Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय अवार्ड : ट्वाइलेटको कमोडमा बसेर हेरेकोदेखि नाचेर पाएको चर्चासम्म

Posted on July 15, 2019July 15, 2019 by राजेन्द्र मगर

देशभर बाढीले बितण्डा मच्चाएर ६० जनाको मृत्यु भइसकेपछि सप्तकोशी ब्यारेजका ५२ वटा नै ढोका खोलिएको छ।

हिजो सम्म कोशी ब्यारेजको ढोका नखोलिदाँ भारतसँग डराएको भन्दै सामाजिक सञ्जालमा नेपाल सरकारको विरोध भएको थियो।

आज कोशी ब्यारेजको ५२ वटा नै ढोका खोलिदाँ बाँध फुटेर भारतलाई नै खतरा हुने भएपछि भारतकै आग्रहमा बाँध खोलिएको भन्दै सरकारको विरोध भइरहेको छ।

सामाजिक सञ्जाल र मिडियाभरि बाढीको समाचार र फोटोहरु छ्याछ्याप्ती भइरहदाँ यता नेशनल अवार्डको रडाको सुरु भएको छ।

अर्थात यो वर्ष पनि अवार्ड विवादरहित हुन सकेन।

गत शुक्रबार साँझ शीतल निवास (राष्ट्रपति भवन) मा तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड एकसाथ बाँडियो।

अवार्ड सम्पन्न भएसँगै सामाजिक सञ्जालमा फिल्मकर्मीबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को आलोचना सुरु भयो। फिल्म ‘पञ्चायत’ का निर्देशक शिवम् अधिकारीले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमा लेखे,‘अवार्ड किन्न पैसा बोकेर हिँड्नु पर्ने हो।’

त्यस्तै अवार्ड कार्यक्रममा उपस्थि नभएकी अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमै लेखिन्,

‘एकादेशको कथा ,< पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रग्या प्रथिस्ठान को हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै सुइकार्य छैन । बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।

त्यस्तै करिश्मा मानन्धरको पोस्टमा कमेण्ट गर्दै अभिनेता  सरोज खनालले लेखे,

‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिनँ । तर, मनको बह कसैलाई भन्नु भन्छन् । त्यसैले आई शेयर विथ यू ।’

उनले कमोडमा बसेको फोटो राखेर कमेण्ट गरेका थिए। उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अवार्ड कार्यक्रमा नृत्य गर्ने ३५ जनाको टोलीमा अभिनेता पुष्प खड्का पनि थिए । उनले २०७४ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘मंगलम’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । तर, अवार्ड समारोहमा नृत्य गरेका कारण उनलाई अवार्ड दिइएको चर्चा फिल्मवृतमा चलेको छ।

पुष्पले यो विषयमा प्रतिक्रिया दिएका छन्,

‘मैले नाचेर अवार्ड पाएको हुँ जस्तो लाग्दैन । त्यहाँ गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, सन्नी रौनियार जस्ता कलाकार हुनुहुन्थ्यो । उहाँहरुसँग स्टेज सेयर गर्ने मौका मात्र लिएको हुँ । अवार्ड दिन्छन् भनेर नाचेको होइनँ। ठिक छ, मैले गरेको काममा उहाँहरुले विश्वास अझै लागेको रहेनछ ।’ । मैले अझै मिहिनेत गर्नुपर्ने रहेछ । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्नेछु । ताकी, मैले अवार्ड पाउँदा उहाँहरुलाई पनि गर्व लागोस्।’

2 thoughts on “राष्ट्रिय अवार्ड : ट्वाइलेटको कमोडमा बसेर हेरेकोदेखि नाचेर पाएको चर्चासम्म”

  1. madan bajracharya says:
    July 16, 2019 at 6:02 am

    भारतले कोशी बाँधको सबै ढोखा (ढोखा के भन्ने धोका हो प्रजातन्त्र भन्दै देसमा प्रवासि तन्त्र चाउनेको) खप्नै दिंदैन किनभने उ कोसीको बहाव भारतको भुमि पुगे पछि फर्काउन खोज्दैछ/ तर यसपाली खोल्न उ बाध्य भयको कारण के हो भने भारतले कोशी सन्धि पालना गरिरहेको छैन र कोसीमा आयको बाढीले कोशी बाँध फुट्यो भने उसले त्यो बाँध पुन बनाउन भारतको सबै नेताहरु हुल बाँधेर यमलोकनै पुग्नु पर्छ “हे यमराज कोशी बाँध फुट्यो त्यो बाँध बनाउन मात्रिका प्रवासि कोईरालाले मात्रै दिन सक्छ तेसैले उसलाई नरकको खाल्डो बात निकालेर नेपाल खाल्डो पठाई देउ भनेर; यसो त् भारतले गर्ने सक्दैन/ तेसैले हो बाँध बचाउन कोशी बाधको सबै ढोखा हरु खोल्न लगायको/ नभय आज सम्म नखोलेको र खोल्न नदियको कोशी बाँधको सबै ढोखा तेतिकै कहा खोल्न दिन्थ्यो भारतले/

    यदि इश्वर साँच्चै नै छ र नेपालि प्रति इश्वर खुसि छ भने नेपालको नदीको पानीले कोशी गण्डकी बाँध मात्रै होईन सिमानामा सडकको नाममा भारतले बनायको बाँध सबै बगाई देवस चाहे यसको निमित मेरै बलि चाहिन्छ भने त्यो पनि लेवस/

    Reply
  2. Shankar says:
    July 15, 2019 at 8:10 am

    कुनै अन्तरास्ट्रिय क्षेत्रको गतिलो अवार्ड पाए छुट्टै न भए पंचायत काल मा पंचेले सालै पिछे तक्मा पाउने , बहुदल कांग्रेस हुदा कांग्रेसी ले गनी गनी पाउने , बहुदल एमाले हुदा उनका कार्यकर्ता ले पाउने , अनि त्यो अवार्ड को के गरिमा ?
    जिन्दगि भरि प्रसासन क्षेत्र मा धादली गरेको , सिक्ष्या क्षेत्रको निकमा हरु , स्वस्थ क्षेत्रको नालायक बिरामीको स्वास्थ सग खेलबाड गर्काले समेत नेपाल मा कुनै न कुनै काल खण्ड मा तक्मा , सम्मान पत्र , पुरस्कार पाएकै छ | दोसल्ला पनि ओढ्न भ्याएकै छ \
    कमेडी सो भन्छन ताल न तुल को टेलिफिल्म बनायो , खेल्यो , देखायो | न कसैले त्यो टेली मन परावोस न मन परावोस मतलब छैन , तर केटो गजक्क फुलेर बुढी लिएर अन्तर्वार्ता दिन आइपुग्छन बा |तथाकथित हास्य टेलिफिल्म मा न उठेको हासो चै त्यो बेलामा उठ्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme