Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा अपराध यस्तो पनि ….!

Posted on July 2, 2019July 2, 2019 by राजेन्द्र मगर

आज असार १६ गते सोमबार बलिउड अवार्ड आइफाको  पक्ष विपक्षमा  मिडियाहरुले बहश गरिरहदाँ एकाएक एउटा हत्याकाण्डको समाचार  आयो। छोरीले आमाको हत्या गर्न लगाएको समाचारलाई आज अधिकाशं अनलाईन मिडियाहरुले कभर गरे।

सोसल मिडियामा धेरै पाठकहरुले लेखे, ‘यस्ती छोरी कसैले नजन्माओस्।’

किनकि, घटना नै ज्यान सिरिङ्ग पार्ने थियो। आमाको हत्याको लागि छोरीले १२ लाखको सुपारी दिएको यथार्थ कुनै फिल्मको ‘प्लट’ भन्दा कम थिएन्।

के थियो घटना ?

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका-५ की साबित्री  भट्टराई ९ वर्षदेखि कान्छी छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन्। कान्छी ल्याएर श्रीमान् दोलखा बस्न थालेपछि साबित्री छोरीको घर आएकी थिइन्।

छोरी ईश्वरी सुर्यविनयाकको एउटा गार्मेण्टमा काम गर्थिन्। विवाहित उनका श्रीमान एयरपोर्टमा काम गर्थे।कहिलेकाही मात्र घर आउथे। ईश्वरी गार्मेण्टको काममा व्यस्त हुने भएकाले नातीको स्याहार सुसार सावित्रीको जिम्मामा थियो। उनले आफ्नो कर्तव्य निभाइरहेकी थिइन्।

यता ईश्वरी गार्मेण्टमै काम गर्ने मोहमद नौसादसँग गहिरो प्रेममा थिइन्।

विवाहित छोरी अर्कैसँग प्रेममा परेको सावित्रीले चाल पाइन्। उनले त्यो प्रेम नाजायज रहेको भन्दै छोरीलाई सम्झाइन्।

छोरीको घरसम्मै आउने उनको प्रेमी नौसादलाई  उनले एकदिन कुच्चो लिएर लखेटिन् पनि।

तर, पल्केको तिल्के घरि घरि मिल्के भनेझै नौसाद बारम्बार ईश्वरीको घर पुगिरहन्थे।

सावित्री ईश्वरीलाई सम्झाई रहन्थिन्।

तर, आमाको सुझावलाई छोरीले प्रेमको ‘तगारो’ सम्झिइन् र प्रेमीसँग मिलेर हत्याको योजना बनाइन्।

नौसाद र ईश्वरी विवाह गर्न चाहन्थे। तर, आमा रहुन्जेल यो सम्भव देखेनन्।

त्यसपछि नौसाद र ईश्वरी  मिलेर सावित्रीको हत्याको योजना बनाए।

एक्लै हत्या गर्न सम्भव थिएन्। भारतबाट दुई जना किलर बोलाए।

यसरी हत्या योजना बनाउनुअघि सावित्रीले ईश्वरलाई छोड्दे भन्दै नौसादलाई १ लाख रुपैया दिएर विदेश पनि पठाएकी रहिछिन्।

तर, ईश्वरीको प्रेममा मर्न र मार्न  तयार भएका नौसाद सुटुक्क नेपाल फर्किए।

नेपाल फर्केको एक सातामै यस्तो अपराधमा संगल्ग्न भए।

र, हत्याको अन्तिम योजना बनाउन केन्द्रित भए।

र, त्यो दिन अर्थात असार १५ गते आइतबार।

घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना भएकाले उनी आइतबार विहानै तीन वर्षको छोरा लिएर दिदीकहाँ जान्छु भन्दै हिँडिन्।

ज्वाई नभएकाले सावित्री घरमा एक्लै थिइन्।

त्यहीबेला नौसाद त्यहाँ पुग्छन्। केही बोल्न नपाउँदै सावित्रीको मुख थुनिन्छ।

प्रहरीका अनुसार भारतीय युवामध्ये अर्जुन कुमार भनिने भोला कुमारले साबित्रीको हात पक्डिन्छन् र मोहम्मद रहिसले घाँटी रेट्छन्।

त्यसपछि नौसाद काठमाडौँबाट मकवानपुरतीर लाग्छन्। जहाँ हत्यामा संग्लग्न दुई भारतीय नौसादको हत्यामा सघाएको १२ लाखको प्रतिक्षामा हुन्छन्।

प्रहरीले धादिङको गजुरीबाट नौसादलाई आइतबार राति सात बजे पक्राउ गर्छ। उनको बयान र टेलिफोन ‘ट्रयाकिङ’ गरेपछि मकवानपुरमा कुरिरहेका भारतीयद्वय सोमबार बिहान पक्राउ पर्छन्।

त्यसपछि यो हत्याकाण्डको पर्दा खुल्छ।

अर्थात आमाको हत्याको लागि १२ लाख रुपैयाँको बन्दोबस्त पनि ईश्वरीले नै गरेको प्रहरी अनुसन्धानले देखाउँछ। हत्यापछि उनीहरु भारत भाग्ने योजना रहेको पनि खुल्छ।

यस घटनाको बारेमा प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको छ।

5 thoughts on “एउटा अपराध यस्तो पनि ….!”

  1. Bikal says:
    July 5, 2019 at 6:40 pm

    पागल नै रछे नि | अब बस जेल मा तेरो नाठो संग !

    Reply
  2. Srn Das says:
    July 3, 2019 at 8:06 am

    हरे शिव !! यो देश केही राम्रो सुन्न पाईएन । हत्याराले देश चलाएको देशमा के पो राम्रो कुरा हुन्थ्यो र?

    Reply
  3. kiran prasai says:
    July 3, 2019 at 6:19 am

    विनाश काले विपरीत बुद्धि
    कलिको प्रभाव हो यो। यो 3 जनामा त्यो र*** को छोरा प्रेमी को रहेछ।

    Reply
  4. Shankar says:
    July 2, 2019 at 10:51 am

    जिउदो मात्र बस्नु पर्छ के के देख्छा यो आँखाले के के मात्र सुन्न पर्छ यो कानले |

    Reply
  5. Dilu says:
    July 2, 2019 at 5:51 am

    कसतो खालको प्रेमी हुन यिनी, आफ्नै जन्मदातालाई पनि बाकी राखिनन? आफ्नो बुडोलाई भनेर सिधै पार्पाचुकेको प्रकियामा गएको भए यसतो हुन्थेनथ्यो! नाशहुने बेलामा कुबुद्दी आउँछ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme