Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइफा अवार्डको तरंग: माइतीघरमा प्रदर्शन, भिम रावलले पनि सरकारको निर्णयलाई भने, ‘गलत’

Posted on July 1, 2019July 1, 2019 by राजेन्द्र मगर

आज असार १५ गते आइतबार अधिकाशं अनलाईन मिडियाहरु बलिउड फिल्म अवार्ड नेपाल गर्न दिने या नदिने भन्ने विषयमा केन्द्रित भएका छन्। केहीदिन यता नेपाल सरकारले भारतिय अवार्ड आइफाको लागि १ अर्ब दिने तयारी गरेको भन्दै विरोध सुरु भएको छ।

सामाजिक सञ्जालदेखि सडकसम्म  सरकारको यो कदमको विरोध सुरु भएको छ। नेता देखि कलाकारले यो प्रसंगमा आफ्नो मत राखेका छन्। अधिकाशं कलाकारले आइफाको विरोधमा आफ्नो मत राखेका छन्।

नेकपा नेता  भिम रावलले नै सरकारको यो कदमको विरोध गरेका छन्।

उनले भनेका छन्,

‘काठमाडौं महानगरले ४४ करोड दिने अझ अरु रकम थप सहयोग गरेर एक अर्ब रुपैयाँ भारतीय चलचित्र कलाकारहरुलाई निजी क्षेत्रबाट सँधै आयोजना हुने कार्यक्रम काठमाडौंमा आयोजना गर्न सबै कलाकारहरुलाई हवाइ भाडा, बस्ने खाने सम्पूर्ण खर्चका लागि झण्डै एक अर्ब नेपालले खर्च गर्ने प्रस्तावलाई नेपाल सरकारलाई स्वीकृत गरेको छ। चलचित्रकर्मीहरु नेपाली चलचित्रहरुलाई सरकारले कति पैसा दिएको छ?’

‘केही केहीले पर्टनको विकासका लागि भन्ने गरेका छन्। नेपालले भारतीय चलचित्र कर्मीलाई एक अर्ब लगानी गर्दा कति पर्यटन आउँदै छन्। कति पर्यटन भित्रिन्छन्? यो हिसाब दिनुपर्दैन।’

‘सम्पूर्ण खर्च देशले ब्यहोर्ने जुन देशको कर्णाली राजमार्गमा जानुस जहाँ दुई वटा गाडी पास हुन सक्दैन। बाटो कच्ची छ। कति ठाउँमा अस्पताल छैन।देशको हालत यस्तो छ। जनताको कर तिरेर उठाएको पैसा विदेशी चलचित्रको विकासमा खर्च गर्दै छ।’

 

 

आईफा जस्तो विश्वस्तरीय अवार्ड आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको नेपाल पर्यटन बोर्डको सिइयो दिपकराज जोशीले बताएका छन्। सरकारी खर्चमा आईफा अवार्ड गर्न लागेको भएपनि तर कति भन्ने टुंगो लाग्न बाँकी छ । होटल, हवाइ भाडा र काठमाडौंभित्रको यातायातमा हाम्रो खर्च बाहेक आयोजकले ४० लाख डलर मागेको छ।

नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिकासँगै होटल एसोसियसन्स नेपाल (हान), नेपाल उद्योग परिसंघ नेपाल, उद्योग वाणिज्य महासंघ नेपाल र चलचित्र विकास बोर्डको सहयोगमा कार्यक्रम गर्ने तयारी छ।

आइफा अवार्ड विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रा. लि.ले आयोजना गर्न लागेको हो । निजी कम्पनीलाई नेपाल सरकारले कानुनीरुपमै त्यसरी पैसा दिन नमिल्ने भन्दै माइतीघरमा प्रदर्शन समेत भएको छ।

‘नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई १ अर्ब भेट’, ‘नेपाली पर्यटनमा लगानी गर’ जस्ता नारासहितको पोस्टर बोकेर माइतीघरमा प्रदर्शन भएको थियो।

 

4 thoughts on “आइफा अवार्डको तरंग: माइतीघरमा प्रदर्शन, भिम रावलले पनि सरकारको निर्णयलाई भने, ‘गलत’”

  1. Shankar says:
    July 2, 2019 at 11:52 am

    मदन जी
    इन्डियन नेताहरुको मानसिकता ( बुद्दिजिबिको पनि )भनेको अमेरिका , इजरायल , बेलायत को चाकडी गर्ने र आफ्नो बिसेस नाता छ जस्तो गर्ने र नेपाल , बंगाला देश , भुटान , पाकिस्थान मा हैकम गर्न खोज्ने बा भाले हुन् खोज्ने |
    अब उनीहरुको बिसेस नाता सम्बन्द कसलाई थाह न भएको होला र |

    Reply
  2. Tek Raj Timalsina says:
    July 2, 2019 at 5:18 am

    मैले नबुझेको कुरो – अवार्ड उनीहरु ले आयोजना गर्न लाई हामी ले किन पैसा दिने ? बरु उनि हरु ले हल, होटेल, प्लेन सबै को खर्च हामी लाई तिन्रु पर्ने हैन र भन्या ?

    Reply
  3. madan bajracharya says:
    July 1, 2019 at 10:32 pm

    नेपाल भुटान श्रीलंका बंगलादेसको हेराईमा भारत उद्योग,उत्पादन र आफ्नो आबस्यकताको निमित अरुको मुलुकको उत्पादनमा भर पर्नु नपर्ने आत्मनिर्भर भैसकेको मुलुक होला/ तर यथार्तमा तेसो होईन/ उसको केहि ठुला सहर र ठुला पर्दामा देखाईने उसको बिकाश भित्र बिक्रितिनै बढी लुकायको छ/ तेसैले ….हेरेर उसको सिको गर्नु पर्ने ठान्नु जत्तिको महा मुर्ख्याई अरु केहि हुँदैन/ हाम्रो नेपाल को सबै कुराको आफ्नै मौलिकता छ जुन भारतको भन्दा नितान्त फरक छ, नेपाल प्रति बिस्वको आकर्षणको कारण यहि हो/ यो कुरा नेपालको चलचित्र उद्योगमा पनि लागुन हुन् सक्थ्यो/ यदि यो छ्यत्रमा पनि पशुपतिमा भारतिय नै मूल भट्ट हुनु पर्ने ठान्ने र भारतकै नकल्चि गरे मात्रै ..हुने ठान्ने हिन भावना त्याग्न सकेको भय/

    Reply
  4. Nepali keto says:
    July 1, 2019 at 6:48 pm

    यो सामान्य हो भद्रगोल देस मा.

    बुद्धि हुदो हो त पर्यटन लै टेवा पुर्याउने अरु धेरै तरिका छन्. तर तेस्को लागि राम्ररी योजना बनाउनु पर्छ अनि तेस लै लागु गर्न धेरै मेहनत नि. आब तेही मेहनत भन्ने कुरो त छैन हाम्रो नेपाल मा. सबै लै सजिलै काम हुनु पर्ने.

    भएका कुरा को त राम्ररी चाकर पुगेको छैन नया कुरा त घण्टा नै होला.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme