Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रकाश सपुत र शम्भु राईको सहमती भएपछि पनि सामाजिक सञ्जालमा प्रश्न, ‘नचोरेको भए किन सहमती गर्थे?’

Posted on June 27, 2019June 27, 2019 by राजेन्द्र मगर

गायक प्रकाश सपुत र शम्भु राइबीचको गलबन्दी गीतको बहश नयाँ धारमा सुरु भएको छ।

दुई गायकबीच चार बुँदे सहमती भएपछि गलबन्धी विवादले नयाँ बहश जन्माएको हो।

चारबुँदे सहमतीको साराशं  छ,अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ। यसमा शम्भु राइले कुनै पनि दाबी गर्न पाउने छैनन्।

प्रकाश सपुतले गलबन्दी गीत सार्वजानिक गरेपछि गायक शम्भु राईले आफ्नो गीतबाट कपी गरेको आरोप लगाएका थिए।

त्यसपछि दुईबीच आरोप प्रत्यारोप चल्दै आएको थियो। गीतको बहश जातियतामा गएर सामाजिक सद्भाव भड्काउनतीर केन्द्रित भइसकेको थियो।

सामाजिक सञ्जाल तथा मिडियामा गलबन्दी बहशले छ्यापछ्याप्ती थियो। गायक राई कानुनी प्रकियामा जान तयारी गरिरहेका थिए।

यही बेला उनीहरुबीच सहमती भएको हो।

उनीहरुबीच चारबुँदे सहमती भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न यस्ता छन्,

यत्रो दिनसम्म कपी गरेको होइन भनेर मिडियाबाजी गर्ने प्रकाश सपुतले कपीराइटको मुद्दा हाल्छु भनेर शम्भु राईले अभिव्यक्ती दिनासाथ किन सहमती गरे ?

उनले गीत कपी नगरेको सहमती किन गर्नुपर्थ्यो ?

सामाजिक सञ्जालमा अहिले यही बहश सुरु भएको छ। गायक शम्भु राई र सपुतको पक्ष विपक्षमा फेरि बहश सुरु भइसकेको छ।

पछिल्लो बहशको बारेमा जानकार रहेका सपुतले साहित्यकार बुद्दिसागरको फेसबुक स्टाटसलाई कोट गर्दै गर्दै लेखेका छन्,

२०७६ असार ११ ।
आफु जगै देखि भत्किएको दिन ।
अलिकति समय दिनुस है ।
म उठाउने छु आफुलाई ।
ईमान को एक / एक ईटाहरु बटुलेर ।

यसरी सामाजिक सञ्जालमा फेरि अर्को बहश सुरु भएपछि सपुतले गीत चोरी गरेको स्विकार नगरेको र अग्रजको सम्मानको लागि सहमती गरेको प्रतिक्रिया दिएका छन्।

उनको प्रतिक्रिया यस्तो छ,

‘मैले यो विवादलाई धेरै तन्काउन चाहिनँ । संगीत क्षेत्रको अग्रज भएको हिसाबले मैले उहाँको सम्मानका खातिर आफ्नो छाति फराकिलो बनाएको हुँ। गीतको केही अंश संयोगले मिल्न गएको थियो । त्यो नियतवश गरिएको थिएन । यसलाई मैले स्वीकारेको–नस्वीकारेको भन्नु भन्दा पनि समाधानका लागि बाटो निकालिएको हो। एउटा झण्झटबाट मुक्त भएको महसुस भएको छ।’

 

त्यस्तै सहमतीपछि गायक शम्भु राईले पनि प्रतिक्रिया दिएका छन्। उनको प्रतिक्रियाको सार यस्तो छ,

एउटा सर्जकलाई आफ्नो सिर्जनाको सधै माया हुन्छ। जब आफ्नो सिर्जनामाथि अरुले हस्तक्षेप गर्छ, त्यसबेला चुपचाप बस्न सकिँदैन। प्रकाश सपूत भाइले गीत गाउनुभयो र जानेर, नजानेर, संयोगबस् जे भएर होस्, त्यो मैले यसअघि गाइसकेको गीतसँग मिल्न गयो।

मेरो आशय एक प्रतिभाशाली युवालाई हतोत्साही गर्ने होइन। एक उर्जावान् युवालाई पन्छाउने पनि होइन। कसैको प्रशिद्धिप्रतिको लोभ र इष्र्या पनि होइन । मेरो भनाइ के मात्र हो भने, कसैको सृजनालाई मर्न र मार्न नदिऔं। यसले एउटा श्रष्टामाथि ठूलो अन्याय पर्न जान्छ। साथसाथै गलत नजिर पनि स्थापना हुन्छ।

मैले मेरो सिर्जनामाथि अन्याय हुनजान्छ भन्ने सोचेर नै आफ्नो अडान राखेको हुँ । तर, यसले अर्कै रुप लियो ।यो विवाद नै अर्कोतिर मोडिने सम्भावना भयो। त्यसैले अब यसलाई चाँडै साम्य बनाउनुपर्छ भन्ने लागेर हामीले मिलनबिन्दु खोजेका हौं। यहाँ आगोमा घिउ थप्नेहरु बढे। आगोमा आगो सल्काउनेहरु भए । कोही उचाल्ने, कोही थेचार्ने भए। उहाँहरु सबैलाई लाखै छ। हामी मिल्यौ, हामीलाई पनि लाखै छ।

यसअघि पनि कपीराईट विवाद भइरहेका थिए। तर, दुईचार दिन सामाजिक सञ्जालमा चर्चा भएर त्यतिकै सेलाउथ्यो। बिवादले नयाँ रुप नलिएकाले कपीराईटको विषयमा के गर्ने नजिर बसिसकेको थिएन्। दुई गायक प्रकाश सपुत र राइबीचको झगडाले नेपालमा कपीराईट कानुनको नजिर बस्ने आँकलन गरिएको थियो। तर, यो सहमतीसँगै कपीराईट बहश हात्ति हात्ति आयो फुस्सा बनेको छ। कपीराईट विषयमा बहश गर्नुको साटो फेरि कस्ले कपी गर्यो ? भन्ने विषयमै बहश अलमलिएको छ।

1 thought on “प्रकाश सपुत र शम्भु राईको सहमती भएपछि पनि सामाजिक सञ्जालमा प्रश्न, ‘नचोरेको भए किन सहमती गर्थे?’”

  1. Ashlesh says:
    June 28, 2019 at 8:28 pm

    चोरले मैले चोरेको हो भनेर कहाँ भनछ तनि साथी हो. हो म बाट गल्ति भो शम्भु दाई, माफ गर्नु होला भन्नु कहाँ हो कहाँ, उल्टै शम्भु दाई लै तपाई कहाँ भेट्ने हो म आउछु भन्छ त यो सपुत ब्रो, गल्ति लाई ग्रहण गर्नु पर्छ, धन्न्न शम्भु दाई ले जेल मा बुझाएँछन् .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme