Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लन्डनको मेट्रोमा राखिएको नेपालको विज्ञापनमा रहेको फोटो कहाँको?

Posted on July 8, 2019 by Salokya

अहिले विश्वकप क्रिकेट भइरहेको बेलामा लन्डनको मेट्रोमा भिजिट नेपाल २०२० को विज्ञापन देखिएको छ। नेपालको फोटो राख्नुपर्ने ठाउँमा अर्कै देशको फोटो राखेर प्रचार गरिएको भन्दै आलोचना भइरहेको छ सोसल मिडियामा। नेपाली मात्र हैन विदेशीले पनि विज्ञापनलाई उडाएका छन्। आखिर त्यो फोटो कहाँको हो? कसले खिचेको? खोज्दा यस्तो भेटियो।

ट्विटरमा प्रशान्त कुँवरले यो फोटोसहित ट्विट गरे गत शुक्रबार (जुलाई ५ मा)।

Great to see Nepal being promoted in London especially near @HomeOfCricket for ICC World Cup final 2019 @nepaltourismb @DrDuBaSuChhetri @paras77 @SharadRajAran @ICC @suraj_vaidya14 pic.twitter.com/V3LBNMhy0r

— Prashant Kunwar (@kprashantt) July 6, 2019

भोलिपल्ट सञ्चारकर्मी भुषण दाहालले यो थाइ फोटो भएको भन्दै गलत तस्वीरको सहाराले मुलुकको प्रवर्द्धन गरिएकोमा आलोचना गरे।

Unfortunately promoting Nepal with a THAI picture….don't mislead the world… careless promotions don't help… यसरी गलत तस्वीरको सहाराले प्रवर्द्धन गरिनुपर्ने मुलुक होइन नेपाल। https://t.co/zMDrvhX50h

— bhusan dahal (@DahalTbd) July 7, 2019

हुँदाहुँदा विदेशीले पनि त्यसलाई उडाउन थाले-

यो फोटो कसले खिचेको हो, कहाँ खिचेको हो खोज्दै जाँदा सटरस्टकमा पुगियो।

SantiPhotoSS नामका फोटोग्राफरले सटरस्टकमा यो फोटो बेच्न राखेका छन्। थाइल्यान्ड, म्यान्मार, भुटानका प्रशस्त फोटोहरु सटरस्टकको उनको प्रोफाइलमा छ। सटरस्टक रोयल्टी फ्री स्टक फोटोहरु बेच्ने वेबसाइट हो। सस्तोमा एउटा फोटो २७ सेन्टसम्म पनि किन्न पाइन्छ। अर्थात् नेपाली ३० रुपैयाँ। खासमा यसमा फोटो किन्न मासिक रकम तिर्नुपर्छ। मासिक १९९ अमेरिकी डलर तिर्‍यो भने ७५० वटा फोटो डाउनलोड गर्न पाइन्छ।

Royalty-free Stock Photo: 435066739 रहेको यो फोटोको क्याप्सन Novices monk vipassana meditation at front of Buddha statue राखिएको छ। फोटो कुन ठाउँमा खिचिएको उल्लेख छैन। तर फोटोको ट्यागमा नेपाल र नेप्लिज पनि राखेको देखिन्छ-

त्यही भएर नेपालको बारेमा बढी जानकारी नभएको मान्छेले यो विज्ञापनको डिजाइन गरेको प्रष्ट हुन्छ। नेपाल किवर्ड राखेर सर्च गर्दा यो फोटो देख्यो होला उसले सटरस्टकमा। अनि त्यहाँबाट लिइएको फोटो फ्लिप गरेर विज्ञापन बनाइएको छ।

फोटोमा बुद्धको मूर्ति हेर्दा यो नेपालमा भेटिने बुद्धको मूर्ति जस्तो छैन। तर यो थाइल्यान्डकै हो भनी भुषण दाहालले ठोकुवा गरे जस्तो ठोकुवा गर्न सकिन्न। यो कम्बोडिया, म्यान्मारको पनि हुनसक्छ। नेपालको फोटो नराखी नेपालको प्रचार गर्न विज्ञापन बनाइएको भने हो।

प्रशान्त कुँवरले लन्डन मेट्रोमा राखिएका अरु विज्ञापनहरु पनि ट्विट गरेका छन्। ती भने नेपालकै फोटो हुन्-

Here are some other pictures that are in the St. Johns Wood Station in London. @nepaltourismb @DrDuBaSuChhetri @aransumarga1 @HomeOfCricket @suraj_vaidya14 pic.twitter.com/8Fip0DFU40

— Prashant Kunwar (@kprashantt) July 7, 2019

1 thought on “लन्डनको मेट्रोमा राखिएको नेपालको विज्ञापनमा रहेको फोटो कहाँको?”

  1. madan bajracharya says:
    July 9, 2019 at 11:24 pm

    त्यो तस्विरमा नेपाल भनेर लेखेको छैन/ सिद्द्र्थ गौतम अहिले नेपालको सिमाना भित्र परेको उहिले स्वतन्त्र देस लुम्बिनीमा जन्मेको हो/ त्यो बेला लुम्बिनीलाई लुम्बिनिनै भनिन्थ्यो नेपाल भनिन्दैन्थ्यो/ तेसैले तितो लाग्ला तर सत्य त् यहि हो गौतम बुद्धमा जन्मेको लुम्बिनी अहिले नेपालको भूभाग भयकैले मात्र हामीले (नेपालको राजाहरु होईनन) गौतम नेपालको भन्न सक्ने भयको हो/ अब गौतम हाम्रो भन्न सक्ने नेपालमा कति प्रतिशत उहिले थियो र अहिले कति प्रतिशत छन् भन्ने कुरा खोतल्न थाल्यो भने अहिले आरोपको बाढीले बगाई दिन्छ/

    बिस्वको कयौं मुलुकहरुले बौद्ध धर्मलाई आफ्नो रास्ट्रिय धर्म नै मानेको छ/ ती देसहरुले बुद्ध र बुद्धको केहि पनि कुरालाई आफ्नो भन्न सक्छ/ यसमा कसैले आपति जनाउनु हुँदैन/ मानव बन्न प्रेरना दिने बुद्धको पंचशील शिद्धात रास्ट्र संघले समेत मानेको छ/

    बुद्धको बिचार कुनै धर्म सिट बाझ्दैन/ बुद्धको बिचारको समर्थक कुनै पनि धर्म मान्नेको माझ फरक देखिंदैन/ तेसैले पछि बुद्ध भनियको शिद्दार्थ गौतमलाई बिस्वाले “महामानव” मानेकोछ/

    सहि अर्थमै बुद्धको बिचार माने बुद्ध सबैको हो/ तर यो यो कुरामा अलि होईन धेरै धेरै तितो पिरो लाग्ने कुरा के हो भने जुन देसमा बुद्धको हत्या भयो; जुन देसकोले (आदि शंकराचार्य )ले आफ्नो देसमा मात्रै होईन नेपाल सम्मै आयर बुद्ध धर्म; गुम्बा मासे; बौद्ध कृति तोडे त्यो देस जसले कुटनैतिक सम्भंदमा संयुक्त रास्ट्र संघले समेत मानेको बुद्धको पाँच शिल सिद्धाताको धज्जि उदाउन्दै आयको छ देसले बुद्ध भारतको भनि दावी गर्दै आयको छ/ तेस्को जवाफमा म मात्र यति भन्छु बुद्ध आदि शंकराचार्यको देसमा जन्मेको होईन बुद्धको हत्या भयको देस हो/

    नेपालमा बुद्ध प्रति कसको कस्तो के थियो र छ त्यो बारेमा केहि लेख्न चाहन्न/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme