यो फोटो एक पटक ध्यान दिएर हेर्नुस् है। तपाईँले झट्ट हेर्दा छुटेको पनि हुनसक्छ। कलंकीको ट्राफिक प्रहरी कार्यालय डुबानमा परेको भोलिपल्ट खिचेको यो फोटोमा कयौँ मोटरसाइकलहरु हिलोमा पुरिएको देखिन्छ। यो हिलो शुक्रबार आएको बाढीले ल्याएको हो।
अर्को एउटा फोटो पनि हेर्नुस्, ठाउँ उही-
यसमा त एउटा चार पाङ्ग्रे पनि देखिन्छ।
यो मनमती खोला बढेर नै कुलेश्वरको अपार्टमेन्टहरुमा पनि पानी पस्यो। कलंकीमा त ग्यास सिलिन्डर टिप्न खोजेका एक जनालाई बगाएको समेत थियो। बगाएको व्यक्ति अहिलेसम्म फेला परेको छैन।
यो सँगै प्रश्न उठेको छ- खोला बस्तीमा पसेको कि बस्ती चैँ खोलामा पसेको?
दुईवटा स्याटेलाइट फोटो हेर्नुस्- एउटा १६ वर्षअघिको, एउटा भर्खरको। १६ वर्षमा के के परिवर्तन भयो, हेर्नुस्। डेस्कटपमा हुनुहुन्छ भने फोटो बीचमा रहेको स्लाइडर तानेर परिवर्तन हेर्नुस्। मोबाइलमा हुनुहुन्छ र फोटो खुलेन भने यहाँ क्लिक गरी हेर्नुस्।
के पहुँचवालाले सार्वजनिक जग्गा पोखरी हडपेको फिर्ता लिन सकिंदैन?
मलाई अन्तको कुरा थाह भयन/ तर काठमाण्डौ को १७ वडा छात्रपातिमा ककसले सार्वजनिक जग्गा हडपेको त्यो थाह छ/ १७वदामा थन्हिति, छत्रपाति मूल चोक इखापोखरी धोबिचौर कुसले चौर पोदेतोल र खुसिबुं छ्यत्रहरु समेतेकोछ/ त्यहा धनि; बलिया लगायत स्कुल ले समेत सार्वजनिक पोखरी र जग्गाहरु मिचेको छ/
०१. छत्रपाति मूल चोकको पुर्व; जुद्धोदय स्कुलको दच्छिन मा खा: पुखु थियो; इखा पोखरी जस्तै खा:पुखुको सबै भन्दा धेरै जग्गा मिच्ने तुलसीनारायण मानन्धर हो र अलि अलि मिच्ने अरु पनि छन्/ अहिले उ त् मारी सक्यो तर उअस्को तिन वटा बंगला र कयौं रोपनी जग्गा उसैको सन्तानको कब्जामा छ/ उहिले २०४८/४९ तिर बेस्सरी पानि परेकोले उसको बंगलाहरु र कब्जा गरेको जग्गामा दुन्गानै चलाउन मिल्ने गरि पानि भरेको थियो/ उसले त्याहा जमेको पानि निकाल्न वडा अध्यछ्य रामहरि कृष्ण मानन्धरलाई सरकारी खर्चमा उसले कब्जा गरेको जमिन बात पानि निकाल्न भनेको थियो/ तर त्यो जग्गा उसको हुँदै नभयको र उ धनि व्यक्ति भयकोले “तिम्रै खर्चमा निकाल” भनेर फर्काई दियो/
०२. इखापोखरी कन्यामन्दिर स्कुलले महेंद्रकोमा इखापोखरी को संरछ्याँ गर्न पाउ भनि बिन्ति पत्र चधायको थियो र राजाले स्कुललाई इखापोखरी मात्र सन्रछ्यन गर्ने जिम्मेवारी पायको थियो/ तर स्कुलले धार्मिक सांस्कृतिक महत्वको त्यी इखापोखरी आफ्नै मात्र बनायन पोखरी वरपरको सबैलाई बाँडे पनि/
०३. १७ वडाको बिस्नुमतिको पुर्व किनारमा देखि बालाजु पुल सम्मै मात्र केहि फिटको बाटो थियो, तर अहिले ५० सौं फित चौडा बाटो छ/ त्यो बाटो त्यहा फोहर फाल्दै बनायको हो/
०४. धोबिचौर कुसलेचौर को सबै खालि जग्गा चौर र बनेको घरहरु इन्द्रायणी गुठीको जग्गा हो/ धोबिचौर पुरै पंचायतको पालामा हेमबहादुर मल्लले आफ्नो नाममा दर्ता गराइने सकेको थियो/ मैले त्यो बारेमा पत्र्कामा पढेको लगतै धोबिचौरको साबि बासिन्दालाई युथ कलेजमा भेला गरेको र युवाहरुलाई यकिकृत गरेर तत्कालै सहयोगी परिबार गठन गरेर संगठित रुपमा हेमबहादुर बात त्यो जग्गा फर्काउन लागेको थिय/ यो कुरामा सायद हामीले मात्रै तेत्रो शक्तिशाली पन्चे नेता हेमबहादुर मललाई हराउन सकिंदैनथ्यो होला/ तर हामीले यो कुरा उठाउँदा तेतिबेलाको सबै भन्दा शक्तिशाली जर्नेल मदन बिक्रम जरसाहेव जो राजाको पनि नातेदार थियो उसले “धन्दा नमान्नु राजाको सम्म कुरा पुर्यान्छु” भन्नुभयको थियो/
०५. छत्रपातिमा जस्तो पिउनै हुने राम्रो पानि आउने ढुंगेधाराहरु भयको टोल सायद अरु कुनै छैन होला/ ति ढुंगे धाराहरु अनेकौं मिचियको छ/