Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाढीपहिरोले कुन कुन मुख्य बाटो बन्द? यी हुन् १३ जिल्ला जहाँ सडकमा अवरोध छ

Posted on July 15, 2019July 15, 2019 by Salokya

असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका मुख्य कुन-कुन बाटो बन्द छन्? असार ३० गते बिहान ७ बजेसम्मको बाटो अवरोध विवरण नेपाल प्रहरीले दिएको छ। साथै तपाईँ कतै यात्रामा निस्कन लाग्नुभएको छ भने त्यसअघि सडकको अवस्था जानकारी लिन चाह हुन्छ भने केन्द्रीय प्रहरी परिचालन कक्ष ०१-४४१२७८० मा सम्पर्क गर्न सक्नुहुन्छ। (मोबाइलमा हेर्दै हुनुहुन्छ र माथिको इन्टर्‍याक्टिभ म्याप खुलेन भने यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ)

मुस्ताङ : २७ गते १५:३० बजेबाट मुस्ताङ थासाङ गा.पा.४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढी बेनी जोमसोड जाने सडक अवरोध।

मनाङ : २७ गते ०६:०० बजेबाट नासो गा.पा.१ म्यादीखोलामा पानीको बहाव बढी बेसिशहर-मनाङ सडक अवरोध ।

ओखलढुंगा : २७ गते १४:०० बजेबाट मानेभञ्याङ गा.पा.७ सिद्दिचरण राजमार्ग बाढीले अवरोध।

ललितपुर : २७ गते ०५:०० बजेबाट भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौडा जाने सडक खण्ड अवरोध।

मकवानपुर : २६ गते ०८:४० बजेबाट इन्द्रसरोबर गा.पा.५ महालक्ष्मीखोला नजिक पहिरो आई फाखेल हुदै काठमाण्डौं आउने सडक बन्द भएकोमा त्यही दिन १६:०० बजे एक तर्फी सडक खुलेको तर ३० गते ०६:५० बजेबाट पुन:बन्द।

मकवानपुर : २७ गते १४:०० बजेबाट इन्द्रसरोबर गा.पा.२र३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्ड अवरोध।

सिन्धुली : २७ गते ०८:०० बजेबाट फिरुल गा.पा.६ बहादरे खोला, सोल खोला र खाड्खाङ खोलामा पहिरो आई मध्य पहाडी लोकमार्ग अवरोध।

रामेछाप : २८ गते १४:०० बजेबाट मन्थली न.पा.६ सेलेघाट भन्ने स्थानमा पहिरो आई मन्थलीबाट काठमाण्डौं आउने सडक खण्ड अवरोध, २९ गते १८:३० बजे बाटो खुला भएको।

भोजपुर: २८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरोध।

धनकुटा : २८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपर सडक खण्ड पहिरो गई अवरोध, २९ गते १७:५० बजे खुलेको।

रौतहट : २८ गते १४:०० बजेबाट चपरबाट गौर सडक खण्ड अवरोध।

महोत्तरी : २८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरोध।

पाल्पा : २८ गते १३:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिद्धार्थ राजमार्ग अवरोध भएकोमा ऐ. २९ गते १३:०० बजे एकतर्फ खुल्ला भएकोमा १४:०० बजेबाट पुन:बन्द।

कालिकोट : २८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरोध।

महोत्तरी : ३० गते ०४:०० बजे बर्दिवास न.पा.१ र ४ जोडने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई अवरोध भएको।

हालसम्म ६५ जनाको मृत्यु भइसकेको छ भने ३० जना बेपत्ता छन्।

असार ३० गते ९:०० बजे सम्मको #Update

अविरल वर्षाको कारण हाल सम्म

६५ जनाको मृत्यु ( महिला २४, पुरुष ४१)
३८ जना घाईते ( महिला १७, पुरुष २१)
३० जना बेपत्ता ( महिला १२, पुरुष १८)
१,४४६ जनाको सकुशल उद्धार #NepalFlood2019 pic.twitter.com/9mci9DZQxf

— Nepal Police (@NepalPoliceHQ) July 15, 2019

(स्रोत : नेपाल प्रहरी)

1 thought on “बाढीपहिरोले कुन कुन मुख्य बाटो बन्द? यी हुन् १३ जिल्ला जहाँ सडकमा अवरोध छ”

  1. santosh says:
    July 16, 2019 at 10:57 am

    सालोक्य ज्यु ले त गल्ती औंल्याउनु पर्ने ठाउँमा जस्ताको तस्तै साभार मात्र गर्नुभएछ यसपाली । “ललितपुर : २७ गते ०५:०० बजेबाट भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौडा जाने सडक खण्ड अवरोध।” “कान्ती लोकपथ” हुनुपर्ने मा “शान्ती लोकपथ” लेखेको थियो नेपाल प्रहरी ले फेसबुकमा 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme