Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आईफा अवार्ड गर्न पछि हट्यो सरकार,पुस्तकमा लगाएको १० प्रतिशत करमा के गर्ला?

Posted on July 3, 2019July 3, 2019 by राजेन्द्र मगर

केही दिन यता सुरु भएको आइफा अवार्ड बहश अन्तत किनारा लागेको छ।

भारतीय चलचित्रको अवार्ड गर्न नेपाल सरकारले पैसा खर्चिने भन्ने समाचार बाहिरिएपछि आइफा बहशले तरंग मच्चाएको थियो।

नेकपाको नेता भिम रावल तथा अग्नी खरेरलले सरकारको उक्त कदमको खुलेर विरोध गरेका थिए।

आइफा अवार्डको बहशको क्रममा ‘श्रीमतीलाई म्याक्सी छैन्, छिमेकीलाई ट्याक्सी’ भन्दै ट्रोल पनि बनाइएको थियो।

कर्णालीमा नुन छैन् भारतको अवार्डलाई एक अर्ब भन्दै भिम रावल आक्रोशित भएका थिए

यसरी चौतर्फी विरोध भएपछि हिजो मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलेआईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दियो।

नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले भन्दै अवार्ड रोक्न निर्देशन दिइएको थियो।

लगत्तै आज  उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।

यो संगै आईफा बहश किनारा लागेको हो।

सरकारले ल्याएको गुठी विधेयक फिर्ता गरेको दुई साता नबित्दै आईफा अवार्डको बारेमा पछाडी हट्यो।

सरकारको यो कदसँगै अब पुस्तकमा लगाइएको कर के हुने हो भन्ने चर्चा चलेको छ।

पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था नहटाइन्जेल आयात बन्द गर्ने नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले सरकारलाई चेतावनी दिइसकेको छ।

सरकारले आर्थिक विधेयकमा विदेशबाट नेपालभित्र पैठारी (आयात) हुने सबै किसिमका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेको छ ।

सरकारको पछिल्लो निर्णयले ठूलो संख्यामा नेपाली विद्यार्थी तथा पाठक समूह पुस्तकमा चर्को मूल्य व्यहोर्ने स्थितिमा आइपुगेको भन्दै विरोध भइरहेको छ।

गुठी विधेकय र आईफा अवार्ड गर्ने निर्णय जस्तै सरकारले पुस्तकमा कर लगाउने निर्णय फिर्ता गर्ला त ?

 

 

4 thoughts on “आईफा अवार्ड गर्न पछि हट्यो सरकार,पुस्तकमा लगाएको १० प्रतिशत करमा के गर्ला?”

  1. madan bajracharya says:
    July 7, 2019 at 8:09 am

    शंकर ज्यु
    उहिलेको मात्रिका प्रवासि कोईरालाले नेपालमा स्वार्थको चौकीदारी भारतीय सेनाले नै गराउन्थ्यो अहिलेकोले आफै गर्न थालेकोले हो कि/ संकरज्यु यो त् सुरुवात हो; सुनी हाल्नु भयो होला नेपालको भूमिमा भारतले सप्तकोसी नदिमा बिस्व्मै अग्लो बाँध बनाउन आयोजनाको निमित भनेर अरवौको बजेट को ब्यबस्था गरेको कुरा/ नेपालको भूमिमा भारतको बाँध!!!/ खै बोले कसैले?

    भारत बात ल्याउने बिखालु तरकारी त् बिक्दै नबिक्ने बनाउन सकिन्छ/ किनेर ल्याईसके पकाई सके फाल्न पनि सकिन्छ/ तर अर्को छ मैन्हा सम्म भारतको बिखालु तरकारी खा भन्ने ( फाले दम्पिंग सेक्टर सिसडोलनै कुहिनेहरु)लाई कहा फाल्ने; कसरि फाल्ने?

    शंकरज्यु; यसो गर्न सकियला? टुँडिखेलमा यउटा भब्य पार्टी गरौँ/ त्यहा अरु परिकार केहि नराख्ने मात्र भारत बात ल्यायको तरकारीहरूको कवाफ कचिला छ्वेला परिकार राख्ने अनि त्यो भारतिय तरकारी परिकार पार्टीको प्रमुख अतिथि तेही जसले हामीलाई अर्को छ मैन्हा भारतको तरकारी खा भने तेसैलाई बनाउने/ हेरी हालौं हामीलाई खा भन्नेले त्यो तरकारी आफै खान्छ बा खाँदैन/

    Reply
  2. madan bajracharya says:
    July 5, 2019 at 3:17 am

    आईफ़ा …..बात सरकार ..हुनु नेपाल जस्तो आफ्नै मोलिक संस्कार र जीवन शैली भयकोमा गौरव गर्ने (त्यो बाँस्कोटालाई छोडेर) सबैको मिनित राम्रै कुरा हो/ तर घरि यस्तो तेस्तो बिधेयक बनाउने र निर्णयहरु गर्दै फेरी फिर्ता लिन बाध्य भयको सरकारको निमित राम्रो होईन/

    यति सानो मुलुकमा तेत्रो संख्यामा सांसदहरु भयको सदन छ फेरी हामि त् बुद्धिमान पुर्खाको सन्तान हौँ (कोहि कोहि त् आर्य हौँ भनेर जिव्रो चपायर बाकि नेपालीहरु उनीहरु भन्दा तुच्छ भयको आशय व्यक्त गर्ने पनि छन्) भनेर दम्भ गर्नेको दुई तिहाई बहुमत भयको सरकार छ तापनि …..पनि गतिलो ….पनि गर्न नसक्नुले के जनाउँछ; मुर्खको हातमा राम्रो …पनि बाँदरको हातमा नरिवल जस्तो हुन् सक्छ बा महर्षि को अर्को सन्तान अधर्मि दैत्य भयको?

    यसो भनेर मैले आफुलाई बुद्धिमान पुर्खाको सन्तान हौँ भन्नेलाई व्यंग गरेको र गालि गरेको होईन; खुवाई उखान तुक्काबाजी गर्नेलाई उसैको पारामा सचेत गर्ने प्रयास गरेको हो/ किनभने नेपाल र नेपालि धर्म; बिचार छ्यमता र नियतमा अतुलनिय छन्; यो कुराको प्रमाण इतिहासमा मात्रै छैन हिन्दु पुराणमा पनि यत्र तत्र बर्णन गरेकोछ/ यसैलाई लियर नेपालि आईफ़ाको आयोजना गर्नु नि त्यो मुनि धोति माथि टाई लगाउदै आधा अंग्रेजी नमिसाई बोल्न पनि नसक्नेको आईफ़ाकै किन?

    अस्ति आफुलाई बुद्धिमान पुर्खाको सन्तान हौँ भन्नेले नेवार समुदायको गुठि बिधेयकको बिरोध गरेकोमा मुर्ति चोरको ..भनेर गुठि बिधेयकको बिरोध गर्ने नेवार समुदायलाई मुर्ति चोरको मतियार भयको आरोप जिव्रो चपायर लगायो/ उसले लोकतन्त्र उनीहरुले तेत्रो संघर्ष गरेर ल्यायको पनि भन्यो/ हो र भने तेस्तो?

    आज जुन प्रकारको लोकतन्त्र नेपालले अपनायको छ; तेस्को आधार यमाले कांग्रेस र मुर्ति चोरेको आरोप लागेको गद्दिवाले होईन मावोबादीको विद्रोह हो/ मावोबादिले परिबर्तनको लागि भनेर बिद्रोह गरेको अन्तिम अन्तिम समयमा यमाले त् तेही मुर्ति चोर्न लागेको आरोप लागेको गद्दिवालेको मतियारी सरकार चलाउँदै थियो र मावोबादिलाई सखाप पार्न विदेश बात सहयोग खोज्दै थियो/ त् उ कसरि लोकतन्त्रको लागि संघर्ष गर्ने भयो र मुर्ति चोरको मतियारी कसले पो गरेको रहेछ?

    नेवार समुदायको संस्कार र गुठि आफुलाई बुद्धिमान पुर्खाको सन्तान हौँ आर्य हौँ भन्नेको भन्दा फरक छ/ नेवारहरुले आफ्नै निजि आर्जनले कमायको सम्पति र जग्गा सामुहिक प्रयोगको निमित संगठित रुपमा प्रयोग गर्न नै गुठीको संस्थापना गरेको हो/ यसलाई प्राधिकरण गर्न कसरि सकिन्छ र गर्न खोजे कुन नेवारले मान्छ?

    Reply
  3. Shankar says:
    July 4, 2019 at 6:48 pm

    न बुझ्नेलाई के भन्नु , जुन भारतीय हरु आज उनीहरुको बिसाक्त तरकारी नेपाल भित्राउन भारतीय दुतावास नै अगाडी आयो माने उनीहरुकै बिसाक्त तरकारी नेपालि ले नै खान पर्ने ?
    ( पढ्नुस नागरिक न्युज र आजकाल को चर्चित निउज ) तेस्तो ले नेपाल मा लादेको ससकीय ब्यबस्था , उनीहरुको अवार्ड सो गर्न अरबौ खर्चिन तयार हुने बर्तमान सरकार के हो यो ?
    नाकाबन्दीको पल्लामा अडान लियो भनेर जनताले बहुमत दिएको , यिनीहरुको रास्त्रबाद को मुखुण्डो नान्गीयेकै हो ?
    मिडल इस्ट का मानिस कुरान लिएर हरु आएर इन्डिया , पाकिस्तान मा धेरै लाइ मुस्लिम बनाएर इन्डियामा तेत्रो साल राज गरे , इन्डियाको आधा जस्तो जनसंख्या लाइ मुस्लिम बनाए ( इन्डिया , पाकिस्तान बंगाला देश सबै जोडिन्छ ), तेस्पछि खैरेहरू आएर धेरै काल नोकर बनाए , धेरैलाई क्रिस्तियाँ न बनाए ( केरला , मद्रास ) तेस्तो दास मनोवृत्तिका भारतीय को पनि नोकर बन्न तयार ?

    Reply
  4. सौरभ says:
    July 4, 2019 at 12:49 am

    आईफ़ा अवार्डको निर्णय मन्त्रिपरिषदले गर्न पुर्ब छलफल र यो विषयमा हल्का जानकारी गराउन पर्थ्यो| गुठी विधेयकको अवस्था पनि त्यही थियो| पर्यटन मन्त्रीको भार समेत लिएका प्रधानमन्त्रीले फायदा र जोखिम र जोखिम मेटाउन के गर्ने बारे प्रतिपक्ष, सांसद र जनतालाई पनि अवगत गराउन पर्थ्यो| मत लिनापर्थ्यो| तर घमण्डले चुलिएका छन्|
    यो सरासरी दुई तिहाईको दम्भ देखियो|
    कहिले सम्म सरकारले निर्णय लिदै फिर्ता गर्ने? सरकारको फितुलोपन बढेर गएको पुष्टि भयो|
    काठमाडौँ महानगरपालिका, जुन आफैमा खत्तम छ, के खाएर ४४ करोड रुपिया आईफ़ा लाई दिने हो? ओली सरकार यत्ति ओराली लागेको छ, अब ओली सरकार नभनेर ओराली सरकार भने हुन्छ| प्रधान मन्त्रि र राष्ट्रपतिका सल्लाहकारहरु सबैलाई बर्खास्त गरिदिने बेला आयो| त्यतिले मात्र नपुगेर, भविष्यमा कुनै सरकारी नियुक्तिका लागी अयोग्य घोषित गरिन पर्छ|
    अब आयो काठमाडौँको नेतृत्व — मेयर र उपमेयर| दुवैलाई हटाए हुन्छ| जनताको सरकार प्रतिको आक्रोश भनेको नै मेयरका कामको चरम अकर्मण्यता प्रति हो| हिलो, धुलो, खाल्डा खुल्डी र फोहोर संग मेयर वेवास्ता गर्छन|
    संचार मन्त्रि र सरकारका प्रबक्ता जति दिन पदमा रहन्छन, ओली सरकारको अहित मात्र गर्नेछन र अलोकप्रियता बढाउदै लैजानेछन|
    प्रचण्ड अहिले मुख आँ गरेर बसेका छन् प्रधान मन्त्रीको पद खान| उनी आए पनि केहि नाप्ने चाहि होइन, आफ्नै नाता सन्तान र भाई भारादार पोस्न मात्र हो| यो सब भएको शेरेको इतिहासकै झुर र चरम नालायक नेत्रत्वले गर्दा हो| कांग्रेसमा अरु गरौटे भन्दा भरौटे र कुरौटे मात्र छन्|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme