Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डले भने, ‘हामी नै सरकारको नेतृत्वमा छौं, तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं?’

Posted on June 30, 2019June 30, 2019 by राजेन्द्र मगर


आज असार १४ गते शनिबार अधिकाशं मिडियामा नेकपा आध्यक्ष पुष्प कमल दहाल प्रचण्डको चर्चा छ।

मदन भण्डारीको ६८ औ जन्मजयन्तीको अवसर पारेर गरेको कार्यक्रममा प्रचण्डले प्रश्न गरे,

हामी नै सरकारको नेतृत्वमा छौं, तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं ?

उनले गाडी थपे,

म अर्को एउटा पाटो थोरै मात्र भन्न चाहन्छु, कमरेड मदन भण्डारीको अवसान रहस्यमय भयो । र, हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो कुनै दुर्घटना होइन, नियोजित हत्या हो भन्ने सबैलाई लागेको छ । तर, हामीले आजका मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारो फलानो नै हो वा यो यो शक्ति हुन् भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं ।

‘अहिले पनि हामी, आम नेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, एउटा भयानक डिजाइनअन्तरगत भएको हत्या हो,… कहिलेकाँही अनौठो लाग्छ, केले दिँदैन हामीलाई ? हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर, भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं । बरु, यसलाई त्यसै त्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्नेजस्तो अवस्था छ ।’

त्यस्तै भरतपुर महानगरपालिका चौथो नगरसभामा प्रचण्डले राखेको अभिव्यक्ति अहिले विवादमा आएको छ। कार्यक्रममा प्रचण्डले विप्लवलाई टार्गेट गर्दै भनेका थिए,

कहिले काहीँ उहाँ(विप्लव)ले बडो मार्मिक कुरा पनि गर्नुहुन्छ के। उहाँले गरेको एउटा कुरा म तपाइँहरुसँग सुनाउन चाहन्छु। यो हामी सँगै हुँदाखेरीको। एउटै कमिटीमा हुँदा। शान्ति प्रकियामा आइसकेपछि। उहाँलाई गहिरो गरी के लागेको छ भने- शान्ति प्रक्रियामा त मैले लिएर आएँ। १२ बुँदे समझदारी भयो, शान्ति सम्झौता भयो। संविधानसभाको चुनाव भयो। त्यतिबेलासम्म हाम्रो पार्टी एकीकृत नै थियो। विप्लव पनि केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो। एउटा मिटिङमा बहस हुँदा उहाँले मेरो दिमाग पनि अलिअलि खल्बलिने गरी उहाँले एउटा तर्क भन्नुभयो। ‘कमरेड तपाइँले हामीलाई काठमाडौं त लिएर आउनुभयो। तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको एउटा भर्खरको चाहिँ तामाङनी केटीलाई काठमाडौं लगेर म लगेर बिहे गर्छु भनेर बम्वई पुर्‍यायो जस्तो फिल भयो भने उनले। कुरा बुझ्नुहोला। उहाँले अब बुझ्नुभयो होला। मैले बम्वई लगेको छैन। मैले काठमाडौं नै ल्याएको छु सबैलाई। मैले कसैलाई पनि बम्वई लगेको छैन। भन्ने कुरा बुझ्न उहाँलाई यति केहीकेही गर्नुपर्ने थियो गर्नुभयो। अब धेरै गर्नुहुन्न होला लाग्छ मलाई। यो भन्दा बढी मलाई नसोध्नुहोला मिलनजी। हेर्दै जानुहोला बम्बइ लगेको रहेनछ प्रचण्डले हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउनका लागि पहल गरेको रहेछ भन्ने जुन दिन बुझ्नुहुन्छ। उहाँ तुरुन्तै फर्कनुहुन्छ। मलाई पाएको संकेतमा उहाँले बुझ्न थाल्नुभएको छ।

प्रचण्डले यसरी अभिव्यक्ती दिएपछि विवादमा आएका छन्।

तामाङ समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप प्रचण्डमाथि लागेको छ।

प्रचण्डको अभिव्यक्तिले थप भ्रम उत्पन्न भएको उल्लेख गर्दै तामाङ संघसंस्थाले पनि विज्ञप्तिमार्फत् उनलाई सच्चिन आग्रह गरेका छन्।

विगतदेखि शोषण दमन र उत्पीडन भोग्दै आएका समुदायमा थप भ्रम र दुविधा उत्पन्न हुने गरी तामाङ केटी र मुम्बइको प्रसंग जोड्नुभएपछि समस्त तामाड समुदायको आत्मसम्मानमा गहिरो चोट पुगेको छ।’

4 thoughts on “प्रचण्डले भने, ‘हामी नै सरकारको नेतृत्वमा छौं, तर मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन सक्दैनौं?’”

  1. madan bajracharya says:
    July 1, 2019 at 7:19 am

    योगीज्यु.
    डिग्री त् नपढे पनि कसैलाई कसैले दिन सक्छ जस्तै ओलिज्युले पाउँदै आयको ..हरु/ तर तेस्तो डिग्री मात्र मानार्थ को डिग्री हो/ मानार्थ दियको डिग्रीको प्रमाणपत्र लाई लोकसेवाले नै मान्यता दिंदैन/ यस्तै कुरा कसैले कसैलाई मात्र मानको निमित दियको पदमा पनि लागु हुन्छ/ सानो मझौला आदि पदमा कयौंले मानान्र्थ सेना प्रमुख को पदवी समेत पायको छ; तेस्तो मानार्थ सेना प्रमुख पद पायाकोले सेनालाई आदेश दिन सक्दैन/ नेपालमा रास्ट्रपतिको पदवी पनि पार्तिकोले पार्तिकोलाई दियको पद हो र उनीहरुले तेस्लाई “अलंकारिक” मात्रै पनि भनेको छ/ अब मेरो भाषा ग्यान सार्है कम्जोर भयकोले मानार्थ सब्द र अलंकारिक सब्दको माने उही हो भनेर ठोकुवा त् गर्न सक्दिन तेसैले मित्रहरुले नै सोचुनुं भनुन अलंकारिक ..मात्रै भयकोले कसैलाई ….गराउन सक्छ बा सक्दैन भनेर/

    मेरो निम्न बुद्धि र तुच्छ सोचाई अनुसार ठुला ठुला शक्तिमान इस्वरको मुर्ति चलन चलाउन नसकिने; चलाउन खोजे भाँच्चिने टुक्रिने ढुंगाकै बनाउने कुरा जे सोचेर गरेको हो तेस्तै सोचेरै रास्ट्रको सबै भन्दा उच्चपदकालाई मात्र अलंकारको लागि है भनेर प्रतिस्थापन गरेको हो कि जस्तो लाग्छ/

    Reply
  2. Shankar says:
    June 30, 2019 at 2:02 pm

    जघन्य अपराध को घटना निर्मला हत्यारा चै पत्ता लगाउन पर्यो पहिले यो तिमीहरु कै पालामा भएको तिमीहरु जो ठुलो परिबर्तन गरे , देश लाइ मुक्ति दिलाए भन्छौ|

    Reply
  3. madan bajracharya says:
    June 30, 2019 at 5:10 am

    प्रचान्द्रज्युले सबैलाई काथ्मान्दुनै ल्यायको छ आफु काठमांडू आय जस्तै/ यहा मैले प्रयोग गरेको “सबैलाई” भन्ने सब्दको अर्थ बिप्लव बा बिप्लव जस्तै मात्रै होईन बोल्ने नबोल्ने सुन्ने नसुन्ने चलन सक्ने देखि न्वारन देखि बल लगाउन्दा पनि घिचार्ण पनि नसकिने देखिने नदेखिने सवै ल्यायको ल्यायको मात्रै होईन अटाउनै नसकिने दुईमाना पनि नअटाउने भाडामा पहिला भयको सवै बिस्थापितानै हुने गरि कोच्चेकै छ/

    अब बिप्लवले नुवाकोट बात भर्खरकी तामाङ्ग्निलाई काठमांडू भनेर बम्बे पुर्याय जस्तै भने, किन बिप्लव बा दाहालकै जातको ….लाई भनेन/ हुनत यो कुरा हामीले बिप्लवकै मुख बात सुनेको होईन प्रचन्द्रले बिप्लवले भनेको भनेर सुनायको सुनेको हो/ केटीलाई झुक्यायर पुर्याईने बम्बे कस्तो हो त्यो सबैलाई थाह छ/ तेस्तो थाहूमा लाखौँ लाख नेपाली केटीहरुलाई पुर्यायको छ र यो क्रम अझै जारीनै छ/ यो कुरा प्रचंद्र बिप्लव देउपा ओली आदि सबैलाई थाह छ तर उनीहरुलाई त्याहा बात मुक्ति दिलाउन कसैले केहि पनि गर्दैन तर फुर्ति चाहि गरिव सिंगापुरलाई यसियाको स्विट्जरलैंड बनाउनेले गरे जस्तै!!!!/

    प्रचन्द्रले “..सवैलाई काठमांडूमा बिबाह गराउननै ….” भने वाट प्रचंद्र उर्फ छविलाल उर्फ अनेकौं रुप भयकोको “लमि” को रुप पनि भयको नौलो कुरा जानियो; उसैले भनेकोले/

    Reply
  4. yogi says:
    June 30, 2019 at 1:27 am

    किन भने जसले कुरा निकाल्ने हो उसलाई नै रास्त्रपतिको को पद दिएर मुख बन्द गरिएको छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme