Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हो त्यो शक्तिशाली जसले, प्रम ओलीको विवेकको भाडो नै बन्द गर्न सफल भयो

Posted on July 12, 2019 by राजेन्द्र मगर

केही दिन यता सामाजिक सञ्जाल विषादी प्रकरणले तातेको छ। एउटै घटनामा  प्रधानमन्त्री  केपी शर्मा ओलीका दुई भिन्न अभिव्यक्तीले उनी विवादित पनि बनेका छन्।

पटक पटक गलत अभिव्यक्ती दिएको र जनताहरुलाई भ्रम छरेको भन्दै प्रम ओलीलाई जनताहरुले, ‘झुक्किए भन्न लाज लाग्दैन्, प्रम ज्यू ?’ भन्दै प्रश्न गरेका छन्।

केही दिनअघि विषादी प्रकरणमा भारतिय दुतावासको पत्र  आएको भ्रम फिजाइएको भन्दै ‘कहाँ आयो खै पत्र ? आएकै छैन् ? सधै भ्रम मात्र फैलाइरहने ?’ भनेर उनले भाषण दिएका थिए।

तर, त्यसको केही दिनपछि भारतिय दुतावासको पत्र मिडियामा सार्वजानिक भयो।

त्यसपछि दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण झुक्किएको अभिव्यक्ती प्रम ओलीबाट आयो।

उनले भने,

‘भारतबाट पत्र आएको रहेछ तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ।विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनुपर्छ तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुपर्यो, त्यसप्रति क्षमाप्रार्थी छु।’

ओली यसरी झुक्किएका पहिलो पटक भने होइन्, पटक पटक उनी यसरी झुक्किरहेका छन्।

गत वर्षको चिनी काण्ड होस् या मेलम्चीको पानी काण्ड हरेक काण्डमा प्रम ओली जोडिएका छन्।

बजारमा चिनी अभाव भएको बेला ‘चिनीको भाउ घट्छ नअत्तालिनुस्’ भनेर प्रम ओलीले भन्नासाथ’ ५५ रुपैयाको चिनी ८८ रुपैयाँ पुग्छ।

अनि उनी अर्को भाषणमा उखान टुक्का जोड्दै भन्छन्, ‘मलाई चिनी उद्योगील झुक्काए।’

त्यस्तै मेलम्चीको पानी दशै अगाडी नै घर घरमा पुग्छ भनेर भाषण गरेको वर्षौ बित्दापनि केही प्रगती नभएपछि उनी फेरि भाषणमै भनिदिन्छन्, ‘मलाई मेलम्चीको बारेमा गलत ब्रिफिङ भयो।’

उनको भाषण सुनेर पर्रर ताली पिट्ने जमातको कमी भने छैन्।

‘अब काठमाडौँमा मास्क लगाएर हिड्नु पर्दैन्’ भन्दा होस् या ‘देशका जनता कोही पनि भोकै मर्नु पर्दैन्’ भनेर भाषण गरिरहदाँ तालिको वर्षात हुन्छ।

तर, खाना नपाएर जनता वर्षौदेख मरिरहेका छन् भने केही महिना यता प्रहरीको गोली खाएर मर्ने जनता पनि थपिएका छन्।तर, ओली उनीहरुलाई जनता मान्न् तयार छैनन्। उनी उखान टुक्का जोड्दै भाषण ठोक्छन्, ‘भिरमा जाने गाईलाई राराम भन्न सकिन्छ, काँध हाल्न सकिन्न्।’

प्रम ओलीका पछिल्ला अभिव्यक्ती र ‘एक्सन’ हेर्दा हो उनी पटक पटक झुक्किइरहेका छन्। उनलाई झुक्काइएको छ।

कसैको बहकाउँमा नलागी आफ्नै विवेक प्रयोग गरेको भए प्रम ओलीले ‘शहरमा धुलो उड्न छाडिसक्यो, मानिसहरु मास्क लगाएर हिड्न छोडिसके।’ भन्थेँ र ?

अर्थात ‘सरकारको विरोध गर्न मानिसहरु मास्क लगाएर हिड्न थाले भनेर भन्थेँ र ?’

हो प्रम ओलीलाई झुक्काइएको छ। नझुक्काइएको भए, बालुवाटाबाट नजिकैको शिक्षण र कान्ति अस्पतालमा बिरामीले बेड नपाएर मरिरहँदा उनी किन देशमा पानी जहाज र मनोरेल ल्याउने भन्दै भाषण ठोक्थे र ?

वर्षेनी वर्षा लागेपछि तराईका वस्तीहरु डुबानमा परिरहदाँ उनी किन उखान टुक्का हान्दै मख्ख पर्थे र ?

यी त केही उदारणहरु मात्रै हुन्।

हो प्रधानमन्त्रीले भनेजस्तै उनलाई झुक्याइएको छ। उनी झुक्किएका उदारणहरु टन्नै छन्।

उनलाई नझुक्काइएको भए त, पहिलोपटक प्रधानमन्त्रीबाट बिदाई हुदै गर्दा ‘म फेरि प्रधानमन्त्री हुनेछु र देशको कायापलट गर्छु’ भनेको भाषण अवश्य सँम्झिन्थे।

कायापलट नै नगरेपनि त्यसका केही संकेतहरु दिन्थे।

हो प्रधानमन्त्रीको विवेकको भाडो नै बन्द हुने गरि उनलाई झुक्काइएको छ।

आखिर को हो त्यो शक्तिशाली जसले प्रधानमन्त्रीको विवेकको भाडो नै बन्द गर्न सफल भयो।

अहिलेको प्रश्न नै यही हो,  ‘प्रम जस्तो शक्तिशाली मानिसलाई झुक्याउनेको  को छ अर्को शक्तिशाली ?”

कि फेरि अर्को भाषणमा  उखान टुक्का जोड्दै ‘मलाई अरुले झुक्काए भनेर फेरि झुक्किएछु’ भन्ने हुन् उनले ?

 

 

4 thoughts on “को हो त्यो शक्तिशाली जसले, प्रम ओलीको विवेकको भाडो नै बन्द गर्न सफल भयो”

  1. madan bajracharya says:
    July 13, 2019 at 10:02 am

    साथि बसुज्यु
    सिधै भन्ने हो भने हामि धन्तुवा तन्त्रमा फसेको छ/ २००७सालमा फेरी पनि रानालाई नै प्रधान मन्त्रि बनायर बिना संबिधान नेपालमा भारतको कठपुतली तन्त्रलाई …..भनेको भन्दा कम ढाँट अहिलेकाले पनि बान्ता गर्दै गरेको छैन दिल्ली सम्झौता वादको दोश्रो अवतारिहरुले/ पच्छिल्लो उदाहरणको रुपमा बंसज को आधारमा फेरी पनि तराईमा नेपालि नागरिकता …गराउने देखि तरकारी निर्देशनलाई सकिन्छ र अर्को त् ढाँट त् निकट भविस्यमै आउंदैछ “सप्तकोशी बाँध नेपालकै आवश्यकताको निमित” भनेर/

    Reply
  2. बसु says:
    July 12, 2019 at 11:18 pm

    ओलीले आफुलाई झुक्याइएको भन्ने कुरा पक्कै सत्य हुनुपर्छ । तसर्थ उनलाई जसले झुक्याई रहेका छन् ति ढंटुवा श्याल बालुवाटारमै छ । छाला काढेर बाहिर ल्याउनु पर्ने भएको छ । र ओलीले यसो गर्नैपर्छ । अन्यथा ओली आफैँले ढाँटेको भन्न कर लाग्छ ।

    Reply
  3. Shankar says:
    July 12, 2019 at 5:01 pm

    छबिलाल र काजु को चेस गेम चलिरहेछ | जुन मान्छेको थुतुनो बढी चल्छ , तेस्को दिमाग अलि ढिलो हुन्छ भन्ने क्हाबत छ नेपालीमा , भनेपछि को होला त् ?काइते बाहुन भर्सस जैसी बाहुन |

    Reply
  4. madan bajracharya says:
    July 12, 2019 at 9:22 am

    पार्टी खोल्ने बेला राम्रै सोचेर नियम पुर्यायर कानुन र संविधानको पालना मात्रै होईन अझै परिस्कृत गर्छु भनेर खोलेको हो/ तर पार्टी पनि सडकमा ..गर्दै चलेको, चलाउन दियको ट्रिपर जस्तै बने/ नेपालमा चलाईने ट्रिपरहरु “सबै मेड इन इन्डिया नै नभय पनि आसेम्बल्द इन इन्डिया त् होनै हो/ ट्रिपर सिन्डिकेट ले चलाउन दिन्छ/ यति भने पछि पुग्छ्नै होला’ किनभने ट्रिपर सब्दले नेपालको पार्टी र पार्टी चलाउनेको सबै आनि बानि आकार प्रकार र ब्यबहार समेट्छ/ त् ट्रिपर जस्तै बनेको पार्टीहरु कसले चलाउँदैछ?

    महाकाली सन्धि गराउने ओली बदलेको पक्कै हो/ तेसैले ओलीको यमाले पार्टीले बहुमत पाउने पक्कै देखि सकेको थियो/ तर अहिले ओलीको पालामा जे जस्तो हुँदै आयको छ तेस्ले ओलीलाई सुम्सुम्याउन्दै उसको तालु खुईल्याउने काम हुँदैछ कि जस्तो देखिन थालेको छ/ यस्तो हो भन्ने कसले? खुईल्याउन तालु सुम्सुम्याउने काम त् कि ओलीलाई काखमा राख्नेले गर्छ कि ओलीले काखमा राखेकोले गर्छ/ यो कुरामा ओलीकै पार्टीको माधव झलनाथ रावल र कांग्रेसको देउपा लगायत कुनै माथि आशंका गर्ने पर्दैन किनभने उनीहरु र ओलीको काखको सम्भंद छैन नै भने हुन्छ/ त् अर्को को छ? मलाई लाग्छ कसैले “उ त्यो छ नि” भन्ने पर्दैन’ किनभने आफु कसको काखमा बसेको छ बा आफ्नो काखमा को बसेको छ भन्ने कुरा थाह पाउन आँखा खोलेर हेर्ने पर्दैन भन्ने कुरा ओलीलाई थाह नहुने कुरा त् हुनै सक्दैन/ तैपनि म ओलीलाई यउटा हिन्ट्स दिन्छु; अरुको घर कब्जाउन बा भत्काउन त्यो घर भित्र नपसि कसैले गर्नै सक्दैन/ यति हिन्ट्स ले पुग्दैन भने लौ सुन अब अलि प्रस्ट हिन्ट्स दिन्छु ” कहा नेपालमा भारतको स्वार्थको पोको मिलाकाउने भन्ने मदन भण्डारी र मनमोहन कहा नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने प्रण गर्ने/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme