वन्यजन्तुको अनुसन्धानको पछि लाग्नेहरू एकाएक घट्न थालेका छन्।
वन्यजन्तुको अनुसन्धान गरेर पनि नेपालमै बस्न सकिन्छ भन्नेहरू विदेश जाने योजना बुन्न थालेका छन्।
किन ?
मिडियाले चर्चा गरेन। सायद चाल पनि पायो कि पाएन कुन्नि। एक वर्ष अघिको त्यो घटनापछि विकसित परिस्थिति हुन् यी। यसको कारण थियो नेपाललाई रुफर्ड स्मल ग्रान्टले कालो सूचीमा राख्नु।
इमान्दारिताका साथ यो क्षेत्रमा लाग्नेहरूलाई सबैभन्दा ठूलो चोट परेको यो घटनापछि बेइमान अनुसन्धानकर्मीहरू केही समयको लागि भूमिगत जस्तै भए।
हुन पनि २० देखि ४० हजार नेपाली रुपियाँ दिएर अनुसन्धान गर भन्ने नेपाली सङ्घ संस्थाहरूको अगाडि सो बेलाय