Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिरिञ्ज प्रकरणका आक्रमणकारीको भनाई, ‘यस्तो चर्चा हुन्छ होला भनेर सोचेकै थिइन्, पछुतो लागिराछ’

Posted on June 29, 2019June 29, 2019 by राजेन्द्र मगर

आज अधिकाशं मिडियाहरु सिरिञ्ज आक्रमणको घटनामा केन्द्रित भएका छन्। पछिल्लो डेढ महिनामा सात जना भन्दा बढी महिलाले सिरिञ्ज आक्रमणमा परेको भन्दै प्रहरीमा उजुरी गरिरहेको बेला महाराजगञ्जमा रेस्टुरेण्ट चलाइरहेका  सन्तोष कार्की पक्राउ परेका छन्।

कार्कीले रमाइलोको लागि ढलानको काँटीले आक्रमण गरेको बताएका छन्।

तर, उनको कुरा पीडित महिलाले विस्वास गरेकी छैनन्। ढलानको काँटीले घोपेको जस्तो चोट नभएकाले अझैपनि एचआईभी होला कि भनेर डराइरहेको बताएकी छिन्।

पक्राउ परेका कार्कीले चारवटा आक्रमणमा आफ्नो संग्लग्नता रहेको स्विकार गरेका छन्।

तर, डेढ महिना यता सिरिञ्ज आक्रमण भएको आशंकामा टेकु अस्पताल पुग्ने महिलाहरु दर्जन भन्दा बढी छन्। ति महिलाहरुलाई कस्ले र किन आक्रमण गर्यो खुल्न सकेको छैन्।

आक्रमणकारी कार्कीलाई पीडितकै परिवारको सहयोगले पक्राउ गरिएको हो।

एक पीडित महिलाको श्रीमान र उनका भाई टोलका केही साथीहरुसँग मिलेर आक्रमणकारीको खोजमा लागिरहेका थिए।

आक्रमणकारी पक्रन सक्ने सबैभन्दा ठुलो ‘क्लु’ बाईक थियो।

सिसिटिभी फुटेज हेरेका उनीहरुले आक्रमणकारी पक्रन बाइक खोज्दै हिडेको महिना दिन हुन आटिसकेको थियो। प्रहरीसँग समन्वय गर्दै उनीहरु दिनरात खटिरहेका थिए।

त्यही बेला पीडित महिलाले एउटा बाईक देखे। त्यो बाईकले उनलाई शंका गर्न बाध्य पार्यो।

बाइक महाराजगञ्ज एरियाको एउटा क्याफेको पार्किङ लटमा थियो। उनी बाइक कुरेर त्यही बसिरहे।

७ बजे देखेको बाइक लिन १० बज्न लाग्दासम्म कोही आएन्।

बाइकको खबर पाएपछि प्रहरीपनि त्यतिञ्जेल त्यहाँ पुगिसकेका थिए।

आधा रात भइसक्दा पनि बाईक चढ्न मानिस नआएपछि उनीहरु निराश भइसकेका थिए। त्यही बेला त्यो रेस्टुरेण्ट बन्द भयो। रेस्टुरेण्ट बन्द गरेर निस्केका एक युवक त्यो बाइकमा आएर चढे। त्यही बेला प्रहरीले उनलाई छोप्यो। ति युवक त्यही रेस्टुरेण्टका सञ्चालक सन्तोष कार्की थिए।

यसरी पक्राउ परेका कार्कीलाई सार्वजानिक गर्ने कार्यक्रममा पीडीतका आफन्तहरुले घेरेका थिए। प्रहरीले छलाउँदै उनलाई पत्रकार सम्मेलनमा पुर्याएका थिए।

कार्कीलाई पछ्याउँदै पीडितका आफन्तले पत्रकार सम्मेलनमै गएर ‘ओइ भाइरस मास्क खोल भन्दै थर्काएका थिए।’

कार्कीले पत्रकार सम्मेलनमा अस्षपष्ट भाषामा,  ‘यस्तो चर्चा हुन्छ होला भनेर सोचेकै थिइन्। गल्ती गरेछु, पछुतो लागिराछ’ भनेर अभिव्यक्ती दिए।

****

टेकु अस्पतालका डाक्टर शेर बहादुर पुनका अनुसार दैनिक दुई/तीन जना महिला सिरिञ्ज आक्रमण भयो भन्दै अस्पताल पुगेका छन्।

घाउ हेर्दा तिखो वस्तुले घोचेको जस्तो देखिएकाले उनीहरुलाई एचआईभी विरुद्दको एआरटी औषधि र हेपाटाईटिस विरुद्दको भ्याक्सिन दिइएको छ।

सिरिञ्ज आक्रमण भएको भनेर दाबी गर्दै अस्पताल पुगेका कतिपय महिलाहरु आशंकाले गर्दा अस्पताल पुगेका छन् भने कतिपय महिलाको चोट हेर्दा तिखो वस्तु प्रहार भएको देखिन्छ।

गत मंगलबार बनेपामा आक्रमणमा परेकी युवतीको घटना पनि सिरिञ्जले नै आक्रमण गरेको दाबी गर्न सकिने उनी बताउँछन्।

ति महिलाले आक्रमणकारी आफैले देखेको समेत बताएकी थिइन्।

गएका डेढ महिनामा सिरिञ्ज आक्रमणको आशंकामा टेकु पुगेका अधिकाशं घटना राती भएको छ।

टार्गेटमा पर्ने महिलाहरु नै छन्।

अस्पताल पुगेका अधिकाशं महिला एचआईभी सर्ला कि भन्ने डरले त्रसित रहेको पुन बताउँछन्।

पक्राउ परेपछि प्रहरीलाई बयान दिएका कार्कीले काँटीले आक्रमण गरेको भनेपनि पीडित उनको बयान मान्ने पक्षमा छैनन्।

अधिकाशं घटनाका पिडितले सिरिञ्जले नै घोपेको भनेर चिकित्कलाई बताइरहेका छन्।

जसको कारण टेकु अस्पतालका चिकित्सकहरु नै अलमलमा छन्।

 

4 thoughts on “सिरिञ्ज प्रकरणका आक्रमणकारीको भनाई, ‘यस्तो चर्चा हुन्छ होला भनेर सोचेकै थिइन्, पछुतो लागिराछ’”

  1. madan bajracharya says:
    July 1, 2019 at 7:22 am

    यो व्यक्तिको कर्तुतको पछाडी लुकेको कुरा यसको रगत जाँचे अहिलेको अहिले नै पत्ता लाग्छ/

    Reply
  2. Santosh says:
    June 30, 2019 at 2:46 pm

    Pirated Windows

    Reply
  3. bijay says:
    June 29, 2019 at 9:37 pm

    नेपाल प्रहरीको यौटा कुरा चै अझै बुझ्न सकेको छैन / किन पक्राउ परेका सबैलाई सार्बजनिक गर्दा मास्क लगाएर फोटो खिच्न लगाइञ्छ? मास्क लगाएपछि त कसरि सार्बजनिक भयो र ?

    कि प्रहरी आफु मात्र फोटोमा चिनियोस र अभियुक्तहरुलाइ कसैले नचिनुन भन्ने आसय हो वा फोटो खिच्ने ठाउँमा पनि बाटोमा जस्तै धुलो उड्ने भएर हो ? कि चै अलि अलि अलकायदाको इस्ताइल कपि गर्न खोजेको हो ?

    Reply
  4. Shankar says:
    June 29, 2019 at 11:46 am

    कार्की प्रतिक्रिया बादी होला कि ? ब्यबस्था बिरोधि | हिजो बहुदल आएपछि को ‘आयो’ आयो ” आन्दोलन ‘ पिउने पानीमा बिस मिलाइद्यो ” भनेर जनतामा ब्यबस्था बिरुद्द घृणा
    पैदा गर्न खोज्ने खालको घटना हुन् सक्छ |
    जायज तरिकाको बिरोध , गुण र दोस को मुल्यांकन को आधार मा बिरोध आफ्नो ठाउमा छ येस्ता हर्कत गर्ने चै अपराधी हुन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme