरे।

नेपालीहरुले चान्स पायो भने गर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएकै छ। प्रमकै छिमेकी जिल्ला मोरङका प्रकाश बानियाँलाई आयो आइडिया। अनि नेपाली कागजमा भ्यागुतोको डिभोर्सको व्यहोरा लेखेर दुई वटा भ्यागुतो पनि समातेर ल्याए, फोटो खिचे। अहिले त्यो पोस्ट भाइरल हुँदैछ।

बिचरा भ्यागुतो। अनुरा। मान्छेले यसैलाई बढी दुःख दिने। हाइस्कूल होस् या युनिभर्सिटी- एनाटोमीको क्लासका लागि चिरिनु पर्ने यही। भविष्यका डाक्टरहरुले प्राक्टिस गर्न अरु केही नपाएर चिरिनु पर्ने पनि यही। कथामा राजकुमारीको चुम्बन खाएपछि बल्ल मान्छे हुने गरी श्राप परेर बन्नु पर्ने पनि यही भ्यागुतो। माछा माछा भ्यागुता भनेर उछित्तो काढ्ने उखानबाट पनि यही पीडित।

हुँदाहुँदा प्रम ओलीले पूर्व प्रम बाबुराम भट्टराईलाई छेड हान्न पनि भ्यागुतोकै कथा चाहिने। अस्ति बाबुराम नयाँ शक्ति छाडेर उपेन्द्र यादवको पार्टीमा जाँदा ओलीले यस्तो कथा सुनाएका थिए-

एउटा भ्यागुताको बच्चाले भैँसीको पाडो देखेछ । पाडो देखेपछि हतारिँदै आएर आमालाई सुनाएछ, मैले कत्रो जीव देखेँ भनेर । आमा भ्यागुतो बच्चाले कत्रो जीव देखेछ भनेर पेट फुलाउँदै यत्रो हो भन्दै देखाइ छे । बच्चाले होइन भनेपछि झन् ठूलो पारेर यत्रो चाहिँ हो भनेर फेरि सोधिछ । बच्चाले होइन होइन त्यो भन्दा पनि ठूलो भनेपछि आमा भ्यागुताले पेट झन् फुलाउँदै यत्रो हो भन्दा पेट नै फुटेर मरिछ । अहिले भएको पनि त्यस्तै हो ।

अब अहिले पानी नपर्दा पनि भ्यागुतालाई दोष, परेर बाढी आउँदा पनि भ्यागुतालाई दोष। भ्यागुतोहरुको संगठन भइदिएको भए यही रिसमा नेपाल बन्द नगर्लान् त !

4 thoughts on “सोसल मिडियामा भ्यागुतोको उछित्तो : पानी नपर्दा बिहे, बाढी आएपछि डिभोर्स”

  1. Pingback: भालेपोथी त छुट्टिन्न, भ्यागुतोको बिहे गरेर पानी पर्ने र डिभोर्स गरेर रोकिने हुन्छ कहीँ? « Mysansar
  2. Rajiv says:
    July 18, 2019 at 12:53 am

    भविष्यका डाक्टरहरुले प्राक्टिस गर्न अरु केही नपाएर चिरिनु पर्ने पनि यही।
    Can you justify it with any university or medical college reference where this thing really happens ??frog dissection and (practice of medicine or सुर्गेरी) in a med school anywhere in entire world ?? @Salokya

    Reply
    1. Salokya says:
      July 18, 2019 at 7:59 am

      व्यङ्ग्यमा लेखेको चिजलाई पनि यति सिरियसली नलिम् न हौ 😛

      Reply
  3. madan bajracharya says:
    July 16, 2019 at 11:55 am

    ओलीले उ विद्वान पुर्खाको सन्तान हो भनेको अस्ति सम्म पत्याउन सकेको थियन/ तर अव पत्याय/ तर मनमा यौटा संखा पनि पलायो/ कतै यमाले त् कहिले काँग्रेस हुँदै फेरी यमालेमा ओत लाग्न आयका भोट पाउने आस पनि मरिसकेका घर भत्केकाहरु समेतलाई समेटेर दुई तिहाई बहुमत पुग्ने भोट पाउनुमा यस्तै बाज्यको मन्त्र त् … / यस्तो नहोस मेरो संखा बिनासित्तिकै होस्/ राजनैतिक घटना परिबर्तन यथार्तताकै कारणले भयको होस् चमत्कारी बाजेको चमत्कारी मन्त्रको कारणले भयको नहोस/ यस्तो बजेको ..ले केहि हुने भय आफु आर्य भयको भन्ने शक्तिहिन हुँदै गयको भट्टराई बाजे आज अर्कै बनिसकेको हुन्थे/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme